text
stringlengths
2
914
हालै चीनमा आयोजित ‘टेक फर गुड’ प्रतियोगितामा नेपाली विद्यार्थीहरूको एक समूहले ‘पिपल्स च्वाइस अवार्ड’ प्राप्त गरेको छ । केही समयअघि चीनको शेन्जेन सहरमा १९ देशका सहभागीहरूबीच भएको प्रतियोगितामा नेपाली विद्यार्थीहरूले प्राप्त गरेको उक्त अवार्ड शनिबार हुवावे नेपालले एक कार्यक्रम गरी विजेता विद्यार्थीहरूलाई हस्तान्तरण गरेको छ ।
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता
कान्तिपुर संवाददाता
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका छन् ।
‘सञ्चालकले पद छोडेको १ वर्षसम्म मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था अव्यवहारिक’
कान्तिपुर संवाददाता
बिमा कम्पनीका सञ्चालकहरुले पद छोडेको एक वर्षसम्म पनि उक्त कम्पनीको सेयर बिक्री गर्न नपाउने विद्यमान व्यवस्था अव्यवहारिक भएको नेपाल निर्जीवन बिमा व्यवसायी संघले जनाएको छ ।
१३.५३ अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १३.५३ अंकले घटेको छ । नेप्से शून्य दशमलव ५२ प्रतिशत घटेर २५८३.२९ विन्दुमा बन्द भएको छ ।
सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्यो
कान्तिपुर संवाददाता
आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय र चाँदी प्रतितोला रू तीसले बढेको छ ।
पुनर्निर्माणको ८ महिनापछि खुल्दै चुरियामाई सुरुङ
प्रताप विष्ट
दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिँदै छ । हेटौँडा उपमहानगरपालिका-१५ स्थित चुरियामाई मन्दिरसंगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमबार हस्तान्तरण गर्दैछ ।
खाँदबारी–किमाथांका सडकको स्तरोन्नति कहिले ?
विमल खतिवडा
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कोशी करिडोर सडक निर्माणको गति सुस्त छ । अझै ट्र्याक खोल्ने काम सकिएको छैन । आर्थिक वर्ष २०६५/६६ सालबाट यो आयोजना सुरु भए पनि सडक ग्राभेलस्तरमै सीमित छ । बल्ल कालोपत्र गर्ने तयारी हुँदै छ ।
मुग्लिन–पोखरा सडक विस्तारमा पश्चिम खण्डको फेरि म्याद थप
सम्झना रसाइली
सडकमार्गबाट पर्यटकीय राजधानी पोखरालाई जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । करिब ८८ किलोमिटर दूरीको यस खण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको कार्य भइरहेको छ ।
विद्युतीय सेवा प्रवाहमा दक्षिण एसियामा कमजोर नेपाल
सजना बराल
संयुक्त राष्ट्रसंघले दुई वर्षको अन्तरालमा सार्वजनिक गर्ने विद्युतीय सुशासन विकास सूचकांकमा यो वर्ष नेपालको अवस्था सुधार भएको छ । कुल १ सय ९३ देशमध्ये सन् २०२४ मा नेपालले विद्युतीय सुशासनमा ०.५७८१ अंकसहित ११९ औं स्थान हासिल गरेको छ ।
महेन्द्रनगरमा सहरी विकास परियोजनाको काम अस्तव्यस्त
भवानी भट्ट
सडक कालोपत्रे भएको छ । तर बिजुली र टेलिफोनका पोल बीचमै छन् । बिजुली र टेलिफोनका तार माकुराको जालो जस्तै बनेका छन् । ठाउँ–ठाउँमा खाल्डाखुल्डी पनि उस्तै छन् । कालोपत्र भएकै सडकमा खानेपानीको पाइप लिक भएर पानी निस्किरहेको छ । यिनले दुर्घटनाको जोखिमसमेत निम्त्याएका छन् ।
ओम्दोला नाका खुल्यो, चौंरी र याक बिक्रीको प्रतिबन्ध हटेन
आनन्द गौतम
मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका नुपु शेर्पाले २०७७ सालमा २० वटा याक चीनको तिब्बतस्थित डिङ्जे काउन्टीको घुम्तीमा लगेर बिक्री गरे । निर्बाध लैजान पाइने त्यसबेला एउटा याकको ९० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्मले बेचेका थिए ।
पोखराको आकाशमा १५ देशका १७ हट एयर बलुन उड्दै
दीपक परियार
नेपालमै पहिलोपल्ट पोखरामा पुस ९ देखि १७ सम्म हुने बीवाईडी अन्तर्राष्ट्रिय बलुन महोत्सवमा नेपालसहित १५ देशका १७ वटा हट एयर बलुन उड्ने भएका छन् । नेपालमा हट एयर बलुन सञ्चालन गरिरहेको एकमात्र कम्पनी बलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।
पुस ६, २०८१
दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकलाई सरकारसँग झगडा नगर्न सञ्चारमन्त्री गुरुङको आग्रह
कान्तिपुर संवाददाता
दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सरकारसँग झगडा नगरी गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आग्रह गरेका छन् । काठमाडौंबाट पोखरासम्म पुग्दा किलोमिटरैपिच्छे सञ्चार सेवा अवरुद्ध हुने गरेको भन्दै उनले गुणस्तरमा समस्या रहेको बताए ।
नागढुंगादेखि मुग्लिनसम्म सडक बन्द गरेर कहाँ–कहाँ हुँदै छ काम ?
कान्तिपुर संवाददाता
नागढुंगा–मुग्लिन सडकलाई विभिन्न तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ । काममा ढिलाइ भइरहेको समयमा अप्ठ्यारो खण्डमा आइतबारबाट आंशिक रूपमा यातायात आवागमन रोकेर काम गरिने भएको छ ।
पुस अन्तिमदेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
रासस
नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।
हामीले भ्यु टावर होइन आईटी टावर बनाउन खोजेका हौँ : सञ्चार मन्त्री गुरुङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई दक्षिण एसियामा सूचना प्रविधिको केन्द्र बनाउन पूर्वाधार विकास आवश्यक रहेको र यसका लागि सरकारले आईटी टावरजस्ता अवधारणामा काम गरिरहेको बताएका छन् ।
रुग्ण आयोजनाको व्यवस्थापनमा भौतिक मन्त्रालयको चासो
कान्तिपुर संवाददाता
लामो समयदेखि काम नभएर रुग्ण बनेका सडक योजनाको व्यवस्थापन गरिने भएको छ । त्यसका लागि तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अहिले यस्ता योजना बजेट नभएर अधुरा बनेका छन् ।
एडीबीको १ खर्ब ५ अर्ब ६१ करोड सहयोग
कान्तिपुर संवाददाता
एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।
डीडीसीले उठाउनुपर्ने बक्यौता ३१ करोड, किसानलाई तिर्नुपर्ने ७० करोड
राजु चौधरी
दुग्ध विकास संस्थान (डीडीसी) ले विश्वासका आधारमा फर्म तथा कम्पनीलाई आफ्ना उत्पादन उधारोमा समेत दिने गरेको छ । नियमित कारोबार गरिरहेका आधारमा उनीहरूले यस्तो उधारो पाउँछन् ।
पुस ५, २०८१
एडीबीद्वारा एक खर्ब पाँच अर्ब एकसट्ठी करोड सहयोग
कान्तिपुर संवाददाता
एसियाली विकास बैंक (एडीबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये छ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।
पुस १३ गतेदेखि हेटौंडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने
कान्तिपुर संवाददाता
हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।
इन्स्टाग्राममा जेनेरेटिभ एआई भिडियो एडिट गर्ने सुविधा थप्दै मेटा
एजेन्सी
आफ्नो प्रमुख प्रतिस्पर्धी टिकटक कानुनी र नीतिगत उल्झनमा फसेको बेला मेटाले इन्स्टाग्रामलाई अझै सशक्त बनाउने तयारी थालेको छ । सन् २०२५ मा विश्वका तेस्रो सर्वाधिक धनाढ्य अर्बपति मार्क जुकरबर्गले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित मेटा मुभी जेनेरेटर सार्वजनिक गर्ने योजना अघि सारेका छन् ।
उखु किसान चौतर्फी मारमा
ओमप्रकाश ठाकुर
सर्लाहीको दक्षिणी भेगका किसान उखु कुन उद्योगमा बिक्री गर्ने भन्ने अहिले चिन्तामा छन् । नजिकको चिनी उद्योगले गत वर्षकै भुक्तानी नदिएपछि काँटा मार्फत अन्य उद्योगलाई बेच्ने मनस्थिति बनाएका उनीहरूलाई पालिकाले काँटा राख्न नदिएपछि चिन्ता बढेको हो ।
भारतबाट बिजुली आयात नगरे अहिले पनि लाेडसेडिङ हुन्छ : कार्की
कान्तिपुर संवाददाता
स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतबाट बिजुली आयात नगरे अहिले पनि लाेडसेडिङ हुने अवस्था रहेकाे बताएका छन् ।
लोडसेडिङ हुदाँ खुसी हुनेले नै लोडसेडिङको हल्ला फैलाए : कुलमान घिसिङ
कान्तिपुर संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् ।
नौबिसे–मुग्लिन सडक पुस ७ देखि १३ सम्म आंशिक बन्द
हरिराम उप्रेती
पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन खण्ड पुस ७ देखि १३ सम्म आंशिक बन्द हुने भएको छ । नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाले जनाए ।
नयाँ वर्षमा मध्यपुर थिमि, सौराहा र पोखरामा महोत्सव
कान्तिपुर संवाददाता
अंग्रेजी नयाँ वर्ष २०२५ को साइत पारेर कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? कुनै योजना बनाउनुभएको छैन भने सौराहा, पोखरा वा भक्तपुर घुम्न तयार हुनुहोस् । आन्तरिक पर्यटक वृद्धि गर्नेलगायत उद्देश्य राखेर अंग्रेजी नयाँ वर्षवरिपरि भक्तपुरको थिमिमा मध्यपुर महोत्सव, पोखराको लेकसाइडमा सडक महोत्सव र चितवनको सौराहामा हात्ती पर्यटन महोत्सव हुँदै छन् ।
माघ पहिलो साताभित्र माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा
केदार शिवाकोटी
गत असोज १२ को पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको मर्मत तीव्र पारिएको छ । पुस १० को समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी थालिएको छ ।
बंगलादेशलाई बिजुली बेचेर ४० लाख आम्दानी
कान्तिपुर संवाददाता
नेपालले बंगलादेशलाई बिजुली बेचेर ४० लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत कात्तिक ३० मा नेपालले बंगलादेशलाई बिजुली बिक्री गरेको थियो । उक्त दिन ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नारायणगढ–मुग्लिङ सडकमा बल्ल बने बाटो बराबरका पुल
रमेशकुमार पौडेल
नारायणगढ–मुग्लिन सडक हुँदै यात्रा गर्दा विगतमा पुलको मुख नजिक पुग्दा गाडी थररर गरेको हेक्का पक्कै होला । सडकभन्दा पुल सानो भएका कारण पुल आउँदा गाडीको गति कम गर्ने जनाउ दिन सडकमा ससाना ब्रेकरको पट्टी राखिएका कारण गाडी थररर गर्थे ।
छुर्पी बनाउन मनरामलाई दिनहुँ १० हजार लिटर दूध दिँदै डीडीसी
कान्तिपुर संवाददाता
दुग्ध विकास संस्थान (डीडीसी) ले मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालिलाई दिनको १० हजार लिटर दूध बेच्ने सम्झौता गरेको छ । नयाँ बजार खोज्ने क्रममा डीडीसीले बुधबार मनराम हिमालयनसँग दुग्ध पदार्थ बिक्री गर्ने सम्झौता गरेको हो ।
बर्सेनि साढे ३ अर्बको छुर्पी निर्यात
राजु चौधरी
छुर्पीको निर्यात उत्साहजनक रूपमा बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ६ लाख २१ हजार ७ सय ४७ किलो निर्यात भएको हो । उक्त निर्यातबाट १ अर्ब १५ करोड रुपैयाँ भित्रिएको भन्सार विभागको तथ्यांक छ ।
पुस ४, २०८१
सिर्सिया सुक्खा बन्दरगाह यार्डमा २७५५ कन्टेनरको चाङ
शंकर आचार्य
कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् ।