text
stringlengths
2
914
निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति दिने प्रक्रिया आयोजनाले अघि बढाएको छ । प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति प्रदान गर्ने सन्दर्भमा गत मंसिर २८ को मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको थियो ।
नेटवर्किङ व्यवसायलाई सजिलो हुने गरी निर्देशिका खारेज गर्न चलखेल
राजु चौधरी
एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बाझिएका/नचाहिने निर्देशिका र कार्यविधि मापदण्ड खारेज गर्न सचिवहरूलाई निर्देशन दिए । दैनिक कार्यसम्पादनमा चाहिने मात्रै राखेर अन्य खारेज गर्न उनको निर्देशन थियो । तर प्रधानमन्त्रीको उक्त निर्देशनपछि नेटवर्किङ व्यवसायी चलखेलमा लागेका छन् ।
निगम सुधार गर्न दसौं समिति
कान्तिपुर संवाददाता
नेपाल वायुसेवा निगममा देखिएका समस्या अध्ययन गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन गरेको छ । निगमको सुधारबारे गठन भएको यो दसौं समिति हो ।
३० वर्षमा पनि अपूरै गाईघाट–दिक्तेल सडक
डम्बरसिं राई
निर्माण सुरु भएको ३० वर्षमा पनि सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) अपूरै छ । विभिन्न निर्माण कम्पनीले काम थाले पनि अलपत्र पारेपछि सडक अपूरै रहेको हो । उक्त सडकअन्तर्गत चार खण्डमा विभाजन गरेर विभिन्न निर्माण कम्पनीले ठेक्का पारी काम थालेका थिए । तर बेलामा काम नगरी अलपत्र पारेपछि ठेक्का तोडेर पुनः नयाँ बोलपत्र आह्वान गरी सम्झौताको चरणमा पुगेको छ ।
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ पहिलो साताभित्र
माधव अर्याल
२०७८ सालमा सिद्धबाबा मन्दिरबाट घर जाने क्रममा पहिरोमा परी घाइते भएका तिनाउ गाउँपालिका–३ दोभानका लक्ष्मणप्रसाद श्रेष्ठ सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी थाहा पाएर औधी खुसी छन् । त्यति बेला महिना दिन ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार गराएका उनलाई सिद्धबाबा क्षेत्रको पहिरोको जोखिम र त्रास ताजै छ ।
पुस २५, २०८१
अनलाइन सपिङ गर्दा ‘क्यास अन डेलिभरी’ गर्न प्रहरीको आग्रह
कान्तिपुर संवाददाता
सामाजिक सञ्जालहरूमा आकर्षक फोटो र भिडियोहरू सार्वजनिक गर्दै ग्राहकलाई विभिन्न सामान अर्डर गर्न प्रेरित गर्ने र सामान डेलिभर नगरी रकम ठगी गर्ने प्रवृत्ति बढिरहेको नेपाल प्रहरीले जनाएको छ । अनलाइन व्यापारको नाममा हुने यस्ता ठगीका घटनाबारे सचेत रहन प्रहरीले नागरिकलाई आग्रह गरेको छ । यस्ता ठगीबाट बच्ने उपायमा प्रहरीले 'क्यास अन डेलिभरी' विकल्प रोज्न सकिने उल्लेख गरेको छ ।
बारीबाटै बिक्री हुन्छ हरियो मकै
रमेशकुमार पौडेल
केसरी कुमाल अन्य दुई सहयोगीसहित बिहानै डोको बोकेर साइकलमा हुँकिइन् । रत्ननगर नगरपालिका–१६ की केसरीले २२ कट्ठा जग्गा भाडामा लिएर मकै खेती गरेकी छन् । उनको मकै छिप्पिन पाएको थिएन घोगा किन्ने व्यापारी घरमै आएर मोलमोलाइ गरे ।
माघ १ देखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिने
कान्तिपुर संवाददाता
२०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।
माइक्रोसफ्टले भारतको एआई पूर्वाधार विकासमा ३ अर्ब डलर लगानी गर्दै
कान्तिपुर संवाददाता
माइक्रोसफ्टले भारतमा एआई र क्लाउड पूर्वाधार निर्माणका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो लगानीको घोषणा गरेको छ । बैंगलुरुमा यो साता आयोजित कार्यक्रममा कम्पनीका प्रमुख सत्य नडेलाले भारतको एआई पूर्वाधार मजबुत बनाउन र देशमा नवप्रवर्तनलाई प्रोत्साहन हुने गरी ३ अर्ब डलर लगानी गर्ने बताएका हुन् ।
१८.१४ अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १८.१४ अंकले घटेको छ । शून्य दशमलव ६८ प्रतिशतले घटेर २६३५.०९ बिन्दुमा बन्द भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।
ट्रम्पलाई रिझाउने गरी मेटाले अमेरिकामा तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने
कान्तिपुर संवाददाता
फेसबुक, इन्स्टाग्राम, थ्रेड्सजस्ता मेटाका चर्चित एपहरूमा पोस्ट हुने कन्टेन्टहरूमार्फत गलत सूचना नफैलियोस् भनेर कम्पनीले तथ्य जाँचका लागि विभिन्न निकायसँग सहकार्य गर्दै आएकोमा अब त्यसलाई निरन्तरता नदिने घोषणा गरेको छ । मेटाका प्रमुख मार्क जकरबर्गले अमेरिकामा आफ्नो तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने बताएसँगै विज्ञहरूले यस कदमको व्यापक आलोचना गरेका छन् ।
बक्यौता फर्छ्योट, उधारो व्यापार नियमन र सरकारी वित्त सुधार गर्न आयोगको सुझाव
यज्ञ बञ्जाडे
शिथिल अर्थतन्त्र सुधारका लागि सुझाव दिने जिम्मेवारी पाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ । गत असोजमा पूर्वअर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय सुधार आयोगले शिथिल अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउन विभिन्न सुझाएको हो ।
चक्रपथ विस्तार गर्ने चिनियाँ टोली नै आएन
विमल खतिवडा
चक्रपथ दोस्रो खण्ड विस्तारका लागि नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको चार महिना पुग्यो । यस अवधिमा न चिनियाँ टोली आयो, न काम नै अघि बढ्यो । कहिले काम सुरु हुन्छ भन्ने विषयमा अझै अलमल छ ।
नीतिगत सुधार नहुँदा खस्कियो दूरसञ्चारको गुणस्तर
सजना बराल
गत कात्तिक दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए । प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न सचेत गराए ।
रूख कटान आदेशले रोकिएको दोधारा-चाँदनी सुक्खा बन्दरगाह
राजु चौधरी
भारतको आर्थिक र प्राविधिक सहयोगमा बन्ने दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणमा रूख हटाउने प्रक्रियाले ढिलाइ भएको छ । सुदूरपश्चिमलाई ट्रान्सफर्म गर्ने बन्दरगाहका रूपमा हेरिएको यस बन्दरगाहको पहिलो चरणमा बन्दरगाहको आईसीपीमा रेलबाहेकको क्षेत्र निर्माण सक्ने योजना छ ।
पुस २४, २०८१
प्रविधिको प्रवर्द्धन गर्दै सम्पन्न भयो ‘टेकपर्व ३.०’
कान्तिपुर संवाददाता
साइबर सुरक्षा, डिजाइनिङ, कोडिङसम्बन्धी विभिन्न प्रतियोगिता र रिसर्चका सिपहरू प्रवर्द्धन गर्दै ‘टेकपर्व ३.०’ कार्यक्रम सम्पन्न भएको छ । इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स सोसाइटीले यो साता पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा यस कार्यक्रम आयोजना गरेको थियो ।
कर्णाली सरकार : ५ महिनामा १० प्रतिशत खर्च
कृष्णप्रसाद गौतम
चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले मुस्किलले १० प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । उसले मंसिर मसान्तसम्म बजेटको १०.४४ प्रतिशत रकम खर्च गर्न सकेको हो ।
अरुण तेस्रोमा ४ सय परिवारलाई मुआब्जा
कान्तिपुर संवाददाता
निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब ४ सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
कान्तिपुर संवाददाता
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन् ।
चियाबारी-खुर्कोट र दुम्कीबास-बर्दघाट सुरुङ बनाउन ५४ अर्ब ७७ करोड रुपैयाँ लाग्ने
विमल खतिवडा
बीपी राजमार्गअर्न्तगत सिन्धुलीको चियाबारी-खुर्कोट र नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत दुम्कीबास-बर्दघाट सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । अहिले यो खण्डमा दैनिक सवारी चाप रहेकाले छिटो निर्माणमा जानुपर्ने माग स्थानीयतहबाट उठ्दै आएको छ । तर कार्यान्वयन भने अझै हुन सकेको छैन ।
नेप्सेमा साढे ६ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ५३.२३ बिन्दुमा पुगेको हो । गत बिहीबार यता सबै कारोबार दिन बढेको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
सिद्धबाबा सुरुङ ७.८ मिटर मात्र खन्न बाँकी
कान्तिपुर संवाददाता
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्ग अब ७.८ मिटर मात्र खन्न बाँकी रहेको छ । ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी राखिने सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालयले जनाएको छ ।
तरलता धेरै भएपछि आज पनि बजारबाट ८० अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (बुधबार) फेरि ८० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सामाजिक सञ्जालबाट गरिने व्यापारलाई ई-कमर्स कानुनमा समावेश गर्ने कि नगर्ने भन्नेमा संसद् र सरकारबीच अझै मतभेद
सजना बराल
संसद्को राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाका विभिन्न समितिमा छलफलका क्रममा रहेको ई-कमर्ससम्बन्धी विधेयकमा सामाजिक सञ्जालबाट हुने व्यापारलाई सम्बोधन गर्ने कि नगर्ने भन्नेमा सांसद र सरकारबीच फरक मत देखिएको छ ।
सुन्तला उत्पादन क्षेत्र बढ्यो, यस वर्ष पाल्पाबाट ५२ करोड ७६ लाखको कारोबार
माधव अर्याल
असिना पानीले फूल खेल्दै गरेका सुन्तलालाई असर पुगे पनि यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार रुपैयाँ बराबरको सुन्तलाको कारोबार भएको छ । गत वर्ष भने सुन्तला बिक्रीबाट ४६ करोड ७ लाख ७२ रुपैयाँको कारोबार भएको थियो ।
पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धि, निर्माण क्षेत्र ऋणात्मक
यज्ञ बञ्जाडे
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर करिब साढे ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा ३.४ प्रतिशत आर्थिक वृद्धि रहने प्रारम्भिक अनुमान गरेको हो ।
साना किसानको १४ प्रतिशत बोनस शेयर पारित
कान्तिपुर संवाददाता
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ ।
किसानले पाएनन् काउलीको मूल्य
ज्योती श्रेष्ठ
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेंसीको फाँटमा यतिबेला लहलह तरकारी फलेको छ । फाँटैभरि फलेको काउली बजारमा लैजान तयार छ । किसानलाई काउली काट्न भ्याइनभ्याई छ । कोही काउली काट्न त कोही बजार लैजाने तयारीमा छन् ।
तीन पटकसम्म बोलाउँदा अनुपस्थित भए मात्र लघुवित्त ऋणीको घर जान पाइने
कान्तिपुर संवाददाता
कर्जा असुलीका क्रममा लघुवित्तका कर्मचारीले ऋणीलाई डर, धम्की, अपमानलगायत कठोर विधि अपनाउन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मंगलबार जारी गरेको सञ्चालन मार्गदर्शनमा कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि नअपनाउन र तोकिएको मापदण्ड/आचरणहरू पालना गर्न निर्देशन दिएको हो ।
पुस २३, २०८१
पोखरामा शुक्रबारदेखि स्काई डाइभिङ
कान्तिपुर संवाददाता
पोखराको लौराकमा सिम्रिक एयरले शुक्रबारदेखि एरियल स्पोर्ट्स विधामा पर्ने स्काईडाइभ नेपाली प्रशिक्षकबाट गराउने भएको छ ।
न्यारोबडी मर्मतका लागि छानिएको चिनियाँ कम्पनी सूचीकृत नभएपछि निगमलाई स्पष्टीकरण
कान्तिपुर संवाददाता
सामान्यतया २ वर्षमा एकपटक गरिने जेट विमानहरुको विस्तृत मर्मत सम्भार (सी–चेक)का लागि नेपाल वायुसेवा निगमले छानेको चिनियाँ कम्पनी नेपालमा सूचीकृत नभएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई मंगलबार स्पष्टीकरण सोधेको छ ।