text
stringlengths
2
914
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न सर्वोच्चमा रिट, कानुनमै त्रुटि रहेको दाबी
कान्तिपुर संवाददाता
निजी क्षेत्रको लगानीमा स्थापना हुने नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया रद्दको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नयाँ एक्सचेञ्जलाई लाइसेन्स दिने सम्बन्धमा बोर्डले गरेको नीतिगत व्यवस्थामै त्रुटि रहेको भन्दै त्यसको सम्पूर्ण प्रक्रिया खारेज गर्न अधिवक्ता कृष्णबहादुर थापाले मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गरेका हुन् ।
लघुवित्तले ऋण असुली गर्दा ऋणीलाई अनावश्यक फोन गर्न र धम्क्याउन नपाइने
कान्तिपुर संवाददाता
ऋण असुलीका क्रममा लघुवित्तका कर्मचारीले ऋणीलाई डर, धम्की, अपमानलगायत कठोर विधि अपनाउन नपाउने भएका छन् ।
पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३.४ प्रतिशत
कान्तिपुर संवाददाता
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासका मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी)प्रतिवेदनले करिब साढे ३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।
नेप्सेमा ६ अंकको वृद्धि
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ६.१६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ४६.८४ बिन्दुमा पुगेको हो । अघिल्ला चार कारोबार दिन सामान्य बढेको नेप्से मंगलबार पनि सोही प्रवृति पछ्याएको हो ।
सुरुङमार्गको कागजी प्रतिस्पर्धा अध्ययन दुई दर्जनको, बने दुई मात्र
विमल खतिवडा
जहाँ अप्ठ्यारो र घुम्ती सडक छ, त्यहाँ सुरुङ बनाउनुपर्ने माग बढ्न थालेको छ । यस्ता माग राखेर सम्बन्धित जिल्लाका जनप्रतिनिधि र सांसद अर्थ मन्त्रालय पुग्छन् । राष्ट्रिय योजना आयोग धाउँछन् । अध्ययन गर्न भन्दै प्रत्येक वर्ष एउटा न एउटा सुरुङको नाम बजेटमा राख्न दबाब दिन्छन् ।
प्रधानमन्त्रीले दाबी गरे पनि अर्थतन्त्रमा छैन सुधार
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व सम्हालेपछि अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको दाबी गरेका छन् । एमाले केन्द्रीय कमिटीको आठौं बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीले राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकार गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको उल्लेख गरेका छन् ।
सगरमाथा निकुञ्जले खोल्यो हेलिकोप्टर उडान, गाउँपालिकाको निर्णय मंगलबार
सुरज कुँवर
वन, वन्यजन्तु तथ जैविक विविधतामा बाधा तथा असर नपुग्ने गरी सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न खुला गरिएको छ ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि
विवेक पोख्रेल
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाइएको हो । यात्रुवाहक र मालवाहक सवारीको भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
पुस २२, २०८१
के प्रधानमन्त्री र सांसदहरूले चलाएको फेसबुक र एक्स अकाउन्ट अवैध हुन् ?
कान्तिपुर संवाददाता
सरकारले गत वर्ष जारी गरेको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को व्यवस्थाअनुसार मेटा, एक्स, गुगलजस्ता अन्तर्राष्ट्रिय ठूला कम्पनीहरू पोहोर नै नेपालमा सूचीकृत भइसक्नुपर्ने थियो । सरकारले डेढ वर्षदेखि यी प्लाटफर्मलाई सूचीकृत हुन आग्रह गर्दै पटक-पटक पत्राचार गरे पनि तिनले वास्ता गरेका छैनन् ।
ऊर्जामन्त्री खड्काले सोधे कुलमानलाई ९ बुँदे स्पष्टीकरण
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नाै बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार ऊर्जासचिव सुरेश आचार्यले पत्र नै काटेर सात दिनभित्र जवाफ पेस गर्न भन्दै 'स्पष्टीकरण' सोधेका हुन् ।
झन्डै ५० अंकले बढ्यो नेप्से, सवा ६ अर्बको सेयर किनबेच
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४९.१२ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ४०.६८ विन्दुमा पुगेको हो ।
७ वर्षदेखि द्रुतमार्गको खोकना विवाद जहाँको त्यहीँ, अझै निस्किएन निकास
विमल खतिवडा
काठमाडौँ-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को खोकना विवाद अझै टुङ्गिन सकेको छैन । विकल्प पहिचान गरिँदासमेत सम्बन्धित मन्त्रालयले बेवास्ता गर्दा यस क्षेत्रमा केही काम हुन सकेको छैन । तिहार लगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीसहितको टोली स्थलगत निरीक्षणमा गएर समाधानको उपाय खोजिने बताइएको थियो ।
सुन ओसारेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा
ऋषिराम पौड्याल
अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा ५ भारतीयसमेत ९ जनाविरुद्ध करिब २६ करोड रुपैंयाँ मागदाबी गर्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा दुईवटा मुद्दा दायर गरेको छ । विभागले शुक्रबार सार्वजिनक गरेको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा ओसारपोसार गरिरहेको अवस्थामा सुन बरामद गरेको थियो ।
स्टार्टअपका नयाँ आवेदकलाई चैत १५ देखि कर्जा
कान्तिपुर संवाददाता
स्टार्टअप उद्यम कर्जाका लागि आवदेन परेकामध्ये पहिलो चरणका लागि १ हजार ३ सय १४ वटा परियोजना छानिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ मा सूचना सार्वजनिक गर्दै २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।
भन्सार कार्यालय नहुँदा कोरला नाकाको राजस्व गुम्दै
घनश्याम खड्का
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ स्थित नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा भन्सार कार्यालय स्थापना नहुँदा राज्यले दैनिक लाखौं राजस्व गुमाउँदै आएको छ ।
ब्याज अनुदान कर्जासम्बन्धी कार्यविधि संशोधन गरिँदै
कान्तिपुर संवाददाता
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि संशोधन हुने भएको छ । सरकारले ब्याज अनुदानबापत करिब १४ अर्ब भुक्तानी दिन नसकेको, बैंकको ब्याजदर एकल अंकमा झरेको, कर्जाको सदुपयोगितामा प्रश्न उठेकोलगायत कारण विद्यमान कार्यविधि परिमार्जन गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।
स्थानीयको अवरोधपछि खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान बन्द
सुरज कुँवर
आन्तरिक उडानमा रहेका वायुसेवा तथा हेलिकोप्टरहरूको छातासंगठन वायुसेवा सञ्चालक संघले स्थानीयको धम्की एवं अवरोधलगायत कारण देखाउँदै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा आइतबारदेखि अनिश्चितकालका लागि हेलिकोप्टर उडान स्थगन गरेको छ ।
पुस २१, २०८१
अपर अरुण जलविद्युत् आयोजनाको ईआईए स्वीकृत
कान्तिपुर संवाददाता
अपर अरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव अध्ययन (ईआईए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयले अपर अरुण आयोजनालाई प्राथमिकतामा राखेर पुस १९ गते ईआईए स्वीकृत गरेको जानकारी दिएको हो ।
ट्रेजरी बिलमार्फत सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउँदै
कान्तिपुर संवाददाता
ट्रेजरी बिलमार्फत सरकारले मंगलबार ८ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत ८ अर्ब रुपैयाँ उठाउन लागेको जनाएको हो ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
रासस
यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो ।
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घट्यो
कान्तिपुर संवाददाता
आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय घटेको हो ।
पैसा धेरै भएपछि आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले आइतबार (आज) ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
कान्तिपुर संवाददाता
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।
धनगढीका दुना-टपरी अमेरिकासम्म
अर्जुन शाह
कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारी सनिटोलकी ३६ वर्षीया भावना पुलामी मगरलाई प्रायःले ‘दुना–टपरीवाली दिदी’ भनेर चिन्छन् । सालका पात गाँसेर दुना–टपरी बनाउने भावनाको पानीडाँडा दुना–टपरी उद्योग सुदूरपश्चिमभर प्रसिद्ध छ ।
बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने अनुमान
रासस
गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो ।
‘साइबर डेटिङ’ ले जोखिममा युवा
सजना बराल
साइबर सुरक्षा क्षेत्रमा एउटा भनाइ लोकप्रिय छ– ‘इट्स इजियर टु फुल अ ह्युमन द्यान द अ मेसिन ।’ अर्थात्, कुनै मेसिनलाई झुक्याउनभन्दा मानिसलाई झुक्याउन धेरै सजिलो छ ।
माघी महोत्सवमा थारू कला, संस्कृतिको रौनक
दुर्गालाल केसी
मुख्य चाड माघी नजिकिँदै गर्दा थारू समुदायका कला, संस्कृति प्रदर्शन हुन थालेका छन् । थारू गाउँमा मात्रै नभई सहरमा समेत थारू संस्कृतिको रमझम बढेको छ । थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि घोराहीमा माघ सांस्कृतिक महोत्सव सुरु गरेको छ ।
प्रविधि प्रयोग गरी लपेस र टपरी
ज्योती श्रेष्ठ
सालको पातलाई बाँसको सिन्काले उन्दै लपेसका लागि लाफा बनाइँदै छ । एकछेउमा तयार भएका लाफा लहरै सुकाइएको छ । सुकेको लाफालाई मेसिनमा राखिन्छ । मेसिनले आकार र साइजअनुसार कटिङ गरेपछि लपेस तयार हुन्छ ।
बाँकेमा विस्तार गरियो लाहा खेती
रुपा गहतराज
चिठी वा सरकारी दस्ताबेज सिल गर्न, हतियारको बिँडमा लगाउन, गरगहना भर्नलगायतमा प्रयोग हुने वस्तु लाहाको बाँकेमा पहिलो पटक खेती विस्तार गरिएको छ । भारतबाट आयात हुने लाहाको नेपालमा पहिलो पटक खेती विस्तार गरिएको हो ।
सिबिफिन अध्यक्षमा पुनः पौड्याल
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल चुनिएका छन् । सिबिफिनको पाँचौं साधारणसभाले शुक्रबार सचिवबाहेक अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
'बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थामा'
कान्तिपुर संवाददाता
यति बेला बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले बताएका छन् । परिसंघको पाँचौं साधारणसभामा पौडेलले अर्थतन्त्रका बाह्य सूचकमा केही सुधार आएकामा आफूहरूले गर्व गरिरहे पनि आन्तरिक अर्थतन्त्र कमजोर नै रहेको जनाए ।
मनास्लुमा १० हजार ६ सय पर्यटक
हरिराम उप्रेती
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार ६ सय ५ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्ला वर्षको तुलनामा यस वर्ष मनास्लु क्षेत्र घुम्ने विदेशीको संख्या बढेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ ।
तंग्रिँदै तातोपानी नाका
अनिश तिवारी