text
stringlengths
2
914
सुनचाँदीको मूल्य बढ्यो
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ ।
बैंकहरूको नाफा घट्यो, खराब कर्जा बढ्यो
यज्ञ बञ्जाडे
चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशतले ऋणात्मक भएको छ । अर्थतन्त्रमा आर्थिक गतिविधि चलायमान हुन नसक्दाको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा परेको हो ।
‘खाने तेलमा मिसावटभन्दा बढी व्यवस्थापनमा समस्या’
कान्तिपुर संवाददाता
उपभोक्ताले दैनिक उपभोग गर्ने खाने तेलमा मिसावटभन्दा पनि उचित व्यवस्थापन र वितरण प्रक्रिया नमिल्दा गुणस्तरमा प्रश्न उठेको छ । उद्योगले उत्पादन गरेको अधिकांश तेल उच्च गुणस्तरको भए पनि डिलर, वितरक हुँदै खुद्रा पसलसम्म आइपुग्दा भण्डारण प्रक्रिया नमिल्ने, मिसावट हुनेलगायत कारण खान अयोग्य हुने गरेको सरोकारवाला एवं विज्ञको भनाइ छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ ।
माघ ७, २०८१
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन माघ दोस्रो साता
रासस
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ । केन्द्रले सोमबार पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ ।
निर्देशनविपरीत काम गर्ने तीन बैंकलाई राष्ट्र बैंकको कारबाही
कान्तिपुर संवाददाता
यस आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । आफ्नो निर्देशनविपरीत काम गर्ने प्रभु, हिमालयन र एनआईसी एसिया बैंकलाई कारबाही गरेको हो ।
निर्यात व्यापार ३२ प्रतिशतले बढ्यो
कान्तिपुर संवाददाता
मुलुकको निर्यात व्यापार ३२ प्रतिशतले बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार ६ महिनामा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।
वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ऋणात्मक, ११ बैंकको नाफा बढ्यो ९ वटाको घट्यो
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशतले ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको पुससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा ४.३६ प्रतिशतले घटेको बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।
नेप्से परिसूचक ६ दशमलव ७८ अंकले बढ्यो, कारोबार रकम साढे ६ अर्बभन्दा बढी
कान्तिपुर संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७८ अंकले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो ।
वीरगन्ज भन्सारद्वारा ६ महिनामा ८० अर्ब रुपैयाँ राजस्व संकलन
रासस
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषय : अर्थमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताए ।
बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छ : गभर्नर अधिकारी
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन् । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परेपनि राष्ट्र बैंक वाह्य क्षेत्रमा सबल रहेको बताए ।
बैंक सवल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छ : उपप्रधानमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् ।
बाढीले सुन्तला बगैंचा बगाउँदा गुम्यो आम्दानी
ज्योती श्रेष्ठ
सुन्तला फलेर गाउँ नै सुनौलो देखिने बेथानचोक गाउँपालिका–४ का धर्मशाला, पाख्रिन गाउँ, हाडडोल र सञ्जेल गाउँ यसपालि उजाड देखिएका छन् । गत असोज दोस्रो साताको पहिरोले यहाँ डाँडापाखा चिराचिरा परेका छन् । धर्मशालाको डाँडादेखि आएको पहिरोले सयौं रोपनीका सुन्तलाका बोट बगाएर हाडडोल खोलासम्म पुर्‍याएको छ ।
ट्रम्पलाई देखाएर अमेरिकामा फेरि चल्न थाल्यो टिकटक
कान्तिपुर संवाददाता
अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुन: सञ्चालनमा आएको छ । सोमबारबाट राष्ट्रपतिको पदभार सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले ‘टिकटकलाई जोगाउने’ बताएपछि सेवा सुचारु गरिएको टिकटकले उल्लेख गरेको छ । टिकटकले ट्रम्पलाई नै देखाएर सेवा सञ्चालनमा ल्याएको हो ।
डिजिटल प्रविधिले रोक्यो नक्कली विद्यार्थीको बजेट
घनश्याम गौतम
बाल विकास केन्द्र र आधारभूत तहमा सरकारले ल्याएको दिवा खाजा कार्यक्रमले विद्यार्थी संख्या बढेको देखाएको थियो । तर, सरकारले नै विद्यार्थीको दोहोरो भर्ना रोक्ने र नक्कली विद्यार्थी संख्या देखाउने प्रवृत्ति रोक्न डिजिटल प्रविधिको प्रयोगसँगै तथ्यांक व्यवस्थापन थालेपछि विद्यार्थी संख्या तथ्यांकमा घटेको पाइएको छ । लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म (आधारभूत तह) का विद्यार्थीको संख्या घट्दै गएको देखिएको छ ।
म्याद नजिकिएपछि नारायणगढ-बुटवल सडकमा काम धमाधम
नवीन पौडेल
तेस्रो पटक थपिएको म्याद सकिन सात महिना मात्र बाँकी रहँदा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको कामलाई ठेकेदारले तीव्रता दिएको छ । म्याद थपिएको चार महिनासम्म पनि काम नगरेको ठेकेदार कम्पनी चिनियाँ कम्पनी चाइना स्टेट कर्पोरेसनले अहिले पूर्वी र पश्चिम दुवै खण्डतर्फको कामलाई तीव्रता दिइरहेको छ ।
स्वदेशी वस्तुको अनिवार्य प्रयोग गर्न उद्योग वाणिज्य महासंघको आग्रह
रासस
नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ तथा आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ ।
माघ ६, २०८१
९२ लाखको चिस्यान केन्द्र उपयोगविहीन
डम्बरसिं राई
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्मित चिस्यान केन्द्र उपयोगविहीन बनेको छ । स्थानीय र संघीय सरकारको ९२ लाख खर्च गरेर बनाइएको चिस्यान केन्द्र उपयोगविहीन भएको हो । आर्थिक वर्ष २०७८/७९ मा संसद् विकास कोषको ५० लाख र नगरपालिकाको ४२ गरी ९२ लाख रुपैयाँ खर्च गरेर बनाइएको नगर उपप्रमुख विसन राईले बताए ।
सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोगका लागि महासंघको आग्रह
कान्तिपुर संवाददाता
नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ ।
१२.५८ अंकले बढ्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १२.५८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय १.२१ विन्दुमा बन्द भएको छ ।
नयाँ थप्नुभन्दा पुराना आयोजना पूरा गर्नु अहिलेको आवश्यकता हो : मन्त्री दाहाल
कान्तिपुर संवाददाता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप्नुभन्दा सुरु भएका योजनाहरू पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छ्न् । श्रोत साधन र आवश्यकताअनुसार सरकारले नयाँ योजनाहरू थप्दै जान सक्ने भए पनि थालिएका योजना अलपत्र पारिने क्रम अब अन्त्य हुनु पर्ने उनको भनाइ छ ।
सुनचाँदीको मूल्य घट्यो
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।
आज पनि राष्ट्र बैंक बजारबाट ६० अर्ब झिक्दै
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ६० अर्ब रुपैयाा झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
राष्ट्रिय परिचयपत्रको ‘डेटा’ सुरक्षामा उठ्यो प्रश्न
सजना बराल
विभिन्न सेवाका लागि अनिवार्य गर्दै लगिएको राष्ट्रिय परिचयपत्रका विवरणको सुरक्षालाई लिएर सांसदहरूले आशंका प्रकट गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र प्रणालीको ढिलासुस्ती, सुरक्षाका चुनौती र व्यवस्थापनका कमजोरीप्रति गम्भीर चासो व्यक्त गरे ।
६ महिनामा एक खर्बभन्दा बढी थपियो सार्वजनिक ऋण
यज्ञ बञ्जाडे
चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा १ खर्ब २ अर्ब ३ करोड रुपैयाँले सरकारी ऋण बढेको छ । यससँगै गत पुस मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ कायम भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
व्यावसायिक सुन्तला खेतीले फेरिएको बाग्चौर
विप्लव महर्जन
बाग्चौर नगरपालिका–९ डाँगीगाउँका भरतनाथ योगीले २०४४ सालदेखि सुन्तला खेती गरिरहेका छन् । आफ्नो घर नजिकै रहेको ४५ रोपनी जग्गामा एक हजार बोट लगाएका उनले सुन्तला बेचेरै बर्सेनि २७/२८ लाख आम्दानी गर्दै आएका थिए ।
दोधारा चाँदनीमा पूर्वाधारबिनै छोटी भन्सार
भवानी भट्ट
सशस्त्र द्वन्द्वका बेला विस्थापित दोधारा चाँदनीस्थित छोटी भन्सार कार्यालय शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । भौतिक पूर्वाधारबिनै जीर्ण भवनबाट छोटी भन्सार सुरु गरिएको हो ।
माघ ५, २०८१
६ महिनामा एक खर्बभन्दा बढी थपियो सार्वजनिक ऋण
यज्ञ बञ्जाडे
चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा १ खर्ब २ अर्ब ३ करोड रुपैयाँले सरकारी ऋण बढेको छ । यससँगै गत पुस मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ कायम भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
‘नेपाल भ्रमण वर्ष २०२५’ शुभारम्भ
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शनिबार शुभारम्भ भएको छ ।
३६ घण्टाका लागि माथिल्लो तामाकोसीको उत्पादन बन्द
केदार शिवाकोटी
स्वदेशी लगानीमा बनेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले ३६ घण्टाका लागि विद्युत् उत्पादन बन्द गरेको छ ।
नारायणगढ–बुटवल सडक : ठेक्काको म्याद सकिन लागेपछि बल्ल काम
नवीन पौडेल
तेस्रो पटक थप भएको म्याद सकिन सात महिना मात्र बाँकी रहँदा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको कामलाई तीव्रता दिइएको छ । म्याद थप भएको चार महिनासम्म पनि काम नगरेको ठेकेदार कम्पनी चिनियाँ कम्पनी चाइना स्टेट कर्पोरेसनले अहिले पूर्वी र पश्चिम दुवै खण्डतर्फको कामलाई तीव्रता दिएको हो ।
करको बक्यौता उठाउन घरघरमा पत्र