text
stringlengths
2
914
नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औँस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।
सरकारी वित्तको अर्धवार्षिक समीक्षा : आम्दानी र खर्चमा छैन अपेक्षित सुधार
यज्ञ बञ्जाडे
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको राजस्व संकलन, पुँजीगत खर्च, वैदेशिक सहायता परिचालनलगायत सूचकमा अपेक्षित सुधार हुन सकेको छैन । विदेशी विनिमय सञ्चिति, शोधनान्तर, चालु खातालगायत अर्थतन्त्रका बाह्य सूचक बलियो भएको अवस्थामा सरकारी खर्च र आयमा सुधार गर्न सके आर्थिक गतिविधि चलायमान बन्ने विज्ञले बताएका छन् । तर, सरकारी वित्तमा गत वर्षको तुलनामा सुधार देखिए पनि त्यो शिथिल अर्थतन्त्र चलायमान बनाउन पर्याप्त नभएको उनीहरूको तर्क छ ।
कालोबजारी ऐनमा संशोधन : अधिकतम २० प्रतिशत नाफाको मापदण्ड अध्यादेशबाट हटाइयो
राजु चौधरी
व्यावसायिक वातावरण सुधार गर्न भन्दै सरकारले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा राखिएको मुनाफा र कारबाहीको व्यवस्था हटाएको छ । मन्त्रिपरिषद् बैठकले शुक्रबार ल्याएको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत यो व्यवस्था हटाइएको हो ।
नागढुंगा सुरुङमा १५ प्रतिशत कामलाई ८ महिना
विमल खतिवडा
निर्माणमा कुनै समस्या आइनपरे आउँदो २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्ग हुँदै पूर्व–पश्चिमका लागि सवारीसाधन छुट्नेछन् । २०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८५ प्रतिशत काम सकिएको छ । अब १५ प्रतिशत मात्र निर्माणको काम ८ महिनाभित्र सक्नुपर्नेछ ।
साइपालमा बैंक खाता खोलिदिन घरदैलो
वसन्तप्रताप सिंह
देशका ७५३ पालिकामध्ये सबैभन्दा ढिलो बैंक स्थापना भएको साइपाल गाउँपालिकाका बासिन्दा बैंकिङ प्रणालीमा जोडिन थालेका छन् । पालिकाको दुर्गम भेगका स्थानीयको बैंक खाता खोल्न घरदैलो कार्यक्रम सञ्चालन गरिएपछि उनीहरू बैंकिङ प्रणालीमा आबद्ध हुन थालेका हुन् ।
‘आर्थिक क्षेत्रका कानुन संशोधन स्वागतयोग्य’
कान्तिपुर संवाददाता
निजी क्षेत्रले सरकारले हालै गरेको कानुन संशोधन स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले विज्ञप्ति जारी गर्दै आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्न कानुनमा गरिएका संशोधन स्वागतयोग्य रहेको जनाएका हुन् ।
आईपीओ जारी गर्दै वर्णबास म्युजियम होटल
कान्तिपुर संवाददाता
वर्णबास म्युजियम होटलले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । होटलको पहिलो वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो । वर्णबास काठमाडौंमा अवस्थित पाँचतारे बुटिक लक्जरी होटल हो । आफ्नै जग्गामा निर्मित वर्णबासले विश्वस्तरीय पूर्वाधार र सांस्कृतिक महत्त्वलाई संयोजन गरेको जनाएको छ ।
माघ १, २०८१
अब हरेक तहमा सेवाप्रदायक संस्था रहने, बिमित रहेकै ठाउँमा सेवा
कान्तिपुर संवाददाता
स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सहकारी नियमन मापदण्ड मस्यौदा तयार : स्प्रेड ६ प्रतिशत तोकियो, बिनाधितो ३ लाखभन्दा बढी ऋण बन्देज
यज्ञ बञ्जाडे
नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्था नियमनका लागि छुट्टै निर्देशन तथा मापदण्डको मस्यौदा तयार पारेको छ । स्थापना हुन लागेको सहकारी नियमन प्राधिकरणलाई नियमन र सुपरिवेक्षणका लागि सरकारको निर्देशनमा नेपाल राष्ट्र बैंकले मस्यौदा तयार पारेको हो । माघ मसान्तसम्म सुझाव दिन मिल्ने गरी राष्ट्र बैंकको वेबसाइटमा मस्यौदा राखिएको छ ।
नाका व्यवस्थित नहुँदै तस्करी
ऋषिराम पौड्याल
कर्मचारी र सुरक्षाकर्मीको कमजोर उपस्थिति भएको मौका छोपेर मुस्ताङको कोरोला नाकाबाट तस्करी सुरु भएको छ । नाकाबाट भन्सार नतिरी आयात गरेका १९ हजार थान विद्युतीय चुरोट (भेप) बरामद भएपछि तस्करी हुन थालेको खुलासा भएको हो । कोरोला नाका व्यवस्थित नगरिएकाले यसको फाइदा तस्करहरूले उठाएको सरोकारवाला बताउँछन् ।
विकास सहायता रणनीति मस्यौदामा हरित र वातावरणीय कोषको व्यवस्था
कान्तिपुर संवाददाता
विकासशील राष्ट्रमा स्तरोन्नतिपछि पनि कम लागतमा वैदेशिक ऋण प्राप्ति, प्रदेश र स्थानीय सरकारलाई विदेशी सहायता परिचालनमा सहजता, वातावरणीय कोष र हरित कोषसम्बन्धी व्यवस्थालगायत तयारीसहित अर्थ मन्त्रालयले ‘अन्तर्राष्ट्रिय विकास सहायता रणनीति २०८१’ को मस्यौदा ल्याएको छ ।
कमलबजार–साइखोला ३३ केभी लाइन विस्तारमा अवरोध
तुलाराम पाण्डे
अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन् । आफ्नो खेतमा पोल गाडेर बिजुलीको लाइन तान्न आफूहरूलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालका स्थानीयले अवरोध गरेका हुन् ।
अमेरिकी डलरको भाउ बढ्यो
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ ।
पुस २९, २०८१
टिकटक किन्न अमेरिकी अर्बपतिहरू तयार
कान्तिपुर संवाददाता
भिडियो सेयरिङ प्लाटफर्म टिकटकले अमेरिकामा दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छँदै कतिपय अर्बपतिले आफू टिकटक किन्न तयार रहेको बताउन थालेका छन् । शार्क ट्यांक अमेरिकाका लगानीकर्ता केभिन ओलियरी, अर्बपति फ्र्यांक म्याककर्टजस्ता प्रख्यात अर्बपतिले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न इच्छा प्रकट गरेका हुन् ।
दूधको मूल्य नदिए किसानका आँसुले पोल्छ : कृषिमन्त्री अधिकारी
प्रतीक्षा काफ्ले
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी किसानलाई दूधको मूल्य नदिने उनीहरूको आँसुले पोल्ने बताएका छन् । सोमबार केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको साधारणसभालाई सम्बोधन गर्दै कृषि मन्त्री अधिकारीले सरकारले व्यावसायिक किसानलाई साथ नदिए आयातको दूधमा भर पर्नुपर्ने बताए ।
सौराहाका पर्यटन व्यवसायी तथा संरक्षणकर्मी अर्यालको निधन
रमेशकुमार पौडेल
पर्यटकीय क्षेत्र सौराहाका पुराना पर्यटन व्यवसायी तथा संरक्षणकर्मी विष्णुप्रसाद अर्यालको ९४ वर्षको उमेरमा सोमबार निधन भएको छ । अर्याल २०४० सालमा सौराहामा खुलेको राइनो लज एन्ड होटलका सञ्चालक थिए । त्यसैगरी उनी सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनको पनि तीन कार्यकाल अध्यक्ष भएका थिए । उनले होटल व्यवसायीहरूको संस्थाको पनि नेतृत्व गरे ।
गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ तोकियो
कान्तिपुर संवाददाता
सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७.३८ रुपैयाँ निर्धारण गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले गत वर्षभन्दा प्रतिक्विन्टल २१७.२४ रुपैयाँ बढाएर मूल्य तोकेको हो ।
मनोकामना मनिचेन्जरको लाइसेन्स खारेज
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले मनोकामना मनिचेन्जर, वीरगञ्ज पर्साको लाइसेन्स खारेज गरेको छ । नियामक निकायबाट भारतीय रुपैयाँको कारोबार गर्न अनुमति लिएको उक्त कम्पनीले कानुनविपरीत काम गरेपछि नेपाल राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो ।
नेप्से परिसूचक १५ अंकले घट्यो
रासस
यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अंकले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ को बिन्दुमा कायम भएको हो ।
माघका लागि पनि घट्यो निक्षेपको ब्याजदर
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थाले आउादो माघका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले सोमबार प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार माघमा निक्षेपको औसत ब्याजदरमा कमी आएको हो ।
कोशीमा सूचना प्रविधि क्षेत्रका नयाँ व्यवसायलाई सम्भावना: राष्ट्र बैंक
कान्तिपुर संवाददाता
कोशी प्रदेशमा सूचना प्रविधि क्षेत्रका नविन व्यवसायहरू शुरु गर्न प्रबल सम्भावनाहरू रहेको राष्ट्र बैंककको प्रतिवेदनले औंल्याएको छ । आइतबार सार्वजनिक भएको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार सूचना प्रविधि क्षेत्रका व्यवसायहरूले पर्यटनबाटभन्दा बढी अर्थतन्त्रतमा योगदान पुर्‍याएको हुँदा कोशीमा पनि यस्ता व्यवसायलाई अवसर रहेको उल्लेख छ ।
नेपाल टेलिकमको आम्दानी ४२ अर्ब, ६ अर्ब मुनाफा
कान्तिपुर संवाददाता
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८०/८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेर ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको जनाएको छ । कम्पनीले ४१ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ ।
तरुल खेती गरेर लाखौँ आम्दानी
माधव अर्याल
निस्दी गाउँपालिका–६ अर्चले रन्गुवाका लालबहादुर बयम्बुले वार्षिक कम्तीमा ४ सय केजी रातो तरुल विक्री गर्छन् । उनले दुई वर्षअघि ८ सय केजी तरुल विक्री गरेका थिए । अघिल्लो वर्ष र यस वर्ष ४ सय हाराहारीमा तरुल विक्री गरेका छन् । पिँडालु, अदुवासँगै यो तरुल लगाउने गरिन्छ ।
पृथ्वी राजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
रासस
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ ।
राष्ट्र बैंकको अध्ययन : कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
रासस
बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ ।
शिथिल अर्थतन्त्रको असर बिमा बीचमै छाड्ने बढे
यज्ञ बञ्जाडे
अर्थतन्त्रमा देखिएको ह्रासको प्रत्यक्ष असर बिमा क्षेत्रमा पनि पर्न थालेको छ । बिमितले के कारणले बीचमै बिमालेख छाडे, यकिन कारण नभए पनि आर्थिक अवस्था र बैंकबाट ऋण लिने क्षमतामा कमी आएका कारण बिमालेख अघि बढाउन नसकेर धेरैजसोले बीचैमा छोड्ने गरेको जानकार बताउँछन् ।
पालिकालाई भूगोल हेरी बजेट र रोयल्टी दिन माग
भानुभक्त निरौला
स्थानीय सरकारलाई भूगोलका आधारमा बजेट दिन र रोयल्टी बढाउन सोलुखुम्बु र रामेछापका जनप्रतिनिधिले माग गरेका छन् । दुई जिल्लाका जनप्रतिनिधिका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सदरमुकाम सल्लेरीमा राखेको रोयल्टी रकम बाँडफाँट पुनरावलोकनका लागि सुझाव संकलन कार्यक्रममा उनीहरूले प्राकृतिक स्रोतबाट उठ्ने रोयल्टीको ५० प्रतिशत हिस्सा स्थानीय सरकारले पाउनुपर्ने माग सारेका हुन् ।
कृषि अनुदान लिनेको सूची सार्वजनिक, दुरुपयोग गर्नेको खुलासा गरिएन
राजु चौधरी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट अनुदान लगेर काम नगर्नेहरूको सूची सार्वजनिक गर्छौं भने पटक–पटक घोषणा गरिसकेका छन् । गत भदौ ४ मा मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले भनेका थिए, ‘पछिल्लो पाँच–सात वर्षमा अर्बौं रुपैयाँ अनुदान दिइएको रहेछ । सबै विवरण सार्वजनिक गर्नुपर्छ भनिसकेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।’
पुस २८, २०८१
कृषिमन्त्री अधिकारी भन्छन् : अनुदान दुरुपयोग गरिएको भेटिए कारबाहीको दायरामा ल्याइन्छ
कान्तिपुर संवाददाता
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अनुदान दुरुपयोग गरेको भए कारबाही गरिने बताएका छन् । आइतबार ६ महिनाको अवधिमा आफूले गरेका गतिविधि सार्वजनिक गर्ने क्रममा मन्त्री अधिकारीले अनुदान दुरुपयोग हुन नदिने बताएका हुन् ।
कृषि सहकारी र समूहले लगे २० अर्ब ३० करोड ३० लाख १४ हजार
कान्तिपुर संवाददाता
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्रत्यक्षतर्फ (मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत) कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ ।
नेप्सेमा साढे २५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ९.६७ बिन्दुमा पुगेको हो । गत बिहीबार नेप्से १८ अंकले घटेको थियो ।
रुग्ण ठेक्का सुविस्ताका आधारमा अन्त्य गर्न निर्माण व्यवसायीको माग
कान्तिपुर संवाददाता
नेपाल निर्माण व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरूको राष्ट्रिय भेलाका सहभागीहरूले रुग्ण ठेक्का सुविस्ताका आधारमा अन्त्य गर्नुपर्ने कुरामा जोड दिएका छन् ।