text
stringlengths
2
914
गत असोजको बाढीपहिरोले पुल बगाएपछि बेलाबेला अवरुद्ध भइरहेको तातोपानी नाका क्रमशः तंगि्रँदै गएको छ । असोज दोस्रो साताको वर्षाले लार्चार् र लिपिङमा बेलिब्रिज, पुल बगाएयता समय–समयमा अवरुद्ध भइरहेको उत्तरी नाका तातोपानीमा चहलपहल बढ्दै गएको छ ।
पर्सा-बाराका उद्योगमा अघोषित लोडसेडिङ र ट्रिपिङ
भूषण यादव
पर्सा–बारा औद्योगिक कोरिडोरमा सञ्चालनमा रहेका उद्योग पछिल्लो समय अघोषित लोडसेडिङ र ट्रिपिङको मारमा परेका छन् । विद्युत्को नियमित आपूर्ति नहुँदा कोरिडोरका उद्योग आफ्नो निश्चित क्षमताभन्दा धेरै कम क्षमतामा सञ्चालन भइरहेका छन् ।
सरकारले दिएन ब्याज अनुदानको १४ अर्ब
यज्ञ बञ्जाडे
दुई वर्षयता नागरिकले बैंक तथा वित्तीय संस्थाबाट ब्याज अनुदानको सहुलियत कर्जा पाएका छैनन् । सरकारले उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकासलगायत उद्देश्यले ल्याएको उक्त कार्यक्रम बन्द भएर अथवा म्याद सकिएर नागरिक सुविधाबाट वञ्चित भएका भने होइनन् ।
पुस २०, २०८१
‘बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थामा’
कान्तिपुर संवाददाता
अहिले बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र पौड्यालले बताएका छन् । सिबिफिनको पाँचौ साधारण सभामा बोल्दै पौडेलले अर्थतन्त्रका बाह्य सूचकहरूमा केही सुधार आएकामा हामीले गर्व गरिरहे पनि आन्तरिक अर्थतन्त्र कमजोर नै रहेको उनले बताए ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः पौडेल निर्वाचित
घनश्याम गौतम
बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, व्यवसायी वीरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालकमा निर्वाचित गरेको हो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए ।
सीबीफीन अध्यक्षमा पुनः पौड्याल
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल चुनिएका छन् । सीबीफीनको शुक्रबार सम्पन्न पाँचौ साधारणसभाले सचिवबाहेक अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जसअनुसार सीबीफीन कार्यसमितिका १७ मध्ये १६ जना सर्वसम्मत भएका हुन् । पौड्याल यसअघि पनि परिसंघको अध्यक्ष थिए ।
प्रधानमन्त्री ओलीले गरे लुक्लामुनिको शेर्पा पर्यटन सडक उद्‌घाटन
भानुभक्त निरौला
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमालमा हिउँ पग्लन थालेको भन्दै जलवायु न्यायका लागि आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय समुदायमा मुद्दा उठाएको बताएका छन् ।
चितवन पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा सेढाईं
रमेशकुमार पौडेल
पेट्रोल, डिजेल बिक्री गर्ने पेट्रोल पम्प सञ्चालकहरूको संस्था चितवन पेट्रोलियम डिलर्स एसोसिएसनको नेतृत्वमा पहिले पटक महिला पुगेकी छन् । शनिबार सम्पन्न एसोसिएसनको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले शर्मिला सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । सेढाई यसअघि उपाध्यक्ष थिइन् ।
प्राकृतिक विपद् : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बिमा दाबी
कान्तिपुर संवाददाता
गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बिमा दाबी भएको छ ।
२८ हजार मेगावाट विद्युत उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक
रासस
सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ ।
धान लगाएको क्षेत्रफल घटे पनि बढ्यो उत्पादन
राजु चौधरी
धान लगाएको क्षेत्रफल घटे पनि यस वर्ष धान उत्पादन बढेको छ । समयमै भएको वर्षा, उन्नत बीउको बढ्दो प्रयोग र मलखादको सहजताले धानको उत्पादन र उत्पादकत्व बढेको हो ।
सञ्चालनमा आयो मार्कीचोक २२० केभी सबस्टेसन
कान्तिपुर संवाददाता
तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सकिएको छ । मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्मित मार्कीचोक सबस्टेसन विद्युत् प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको हो ।
नेपाललाई एमसीसीको थप ६ अर्ब ८० करोड सहायता
कान्तिपुर संवाददाता
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबर रुपैयाँको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले जनाएको छ ।
बुटवल–गोरुसिंगे सडक अब चार लेनको
घनश्याम गौतम
बुटवल–गोरुसिंगे सडक चार लेन विस्तारका क्रममा ७ हजार १ सय ७५ रूख काटिने भएको छ । वन मन्त्रालयको समन्वयमा निर्माण कम्पनीले रूख कटानको अनुमति पाएको हो । अहिले सडक क्षेत्रमा परेका रूखको मार्किङ अन्तिम भएको छ । रूख कटानपछि सडक निर्माण अघि बढ्ने आयोजनाले जनाएको छ ।
सामाजिक सञ्जाल प्लाटफर्मलाई लाइसेन्स अनिवार्य गरिँदै
सजना बराल
नेपालमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्थासहित सरकारले कानुन मस्यौदा बनाएको छ । फेसबुक, इन्स्टाग्राम, एक्स, ह्वाट्सएप, भाइबर, युट्युब, लिंक्डइनजस्ता अहिले सञ्चालनमा रहेका प्लाटफर्मले पनि उक्त कानुन लागू भएको तीन महिनाभित्र अनुमतिपत्र लिइसक्नुपर्ने मस्यौदामा उल्लेख छ ।
पुस १९, २०८१
म्याग्दीले यो वर्ष ३० कराेडभन्दा धेरैकाे सुन्तला बेच्दै
घनश्याम खड्का
ग्रामीण भेगका बस्तीसम्म सडक पहुँच पुगेपछि सुरु भएको व्यावसायिक सुन्तला खेतीका कारण म्याग्दीमा यो वर्ष सुन्तलाबाट मात्रै ३० करोडभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप नरहेका कारण यति आम्दानी हुनसक्ने प्रक्षेपण गरेको हो ।
एमसीसीले नेपाललाई थप ६ अर्ब ८० करोड रुपैयाँ प्रदान गर्ने
रासस
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
सुनको मूल्य तोलमा दुई हजार रुपैयाँले बढ्यो
कान्तिपुर संवाददाता
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो ।
साइबर हमला, क्रिप्टो र एआईको वर्ष २०२४
सजना बराल
सन् २०२४ को कुन प्रविधि तपाईंलाई सबैभन्दा उत्कृष्ट लाग्यो ? यस वर्ष सूचना प्रविधि क्षेत्रका हरेक ‘अपग्रेड’ हरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित भए । एआईको प्रभाव, विस्तार र अन्य प्रविधिसँग समाहित गर्ने विषय वर्ष २०२४ भर सर्वाधिक चासो र चर्चामा रह्यो ।
मध्य सहरमा उभिइरहेको ‘मर्क्योर’
विमल खतिवडा
चाबहिलबाट महाराजगन्जतर्फ जाँदै गर्दा सुकेधारा चोकैको बायाँतर्फ १२ तले भवनले जोकसैका आँखा लोभ्याउँछ । व्यस्त सडकनजिकै बनाइएको ठूलो भवनकै कारण मानिसको ध्यान तानिरहेको हो । यो सबैको ध्यान तान्ने भवनमा के होला– जिज्ञासा उत्पन्न हुन्छ नै ।
फास्ट ट्र्याकलाई वैकल्पिक बाटोबाट बिजुली
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ मान्डु माल्टाबेंसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत दिने भएको छ ।
सेयर कर्जा बढिरहँदा पनि किन बढेन नेप्से ?
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको चार महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले थप १७ अर्ब ६७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा प्रवाह भएको सेयर कर्जा १९.६ प्रतिशतले बढी हो ।
पुस १८, २०८१
एयरपोर्ट ट्याक्सी अब एपमा
कान्तिपुर संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई मात्रै सेवा दिन सञ्चालित हरियो नम्बरप्लेट भएका ट्याक्सीले प्रदान गर्ने सेवा बिहीबारदेखि एपमार्फत सञ्चालन गरिएको छ ।
विमानको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरे २ लाख क्षतिपूर्ति
कान्तिपुर संवाददाता
उड्ने तरखरमा रहेका जहाजको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकम बुद्ध एयरले पोखराको वृद्धाश्रम र जनकपुरको महागंगा आरती मंगासागरलाई बुझाएको छ ।
‍सामाजिक सञ्जाल कम्पनी चलाउन लाइसेन्स अनिवार्य गर्ने तयारी
कान्तिपुर संवाददाता
नेपालमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य अनुमति पत्र लिनुपर्ने व्यवस्थासहित सरकारले कानुन मस्यौदा बनाएको छ । फेसबुक, इन्स्टाग्राम, एक्स, ह्वाटसएप, भाइबर, युट्युब, लिंक्डइनजस्ता अहिले सञ्चालनमा रहेका प्लाटफर्महरूले पनि सो कानुन लागू भएको तीन महिनाभित्र अनुमति पत्र लिइसक्नुपर्ने मस्यौदामा उल्लेख छ ।
नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.६३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ८६.२३ विन्दुमा पुगेको हो । बुधबार सामान्य अंकले बढेको नेप्सेले बिहीबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
बाह्र निर्माण कम्पनी कालोसूचीमा
रासस
सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ ।
गत वर्ष साढे एघार लाख पर्यटक नेपाल भित्रिए
कान्तिपुर संवाददाता
सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
राइड सेयरिङसम्बन्धी कानुन बनाऊ : सर्वोच्च
कान्तिपुर संवाददाता
राइड सेयरिङसम्बन्धी व्यवसायलाई सम्बोधन गर्ने कानुन यथाशक्य चाँडो बनाउन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । चालकहरूले आफ्ना निजी सवारीसाधनमार्फत सञ्चालन गर्दै आएको यस्तो सेवाले यात्रालाई सहज र पहुँचयुक्त बनाउँदै लगेको सन्दर्भ उल्लेख गर्दै अदालतले कानुनी संरचनाको अभाव देखाएर यस्ता सेवामा रोक लगाउन नमिल्ने निष्कर्ष निकालेको छ ।
सहजीकरण नहुँदा दूरसञ्चार क्षेत्रको विकास ठप्प
सजना बराल
विदेशी मुद्रा सटही सिफारिस नपाउँदा ब्यान्डविथ आयात, उपकरण खरिद र परामर्श सेवाका लागि दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्ना अन्तर्राष्ट्रिय भेन्डरहरूलाई भुक्तानी दिन नपाएको महिनौं भइसक्यो । २१०० मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डबापत दस्तुर नतिरेको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई विदेशी मुद्रा सटही सिफारिसमा सहजीकरणको काम रोकिदिएपछि यस्तो अवस्था आएको हो ।
होटल-रेस्टुराँमा निजी क्षेत्रको साढे ५ खर्ब लगानी
सुरज कुँवर
पर्यटन क्षेत्रको मुख्य पूर्वाधारमध्येको प्रमुख मानिने होटल तथा रेस्टुराँमा निजी क्षेत्रको ५ खर्ब ४३ अर्ब स्थायी सम्पत्ति (लगानी) देखिएको छ ।
अन्डा एउटाकै २५ रुपैयाँ
राजु चौधरी
अन्डाको मूल्यले नयाँ कीर्तिमानी बनाएको छ । अन्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गरिए पनि व्यवसायीले गत मंसिर १५ यता सातैपिच्छे मूल्य बढाइरहेका छन् । मागअनुसार आपूर्ति नभएको बहानामा उनीहरूले मूल्यवृद्धि गरिरहेका हुन् ।
पुस १७, २०८१
होटलमा निजी क्षेत्रको ५ खर्ब लगानी
सुरज कुँवर