text
stringlengths
2
914
कान्तिपुर संवाददाता
हालै सार्वजनिक भएको एक अध्ययनले डेटिङ एपहरूमा बुमर पुस्ता (५९ देखि ७२ वर्ष उमेर समूहका मानिस) को उपस्थिति उल्लेखनीय रूपमा बढेको देखाएको छ । सन् २०२२ यता डेटिङ एपमा ६० वर्ष आसपासका प्रयोगकर्ताको संख्या ३४० प्रतिशतले बढेको म्याच डटकमको अध्ययनले देखाएको हो । टिन्डर, हिन्ज ग्लोबल, स्निफिज, ग्राइन्डर, बम्बलजस्ता एपहरूले आफ्ना नि:शुल्क र स:शुल्क दुवैथरी प्रयोगकर्ताहरूको संख्यामा व्यापक वृद्धि गरेको रिपोर्ट सार्वजनिक गरेका छन् ।
बथनाहा-विराटनगर कार्गो रेल : उद्‍घाटन भयो, सञ्चालनमा आएन
पर्वत पोर्तेल
भारतको बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेल सेवा उद्घाटन भएको डेढ वर्ष बित्न लाग्यो । उद्घाटनयता कार्गो रेल सञ्चालन भने हुन सकेको छैन ।
सहकारी ठगीमा पनि मिलापत्रसम्बन्धी व्यवस्था
कान्तिपुर संवाददाता
सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिले पनि रकम भुक्तानी गर्न चाहेमा मिलापत्र हुने सक्ने व्यवस्था सरकारले गरेको छ । सरकारले अध्यादेशमा उक्त व्यवस्था गरेको हो ।
राष्ट्रिय सहकारी विकास बोर्ड खारेज, बोर्डको चलअचल सम्पत्ति, दायित्व र कर्मचारी स्वत: प्राधिकरणमा
कान्तिपुर संवाददाता
अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गर्ने भएको छ । अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ ।
सहकारीमा व्यक्तिगत बचत र ऋणको सीमा तोकियो, अधिकतम सीमा ५० लाख रुपैयाँ
कान्तिपुर संवाददाता
सरकारले सहकारी संस्थामा व्यक्तिगत बचत तथा ऋणको सीमा तोकेको छ । जसअनुसार अब सदस्यले बढीमा ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न नपाउने व्यवस्था छ ।
यस्तो हुनेछ राष्ट्रिय सहकारी नियमन प्राधिकरण
कान्तिपुर संवाददाता
मुख्यगरी बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि सरकारले अध्यादेशमार्फत सरकारले शक्तिशाली प्राधिकरण गठन गर्ने भएको छ । अध्यादेशमा प्राधिकरण कति समयभित्र स्थापना गर्ने भन्ने समय नतोकेपनि यथाशीध्र स्थापना गरेर काम थाल्ने स्रोतले बताएको छ ।
सरकारले यसरी गर्दैछ सहकारीमा डुबेको बचत रकम फिर्ता
यज्ञ बञ्जाडे
सरकारले अध्यादेशमार्फत नागरिकको डुबेको बचत रकम फिर्ताका लागि विशेष व्यवस्था गरेको छ । सरकारले मंगलबार जारी गरेको अध्यादेशमा सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न विशेष व्यवस्था गरेको हो ।
हिमपातअघि आलु रोप्ने हतारो
घनश्याम खड्का
हिउँदे वर्षा र हिमपात हुनुअघि नै म्याग्दीको माथिल्लो भेगका किसानलाई बर्खे आलु रोप्न सुरु गरेका छन् । हिमपात तथा हिउँदे वर्षा कम हुँदै गएको र माटोमा चिस्यान चाँडै घट्ने भएकाले जिल्लाको उपल्लो भेग (२ हजार मिटरमाथि) का किसानले चाँडै बर्खे आलु रोप्न थालेका हुन् ।
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव
दीपक परियार
भक्तपुरका विक्रम बाडेले सानैछँदा विदेशी पर्यटकले हट एयर बेलुन उडाएको देखेका थिए । त्यसबेलादेखि नै उनको दिमागमा बेलुनप्रति गहिरो छाप बसेको थियो । कलेज जीवनपछि उनमा नेपालमै हट एयर बेलुन सञ्चालन गर्ने हुटहुटी चल्यो । त्यसबारे बुझ्न उनी भारतसम्म पुगे ।
सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपास छिचोलिए
माधव अर्याल
सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ दोभानअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग– अन्तर्गत ‘बाइपास २’ को आइतबार ‘ब्रेक थ्रु’ भएको हो । योसँगै तीनवटै बाइपास सुरुङ छिचोलिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।
कम ब्याजमा निक्षेप लिएर राष्ट्र बैंकमा महँगोमा राख्ने जोखिम बढ्यो
यज्ञ बञ्जाडे
निक्षेपको ब्याजदर निरन्तर घटिरहँदा बैंक तथा वित्तीय संस्थाले बचतकर्ताबाट सस्तो ब्याजदरमा पैसा लिएर त्योभन्दा महँगोमा राष्ट्र बैंकमा निक्षेप राख्ने जोखिम बढेको छ । साधारण र मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशत वा सोभन्दा तल जान थालेपछि बचतकर्तालाई बचतमा कम ब्याज दिने र त्योभन्दा बढी ब्याजमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्ने जोखिम उच्च देखिएको हो ।
माथिल्लो तामाकोशीबाट ८८ दिनपछि विद्युत् उत्पादन सुरु
केदार शिवाकोटी
असोज १२ मा पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मंगलबार रातिबाट सञ्चालनमा आएको छ । यही पुस १० को समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी थालेको केन्द्रले मंगलबारबाट जलाशय भरेर उत्पादन थालेको हो ।
पुस ९, २०८१
सिद्धबाबा सुरुङ पुसभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी
कान्तिपुर संवाददाता
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्ग अब ९० मिटरमात्र खन्न बाँकी छ । निर्माणको काम धमाधम भइरहेकाले पुसभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलका प्रमुख कृष्णराज अधिकारीले बताए ।
नेप्से १४ अंकले बढ्यो, सवा ५ अर्बको सेयर कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १४.११ अंकले बढेर २ हजार ६ सय २६.३१ विन्दुमा उक्लेको छ । अघिल्लो दिन झण्डै २९ अंकले बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो ।
पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यात
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँबराबरको गलैंचा निर्यात भएको छ । भन्सार विभागका अनुसार २ लाख ४६ हजार ४०४ स्क्वायर मिटर गलैंचा ५९ वटा मुलुकमा निर्यात भएको हो ।
ट्रम्पको वरिष्ठ एआई सल्लाहकारमा श्रीराम कृष्णन नियुक्त हुने
एजेन्सी
भारतीय मूलका प्रविधि उद्यमी श्रीराम कृष्णन ट्रम्प प्रशासनको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी वरिष्ठ नीति सल्लाहकारमा नियुक्त हुने भएका छन् । विवेक रामस्वामी, काश पटेल र जय भट्टाचार्यपछि कृष्णन ट्रम्प प्रशासनको आगामी ४ वर्षे यात्रामा महत्वपूर्ण राजनीतिक नियुक्ति पाउने चौथो भारतीय मूलका अमेरिकी बनेका हुन् ।
आयोजनाहरूमा ‘कट पेस्ट’ गरेर ईआईए रिपोर्ट
विमल खतिवडा
प्रायः आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट समयमै स्वीकृत नहुँदा निर्माणमा ढिलाइ भइरहेको आरोप लगाउने गरेका छन् । ढिलाइ हुनुको दोष वन तथा वातावरण मन्त्रालयलाई लगाएर ठेक्का लगाउने निकाय पन्छिने गरेका छन् । तर सम्बन्धित निकायले ‘ईआईए’ रिपोर्ट अंग नपुर्‍याई पठाउँदा समस्या हुने गरेको वन तथा वातावरण मन्त्रालयका अधिकारीहरूको भनाइ छ । सामान्य कन्सल्टेन्सीलाई केही रकम दिएर ईआईए रिपोर्ट बनाउन लगाउँदा त्यो पूर्ण नहुने गरेको ती अधिकारीको दाबी छ ।
पाँच महिनामा १३ अर्ब ४ करोडको बिजुली भारत निर्यात
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट बिजुली भारततर्फ निर्यात गरेको हो ।
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन अघि बढ्यो सरकार
कान्तिपुर संवाददाता
विवादका कारण लामो समयसम्म स्थगित रहेको निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने प्रक्रिया सरकारले फेरि अघि बढाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त गरेको करिब तीन सातापछि सरकारले नयाँ एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन प्रक्रिया थालेको हो ।
पुस ८, २०८१
अनुदानको मल अभावमा छटपटिँदै किसान, बजारमा अवैध मल छ्यापछ्याप्ती
अवधेशकुमार झा
डाकनेश्वरी नगरपालिका–५ का लागि रासायनिक मल बिक्री–वितरणको डिलर पाएको डाकनेश्वरी ट्रेडर्सको मल अर्को पालिका बोदेवरसाइन नगरपालिका–५ मा बिक्री वितरण गरिरहेको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादव नेतृत्वको अनुगमन टोलीले २०८१ पुस ३ मा ५६ बोरा रासायनिक मल नियन्त्रणमा लियो ।
हुवावे नेपालले उद्घाटन गर्‍यो प्रदर्शनी केन्द्र
कान्तिपुर संवाददाता
हुवावे नेपालले हात्तिसारस्थित हुवावे टावरमा रहेको आफ्नो प्रदर्शनी केन्द्र उद्घाटन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार केन्द्रको उद्घाटन गरेका थिए । केन्द्रमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको पछिल्लो ट्रेन्ड र इन्नोभेसनहरू प्रदर्शन गरिने हुवावे नेपालले जनाएको छ ।
२८.९१ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक २८.९१ अंकले बढेर २ हजार ६ सय १२.२० विन्दुमा उक्लेको छ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्से सोमबार बढेको हो । सो दिन कारोबारमा आएकामध्ये १९४ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ४१ वटाको घट्यो भने बाँकी ९ वटा कम्पनीको स्थिर रहयो ।
विद्युत् वितरण प्रणाली सुधारका लागि जुट्यो लगानी
कान्तिपुर संवाददाता
देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरण गर्न ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ ।
सुरक्षित कारोबारसम्बन्धी विधेयक अर्थ समितिबाट पारित
कान्तिपुर संवाददाता
सुरक्षित कारोबारसम्बन्धी विधेयक अर्थ समितिबाट पारित भएको छ । विधेयकउपर परेको संशोधन प्रस्तावमाथि छलफल गरेर अर्थ समितिले आइतबार सर्वसम्मत रुपमा पारित गरेको हो ।
रसुवागढीमा ५२ मेगावाट विद्युत् उत्पादन
रासस
उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ ।
५ महिनामा ५८ अर्ब ३१ करोडले थपियो सार्वजनिक ऋण
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) मा ५८ अर्ब ३१ करोड रुपैयाँले सरकारी ऋण बढेको छ । यससँगै गत मंसिर मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ कायम भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
६ खर्ब ६१ अर्बको आयात हुँदा ७३ अर्बको निर्यात
राजु चौधरी
मुलुकको निर्यात व्यापारमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको ५ महिनाको निर्यात व्यापार १६.५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा साढे १६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ५ महिनामा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको निर्यात भएको थियो ।
अधियाँ खेत कमाएर १७४ मुरी धान
लक्ष्मी गौतम
खेत दुई रोपनी मात्रै छ । घरमा श्रम गर्ने जनशक्ति पनि दुई जना मात्र छन् । तर उनैले गाउँमै सबैभन्दा बढी १ सय ७४ मुरी धान फलाएका छन् । र, दोस्रो पटक उत्कृष्ट उत्पादकको उपाधि जितेका छन् । उनी हुन् फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका मकरबहादुर तामाङ ।
काठमाडौं–केरुङ रेलमार्गमा पहाड छिचोल्न चुनौती, लागत बढ्दै
विमल खतिवडा
काठमाडौं–केरुङ रेलमार्ग अध्ययनका सम्बन्धमा दुई देशका सरकारी निकायबीच चीनमा छलफल भएको छ । छलफलमा विभिन्न मन्त्रालयसँग सम्बद्ध दुई देशका उच्च तहका कर्मचारीको उपस्थितिमा रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनका क्रममा देखिएका समस्या र समाधानको उपाय खोजियो ।
पुस ७, २०८१
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
रासस
नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।
पोखरामा ड्रागन बोट रेस आयोजना हुँदै
कान्तिपुर संवाददाता
पोखरामा हुन लागेको दोस्रो ड्रागन बोट रेस प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका २० वटा समूहले भाग लिने भएका छन् ।
चीनको 'टेक फर गुड' प्रतियोगितामा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड
कान्तिपुर संवाददाता