text
stringlengths
2
914
मध्य भोटेकोशीको उत्पादन रोकिएकोमा स्थानीयको ध्यानाकर्षण
ऋषिराम पौड्याल
सुरुङ परीक्षणका क्रममा दुई पटक पानी चुहिएपछि स्थानीय लगानीकर्ताले १०२ मेगावाटको मध्य भोटेकोशी आयोजनालाई ध्यानाकर्षण गराएका छन् ।
नेपालीको ‘अल्ट्राकेयर’ लाई चीनमा अवार्ड
सजना बराल
गर्भावस्थामा देखिने जटिलताहरू समयमै पहिचान गर्न सघाउने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित उपकरणको अवधारणा प्रस्तुत गरेर नेपालको एक विद्यार्थी समूहले चीनमा आयोजित प्रतियोगितामा अवार्ड जितेको छ ।
मेघौलीमा 'रैथाने खाना' मेला
रमेशकुमार पौडेल
देउमाया गुरुङ कोदो र गहुँको पिठो मिसाएर ढिँडो तयार गर्दै थिइन् । उनले अन्य गुरुङ खान्की र लोकल कुखुराको मासु तयार गरिसकेकी थिइन् । मनकुमारी थापा मगर तेलको कराहीमा बटुक तार्दै थिइन् । मासको पिठोको बटुकसँग खान टमाटरको अचार तयार भइसकेको थियो ।
तरकारीको मूल्य तथ्यांकमा घट्छ, बजारमा घट्दैन
राजु चौधरी
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गर्ने एक साताको होलसेल मूल्य हेर्दा प्रायः तरकारीको मूल्य घटेको छ । तराईमा उत्पादित काउलीको मूल्य त किलोमै ४६ प्रतिशतसम्म घटेको छ ।
सञ्चारकर्मी र विज्ञापनदातालाई सम्मान
कान्तिपुर संवाददाता
नेपाल विज्ञापन संघ (आन) ले वरिष्ठ व्यक्तित्वहरूलाई सम्मान गरेको छ । आनको २५औं वार्षिक साधारणसभाका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
‘भेरिएसन’ नहुँदा रोकियो पुल आयोजनाको काम
भवानी भट्ट
महाकालीमा निर्माणाधीन पुल तथा पहुँचमार्गको काम ‘भेरिएसन’ नहुँदा प्रभावित हुने भएको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तिन डिजाइन स्वीकृत भए पनि भेरिएसन नभएका कारण काम प्रभावित हुने भएको हो ।
कोशीमा अढाई अर्ब लगानीमा चार पदमार्ग बन्दै
कान्तिपुर संवाददाता
कोशी सरकारले आगामी २०८५ सालभित्र प्रदेशका चार स्थानमा करिब अढाई अर्ब लगानीमा चारवटा पदमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । स्विस सरकारसँगको साझेदारीमा पदमार्ग निर्माण हुनेछ । यसअन्तर्गत इलाम सूर्योदय नगरपालिकामा चियाबारी पदमार्ग बन्नेछ ।
नेपालमा सूचीकृत हुन नआएपछि मेटासम्बन्धी गुनासो के गर्ने, अलमलमा सरकार
सजना बराल
नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक र म्यासेन्जरको प्यारेन्ट कम्पनी मेटालाई नेपाल सरकारले सूचीकृत हुन आग्रह गर्दै एक वर्षदेखि पटक–पटक पत्र पठाए पनि कुनै जवाफ आएको छैन ।
पुस १२, २०८१
नौलीखोला पुलको काम बल्ल ४० प्रतिशत
हरिराम उप्रेती
बेनीघाट–आरुघाट–लार्के सडक खण्डअन्तर्गत धार्चे गाउँपालिका–७ लापुबेंसीस्थित नौलीखोला मोटरेबल पुल निर्माणको काम बल्ल ४० प्रतिशत भएको छ । २०७९ साउनमा दुई वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।
आर्थिक विकासका लागि सबै क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्छ : गभर्नर अधिकारी
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधिजस्ता कुनै एक क्षेत्रमा निर्भर नभई देशको समग्र आर्थिक विकासका लागि अन्य क्षेत्रहरूलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएका छन् । नेपाललाई सन्तुलित र दिगो आर्थिक विकासको मार्गतर्फ लैजान नलेज इकोनमी र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने तर कृषि, पर्यटन, जलविद्युत्, उद्योगजस्ता क्षेत्रको पनि सँगै विस्तार हुनुपर्ने उनले बताए ।
एउटै जिल्लामा ३/४ सय टुक्रे आयोजना राखिएका छन्, त्यसको कुनै प्रभाव हुँदैन: पूर्व अर्थमन्त्री महत
कान्तिपुर संवाददाता
पूर्व अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले नेपालमा स्रोत विनियोजन प्रभावकारी बनाउन व्यापक सुधार आवश्यक रहेको बताएका छन् । उनले सामाजिक सुरक्षा र पूँजीगत खर्चमा जथाभावी स्रोत छर्ने प्रवृत्ति रहेकाले यसको प्रभावकारी प्रयोग हुन नसकेको टिप्पणी गरे । संघीय सरकार मातहतको मन्त्रालयअन्तर्गत जिल्लाहरूमा सयौँ टुक्रे आयोजना राखिएको भन्दै उनले आलोचना गरे ।
पाँच महिनामा २१ अर्ब विदेशी लगानी प्रतिबद्धता
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको पाँच महिनामा २० अर्ब ७७ करोड ७३ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । ३१९ वटा उद्योगमा उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
बीपी राजमार्गको अध्ययन टुंगिँदै, निर्माणमा साढे ९ अर्ब लाग्ने
विमल खतिवडा
बाढीले क्षतिग्रस्त बीपी राजमार्ग निर्माणका लागि थालिएको अध्ययन अन्तिम हुँदै गर्दा सडक विभागले बजेटको जोहो भने अझै गर्न सकेको छैन । निर्माणमा ढिला गरे फेरि बर्खा सुरु हुन्छ । त्यो बेला अहिले बनाइएका अस्थायी संरचनाले काम गर्नेछैन । खोलो तर्काएर जसोतसो सडक सञ्चालन गरिएको विभागले जनाएको छ ।
पोखराबाट पहिलो पटक यात्रुसहितको जेट विमान काठमाडौं
सुरज कुँवर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि त्यहाँबाट बिहीबार पहिलो पटक जेट विमानले पूर्ण क्षमतामा यात्रु राखेर उडान गरेको छ । चीनको छेन्दुबाट १ सय २९ यात्रु ल्याएर पोखरा उत्रिएको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ विमान १ सय २६ जना यात्रु राखेर त्यहाँबाट काठमाडौं अवतरण भएको हो ।
पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न प्राधिकरणका पाँच विकल्प
दीपक परियार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पुग्दासमेत हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पुस १७ (जनवरी १) मा पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ । उक्त अवधिमा हालसम्म ७ वटा चार्टर्ड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् ।
पुस ११, २०८१
सामाजिक सञ्जालसम्बन्धी गुनासो दर्ता गर्ने अप्सनमा किन छैन टिकटक ?
कान्तिपुर संवाददाता
सरकारले एक वर्षअघि नै सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न मिल्ने सुविधा ल्याएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल सम्बन्धी गुनासो व्यवस्थापन’ प्लाटफर्मबाट प्रयोगकर्ताले आफ्ना गुनासो दर्ता गराउन सक्छन् । तर, यस प्लाटफर्ममा ‘सामाजिक सञ्जालका प्रकार’ भित्र फेसबुक, एक्स, इन्स्टाग्राम, लिंक्डइन र अन्य अप्सन मात्रै छन् ।
पोखराबाट पहिलोपटक यात्रुसहितको जेट विमान काठमाडौं आयो
सुरज कुँवर , दीपक परियार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुई वर्षपछि बिहीबार पहिलोपटक जेट विमानले पूर्ण क्षमतामा यात्रु राखेर उडान गरेको छ ।
एनसेलको शेयर स्वामित्व बिक्री रोक्न माग गर्दै सांसद् सिंहले हालेको रिट सर्वोच्चद्वारा खारेज
कान्तिपुर संवाददाता
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक, एनसेलको शेयर स्वामित्व बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । सांसद अमरेशकुमार सिंहले हालेको रिट निवेदनमाथि बिहीबार सर्वोच्च अदालतले सुनुवाइ गर्दै रिट खारेज र निर्देशनात्मक आदेश जारी गर्ने फैसला गरेको छ ।
सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ३२ करोड रुपैयाँको काराेबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक ४.१९ अंकले बढेको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २६३०.७१ विन्दुमा बन्द भएको छ ।
५ महिनामा कुन भन्सारबाट कति आयात र कति निर्यात भयो ? (सूचीसहित)
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको पाँच महिनामा २७ वटा भन्सार कार्यालयबाट वस्तुको आयात र निर्यात भएको भन्सार विभागले जनाएको छ । त्यसमध्ये १० वटा भन्सार कार्यालयबाट निर्यात शून्य रहेको विभागको तथ्यांक छ ।
कर्णाली विकास बैंकका बचतकर्ताले यसरी पाउँछन् बचत रकम फिर्ता
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंक उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको टोलीले आजदेखि कर्णाली विकास बैंकको व्यवस्थापन सम्हालेको छ । अब यस बैंकका बचतकर्ताले कसरी फिर्ता पाउँछन् भन्ने प्रश्न सबैतिर छ । राष्ट्र बैंकको टोलीले पाएका कार्यादेशमा पनि पहिलो प्राथमिकर्ताको पैसा फिर्ता नै रहेको छ ।
कर्णाली विकास बैंकको व्यवस्थापन आजदेखि राष्ट्र बैंकले सम्हाल्यो, ढुक्क हुन बचतकर्तालाई आग्रह
कान्तिपुर संवाददाता
समस्याग्रत घोषणासँगै कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आजदेखि राष्ट्र बैंकबाट खटिएको टोलीले सम्हालेको छ । व्यवस्थापन नियन्त्रणमा लिनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको तीन सदस्यीय व्यवस्थापन समूह हिजो (बुधबार) नै नेपालगञ्ज पुगेको थियो ।
वीरगन्जबाट डिजेल आयात घट्यो, पेट्राेल बढ्यो
रासस
वीरगन्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरणका पाँच उपाय
दीपक परियार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पुग्दा समेत हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पुस १७ (जनवरी १) मा पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ । उक्त अवधिमा हालसम्म ७ वटा चार्टर्ड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् ।
पाँच महिनामा १३ अर्ब ४ करोडको बिजुली भारत निर्यात
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट बिजुली भारततर्फ निर्यात गरेको हो ।
बारी-बारी पुगेर माटो परीक्षण गर्दै विद्यार्थी
केदार शिवाकोटी
खेतबारीको उर्वरा शक्ति ह्रास आएपछि भीमेश्वर नगरपालिकाले माटो परीक्षणका लागि बाली विज्ञान विषयका विद्यार्थी परिचालन गरेको छ । सर्व माध्यमिक विद्यालयको बाली विज्ञान संकायमा अध्ययनरत विद्यार्थीले खेतबारीमै पुगेर भीमेश्वरका ९ वटै वडाको माटो संकलन गर्दै परीक्षण गरिरहेका हुन् ।
पर्यटकलाई सिमानामा भिसा लिन सास्ती
माधव ढुंगाना
गत कात्तिक १८ मा तिहारका दिन रूपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयमा तेस्रो मुलुकका पर्यटकको खचाखच भीड थियो । नेपालका लागि एराइभल भिसा लिन ८ सयभन्दा धेरै र नेपालबाट डिपार्चर हुन करिब ७ सय पर्यटकको भीडलाई अध्यागमन कार्यालय परिसरले थेग्न सकेन ।
नागढुंगा–मुग्लिन सडकमा सुस्त काम, प्रगति न्यून
विमल खतिवडा
काठमाडौं–नागढुंगा–मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइए पनि निर्माणको गति सुस्त छ । यो सडक खण्डमा साना–ठूला गरी दैनिक १५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । हाल आंशिक रूपमा सडक बन्द गरेर स्तरोन्नतिको काम अघि बढाइएको छ ।
टीओडी मिटर अध्ययन गर्न बनेको समितिलाई प्राधिकरणले चिनेन
कान्तिपुर संवाददाता
डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटरको अध्ययन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको एक महिना बित्यो ।
समस्यामा कर्णाली विकास बैंक, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा
कान्तिपुर संवाददाता
खराब कर्जा झन्डै ५० प्रतिशत पुगेको र निक्षेपको दायित्व भुक्तानी गर्न नसक्ने अवस्था आएपछि कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ । बुधबार बिहान (सार्वजनिक बिदाका दिन) बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गर्ने र व्यवस्थापन आफ्नो मातहतमा लिने निर्णय गरेको हो ।
पुस १०, २०८१
एक महिनामा ३३ हजारले चढे धरहरा
कान्तिपुर संवाददाता
शुल्क तोकेको एक महिनामा ३३ हजारभन्दा बढीले धरहरा चढेका छन् । दैनिक औसतमा १२ सय हाराहारीले धरहरा चढ्ने गरेका छन् । सार्वजनिक बिदाको दिन करिब २ हजारभन्दा बढीले धरहरा चढ्ने गरेका छन् । सशुल्क गरिएपछि अहिलेसम्म ६० लाख राजस्व उठिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए ।
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । यो राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो ।
डेटिङ एपमा बुमर पुस्ताको उपस्थित बढ्दो