text
stringlengths
2
914
राजु चौधरी
सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग झन्डै ५ महिनादेखि बन्द छ । कोइला अभाव, मेसिन मर्मत र लोडसेडिङ भन्दै असोज १५ यता उद्योग सञ्चालन भएको छैन । यति मात्रै होइन, दुई सातादेखि हेटौंडा सिमेन्टको स्टक पनि रित्तिएको छ ।
स्वास्थ्य-शिक्षालाई प्राथमिकता दिन माग
जे पाण्डे
नेपालगन्जका बासिन्दाले उपमहानरपालिकाको प्राथमिकतामा विकास निर्माणका साथै शिक्षा र स्वास्थ्य पर्नुपर्ने बताएका छन् । नागरिकका आधारभूत आवश्यकताका विषयमा उपहानगरपालिकाले पर्याप्त चासो नदिएको उनीहरूले गुनासो गरेका छन् ।
माघ ९, २०८१
भूमिसम्बन्धी अध्यादेश कार्यान्वयन गर्न भूमि तथा मालपोत नियमावलीहरुमा संशोधन गर्नुपर्छ : महासंघ
कान्तिपुर संवाददाता
नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ ले गरेको व्यवस्था कार्यान्वयनका लागि भूमि तथा मालपोत नियमावलीहरुमा संशोधन गर्नुका साथै जग्गा प्रशासनसम्बन्धी निर्देशिका एवं कार्यविधिहरु समेतलाई परिमार्जन गर्नुपर्ने जनाएको छ ।
तीन तहका सरकार अधिकार कटौतीमा जुधेर, टाउको जुधाएर बस्नु हुँदैन : गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
कान्तिपुर संवाददाता
संविधानका व्यवस्था र तोकिएका कर्तव्यहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मा तीनवटै तहका सरकारहरूको भएकाले आपसमा अधिकार कटौतीमा जुधेर, टाउको जुधाएर बस्न नहुने गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले बताएकी छन् । उनले राजनीतिक र प्रशासनिक संघीयता कार्यान्वयन भए पनि वित्तीय संघीयतामा अझै धेरै चुनौती रहेको ‍औंल्याइन् ।
संघीयताको विकल्प खोज्न सकिँदैनः अर्थमन्त्री पौडेल
कान्तिपुर संवाददाता
मुलुकमा संघीयता कार्यान्वयन धेरै अघि बढिसकेकाले अब त्यसको विकल्प खोज्न नसकिने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
संघीयता कार्यान्वयनमा दक्षिण अफ्रिकाले ३० वर्ष लगायो, नेपालले ५/६ वर्षमै गन्तव्य पत्ता लगाइसक्यो : पूर्वमुख्यमन्त्री अधिकारी
कान्तिपुर संवाददाता
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संघीय शासन प्रणालीमा नेपालले छोटो समयमै महत्वपूर्ण उपलब्धी हासिल गरेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा बुधबार आयोजित ‘गन्तव्य गण्डकी’ कार्यक्रमको तेस्रो सत्र ‘मूल सरोकार: शिक्षा, स्वास्थ्य, रोजगार’ मा बोल्दै अधिकारीले दक्षिण अफ्रिकालाई संघीयतामा अभ्यस्त हुन ३० वर्ष लागेको तर नेपालले ५/६ वर्षमै गन्तव्य पत्ता लगाएको दाबी गरे ।
नेप्से ५२.३६ अंकले बढ्यो, सवा ९ अर्बको सेयर कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ५२.३६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ६५.४५ विन्दुमा उक्लेको छ । अघिल्ला तीन कारोबार दिन सामान्य अंकले बढेको नेप्सेमा बुधबार सवा ५२ अंकले बढेको हो ।
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
कान्तिपुर संवाददाता
सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
‘पैसा लिने कुरा ठूलो होइन, सेवा दिने कुरा ठूलो हो’
कान्तिपुर संवाददाता
पर्यटनको क्षेत्रमा पैसा लिने भन्दा पनि सेवा दिने कुरा ठूलो रहेको पोखराका पर्यटन व्यवसायी दोर्जे लामाले बताए ।
हामी के चान्हन्छौं भन्ने थाहा भए पर्यटनको ब्रान्डिङ गर्न सक्छौं : पर्यटन व्यवसायी पहारी
कान्तिपुर संवाददाता
पोखराका पर्यटन व्यवसायी प्रतीकराज पहारीले नेपालमा पर्यटनको ब्रान्डिङ गर्ने विषयमा स्पष्ट भए व्यवसायीले ब्रान्डिङ गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।
अवसर दिए एड्भेन्चर ट्रेकिङ क्षेत्रमा धेरै महिलाले काम गर्न सक्छन् : क्षेत्री
कान्तिपुर संवाददाता
महिलालाई अवसर दिएमा पर्यटन, एड्भेन्चर ट्रेकिङ क्षेत्रमा धेरै महिलाले काम गर्न सक्ने अवसर दिएमा धेरै महिलाहरूले एड्भेन्चर ट्रेकिङ क्षेत्रमा काम गर्न सक्ने थ्री सिष्टर्स एड्भेन्चर ट्रेकिङकी संस्थापक अध्यक्ष लक्की क्षेत्रीले बताइन् ।
पर्यटनको फाइदा गाउँ-गाउँ पुर्‍याउने हो : सीईओ जोशी
कान्तिपुर संवाददाता
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटनबाट हुने फाइदाहरूलाई घर घर र गाउँ गाउँमा पुर्‍याउनु पर्ने बताएका छन् ।
आज पनि बजारबाट ९० अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार फेरि ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
कान्तिपुर संवाददाता
सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आवास खरिद गर्दा आम्दानीको स्रोत खुलाउनु पर्ने व्यवस्था पुनरावलोकन गर्न माग
कान्तिपुर संवाददाता
आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनु पर्ने हालको व्यवस्था पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको घरजग्गा व्यवसायीहरूले बताएका छन् ।
सिमले काठदेखि मोटरबोटसम्म
प्रतीक्षा काफ्ले
पोखरा नेपालको प्रमुख पर्यटकीय सहर हो । यहाँको प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृंखलाको मनोरम दृश्यले पर्यटकलाई निरन्तर आकर्षित गरिरहेको छ । तालतलैयाको सहरले समेत चिनिने पोखरामा डुंगा व्यवसायले छुट्टै आकर्षण थपेको छ ।
जलविद्युत्‌को केन्द्र बन्दै
सीमा तामाङ
पछिल्लो समय गण्डकी प्रदेश जलविद्युत्को हब बन्दै छ । तथ्यांक नै पल्टाउने हो भने पनि देशलाई उज्यालो बनाउनेमा यो प्रदेश दोस्रो नम्बरमा रहेको छ । राष्ट्रिय प्रसारण लाइनमा मात्रै गण्डकी प्रदेशबाट उत्पादित ९९६ मेगावाट बिजुली जोडिएको छ, जुन बागमतीपछि सबैभन्दा धेरै हो ।
फैलिएको साहसिक पर्यटन
प्रकाश बराल
कालीगण्डकी नदीको खोचमा ‘द क्लिफ’ ले सञ्चालनमा ल्याएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्पले देशभित्र र बाहिरका पर्यटकको ध्यान खिचेको छ । पहाड र नदीका खोचमा गरिने बञ्जीजम्पसँगैका दर्जनौं साहसिक खेलले नसोचेको स्थानलाई पर्यटकीय गन्तव्य बनाउन थालेका छन् ।
कसले जोगाइदेला फेवाताल !
दीपक परियार
पोखराका पर्यटन व्यवसायीको नारा छ, ‘नो लेक, नो मोर लेकसाइड’ । जबसम्म फेवाताल रहन्छ, तबसम्म लेकसाइडको पर्यटन बाँच्छ । तर, पोखराको सान ‘फेवाताल’ ले भने एकातिर अतिक्रमणको कहर बेहोरेको छ, अर्कोतिर पुरिने डर छ ।
आरामदायी आतिथ्य
सुरज कुँवर
काठमाडौंपछि नेपालको सबैभन्दा ठूलो पर्यटन गन्तव्य हो, पोखरा । पोखराले सबै प्रकारका आगन्तुकका सबैखाले आवश्यकता पूरा गर्ने सामर्थ्य राख्छ । प्रकृतिप्रेमीका लागि पदयात्रा, जलयात्रा, साहसिक गतिविधि गर्ने पर्यटकका लागि हिमाल आरोहण, स्काई डाइभिङ, बन्जी, अल्ट्रा उडान, संस्कृति बुझ्न चाहनेका लागि होमस्टे, धार्मिक, सांस्कृतिक क्षेत्रको भ्रमण र खानाका पारखीका लागि स्थानीय परिकार, यी सबै पोखरामा उपलब्ध छ ।
बलियो औद्योगिक आधार
यज्ञ बञ्जाडे
आर्थिक वर्ष ०८०/८१ मा गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान १६.८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग क्षेत्रको योगदान घटेको हो । आर्थिक वर्ष ०७९/८० मा उद्योग क्षेत्रले प्रदेश जीडीपीमा १७.४ प्रतिशत योगदान पुर्‍याएको थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रासस
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।
उत्पादनमा पनि अग्रणी पोखरा
राजु चौधरी
पर्यटन, मनोरन्जन र साहसिक नगरीका रूपमा परिचित पोखरा औद्योगिक सहर पनि हो । चाउचाउ, बिस्कुट, तेलदेखि पाउडर दूध कन्भर्सनसम्मका उद्योग यहाँ छन् । यसको एउटा गतिलो उदाहरण हो, लक्ष्मी ग्रुप । यो समूहले पोखरामा कर्पोरेट साम्राज्य नै खडा गरेको छ ।
सामाजिक सञ्जालबाट गरिने व्यवसाय पनि ई-कमर्स कानुनको नियमनमा
सजना बराल
सामाजिक सञ्जालमार्फत हुने व्यापार–व्यवसायलाई अन्ततः कानुनी मान्यता दिने गरी विद्युतीय व्यापारसम्बन्धी विधेयकलाई संसदीय समितिले अगाडि बढाएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दफावार छलफलमा रहेको उक्त विधेयकमा साना तथा मझौला व्यवसायीले आफ्नै विद्युतीय प्लाटफर्म स्थापना नगरी ‘अन्य प्लाटफर्म’ उपयोग गर्न पाउने बाटो पनि खुला राखेको छ ।
रद्द भएको जगदुल्लामा नयाँ ठेक्का प्रक्रिया सुरु
कान्तिपुर संवाददाता
सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडले ठेक्का रद्द गरेको दुई सातामै पुनः ठेक्का आह्वान गरेको छ । सरकारले नै डोल्पामा बनाउन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का गत पुस २२ मा रद्द भएको सूचना जारी गरेको थियो ।
‘बैंकहरू कर्जा असुलीको दबाबमा’
कान्तिपुर संवाददाता
पछिल्ला महिनामा बैंकहरू कर्जा विस्तार र असुलीको दबाबमा रहेको बैंकरहरूले बताएका छन् । ब्याजदर निरन्तर घटिरहेको, कर्जा–निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) साँघुरिँदै गए पनि कर्जा विस्तार र ऋण असुलीमा अप्ठ्यारो भइरहेको उनीहरूको भनाइ छ ।
खानेपानी संस्थाहरु करमुक्त गर्न माग
रासस
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मङ्गलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग राखेको छ ।
माघ ८, २०८१
कोरियाको अर्थतन्त्रमा आएको संकुचनले श्रमिकको माग खुम्चियो : विशेष दूत
कान्तिपुर संवाददाता
दक्षिण कोरियाको विदेश मन्त्रालयका विशेष दूत ली जियोङ्क्युले कोरियाको अर्थतन्त्रमा संकुचन आएकोले श्रमिकको नयाँ माग खुम्चिएको जनाएका छन् ।
नागरिक एपमा आयो राष्ट्रिय परिचयपत्र
कान्तिपुर संवाददाता
नागरिक एपमा राष्ट्रिय परिचयपत्र ‘लाइभ’ गरिएको छ । मंगलबार दिउँसोबाट नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र देखिने भएको हो । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच अन्तरआबद्धता (इन्टिग्रेसन) को प्रक्रिया सकिएसँगै परिचयपत्र एपमा आएको हो  । एपभित्र 'नेसनल आईडी' विकल्प देख्न सकिन्छ । यसमा थिचेर आफ्नो परियचपत्र नम्बर राखेपछि एप र परिचयपत्र 'सिंक्रोनाइज' भएर परिचयपत्र देखापर्छ ।
जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्‌का क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गरेका छन् । नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ मन्त्रिपरिषद् बैठकले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ स्वीकृत गरेसँगै लगानी जुटाउनका लागि ऊर्जामन्त्री खड्काले दातृ निकायका प्रमुख एवं प्रतिनिधिसँग मंगलबार छलफल गरेका हुन् ।
घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।
५.०८ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोड कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ५.०८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय १३.०८ विन्दुमा बन्द भएको छ ।
सत्तारुढ दलका सांसदले भने- सिमेन्टको मूल्य सरकारकै मिलेमतोमा बढाइयो
सजना बराल
उद्योगीहरूले सरकारसँग मिलोमतो गरेर सिमेन्टको मूल्य बढाएको सांसदहरूले आरोप लगाएका छन् । सरकारले मूल्य नियन्त्रणमा उदासिनता देखाएको र सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य दोब्बर बढाएको भन्दै सत्तारुढ दल एमाले र कांग्रेसकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।