text stringlengths 2 914 |
|---|
पर्यटन क्षेत्रको मुख्य पूर्वाधारमध्येको प्रमुख मानिने होटल तथा रेस्टुराँमा निजी क्षेत्रले ५ खर्ब ४३ अर्ब लगानी गरेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको होटल तथा रेस्टुराँ सर्वेक्षणको नतिजाले निजी क्षेत्रले होटल, रेस्टुरेन्टलगायत पर्यटकका लागि आवास तथा भोजनसँग सम्बन्धित प्रतिष्ठानमा ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख लगानी भएको देखाएको हो । |
ठगीपूर्ण विज्ञापनबाट सतर्क रहन साइबर ब्युरोको अनुरोध |
कान्तिपुर संवाददाता |
सामाजिक सञ्जाल प्लाटफर्म र अनलाइनमा ठगीपूर्ण विज्ञापन तथा लिंकहरूबाट सतर्क रहन नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ । गिफ्ट प्याकेज दिनेदेखि अनलाइनमा कोठा भाडामा खोजिदिनेजस्ता सेवा दिने भनेर ठगी कार्य भइरहेकाले आफ्ना बैंकिङ खाताको सही सदुपयोग र प्रविधिको सुरक्षित प्रयोग गर्न ब्युरोले बुधबार जारी सूचनामार्फत अनुरोध गरेको हो । |
वीरगन्ज कृषि औजार कारखानालाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री क्षत्री |
शंकर आचार्य |
मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्रीले वीरगन्ज कृषि औजार कारखाना सन्चालन गर्नका लागि प्रदेश सरकार सक्दो सहयोग गर्न तयार रहेको बताएका छन् । |
नागढुंगा–मुग्लिन सडकको काम छिटो सक्न मन्त्री दाहालको निर्देशन |
कान्तिपुर संवाददाता |
नागढुंगा-मुग्लिन सडक खण्डको काम छिटो सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिएका छन् । |
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने घोषणा |
कान्तिपुर संवाददाता |
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना बनाउन पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने बुधबार घोषणा गरेको छ । यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुँदैछ । |
नेप्से ५ अंकले बढ्यो, कारोबार रकम घट्यो |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.१० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ८१.६० विन्दुमा ओर्लेको हो । अघिल्लो दुई कारोबार दिन दोहोरो अंकले घटेको नेप्सेमा बुधबार सामान्य सुधार भएको हो । |
माघ २ मा सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ गरिँदै |
कान्तिपुर संवाददाता |
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी माघ २ गते गरिने भएको छ । पुस भित्रै खन्ने काम अन्तिम हुने भए पनि केही मिटर बाँकी राखेर माघमा ‘ब्रेक थ्रु’ गर्न लागिएको हो । |
तनहुँको मार्कीचोक २२० केभी सबस्टेसन सञ्चालनमा |
कान्तिपुर संवाददाता |
तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत् प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको छ । |
गत वर्ष मात्र कर्णाली प्रदेशबाट १८ हजारभन्दा बढी बिदेसिए |
कान्तिपुर संवाददाता |
स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुनाले बर्सेनि भरपर्दो आयआर्जनको खोजीको सिलसिलामा बिदेसिने नेपालीहरूको सङ्ख्या बढ्दो छ । विदेशबाट फर्किएकामध्ये केहीले भने वैदेशिक रोजगारीका क्रममा सिकेको सीपलाई स्वदेशमा उपयोग गरी स्वरोजगारसमेत बनेका छन् । |
कर्णाली प्रदेशमा औद्योगिक क्षेत्रको उत्पादन क्षमता क्रमशः घट्दो |
कान्तिपुर संवाददाता |
गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा सञ्चालनमा रहेको उद्योगहरू ४८.५१ प्रतिशत क्षमता उपयोगमा चलेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योगको क्षमता उपयोग घटेको हो । अघिल्लो आर्थिक वर्षमा उद्योगहरूको यस्तो क्षमता उपयोग ५२.२९ प्रतिशत थियो । |
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा सिम्खडा चयन |
कान्तिपुर संवाददाता |
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन भएका छन् । काठमाडौंमा भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षको लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो । |
प्रतितोला एक हजार चार सय बढ्यो सुनको मूल्य |
कान्तिपुर संवाददाता |
आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ । |
आज फेरि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । |
२०२५ लागेसँगै सुरु भयो जेनेरेसन बीटा |
कान्तिपुर संवाददाता |
अङग्रेजी वर्षको पात्रो फेरिएसँगै आजबाट पृथ्वीमा जन्म लिने नयाँ पुस्ताको नामाकरण पनि फेरिएको छ । सन् २०१० देखि २०२४ को डिसेम्बर ३१ सम्म जन्मेकालाई जेनेरस अल्फा भनिँदै आएकोमा अब उपरान्त जन्मिनेहरू जेनेरेसन बीटा भनिनेछन् । यो पुस्तामध्ये कतिपयले २२ औं शताब्दीको अनुभव गर्न पाउनेछन् । |
कान्ति राजमार्गमा जता हेर्यो, उतै पहिरो |
विमल खतिवडा |
काठमाडौं–हेटौंडा जोड्ने पुरानो सडकमध्ये एक हो, कान्ति राजमार्ग । अहिले यस राजमार्गको अवस्था दयनीय छ । जसोतसो सवारीसाधन गुडेका छन् । जता हेर्यो, उतै पहिरो छ । कतै पहिरोले सडक नै लगेको छ । जोखिम र त्रासबीच यो खण्ड भएर मालवाहक, यात्रुवाहक र निजी सवारी साधन ओहोरदोहोर गरिरहेका छन् । |
२ लाख पर्यटक भित्र्याउने बन्दीपुर भ्रमण वर्षको लक्ष्य |
कान्तिपुर संवाददाता |
तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ । बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको हो । |
सल्यानबाट ४१ करोडको अदुवा निकासी |
विप्लव महर्जन |
यस वर्ष सल्यानबाट झन्डै ४१ करोड रुपैयाँको अदुवा निकासी भएको छ । कृषि विकास कार्यालयका अनुसार ८ हजार ९ मेट्रिक टन अदुवा निकासी भएको हो । गत वर्ष ८ हजार ४ सय ३१ मेट्रिक टन निकासीबाट झन्डै ४२ करोड आम्दानी भएको थियो । |
टीओडी मिटर अध्ययन समितिलाई सुविधा दिने प्रस्तावमा घिसिङको ‘नोट अफ डिसेन्ट’ |
कान्तिपुर संवाददाता |
ऊर्जा मन्त्रालयले गठन गरेको अरविन्दकुमार मिश्र संयोजकत्वको समितिलाई सेवासुविधा उपलब्ध गराउने प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । सञ्चालक समितिका सदस्य सचिवसमेत रहेका घिसिङले यही पुस ४ को बैठकमा छलफल भएको उक्त प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् । |
इजरायलमा पहिलो चरणमा एक हजार केयरगिभर पठाइँदै |
होम कार्की |
वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पठाउने प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा एक हजार जना पठाइने भएको छ, जसमा ६ सय महिला र ४ सय पुरुष छन् । |
पुस १६, २०८१ |
पेट्रोल डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो |
कान्तिपुर संवाददाता |
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो । नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्नेछ । |
वर्ष २०२४ : सडक पूर्वाधारका लागि औसत वर्ष |
विमल खतिवडा |
सन् २०२४ सडक पूर्वाधारका लागि औसत वर्ष रह्यो । बाढी पहिरोले सबैभन्दा बढी सडक पूर्वाधारमा क्षति हुन पुग्यो । त्यसमा पनि बढी क्षति राजधानीलाई पूर्वी तराईसँग जोड्ने बीपी राजमार्गमा भयो । अहिले यो सडक अस्थायी रूपमा खोला तर्काएर सञ्चालन गरिएको छ । बजेट अभावमा स्थायी संचरनाका लागि ठेक्का हुन सकेको छैन । दैनिक ७ हजार बढी सवारी साधन यो सडक भएर ओहरदोहर गर्छन् । |
भारतमा अन्तर्राष्ट्रिय कलका लागि नेपाल टेलिकमले जारी गर्यो नयाँ दर |
कान्तिपुर संवाददाता |
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा नेपाल टेलिकमले लागू गरेको नयाँ दरअनुसार एक्सेस कोड १४२४ प्रयोग गरेर भारतमा कल गर्न प्रतिमिनेट शुल्क ३.७६ रुपैयाँ निर्धारण गरिएको छ । यो कर बाहेकको दस्तुर हो । |
वर्ष २०२४ : एआईको विस्तार, राजनीतिमा प्रविधि व्यवसायी, साइबर आक्रमण र क्रिप्टो बहस |
सजना बराल |
सन् २०२४ को कुन प्रविधि तपाईंलाई सबैभन्दा उत्कृष्ट लाग्यो ? यस वर्ष सूचना प्रविधि क्षेत्रका हरेक ‘अपग्रेड’ हरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित भए । एआईको प्रभाव, विस्तार र एआईलाई अन्य प्रविधिसँग समाहित गर्ने विषय वर्ष २०२४ भर सर्वाधिक चासो र चर्चामा रह्यो । मोबाइल प्रविधि, स्पेससम्बन्धी खोज, क्वान्टम कम्प्युटिङ र हरित प्रविधिको क्षेत्रमा पनि विभिन्न पहल भए । सेमिकन्डक्टर लगायत उन्नत चिप र त्यसको आपूर्तिमा भएको व्यावसायिक र राजनीतिक प्रतिस्पर्धा यो वर्ष पनि जारी रह्यो । वर्षको अर्को उल्लेख्य विषयका रूपमा विभिन्न देशमा टिकटकमाथिको प्रतिबन्ध र अमेरिकामा जारी बहस रह्यो । |
विद्युत् प्राधिकरणको बोर्ड बैठकमा कुलमानको 'नोट अफ डिसेन्ट' |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य सचिव तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 'नोट अफ डिसेन्ट' लेखेका छन् । घिसिङले लेखेको 'नोट अफ डिसेन्ट'लाई प्राधिकरणका सञ्चालक सदस्यद्वय रतन ऐर र भरत आचार्यले समेत समर्थन गरेका छन् । |
नेप्से ३३ अंकले घट्यो, कारोबार रकम बढ्यो |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३३.०८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ७६.५० विन्दुमा ओर्लेको हो । अघिल्लो कारोबार दिन २१ अंकले घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो । |
फास्ट ट्र्याकमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति गर्ने भएको छ । |
पाँच महिनामा २९ लाख रुपैयाँको कुरिलो निर्यात |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको पाँच महिनामा २९ लाख २० हजार रुपैयाँको कुरिलो निर्यात भएको छ । भन्सार विभागका अनुसार पाँच महिनामा १८ हजार ७०९ किलो कुरिलो निर्याता भएको हो । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा भने यस वर्ष कुरिलो निर्यात घटेको छ । |
सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए |
कान्तिपुर संवाददाता |
सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्यांक अनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । |
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य |
कान्तिपुर संवाददाता |
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । सोमबारको तुलनामा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो । |
दूरसञ्चार मातहत ल्याएपछि स्मार्ट टेलिकमको व्यवस्थापन डेढ वर्षदेखि अलपत्र |
सजना बराल |
निर्धारित समयभित्र अनुमतिपत्र नवीकरणलगायत प्रक्रिया पूरा नगरेपछि गत वर्ष खारेजीमा परेर सरकार मातहत आएको स्मार्ट टेलिकमसँग सम्बन्धित समस्या थप पेचिलो बन्दै गएको छ । उक्त टेलिकमका टावर भाडामा राख्न दिएका घरधनीले लामो समयको विद्युत् महसुस बक्यौता तिर्न अन्यथा कारबाही भोग्न विद्युत् प्राधिकरणले चेतावनी दिएको छ । |
डेढ दशकपछि सहरी नीति |
कान्तिपुर संवाददाता |
सरकारले डेढ दशकपछि राष्ट्रिय सहरी नीति, २०८१ ल्याएको छ । गत मंसिर २८ मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सहरी नीति स्वीकृत गरेको हो । वर्षौंपछि स्वीकृत सहरी नीति राजपत्रमा भने प्रकाशन हुन बाँकी रहेको सहरी विकास मन्त्रालयले जनाएको छ । |
थप ३५० मेगावाट बिजुली आयात गर्न भारतको अनुमति |
कान्तिपुर संवाददाता |
नेपालले हिउँदयामका लागि भारतबाट थप ३५० मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले आगामी जुनसम्म बिजुली आयात गर्न नेपाललाई अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ । |
पाइप मर्मत नगर्दा बायोग्यास प्लान्ट अलपत्र |
पर्वत पोर्तेल |
घरघरमा पाइपबाट ग्यास पुर्याउने लक्ष्यसहित ६ वर्षअघि डेढ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बायोग्यास प्लान्ट अढाई वर्षदेखि अलपत्र छ । विराटनगर महानगरपालिका–१४ स्थित जतुवा गाउँमा सिलिन्डर युग अन्त्यको भएको उद्घोष गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बायोग्यास प्लान्ट उद्घाटन गरेका थिए । |
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.