text
stringlengths
2
914
लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग ४६.४१ प्रतिशतमात्रै
कान्तिपुर संवाददाता
गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूको क्षमता उपयोग ४६.४१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष उद्योगहरूको क्षमता उपयोग करिब १० प्रतिशत विन्दुले घटेको हो । आर्थिक वर्ष ०७९/८० मा यो प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो ।
सुनको मूल्य तोलामा १६०० ले बढ्यो
कान्तिपुर संवाददाता
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
आज पनि राष्ट्र बैंकले बजारबाट ४० अर्ब झिक्दै
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्री अधिकारी
रासस
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।
नेपाली आईटी कम्पनीलाई अब विदेशमा लगानी सुविधा
सजना बराल
नेपालका सूचना प्रविधि क्षेत्रमा क्रियाशील उद्यमीहरूले विदेशमा शाखा कार्यालय खोल्न वा लगानी गर्न पाउनुपर्ने लामो समयदेखिको माग सरकारले सम्बोधन गरेको छ । पुस २६ मा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा शाखा कार्यालय स्थापना गर्न, लगानी गर्न र त्यहाँबाट आर्जित आम्दानीलाई स्वदेश भित्र्याउन सक्ने कानुनी आधार तयार गरेको हो ।
मन्त्रालयले थाल्यो श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन
होम कार्की
श्रमसम्बन्धी विषयमा सरकारलाई परामर्श दिन गठित केन्द्रीय श्रम सल्लाहकार परिषद्ले श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद् बैठ्कले आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी नयाँ न्यूनतम तलब निर्धारण गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
चिनिँदै कर्णाली, बढ्दै लगानी
ज्योति कटुवाल
केही समयअघि डोल्पा पुगेका वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइत पर्यटनको सम्भावना देखेर दंग परे । डोल्पालीका आँखा जाँच गर्न शिविरको नेतृत्व गरी त्यहाँ पुगेका उनले स्थानीयमाझ शे–फोक्सुन्डो क्षेत्रलाई ‘युनेस्को हेरिटेज साइट’ का रूपमा विकास गर्न सकिने उपाय सुनाए ।
कृषि र औषधीय वनस्पतिको व्यवसायमा सहजीकरणको सहमति
कान्तिपुर संवाददाता
नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठकले दुई देशबीच कृषि र औषधीय वनस्पतिसम्बद्ध व्यवसायमा सहजीकरण गर्ने सहमति गरेको छ । काठमाडौंमा सम्पन्न बैठकले शनिबार जलविद्युत्, नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्ने विषयमा समेत सहमति गरेको नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
लडेर घाइते विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार
रासस
ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई शनिबार प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।
पुस २७, २०८१
मन्त्रालयले थाल्यो श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन
होम कार्की
श्रमसम्बन्धी विषयमा सरकारलाई परामर्श दिन गठित केन्द्रीय श्रम सल्लाहकार परिषद्ले श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद् बैठ्कले आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी नयाँ न्यूनतम तलब निर्धारण गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
जलवायु परिवर्तनको असरका बारेमा हिमाली मुलुकहरूबीच सहकार्य जरुरी
कान्तिपुर संवाददाता
विज्ञहरूले हिमनदीहरू पग्लिँदै जाँदा परेको असरका विषयमा हिमालयन क्षेत्रका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
धार्के-सीतापाइला सडकमा ताजा तरकारी बेच्दै रुपाखेती दम्पती
विवेक पोख्रेल
राजधानी प्रवेश गर्ने नौविसे–नागढुंगा सडक खण्डको विकल्प खोज्ने यात्रुका लागि अहिले धार्के–सीतापाइला सडक लोकप्रिय बन्दै गएको छ। यो अवसरलाई सदुपयोग गर्दै धादिङ धुनिवेशी नगरपालिका–५, कुमाइखोलाका ४८ वर्षीय किसान बच्चुराम रुपाखेतीले आफूले उत्पादन गरेका तरकारी सडकछेउमै बिक्री गर्न थालेका छन् ।
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
कान्तिपुर संवाददाता
मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ ।
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले चुहावट घटाएर १२ दशमलव ७३ प्रतिशतमा झारेको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आर्थिक वर्षमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित भएको हो ।
घट्यो रेमिट्यान्स वृद्धिदर, अनौपचारिक अर्थतन्त्र बढेको संकेत
यज्ञ बञ्जाडे
पछिल्ला महिनामा नेपाल भित्रिने रेमिट्यान्सको वृद्धिदरमा निरन्तर कमी आउन थालेको छ । गत कात्तिकमा १ खर्ब १४ अर्ब ३० करोड र मंसिरमा १ खर्ब १८ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत असोजको तुलनामा कात्तिकमा ३० अर्ब र मंसिरमा २६ अर्ब रुपैयाँ कम रेमिट्यान्स नेपाल भित्रिएको छ ।
‘निगमले इन्धन मात्रै बेचेर रमाउने दिन धेरै रहँदैन’
कान्तिपुर संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमका कर्मचारीले काममा तत्परता नदेखाएको बताएका छन् । ५५ वर्षदेखि इन्धन मात्रै बेच्दै आएको निगमले व्यवसायमा विविधीकरण नगरे निगमको अस्तित्व नै संकटमा पर्न सक्ने उनले उनको भनाइ छ ।
बेलिब्रिज जोड्न तातोपानी नाका बन्द गरिँदै
अनिश तिवारी
गत असोजमा बाढीले बगाएको भोटेकोशी गाउँपालिका–२ लिपिङमा बेलिब्रिज जडान गर्न तातोपानी नाका बन्द गरिने भएको छ । नेपाली र चिनियाँ अधिकारीबीच भएको अनौपचारिक छलफलअनुरूप माघ ६ देखि २५ सम्म नाका बन्द गर्ने तयारी गरिएको हो ।
लुम्बिनीमा एक वर्षमा ११२ देशका पर्यटक
मनोज पौडेल
सन् २०२४ मा भारतसहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषका अनुसार गत वर्ष तेस्रो मुलुकका १ लाख ११ हजार ४ सय ३ जना लुम्बिनी आएका हुन् । भारतबाट भने ३ लाख ८ सय ८९ पर्यटकले भ्रमण गरेका छन् ।
पुस २६, २०८१
बैंकिङविरुद्ध अराजक गतिविधिप्रति वित्तीय संस्थाका संघहरुको आपत्ति
कान्तिपुर संवाददाता
पछिल्ला महिनाहरुमा बैंकिङ विरुद्ध अराजक गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाका संघहरुले आपत्ति जनाएका छन् । जसअनुसार पछिल्लो समय कृषि विकास बैंकको सिराहा जिल्ला, लहानस्थित शाखालगायत विभिन्न बैंकका केही शाखाहरुमा गठित गतिविधिप्रति बैंकर्स संघ, डेभलपमेन्ट बैकर्स संघ र वित्त संस्था संघले शुक्रबार संयुक्त विज्ञप्ति निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।
निर्माण व्यवसायीको २२ अर्ब भुक्तानी गरिसक्यौं : अर्थमन्त्री पौडेल
कान्तिपुर संवाददाता
काम भएर दिन बाँकी रहेको निर्माण व्यवसायीहरूको २२ अर्ब रुपैयाँ भुक्तानी गरी सकिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिइएको बताए ।
मंसिरमा बजार भाउ ६.०५ प्रतिशत, तरकारी सबैभन्दा महँगो
कान्तिपुर संवाददाता
बजार भाउ उकालो लाग्ने क्रमले गत मंसिरमा पनि निरन्तरता पाएको छ । सोही क्रममा गत मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ६.०५ प्रतिशत पुगेको छ । गत वर्षको सोही महिनामा यो ४.९५ प्रतिशत रहेको थियो ।
विदेशी मुद्रा सञ्चिति पौने २३ खर्ब पुग्यो, १४ महिनाको आयात धान्न पुग्ने
कान्तिपुर संवाददाता
गत मंसिरमा पनि विदेशी मुद्रा सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ । गत असारको तुलनामा करिब साढे ११ प्रतिशतले बढेको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला हरेक महिना विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड बनाउँदै आएको हो ।
पाँच महिनामा साढे ६ खर्ब रेमिट्यान्स भित्रियो
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्समार्फत ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यो ४.४ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको पाँच महिनासम्ममा रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
व्यवसाय विविधीकरण गरिएन भने निगमको अस्तित्व संकटमा पर्नसक्छ : मन्त्री भण्डारी
कान्तिपुर संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै संकटमा पर्नसक्ने बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन गर्छौं : पर्यटनमन्त्री पाण्डे
कान्तिपुर संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरू चाँडै सञ्चालनमा आउने बताएका छन् ।
हुम्लामा तरकारी उत्पादन बढ्दै, जहाजबाट ढुवानी गर्ने बाध्यता हट्दै
कृष्णप्रसाद गौतम , तुलाराम पाण्डे
५ वर्षअघिसम्म नेपालगन्ज र सुर्खेतबाट गएको तरकारीकै भर परेकी सिमकोट गाउँपालिका—७ की सीता रोकायाको भान्सामा अहिले हुम्लाकै टमाटर, मूला, हरियो साग, काउली, केराउलगायत तरकारी पाक्छ । सिमकोट बजारमा रोकाया होटल सञ्चालन गरिरहेकी उनले स्थानीयस्तरमै तरकारी उत्पादन हुन थालेपछि महँगीको मारबाट मुक्ति पाएकी छिन् नै, ग्राहकलाई पनि ताजा तरकारी खुवाउन थालेकी छिन् ।
नेपाल बिमा प्राधिकरणमा अध्यक्षको आवेदन खुल्यो, १५ दिनको म्याद
कान्तिपुर संवाददाता
बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरण अध्यक्षका लागि आवेदन खुलेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवप्रसाद अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले प्राधिकरण अध्यक्षका लागि शुक्रबार आवेदन आह्वान गरेको हो ।
डुलेर चिया बेच्दै चल्छ घर खर्च
भवानी भट्ट
चिया बेच्नका लागि उनी कहिले बजारमा त कहिले बसपार्क आसपास पुग्छन् भने कतिबेला खुला मञ्चमा । हरीश चन्दले काम सानो ठूलो हुँदैन र सानै लगानीमा पनि केही फरक गरेर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । व्यवस्थापनमा १२ कक्षा पास गरेका उनी थर्मसको चिया बजारका गल्ली–गल्ली डुल्दै बेचेर रामैसँग घर चलाइरहेका छन् ।
भारतले आइएसआई नवीकरण नगर्दा तीन उद्योगको सिमेन्ट निर्यात रोकियो
माधव ढुंगाना
भारत सरकारको गुणस्तर प्रमाण सम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क नवीकरण नभएपछि नेपालका तीन वटा उद्योगको भारतमा हुने सिमेन्ट निर्यातको क्रम महिनौंदेखि रोकिएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
मार्सी धानको मूल्य प्रति केजी १२० रुपैयाँ
डीबी बुढा
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले मार्सी धान खरिद गर्न थालेको छ । प्रति क्वीन्टल १२ हजार रुपैयाँमा मार्सी धानको खरिद प्रक्रिया सुरु गरेको हो ।
एआईबाटै हिपहप र म्युजिक भिडियो
सजना बराल
गत वर्ष अप्रिलमा र्‍यापर ड्रेकले एआई प्रयोग गरेर टुप्याक सकुर र स्नुप डगको आवाजमा गीत निकाल्दा त्यसको व्यापक आलोचना भयो । यसले कानुनी उल्झन निम्त्याउने देखिएपछि ड्रेकले सो गीत आफ्ना आधिकारिक अनलाइन च्यानलहरूबाट हटाइदिएका थिए ।
नागढुंगा सुरुङमार्गका प्रभावितलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढ्यो
विमल खतिवडा