text stringlengths 2 914 |
|---|
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनारको भने भाउमा वृद्धि भएको छ । |
पुस १५, २०८१ |
पोखराबाट बनारसका लागि तय भएको बुद्धको पहिलो उडान स्थगित |
सुरज कुँवर |
पोखराबाट बनारसका लागि तय भएको बुद्ध एयरको उडान स्थगित भएको छ । चिनियाँ ऋणमा निर्माण भएको पोखरा क्षेत्रीय विमानस्थललाई बीआरआई परियोजनासँग जोडेकै कारण भारतले बनारस उडान अनुमति नदिएको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले दाबी गरेका छन् । |
बाढीपहिरो बिमामा पौने १३ अर्बको दाबी, साढे एक अर्बमात्र भुक्तानी |
कान्तिपुर संवाददाता |
बाढीपहिरोले पुर्याएको क्षतिबापत परेको बिमा दाबीमध्ये हालसम्म १२ प्रतिशतमात्र भुक्तानी भएको छ । बाढीपहिरोजस्तो विशेष परिस्थितिले पुर्याएको क्षतिको बिमा दाबी भुक्तानीमा ढिलाइ नगर्न बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिए पनि हालसम्म निकै कम मात्र फर्स्योट भएको तथ्यांकले देखाएको छ । |
अमेरिकी प्रमुख टेलिकम सेवा एटी एन्ड टी र भराइजनको प्रणालीमा साइबर आक्रमण |
कान्तिपुर संवाददाता |
अमेरिकाका प्रमुख टेलिकम कम्पनी एटी एन्ड टी, भराइजन र ल्युमेन टेक्नोलोजीले आफ्ना प्रणालीमा साइबर आक्रमणको प्रयास भएको जानकारी दिएका छन् । |
सीडीएस एन्ड क्लियरिङको प्रबन्ध सञ्चालकमा पन्दाक |
कान्तिपुर संवाददाता |
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छिन् । सीडीएसको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । |
भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिने |
कान्तिपुर संवाददाता |
हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्याउन भारतबाट थप ३५० मेगावाट बिजुली आयात गर्न पाइने भएको छ । भारतले १३२ केभी प्रसारणलाइनबाट समेत बिजुली आयात गर्न अनुमति दिएकाले अब हिउँदमा एक हजार ४ मेगावाट बिजुली आयात गर्न पाइने भएको हो । |
विश्व बैंक र एडीबीबाट सहयोग नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं : घिसिङ |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडीबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् । |
सहकारीसम्बन्धी अध्यादेश जारी, बचत फिर्ता गर्न सरकारसँग छैन तथ्यांक |
यज्ञ बञ्जाडे |
सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने उद्देश्यले ल्याइएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार अध्यादेश स्वीकृतसहित जारी गरेका हुन । यससँगै अब सरकारलाई अध्यादेश कार्यान्वयनको बाटो खुलेको छ । |
पाकेका सुन्तलामा ध्वाँसे रोग |
विप्लव महर्जन |
छत्रेश्वरी गाउँपालिका–२ दहखोलाका किसानको बारीमा पाकेका सुन्तलामा ध्वाँसे रोगले क्षति पुर्याइरहेको छ । रोग नियन्त्रणको प्रयास नहुँदा झन्डै एक रोपनीका सुन्तलाका बोट तथा पाकेको फलमा रोग देखिएको हो । रोगका कारण सुन्तलाका पात सुकेर झर्दै गएका छन् भने पाकेका दाना काला भइरहेका छन् । |
रुन्चेतको किवीले पाएन बजार |
हरिराम उप्रेती |
कोदो खेती हुने जग्गामा धार्चे गाउँपालिका–२ रुन्चेतका वीरबहादुर गुरुङले सात वर्षअघिबाट किवी खेती थाले । २०७४ मा पाँच वटा बिरुवाबाट खेती सुरु गरेका गुरुङले क्षेत्र विस्तार गर्दै ३० बोट पुर्याएका छन् । यस वर्ष मात्र ३० मध्ये १५ बोटमा लटरम्म किवी फलेको छ । |
त्रिशूली किनार रोज्दै रिसोर्ट |
रमेशकुमार पौडेल |
राष्ट्रिय निकुञ्ज आड हुँदै बग्ने चितवनको राप्ती किनारमा पर्यटकीय होटल छपक्कै खुल्दा ठूला नदी नारायणी र त्रिशूली किनारमा चहलपहल शून्य थियो । नारायणी नदीको चितवनतर्फ अझै पनि ठूला होटल–रिसोर्ट छैनन् । त्रिशूली नदी किनारमा भने पर्यटन व्यवसायी आकर्षित भएका छन् । |
दुई पटक म्याद थप्दा पनि खाँदबारी सडकको कालोपत्र सकिएन |
दीपेन्द्र शाक्य |
राष्ट्रिय गौरवको किमाथांका–विराटनगर जोड्ने खाँदबारी–नुम सडक खण्डको कालोपत्र गर्ने काम दुई पटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन । ठेक्का लागेको साढे ३ वर्ष बितिसक्दा पनि कामले गति लिन नसक्दा स्थानीयलाई आउजाउमा सास्ती भएको छ । |
क्रसिङकै सिजनमा उद्योगीले बढाए चिनीको मूल्य |
राजु चौधरी |
सरकारले उखुको समर्थन मूल्य तोकेको दुई साता नबित्दै चिनी उद्योगीहरूले पत्रकार सम्मेलन गरे । मंसिर २५ मा आयोजित पत्रकार सम्मेलनमा नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले नेपालको बजार तस्करीबाट भित्रिएको चिनीले चलेको दाबी गर्दै स्वदेशी उद्योगीले उत्पादन गरेको चिनी गोदाममै थन्किएको बताए । |
पुस १४, २०८१ |
फ्रिलान्सिङबारे स्पष्ट नियमन व्यवस्था हुनुपर्ने आईटी व्यवसायीहरूको सुझाव |
कान्तिपुर संवाददाता |
कुनै संस्थासँग स्वतन्त्र रूपले आबद्ध व्यवसायी (फ्रिलान्सर) हरूका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको सूचना प्रविधि क्षेत्रका व्यवसायीहरूले औंल्याएका छन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले आयोजना गरेको कार्यक्रममा सूचना प्रविधिको अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बढ्दो सक्रियताका थप अवसरहरू खोज्ने र नविनतम प्रविधिलाई दिगो बनाउने उपायबारे सरोकारवालाहरूले धारणा राखेका थिए । |
न्यु बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा |
नवीन पौडेल |
सुनवलदेखि बर्दघाटसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका सूर्यवस्तीस्थित न्यु बुटवल सबस्टेसनबाट बर्दघाट नगरपालिका–५ सम्मको करिब २२ किलोमिटर प्रसारण लाइन एक हप्ताअगाडि परीक्षण गरेर संचालनमा ल्याइएको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । |
नेप्से परिसूचक २१.१२ अंकले घट्यो |
रासस |
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ५८ बिन्दुमा कायम भएको छ । |
११८ मुलुकसँग घाटामा व्यापार गर्दा ३० मुलुकसँग मात्रै नाफामा |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले १४९ वटा मुलुकसँग व्यापार गरेको छ । त्यसमध्ये ३० मुलुकसँगको व्यापार नाफामा र ११८ मुलुकसँग घाटामा रहेको भन्सार विभागको तथ्यांक छ । |
पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले आज (आइतबार) फेरि ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । |
तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य |
कान्तिपुर संवाददाता |
साताको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदीको मूल्य घटेको हो । |
उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक संकट |
रासस |
उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो । |
मुग्लिन-पोखरा सडकमा बढ्दै प्रगति |
विमल खतिवडा |
यति बेला कतै मुख्य राजमार्ग विस्तार त कतै स्तरोन्नति थालिएको छ । सबैभन्दा बढी सवारी चाप हुने राजमार्गहरूमा ट्राफिक व्यवस्थापनमा समस्या भएपछि एकपछि अर्को गर्दै स्तरोन्नतिको काम अघि बढाइएको हो । |
महोत्सवमय पोखरा |
दीपक परियार |
फेवाताल पारि रंगीचंगी हट एयर बेलुन उडिरहेका छन् । तालवारि लेकसाइडमा शनिबारदेखि सडक महोत्सव सुरु भएको छ । आइतबार र सोमबार फेवातालमा ड्रागन बोट रेस फेस्टिभल हुँदै छ । जल, जमिन र आकाशसम्म यतिबेला पोखरा महोत्सवमय छ । |
आईएमई समूहको लगानीमा चिसापानीमा केबलकार |
कान्तिपुर संवाददाता |
आईएमई समूहले कैलालीको कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माण गर्ने भएको छ । लम्कीचुहा नगरपालिका–३ मा बन्ने केबलकार ३.१ किलोमिटर लामो हुने समूहले जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार केबलकारको शिलान्यास गरिन् । |
नेरु हालसम्मकै कमजोर, अमेरिकी डलरमा नयाँ रेकर्ड |
कान्तिपुर संवाददाता |
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । डलर लगातार बलियो बनिरहँदा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ । |
पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात सुरु |
कान्तिपुर संवाददाता |
भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आयात गर्न परीक्षण सुरुवात भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तार पूरा भएसँगै परीक्षण थालिएको हो । |
अब भैरहवामा ९०० मिटर भिजिबिलिटीमै जहाज अवतरण |
सुरज कुँवर , सन्जु पौडेल |
जहाजलाई अवतरणमा सुरक्षित बनाउन भूसतहबाट मार्गनिर्देश गर्ने रेडियो नेभिगेसन प्रणाली (आईएलएस) सञ्चालनमा भारतको अवरोध कायमै रहेपछि भैरहवामा यो प्रणालीभन्दा उन्नत मानिने भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागू हुने भएको छ । |
पुस १३, २०८१ |
अमेरिकाले प्रतिबन्ध लगाए पनि चीन र रूसमा कसरी पुगिरहेका छन् उन्नत सेमिकन्डक्टर चिप ? |
एजेन्सी |
चीन र रुसतर्फ निर्यात हुने सेमिकन्डक्टरजस्ता उन्नत प्रविधिमा अमेरिकाले केही वर्षयता खुला र कठोर रूपमै प्रतिबन्ध लगाए पनि यी देशले सेमिकन्डक्टरहरू प्राप्त गरिरहेको खुलासा भएको छ । सञ्चार माध्यमहरूमा प्रकाशित रिपोर्ट र अमेरिकी सरकारको आफ्नै छानबिनले पनि यस्ता प्रतिबन्धहरूको प्रभावकारितामा चासो उत्पन्न गरेको उल्लेख गरेका छन् । |
सुरु भयो २६ औं पोखरा सडक महोत्सव |
दीपक परियार |
अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराले लेकसाइडमा आयोजना गर्ने पोखरा सडक महोत्सवको २६ औं संस्करण शनिबारबाट सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा पोखरालाई प्रवर्द्धन गर्ने उद्देश्यले लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव चलिरहेको छ । |
फ्रेट फरवार्डको अध्यक्षमा संग्रौला |
कान्तिपुर संवाददाता |
नेपाल फ्रेट फरवार्ड एशोसिएसनको अध्यक्षमा राजेन्द्र संग्रौला निर्विरोध चयन भएका छन् । एशोसिएसनको शुक्रबार भएको २४ औं साधारणसभाले उनलाई अध्यक्ष चयन गरेको हो । |
भैरहवामा नौ सय मिटर भिजिबिलिटीमै जहाज अवतरण |
सुरज कुँवर , सन्जु पौडेल |
जहाजलाई अवतरणमा सुरक्षित बनाउन भूसतहबाट मार्गनिर्देश गर्ने रेडियो नेभिगेसन प्रणाली (आईएलएस) सञ्चालनमा भारतको अवरोध कायमै रहेपछि भैरहवामा यो प्रणालीभन्दा उन्नत मानिने भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागू हुने भएको छ । |
आइतबारसम्म कर्णाली डेभलपमेन्ट बैंकको बैंकिङ सेवा स्थगित |
कान्तिपुर संवाददाता |
कर्णाली डेमलपमेन्ट बैंकको बैकिङ सेवा आइतबारसम्म स्थगित गरिएको छ ।समस्याग्रस्त घोषणापछि व्यवस्थापन नियन्त्रणका लागि राष्ट्र बैंकबाट खटिएको टोलीले संस्थाको सम्पत्ति आफ्नो नियन्त्रणमा लिई वित्तीय हिसाबकिताब चेकजाँचको काम गरिरहेकाले सेवा स्थगित गरिएको हो । |
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरु |
रासस |
भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो । |
फास्ट ट्र्याकको प्रस्थानविन्दु छिट्टै कायम गरिन्छ : मन्त्री दाहाल |
कान्तिपुर संवाददाता |
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.