text stringlengths 2 914 |
|---|
निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति दिन आयोजनालाई बाटो खुलेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै प्रभावित क्षेत्रका स्थानीयले उठाउँदै आएको माग सम्बोधन भएको हो । |
अमेरिकाबाट आउने प्रतिव्यक्ति रेमिट्यान्स कतार, मलेसिया, यूएई र साउदीको भन्दा धेरै |
कान्तिपुर संवाददाता |
नेपालमा वार्षिक औसत ८ हजार ६ सय ६६ डलर रेमिट्यान्स संयुक्त राज्य अमेरकाबाट आउने र प्रतिव्यक्ति रेमिट्यान्स कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाको भन्दा करिब दोब्बर गुणा धेरै रहेको अध्ययनले देखाएको छ । |
औद्योगिक क्षेत्रमा साँझ बिजुली कटौती हुने |
कान्तिपुर संवाददाता |
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने भएको छ । |
दिगो विकास लक्ष्यमा नेपालको उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् । |
तोलामा कतिले बढ्यो सुनको मूल्य ? |
कान्तिपुर संवाददाता |
सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य बढेको हो । |
पुँजीगत खर्चमा छैन सुधार |
यज्ञ बञ्जाडे |
चालु आर्थिक वर्षको पाँच महिनासम्म पनि पुँजीगत खर्चको अवस्था नाजुक छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा सरकार बनेपछि मुलुकमा राजनीतिक स्थायित्व हुने भएकाले आर्थिक विकासले प्राथमिकता पाउने र सरकारी खर्च बढ्ने दाबी सरकारले गरे पनि नतिजा सन्तोषजनक नरहेको जानकार बताउँछन् । |
साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु |
कान्तिपुर संवाददाता |
चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो । |
अमेरिकामा रहेका प्रवासी नेपालीमध्ये एक तिहाइभन्दा बढी प्रविधि क्षेत्रमा |
सजना बराल |
अमेरिकामा रहेका प्रवासी नेपालीमध्ये एक तिहाइभन्दा बढी प्रविधि क्षेत्रमा आबद्ध रहेको एक अध्ययनले देखाएको छ । सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको अध्ययनअनुसार अमेरिकामा रहेका प्रवासी नेपालीमध्ये ३४.७ प्रतिशत प्रविधि क्षेत्रमा कार्यरत छन् । |
गाउँपालिकाले गर्यो तिते करेलाको ब्रान्डिङ |
पर्वत पोर्तेल |
इलामको रोङ गाउँपालिकाले तिते करेलालाई ब्रान्डिङ गरी बिक्री गर्न थालेको छ । यसअघि गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया र अम्लिसोलाई ब्रान्डिङ गरेको रोङले पछिल्लो पटक गाउँलेले उत्पादन गरेको करेलालाई ब्रान्डिङ गरेको हो । |
३० लाख वासिन्दाको राजधानीमा एक मात्र ढल प्रशोधन केन्द्र |
विमल खतिवडा |
उपत्यकामा बर्सेनि बसोबास गर्ने जनसंख्या बढिरहँदा घरबाट निस्कने फोहोर पानी व्यवस्थापन ठूलो चुनौती बन्दै गएको छ । प्रयोग गरिसकेको पानी होस् या दिसाजन्य फोहोर नै किन नहोस्, यसको व्यवस्थापनमा कठिनाइ थपिँदै गएको छ । त्यसो त २०७८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या ३० लाख २५ हजार ३ सय ८६ छ । |
पुस १, २०८१ |
राजविराजमा रात्रिकालीन उडान सुरु |
अवधेशकुमार झा |
सोमबारदेखि राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै मुलुकका १० वटा आन्तरिक विमानस्थलमा अब रात्रिकालीन उडान सम्भव भएका छन् । |
राँगा र भैंसीको मासु निर्यात गर्नेसम्बन्धी सम्झौतामा नेपाल र चीनबीच हस्ताक्षर |
कान्तिपुर संवाददाता |
नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल र चीनका दुई कम्पनीबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । |
नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला |
कान्तिपुर संवाददाता |
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष छन् । |
दिगो आर्थिक विकास र प्रकोप न्यूनीकरणमा चेम्बर र यूएनडीपीबीच सहकार्यको सम्झौता |
कान्तिपुर संवाददाता |
नेपाल चेम्बर अफ कमर्स(एनसीसी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)बीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । |
५१.३७ अंकले घट्यो नेप्से |
रासस |
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो । |
‘विश्व बैंक पछि हटे स्वदेशी लगानीमा अपर अरुण निर्माण गर्छौं’ |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १०६३ मेगावाटको अपर अरुण जलविद्युत आयोजनामा लगानीका लागि विश्व बैंक तयार नभएमा माथिल्लो तामाकोशीकै लगानी ढाँचामा माथिल्लो अरुण निर्माण गरिने बताएका छन् । |
अघि बढ्यो १०६३ मेगावाटको अपर अरुण, हेलिकोप्टरमार्फत सामान ढुवानी गरी पहुँच मार्ग निर्माण गरिँदै |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण सुरु भएको छ । |
पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व संकलन |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मंसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । |
चार महिनामा भित्रियो ५ अर्ब ७६ करोड विदेशी लगानी |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको चार महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आउँदा ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएको छ । चालु आर्थिक वर्षको चार महिनामा खुद विदेशी लगानी ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको हो । |
सुनको मूल्य तोलामा चार सय रूपैयाँले बढ्यो |
कान्तिपुर संवाददाता |
सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । |
आजबाट राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागको सेवा थापाथली कार्यालयबाट |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु गरेका छन् । ०७२ सालको भूकम्पले थापाथलीस्थित कार्यालय भत्किएपछि राष्ट्र बैंकको सबै विभागका सेवा बालुवाटारस्थित कार्यालयमा सरेको थियो । |
जरिवाना लगाएर ग्वार्को फ्लाइओभरको काम गराइँदै |
विमल खतिवडा |
तोकिएको समयमा ग्वार्को फ्लाइओभरको काम नसकिने भएपछि निर्माण व्यवसायीले जरिवाना तिर्नुपर्ने भएको छ । आगामी पुस १० मा निर्माण सक्नुपर्नेमा हालसम्म ८२ प्रतिशत मात्र काम सकिएको छ । |
ऊर्जा लगानीकर्ता प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा |
कान्तिपुर संवाददाता |
ऊर्जा लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । दोस्रो बजारमा गैरकानुनी रूपमा सेयरको भित्री कारोबार गरेको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा गत शुक्रबार मुद्दा दर्ता गरेको हो । |
ज्योति समूह पद्म ज्योति समूहमा रूपान्तरण |
कान्तिपुर संवाददाता |
व्यापारिक घराना ज्योति समूह पद्म ज्योति समूहमा रूपान्तरण भएको छ । आइतबार पद्म ज्योति समूह घोषणा गरिएको हो । पद्म ज्योति समूहले यो घोषणालाई विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात पनि भनेको छ । |
नेपालगन्ज–टीकापुर उडान सुरु |
कान्तिपुर संवाददाता |
तारा एयरको ट्विनअटर विमानले आइतबारदेखि नेपालगन्ज–टीकापुर–नेपालगन्ज उडान सुरु गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख सुम्मतप्रसाद चौधरीका अनुसार ताराको ट्विनअटरले आइतबार दिउँसो १:२७ बजे नेपालगन्जबाट ११ यात्रु र ३ जना एयरलाइन्सकै कर्मचारी लिएर टीकापुर पुगेको थियो । टीकापुरबाट उक्त विमान १६ यात्रु र तीन कर्मचारी लिएर नेपालगन्ज फर्केको थियो । |
मेची-महाकाली विद्युतीय रेल्वे आयोजनाको रौतहट खण्डमा मुआब्जा विवाद |
शिव पुरी |
मेची–महाकाली विद्युतीय रेल्वे आयोजनाको रौतहटतर्फ वाग्मतीदेखि पश्चिमको धन्सार नदी सम्मको रेलवे ट्र्याक निर्माण अन्तिम चरणमा छ । तर, बीचका तीन स्थानमा ऐलानी र एकमा निजी जग्गाको मुआब्जा विवाद २ वर्षदेखि सुल्झिन नसक्दा काम अघि बढ्न सकेको छैन । |
‘ब्युटी र बडी फिल्टर’ मा नियन्त्रण गर्दै टिकटक |
सजना बराल |
सामाजिक सञ्जाल प्लाटफर्म टिकटकले नेपालका प्रयोगकर्ता एवं कन्टेन्ट क्रिएटरलाई मोबाइल नम्बरजस्ता अति व्यक्तिगत पहिचान खुल्ने जानकारी सार्वजनिक नगर्न र हानिकारक सामग्री देखिए तुरुन्तै रिपोर्ट गर्न आग्रह गरेको छ । |
मंसिर ३०, २०८१ |
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो |
कान्तिपुर संवाददाता |
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । |
नेपालगन्ज-टीकापुर उडान आजदेखि सुरु |
कान्तिपुर संवाददाता |
तारा एयरको टुइनअटर विमानले आज (आइतबार) देखि नेपालगन्ज–टीकापुर–नेपालगन्ज उडान सुरु गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख सुम्मतप्रसाद चौधरीका अनुसार, ताराको टुइनअटरले दिउसो १:२७ बजे नेपालगन्जबाट ११ जना यात्रु र ३ जना एयरलायन्सकै कर्मचारी लिएर टीकापुर पुगेको थियो । |
मनकामना केबलकार दुई दिन बन्द हुने |
कान्तिपुर संवाददाता |
मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । टावर मर्मत गर्नुपर्ने भएकाले सोमबार र मंगलवार केवलकार सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । बुधबारदेखि भने केबलकार सेवा पुन सञ्चालनमा आउने जनाइएको छ । |
पुसका लागि तीन बैंकको ब्याज घट्यो, तीनको बढ्यो |
कान्तिपुर संवाददाता |
पुसका लागि केही बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन् भने केहीले भने बढाएका छन् । जसअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ वटाले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । |
नेपालमा ‘सोसल इन्जिनियरिङ’ उदीयमान साइबर थ्रेटका रूपमा देखिएको छ : साइबर सुरक्षा विज्ञ |
कान्तिपुर संवाददाता |
साइबर सुरक्षाका अनेक चुनौतीमध्ये नेपालमा ‘सोसल इन्जिनियरिङ’मार्फत हुने आक्रमण उदीयमान चुनौतीका रूपमा देखापरेको साइबर सुरक्षा विज्ञहरूले औंल्याएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा विज्ञहरूले साइबर सुरक्षाका विभिन्न पक्षहरू उजागर गरेका थिए । |
टिकटकमा १३ देखि १८ वर्षका प्रयोगकर्तालाई ब्युटी फिल्टर चलाउन रोक लगाइने |
सजना बराल |
भिडियो सेयरिङ प्लाटफर्म टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी फिल्टर र बडी फिल्टरमा प्रतिबन्ध लगाउने भएको छ । बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो नीति अवलम्बन गर्न लागेको टिकटकको प्यारेन्ट कम्पनी, बाइटडान्सका ग्लोबल कम्युनिकेन्स प्रतिनिधि इमाद जफरले बताएका छन् । |
सुनचाँदीको मूल्य घट्यो |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.