text
stringlengths 2
914
|
|---|
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
|
सरकारको जनविरोधी गतिविधिले प्रतिक्रियावादी उत्साहित भए : अध्यक्ष दाहाल
|
कान्तिपुर संवाददाता
|
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको जनविरोधी कामले प्रतिक्रियावादी शक्ति उत्साहित भएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीले प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।
|
पानी नपर्दा आकाश धुम्म, काठमाडौं विश्वको पाचौं प्रदूषित सहर
|
रासस
|
पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ ।
|
सांसद राई भन्छिन् : हामीले मसानघाट पुर्याएको राजतन्त्र कुर्लिरहेको छ
|
कान्तिपुर संवाददाता
|
नेकपा एसकी सांसद जयन्तीदेवी राईले राजावादीहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छिन् । आइतबार राष्ट्रिय सभा बैठकमा सांसद राईले प्रतिगामी तत्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताएकी हुन् ।
|
जसले वंश विनाश गरे, उनैले राजा फर्काउने नाटक गरिरहेका छन् : सांसद शर्मा
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय सभामा माओवादी सांसद जगप्रसाद शर्माले वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सांसद शर्माले विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरिएको बताएका हुन् ।
|
रवि लामिछाने दोस्रो तारिखका लागि कास्की अदालतमा उपस्थित हुँदै
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दोस्रो तारिखका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
|
गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा हौसिन आवश्यक छैन : गृहमन्त्री लेखक
|
कान्तिपुर संवाददाता
|
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको बताएका छन् ।
|
प्रधानमन्त्री ओली सुदूरपश्चिममा, आज प्रदेश सभालाई सम्बोधन गर्ने
|
अर्जुन शाह
|
सुदूरपश्चिम आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
|
मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकीमा आंशिक बदली हुने सम्भावना
|
कान्तिपुर संवाददाता
|
जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा रहने जनाएको छ ।
|
अब कर्मचारीमा बढीमा दुई पटक मात्रै आरक्षणको प्रस्ताव
|
जयसिंह महरा
|
निजामती कर्मचारीले राजपत्र अनंकित (खरदार वा नायब सुब्बा) मा एक र राजपत्रांकित (अधिकृत वा उपसचिव) मा एक पटक मात्र आरक्षण सुविधा पाउने कानुनी प्रबन्ध गर्न लागिएको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का विवादित विषय टुंग्याउन गठन गरेको संसदीय उपसमितिमा कर्मचारीलाई दुई पटक मात्र आरक्षण सुविधा दिने व्यवस्था गर्न सहमति जुटेको हो ।
|
व्यापार युद्धले विश्व बजारमा हलचल : उदारीकरण र खुला बजारको भविष्य के होला ?
|
बुद्धिसागर मरासिनी , यज्ञ बञ्जाडे
|
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेसँगै विश्व व्यापार शृंखला नै तनावग्रस्त बनेको छ । आर्थिक उदारीकरण, खुला बजार अर्थतन्त्र र विश्व व्यापार संगठन (डब्लूटीओ) को अवधारणाविपरीत ट्रम्पले विदेशी वस्तुमा चर्को आयात कर लगाइरहेका छन् । प्रतिक्रियास्वरूप अन्य मुलुकले पनि अमेरिकी उत्पादनमा कर बढाउन थालेका छन् । यसले व्यापार मात्र होइन, अहिले अभ्यासमा रहेको आर्थिक मोडल नै भताभुंग हुने संघारमा पुगेको विज्ञहरूको विश्लेषण छ ।
|
पूर्वराजाप्रति प्रमुख दल सशंकित : संवैधानिक दायराभित्र रहन ओली, देउवा र दाहालको चेतावनी
|
कान्तिपुर संवाददाता
|
सत्तापक्ष कांग्रेस–एमाले र प्रतिपक्ष माओवादीले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजक गतिविधि गरे त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । प्रमुख तीन दलका शीर्ष नेताहरूले पूर्वराजा शाहलाई ‘जबर्जस्ती गर्न खोजे सह्य नहुने’ चेतावनी दिएका हुन् । उनीहरूले पूर्वराजा शाहलाई संविधानभित्र रहन पनि आग्रह गरेका छन् ।
|
फाल्गुन २४, २०८१
|
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
|
कान्तिपुर संवाददाता
|
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । नियमित भेट भए पनि समसामयिक राजनीतिक विषयमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच छलफल भएको हो ।
|
महामन्त्री थापाले भने- कुलमानसँग सरकारले किचकिच गर्नु ठीक होइन
|
कान्तिपुर संवाददाता
|
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनका लागि ऊर्जामन्त्री दीपक खड्काको पटकपटक प्रयासपछि मन्त्रिपरिषद् नै अगाडि बढेको छ । सरकारले घिसिङलाई पदबाट हटाउने अन्तिम कसरत गरिरहेका बेला सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक मञ्चबाटै असन्तुष्टि जनाएका छन् ।
|
पार्टीको आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन जित्न सकिँदैन : महामन्त्री शर्मा
|
ज्योती श्रेष्ठ
|
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी भित्रको आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन जित्न नसकिने बताएका छन् ।
|
संविधान संशोधन हो तर केमा गर्ने भन्ने समीक्षा हुनुपर्यो : सिटौला
|
कान्तिपुर संवाददाता
|
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानमा संशोधन आवश्यक रहेको बताएका छन् । संविधान कार्यान्वयनको समीक्षा गरेर संशोधनमा जानुपर्ने र त्यसका लागि सबै राजनीतिक दलबीच समझदारी हुनुपर्ने सिटौलाको भनाइ थियो ।
|
माओवादीको एक महिने अभियान स्थगित
|
कान्तिपुर संवाददाता
|
माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेको थियो ।
|
तोडफोडमा संलग्नलाई कारबाही गर्न त्रिविले गुहार्यो गृह मन्त्रालय
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालयले रेक्टर र डिन कार्यालयमा तोडफोड गर्नेहरूमाथि कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
|
देउवा-ओली समझदारी भएसम्म कसैले बोल्दैमा केही फरक पर्दैन : नेता ढकाल
|
कान्तिपुर संवाददाता
|
एमाले स्थायी कमिटी सदस्य एवं जनवर्गीय संगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताएका छन् ।
|
अध्यक्षबाटै ४८ करोड हिनामिना भएको कस्तुरी सहकारीको साधारण सभा रोकियो
|
नारायण शर्मा
|
म्याग्दीको बेनीस्थित कस्तुरी सहकारी संस्थाको एक साताअघि हुने भनिएको साधारण सभा एकाएक रोकिएको छ । उक्त सहकारीमा जम्मा भएको ५२ करोड रुपैयाँ बचतमध्ये संचालक समितिका अध्यक्ष राजेश शाक्य एक्लैको परिवारले ४८ करोड रुपैयाँ हिनामिना गरेको तथ्य सार्वजनिक भएको थियो ।
|
महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुन्छ : मन्त्री सुडी
|
कान्तिपुर संवाददाता
|
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने पनि बताए ।
|
नागरिकले महसुस गर्ने रुपान्तरणकारी योजना पेश गर्न सचिवहरुलाई प्रधानमन्त्री कार्यालयलको लिखित निर्देशन
|
ऋषिराम पौड्याल
|
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नतिजामूलक कार्यसम्पादनका लागि सरकारका सबै सचिवहरुलाई नागरिकले महसुस गर्ने रुपान्तरणकारी योजना पेश गर्न निर्देशन दिएको छ ।
|
राजतन्त्र फर्कने हल्ला काम लाग्दैन : गृहमन्त्री लेखक
|
मोहन शाही
|
पछिल्लो समय राजसंस्था फर्काउनुपर्ने माग गर्दै गरिएका प्रदर्शन र र्यालीहरुलाई संकेत गर्दै गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा केही साथीहरुबाट भइरहेको होहल्ला काम नलाग्ने बताएका छन् ।
|
अपांग आश्रयस्थलमा टिपरको कहर : गुम्यो तीन आश्रितको जीवन
|
विवेक पोख्रेल
|
४५ वर्षीय हरिजन र २१ वर्षीयद्वय आकाश र सुमनले सुन्न र बोल्न सक्दैनथे । तर देख्न सक्थे । बिहीबार राति खाना खाएर सुतेका उनीहरूलाई सुतेकै ठाउँमा टिपरले किचेपछि अब फेरि बिहानको सूर्योदय हेर्न नपाउने गरी अस्ताएका छन् ।
|
एमाले मोरङको १० औं अधिवेशन: संस्थापनइतर समूहको प्यानल नै विजयी
|
पर्वत पोर्तेल
|
एमाले मोरङको दसौं अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार पराजित भएका छन् भने संस्थापनइतर समूहको प्यानल नै विजयी भएको छ । शुक्रबार साँझ सार्वजनिक मत परिणामअनुसार अजम्बर राईले ४ सय ४६ मत पाएर अध्यक्षमा जित हासिल गरे । उनका प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझाले ४ सय ७ मत ल्याए ।
|
सत्तारूढ कांग्रेसकै भ्रातृ संगठनले गर्यो त्रिविमा तोडफोड
|
सुदीप कैनी
|
सत्तारूढ कांग्रेसनिकट नेविसंघका नेतासहितको समूहले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार तोडफोड गरेको छ । नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, त्रिवि संघर्ष समितिका संयोजक सिकेन्द्र रोकायालगायत पाँच/सात जनाको समूहले रेक्टर खड्ग केसी र डिन शंकर खनालको कीर्तिपुरस्थित कार्यकक्षमा तोडफोड गरेको हो ।
|
डंकी रुटको कथा : ‘न सन्तान साथमा न पैसा हातमा’
|
महेश केसी
|
बाँफिकोट गाउँपालिका–३ स्थित दह गाउँमा विवाहको कार्यक्रम धुमधामसाथ चलिरहेको थियो । एकातिर दुलहा–दुलहीलाई टिकाटालो लगाउने अनि आशीर्वाद दिनेको लाइन । अर्कातिर नाचगानको उल्लास ।
|
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
|
कान्तिपुर संवाददाता
|
आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस। ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ मनाइदैछ ।
|
फाल्गुन २३, २०८१
|
थाइल्याण्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो
|
कान्तिपुर संवाददाता
|
थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो ।
|
[टिप्पणी] मधेशमा दाहाल : घरघरमा पस्दै छन् कि मनमनमा बस्दै छन् ?
|
गंगा बीसी
|
बिहानै मधेशका बस्तीमा नेता-कार्यकर्ताबाट घेरिएर हिँड्नु, स्थानीयसँग चिया पिउँदै गफ गर्नु, गुनासा-आक्रोश सुन्नु, दिउँसो सामूहिक खाना खानु, सभा गर्नु अनि बेलुका स्थानीयको घरमा बास बस्नु ।
|
त्रिविका रेक्टर र डिनको कार्यकक्षमा तोडफोड
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालयका रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार एक समूहले तोडफोड गरेका छन् । एउटै विद्यार्थीको समूहले कीर्तिपुरस्थित रेक्टर खड्ग केसी र डिन शंकर खनालको कार्यकक्षमा तोडफोड गरेको प्रत्यक्षदर्शी कर्मचारीले बताए ।
|
आज देश दुनियाँमा के के भयो ?
|
कान्तिपुर संवाददाता
|
रिंकु सदा मृत्यु प्रकरणमा ८ जना नियन्त्रणमा, जाहेरीमा किटान गरिएका ४ अझै फरार, संविधान फालेर फेरि राणाशासन ल्याउने ? प्रधानमन्त्री ओलीको प्रश्नदेखि डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएकोसम्मका खबर आज चर्चामा रहे ।
|
संघीयताको विकल्प छैन : पूर्वअर्थमन्त्री पुन
|
काशीराम डाँगी
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.