text
stringlengths
2
914
रासस
आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो ।
पुसमा घरजग्गा कारोबारबाट चार अर्ब २५ करोड राजश्व संकलन
रासस
घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मंसिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व संकलनमा वृद्धि भएको छ ।
द्रुतमार्गमा काम सुस्त, ७ वर्षमा साढे ३७ प्रतिशत प्रगति
सुवास विडारी
नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण व्यवस्थापनको जिम्मा लिएको ७ वर्ष भयो । अहिलेसम्म निर्माण प्रगति ३७.६० प्रतिशत छ । कुल ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमिमा मात्र काम भइरहेको छ । ललितपुरको खोकना खण्डको ६.५ किमिमा अझै ठेक्का व्यवस्थापन हुन सकेको छैन ।
श्रम बजारमा अपेक्षित सुधार देखिएन : आईएलओ
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोभिडको प्रत्यक्ष मार खेपेको विश्व श्रम बजारमा अपेक्षित सुधार नभएको बताएको छ ।
माघ ४, २०८१
मुग्लिन–आँबुखैरेनी सडक स्तरोन्नतिमा अलमल
विमल खतिवडा
आँबुखैरेनी–पोखरा खण्डमा काम भइरहँदा मुग्लिन–आबुँखैरेनी सडक स्तरोन्नतिका लागि भने अझै ठेक्का गर्ने सुरसार छैन । आँबुखैरेनी–जामुने खण्डको निर्माण ७५ प्रतिशत सकिइसकेको छ । जामुने–पोखरा खण्डको काम पनि ४० प्रतिशत सकिएको छ । मुग्लिन–आबुँखैरेनी खण्डमा मात्र ठेक्का हुन नसकेको हो । यसको ठेक्का भए निर्माण गर्न साढे दुई वर्ष लाग्नेछ ।
टिकटकलाई अमेरिकी व्यवसाय बिक्री गर्न वा प्रतिबन्धित हुन अमेरिकी सरकारले दिएको अल्टिमेटम सर्वोच्च अदालतद्वारा सदर
कान्तिपुर संवाददाता
अमेरिकी सर्वोच्च अदालतले चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको छ । अमेरिकी उच्च न्यायालयको यो निर्णयले अमेरिका र चीनबीचको भूराजनीतिक तनावलाई थप चर्काउने देखिएको छ ।
ठूला कम्पनीमा कर्मचारीको सट्टा भटाभट एआई भर्ती गरिँदै
सजना बराल
फेसबुक, इन्स्टाग्राम, म्यासेन्जरजस्ता चर्चित एपहरूको प्यारेन्ट कम्पनी ‘मेटा’ ले सन् २०२५ मा आफ्ना कुल कर्मचारीको ५ प्रतिशत अर्थात् झन्डै ४ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले एआई प्रविधिमा थप लगानी गर्ने र कार्यालयका नियमित कामलाई प्रतिस्थापन गर्दै लैजाने योजना सार्वजनिक गरेको हो ।
१५ मध्ये १० जना इन्जिनियरले जागिर छोडेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी काममा बाधा भयो: महानिर्देशक कट्टेल
कान्तिपुर संवाददाता
सरकारी कार्यालयहरूमा कम्प्युटर इन्जिनियरलगायत सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति टिकाउन मुस्किल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताएका छन् ।
क्यान इन्फोटेक माघ २४ देखि २८ सम्म
कान्तिपुर संवाददाता
कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) को ३० औं संस्करणको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ माघ २४ देखि २८ गतेसम्म हुने भएको छ । क्यानले हरेक वर्ष आयोजना गर्दै आएको यो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
धरहरा चढ्ने टिकट अब अनलाइनबाटै
कान्तिपुर संवाददाता
धरहरा चढ्न अब अनलाइनबाटै टिकट लिन पाइने भएको छ । गत मंसिर ९ मा धरहरा चढ्नका लागि शुल्क तोकिएको थियो ।
फास्ट ट्य्राकको भौतिक प्रगति ३७ प्रतिशत
सुवास विडारी
काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ३७ प्रतिशत देखिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले निरीक्षण गर्ने क्रममा निर्माणको जिम्मेवारी पाएको नेपालीले सेनाले दिएको जानकारीअनुसार आयोजनको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६० र वित्तीय प्रगति ३९ दशमलव ५६ प्रतिशत अर्थात करिब ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
कान्तिपुर संवाददाता
स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको छ ।
अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान, कुनको कति ?
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ ।
अब २५ करोडसम्मका कम्पनीको सेयर कारोबार छुट्टै
कान्तिपुर संवाददाता
अब बढीमा २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीहरूको दोस्रो बजारमा छुट्टै सेयर कारोबार हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१’ लागू गरेसँगै थोरै पुँजी भएका कम्पनीको छुट्टै प्लाटफर्ममार्फत सेयर किनबेच गर्न बाटो खुलेको हो ।
सिमेन्ट साउनमा प्रतिबोरा ४ सय, माघमा पुग्यो ८१५ रुपैयाँ
राजु चौधरी
पछिल्लो समय भैतिक पूर्वाधार निर्माणका लागि अत्यावश्यक सिमेन्टको मूल्य बढेको बढ्यै छ । खास कारण नभए पनि ६ महिनामा मूल्य दोब्बर पुगेको तथ्यांकले देखाउँछ । साउनमा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय रुपैयाँ थियो । त्यसको ६ महिनापछि भाउ दोब्बर पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जनाए । यति बेला एक बोरा सिमेन्टको मूल्य ८ सय १५ रुपैयाँसम्म छ ।
माघ ३, २०८१
कोरिया जाने श्रमिकलाई टिकटमा ७३ हजार रुपैयाँ बचत
कान्तिपुर संवाददाता
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जाने नेपाली श्रमिकको टिकटमै ७३ हजार रुपैयाँ बचत भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरिया जाने श्रमिकको नयाँ भाडादर ४८ हजार ८ सय ६५ रुपैयाँ निर्धारण भएको हो । यसअघि एक लाख २२ हजार रुपैयाँ तोकिएको थियो ।
नेप्से घट्यो, कारोबार रकम बढ्यो
कान्तिपुर संवाददाता
साप्तहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.३३ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ८८.६२ विन्दुमा बन्द भएको छ । गत बुधबार झिनो अंकले बढेको नेप्सेमा बिहीबार करिब साढे ७ अंकले घटेको हो ।
आइतबारदेखि अमेरिकामा टिकटक बन्द गर्ने बाइटडान्सको तयारी
कान्तिपुर संवाददाता
टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले यही आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् ।
सुनचाँदीको मूल्य बढ्यो
रासस
अन्तर्रार्ष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तराष्ट्रिय बजारमा एक औँस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।
सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व संकलन घट्यो
कान्तिपुर संवाददाता
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।
चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ
न्युज एजेन्सी नेपाल
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन् ।
हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा : तीन महिनादेखि उत्पादन बन्द
रासस
हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
सोलुखुम्बु क्षेत्रमा हुने सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको चेतावनी
कान्तिपुर संवाददाता
सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडानलाई रोक लगाउने निर्णय भएपछि वायुसेवा संचालक संघले त्यस क्षेत्रमा हुने अन्य फिस्ड विङ्ग उडान समेत रोक्ने चेतावनी दिएको छ । संघले यदि त्यस क्षेत्रमा निजी उडानलाई लगाइएको प्रतिबन्ध खुला नगरे यही माघ १० गतेदेखि लुक्ला लगायत सोलुखुम्बु क्षेत्रमा हुँदै आएका नियमित फिस्ड विङ्ग उडान रोक्ने जनाएको छ ।
निजी कम्पनीलाई प्रिमियममा आईपीओ ल्याउन अब सहज
कान्तिपुर संवाददाता
सरकारले प्राइभेट (निजी) कम्पनीलाई अंकित मूल्यभन्दा धेरै (प्रिमियम) मा सेयर जारी गर्न सजिलो व्यवस्था गरेको छ । सरकारले सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न भन्दै २६ वटा कानुनमा संशोधन गर्न ल्याएको अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो ।
तीन करोडसम्मको राजस्व चुहावट कसुरमा मुद्दा नचलाइने
ऋषिराम पौड्याल
अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो र त्यसअनुसारको जरिवाना तिर्न राजी भए मुद्दा खेप्नु नपर्ने भएको छ । विद्यमान ऐनमा ५० लाखसम्म बिगो तथा जरिवाना असुल्नुपर्ने कसुरमा मात्र मुद्दा नचल्ने व्यवस्था थियो ।
कैलालीमा साढे ३ अर्बको अत्याधुनिक इन्धन डिपो बनाइँदै
कान्तिपुर संवाददाता
नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीमा रहेको इन्धन डिपो अब सर्ने भएको छ । सुरक्षाका दृष्टिले अति जोखिम रहेको इन्धन डिपोलाई कैलालीमा स्थानान्तरण गर्न लागेको हो । २०३७ सालमा ४ वटा गाडीका लागि बनेको धनगढीको डिपो अहिले सुरक्षा मापदण्डभन्दा बाहिर सञ्चालन भइरहेको छ ।
माघ २, २०८१
कैलालीमा साढे ३ अर्बको अत्याधुनिक इन्धन डिपो बनाइँदै
कान्तिपुर संवाददाता
नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीमा रहेको इन्धन डिपो अब सर्ने भएको छ । सुरक्षाका दृष्टिले अति जोखिम रहेको इन्धन डिपोलाई कैलालीमा स्थानान्तरण गर्न लागेको हो । २०३७ सालमा ४ वटा गाडीका लागि बनेको धनगढीको डिपो अहिले सुरक्षा मापदण्डभन्दा बाहिर सञ्चालन भइरहेको छ । १ बिघा ८ कट्ठामा सञ्चालित धनगढी डिपो क्षेत्रफलकै कारण सुरक्षाको मापदण्डभन्दा बाहिर छ ।
इन्धनको मूल्य बढ्यो
कान्तिपुर संवाददाता
नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको हो ।
निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनमा उत्रिने चेतावनी
कान्तिपुर संवाददाता
निर्माण उद्योगका विद्यमान समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
नेप्सेमा झिनो सुधार, कारोबार रकम घट्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार झिनो सुधार भएको छ । अघिल्लो दिनको तुलनामा १.८३ अंकले बढ्दा समग्र नेप्से २ हजार ५ सय ९५.९६ विन्दुमा बन्द भएको छ । अघिल्ला तीन कारोबार दिन दोहोरो अंकले घटेको नेप्सेमा बुधबार झिनो सुधार भएको हो ।
गण्डक नहरको १३ नम्बर ब्लकसम्मै पुग्यो पानी
शंकर आचार्य
गहुँबालीका लागि गण्डक नहरमा प्राप्त पानी यस वर्ष नहरको १३ नम्बर ब्लकसम्म पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत एवं इन्जिनियर सुरेशप्रसाद साहका अनुसार रौतहटको बकुल क्षेत्रसम्म पानी पुगेको र गहुँबालीमा सिँचाइ गर्ने उपयुक्त समय यही नै भएकाले किसानले धमाधम सिँचाइ गरिरहेका छन् ।
बजारमा पैसा धेरै भएपछि आज ४० अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री
कान्तिपुर संवाददाता