text stringlengths 2 914 |
|---|
क्रिसमस र नयाँ अवसरको उपहारबारे भ्रामक सूचना फैलाइएको भन्दै सचेत रहन नेपाल टेलिकमको आग्रह |
कान्तिपुर संवाददाता |
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा उपहार दिने भन्दै सामाजिक सञ्जालबाट गलत सूचना फैलिरहेको र यसबारे सचेत रहन आग्रह गरेको छ । कम्पनीले ब्लुट टिक भएका आफ्ना आधिकारिक सोसल मिडिया एकाउन्टबाट आएका सूचना मात्रै पत्याउन ग्राहकलाई अनुरोध गरेको छ । |
३१.४३ अंकले घट्यो नेप्से |
कान्तिपुर संवाददाता |
बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४३ अंकले घटेको छ । आज १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ । |
पुस १० बाट विद्युत् उत्पादनको तयारीमा तामाकोशी |
केदार शिवाकोटी |
असोज १२ गतेको पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको मर्मतको काम तीव्र पारिएको छ । पुस १० गतेको समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी सुरु गरिएको छ । |
वाग्मतीमा आयोजना बैंक |
नुमा थाम्सुहाङ |
वाग्मती प्रदेशले पनि योजनाहरू ‘आयोजना बैंक’ मार्फत समेट्ने भएको छ । एक महिनाभित्र बैंक स्थापना गरी योजनाहरू समेट्ने तयारी भइरहेको वाग्मती प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । |
‘सम्भावित चुनौती सामना गर्न बैंकिङ क्षेत्र सक्षम’ |
कान्तिपुर संवाददाता |
सम्भावित चुनौतीको सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम रहेको विज्ञहरूले बताएका छन् । अर्थतन्त्रका अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र सुशासित र पारदर्शी रहेकाले सम्भावित चुनौती सामना गर्न कठिन नरहेको उनीहरूको भनाइ छ । नेपालको बैकिङ क्षेत्र दक्षिण एसियामै सबल रहेको उनीहरूको दाबी छ । |
टोखा–छहरे सुरुङमार्गको चर्चा मात्रै |
विमल खतिवडा |
उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदा होस् या चीनको उच्चस्तरीय टोली यता आउँदा, प्रायः नछुट्नेमध्येको एक आयोजना हो, टोखा–छहरे सुरुङमार्ग । यो आयोजनाको चर्चा चल्न थालेको वर्षौं भयो तर अहिलेसम्म अध्ययन नै पूरा हुन सकेको छैन । |
नयाँ–नयाँ प्रविधि, दशकौं पुराना कानुन |
सजना बराल |
ल्यान्डलाइन फोन र डायल–अप इन्टरनेटलाई दृष्टिगत गर्दै विसं २०५० को दशकमा बनेको दूरसञ्चार ऐनमार्फत पछिल्लो प्रविधि विकासलाई नियमन गर्नुपर्ने बाध्यताले आधुनिक प्रविधिको प्रयोगमै अवरोध आउन थालेको छ । |
पुस ३, २०८१ |
छुर्पी बनाउन मनरामलाई दिनहुँ १० हजार लिटर दूध दिँदै डीडीसी |
कान्तिपुर संवाददाता |
दुग्ध विकास संस्थान (डीडीसी) ले मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालिलाई दिनको १० हजार लिटर दूध बेच्ने सम्झौता गरेको छ । नयाँ बजार खोज्ने क्रममा डीडीसीले बुधबार मनराम हिमालयनसँग दुग्ध पदार्थ बिक्री गर्ने सम्झौता गरेको हो । |
किसानले अझै पाएनन् लम्पी स्किनको क्षतिपूर्ति |
शंकर आचार्य |
लम्पी स्किन प्रभावित जिल्लाका किसानले अझै क्षतिपूर्ति पाएका छैनन् । प्रकोप देशभर फैलिँदा किसानलाई क्षतिपूर्ति दिने घोषणा सरकारले गरे पनि अझै किसानले क्षतिपूर्ति नपाएका हुन् । |
खोटाङमा कोदो, मकै र आलु उत्पादन घट्यो, धानको बढ्यो |
डम्बरसिं राई |
जिल्लामा यो वर्ष कोदो, मकै र आलुको उत्पादन घटेको छ । मौसम अनुकूल हुँदा उत्पादन घटेको कृषि ज्ञानकेन्द्र खोटाङका प्रमुख हरिनारायण राईले जानकारी दिए । उनका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा कोदो १५ सय ९९ मेट्रिकटन उत्पादन घटेको छ । गत वर्ष २३ हजार पाँच सय ९७ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष २१ हजार ८ सय ९७ मेट्रिकटन कोदो उत्पादन भएको राईले बताए । |
चक्रपथ दोस्रो खण्ड विस्तारमा किन भइरहेको छ ढिलाइ ? |
विमल खतिवडा |
चक्रपथ दोस्रो खण्ड विस्तारका लागि नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको चार महिना पुग्न लाग्दा थप काम अझै अघि बढ्न सकेको छैन । कहिले काम सुरु हुन्छ भन्ने कुरामै अझै अलमल कायमै छ । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । |
५.६० अंकले घट्यो नेप्से |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक ५.६० अंकले घटेको छ । आज शून्य दशमलव २१ प्रतिशतले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ । |
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । |
राष्ट्र बैंकले विभिन्न बैंकमा मुद्दती निक्षेपमा २१ करोड रुपैयाँ राख्दै |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २१ करोड रुपैयाँ राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । |
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो |
कान्तिपुर संवाददाता |
घरजग्गा कारोबारबाट मंसिर मात्रै ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व उठेको छ । जुन चालु आर्थिक वर्षयताकै उच्च हो । |
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) पनि राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः एक खर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । |
पुँजीगत खर्चमा छैन सुधार, विकास ऋणपत्रमार्फत् १० अर्ब आन्तरिक ऋण उठाइँदै |
कान्तिपुर संवाददाता |
सरकारले लक्ष्य अनुसार पुँजीगत खर्च र राजस्व संकलन गर्न नसकिरहेको बेला आन्तरिक ऋण भने धमाधम उठाइरहेको छ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र व्याजदर न्यून रहेको बेला ऋणको लागत कम (सस्तो) पर्ने भन्दै सरकारले धमाधाम आन्तरिक ऋण उठाइरहेको हो । |
च्याटजीपीटीले ‘सोरा’ सार्वजनिक गर्नासाथ गुगलले ल्यायो ‘भियो २’ भिडियो जेनरेटर मोडल |
एजेन्सी |
कसले सबैभन्दा उच्च गुणस्तरको 'आउटपुट' दिने भिडियो जेनरेटर टुल निर्माण गर्न सक्छ भन्नेमा प्रविधि कम्पनीहरूबीच होडबाजी छ । च्याटजीपीटी निर्माता ओपेनएआईले आफ्नो चर्चित भिडियो जेनरेसन मोडल ‘सोरा टर्बो’ आम प्रयोगकर्तामाझ उपलब्ध गराएको एक साता बित्न नपाउँदै गुगलले पनि ‘भियो २’ बारे घोषणा गरेको छ । |
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख |
रासस |
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । |
सिलिगुडी–चारआली र अमलेखगन्ज–लोथर पाइप लाइन ५४ महिनामा सक्ने सहमति |
कान्तिपुर संवाददाता |
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) को ‘स्टेरिङ कमिटी’ बैठकले दुई पेट्रोलियम पाइप लाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति गरेको छ । सिलिगुडी–चारआली र अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइन उक्त अवधिभित्र सक्ने गरी काम थाल्ने सहमति भएको हो । |
औद्योगिक क्षेत्रमा बिजुली कटौती |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती थालेको छ । हिउँदमा आन्तरिक उत्पादनले माग नधान्ने र भारतले साँझको समय (पिक आवर) मा आयात गर्न नदिएको जनाउँदै प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् कटौती थालेको हो । |
सरकारले ल्यायो पानीजहाज सञ्चालनसम्बन्धी विधेयक |
कान्तिपुर संवाददाता |
सरकारले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएको छ । विधेयकमा जलमार्ग रुट निर्धारण, अनुमति र प्रयोगसम्बन्धी प्रावधान राखिएको छ । पानीजहाज कार्यालयको व्यवस्था, सेवा सञ्चालन, पानीजहाजको दर्ता, स्वामित्व, पानीजहाजलाई राष्ट्रियताको प्रमाणपत्र प्रदान गर्ने, नेपालको झन्डा प्रयोग गर्नेलगायत विषयहरू विधेयकमा समेटिएको छ । |
अमेरिकी डलरमा हरेक दिन नयाँ रेकर्ड |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३६.१४ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । |
लो–भिजिबिलिटी र राति पनि राजविराजमा उडान हुने |
सुरज कुँवर |
पाइलटलाई दृश्यमा सघाउने १३ करोड रुपैयाँको उपकरण जडान भएसँगै अब राजविराज विमानस्थलमा खराब मौसम र रात्रिकालीन समयमा पनि जहाज उडान–अवतरण गराउन मिल्ने भएको छ । |
अमेरिका बस्ने ६० प्रतिशत नेपालीले पठाउँछन् रेमिट्यान्स |
सजना बराल |
पछिल्लो डेढ दशकमा अमेरिकामा नेपालीको संख्या ६० प्रतिशतले बढेको र तीमध्ये करिब ६० प्रतिशतले नेपालमा रेमिट्यान्स पठाउने गरेको एक अध्ययनले देखाएको छ । थिंक ट्यांक संस्था ‘सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)’ ले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले अमेरिका बस्ने नेपालीको ठूलो हिस्साले नियमित रेमिट्यान्स पठाउने गरेको देखाएको हो । |
मर्स्याङ्दी करिडोर प्रसारण लाइन उदीपुर–भरतपुर खण्ड निर्माणले लियो गति |
कान्तिपुर संवाददाता |
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसन, तनहुँको आँबुखैरनीस्थित मार्कीचोक हुँदै चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ । |
पुस २, २०८१ |
झापामा पाइप लाइनको जग्गा विवाद |
कान्तिपुर संवाददाता |
आयल निगमले पाइप लाइन परियोजना ५४ महिनाभित्रै निर्माण सक्ने लक्ष्य राखे पनि झापामा ढिलाइ हुने संकेत देखिएको छ । निगमलाई बिक्री गरेका व्यक्तिले नै पुनः जग्गा हडप्ने प्रयास गरेपछि पाइप लाइन निर्माणमा ढिलाइ हुने भएको छ । जग्गा विवादको विषय अदालतमा प्रवेश भए पनि मुद्दा छिनोफानो हुन सकेको छैन । निगमका अनुसार जग्गा विवादको मुद्दाको पेसी सरेको सरै छ । |
बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, सेयर कारोबार रोक्का |
रासस |
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको हो । |
सिलिगुडी-चारआली र अमलेखन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति |
कान्तिपुर संवाददाता |
दुई पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्नेगरी काम गर्ने नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको ‘स्टेरिङ कमिटी’ बैठकमा सहमति भएको छ । मंगलबार सोल्टी होटलमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकापसमा आदानप्रदान गरी तोकिएकै समयभित्रै सक्ने सहमती गरेको छ । |
‘आयोजना बैंक’ स्थापना गर्दै वाग्मती |
नुमा थाम्सुहाङ |
वाग्मती प्रदेशले पनि योजनाहरू ‘आयोजना बैंक’ मार्फत समेट्ने भएको छ । एक महिनाभित्र बैंक स्थापना गरी योजनाहरू समेट्ने तयारी भइरहेको वाग्मती प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । |
नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता |
कान्तिपुर संवाददाता |
नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका थिए । |
सामान्य अंकले बढ्यो नेप्से |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा बन्द भएको छ । |
नागढुंगा सुरुङमार्ग क्षेत्रका प्रभावितलाई क्षतिपूर्ति दिन बाटो खुल्यो |
विमल खतिवडा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.