text
stringlengths
2
914
माओवादीका उपमहासचिव वर्षमान पुनले संघीयताको विकल्प नभएको बताएका छन् । उनले हालको संघीयता भित्रबाटै विकास र समृद्धि ल्याउन सकिने बताए ।
म फेरि प्रधानमन्त्री बन्दैछु, त्यसैले बलियो नेपालको सपना देखेको छु : देउवा
सन्तोष सिंह
कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने भएकाले बलियो नेपाल बनाउने सपना देखेको बताएका छन् । महोत्तरीको मनराशिश्वामा शुक्रबार आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने बताएका हुन् ।
रिंकु सदा मृत्यु प्रकरण : अहिलेसम्म ८ जना नियन्त्रणमा, जाहेरीमा किटान गरिएका ४ अझै फरार
विनय आजाद
सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री ओलीको प्रश्न : यो संविधान फालेर फेरि राणाशासन ल्याउने ?
कृष्णप्रसाद गौतम
राष्ट्रिय एकतालाई भाँजो हाल्ने अनेक प्रयास भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकमा कराएर सरकार परिवर्तन नहुने दाबी गरे । देशमा सुशासन र स्थायित्व ल्याउन तथा ‘समृद्ध नेपाल,सुखी नेपाली’ बनाउन सरकार प्रयत्नशील भएको उनको उनको भनाइ छ ।
मुलुकमा प्रतिक्रियावादी शक्ति हाबी भइरहेको छ : अध्यक्ष दाहाल
ओमप्रकाश ठाकुर
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा प्रतिक्रियावादी शक्तिहरु हाबी भइरहेको बताएका छन् ।माओवादीको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानका क्रममा हुलाकी सडक हुँदै सर्लाही सदरमुकाम मलंगवा आइपुगेका दाहालले कभर्ड हलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिक्रियावादी शक्ति सलबलाइरहेको बताएका हुन् ।
टिप्तला-ताप्लेजुङ सडक कालोपत्रका लागि चीनलाई प्रस्ताव गर्न सांसदले बुझाए पत्र
आनन्द गौतम
चीन-नेपाल सिमाना टिप्तला भञ्ज्याङदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङसम्मको सडक कालोपत्रका लागि चीन सरकारलाई आग्रह गर्न प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई आग्रह गरेका छन् ।
त्रिवि नेविसंघले भन्यो, ‘तोडफोडमा आधिकारिक संलग्नता छैन’
कान्तिपुर संवाददाता
नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले रेक्टर कार्यालयमा भएको तोडफोड संगठनको आधिकारिक संलग्नता रहेको जनाएको छ ।
कर्णाली सुन्दर सपनाको प्रदेश : प्रधानमन्त्री ओली
कृष्णप्रसाद गौतम
कर्णाली आफ्नो हिसाबले विकासको अन्त्यन्तै सुन्दर सपनाको प्रदेश भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक स्रोत साधनका हिसाबले कर्णाली सबैभन्दा समृद्ध प्रदेश भएको बताए ।
उच्च शिक्षा रोजगारी खोज्ने होइन रोजगारी सिर्जना गर्ने हुनुपर्छ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले अबको उच्च शिक्षा रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना हुनुपर्ने बताएका छन् ।
माओवादी अभियानले देशकै ध्यान मधेशतिर तानिँदैछ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको 'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान'का कारण देशकै ध्यान मधेशमा केन्द्रित भएको बताएका छन् ।
मलेठ घटनाको ८ वर्ष : अझै अनावरण भएन सहिदको सालिक
अवधेशकुमार झा
राजविराज–रुपनी सडकखण्ड अन्तर्गत मलेठमा छ, सहिद स्मारक । पहेँलो रङ लगाइएको ठूलो गेटको माथिल्लो भागमा पाँचवटा अर्धकदका सालिक छन् । ती सालिक हुन्, सञ्जन मेहता, पिताम्बर मण्डल,आनन्द साह, वीरेन्द्र महतो र इनरदेव यादवका । २०७३ फागुन २३ मा सप्तरीको मलेठमा भएको घटनामा सुरक्षाकर्मीको गोली लागी उनीहरुले ज्यान गुमाएका थिए ।
पूर्वसांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश
कान्तिपुर संवाददाता
जसपाका नेपालका नेता एवं पूर्वसांसद प्रमोद साह नेकपा माओवादीमा प्रवेश गरेका छन् । 'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान'अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादीमा प्रवेश गरेका हुन् ।
चक्रपथ विस्तारको काम केही समयमै सुरु हुन्छ : मन्त्री दाहाल
कान्तिपुर संवाददाता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ चक्रपथ दोस्रो खण्डअन्तर्गतको काम केही समयमै सुरु हुने बताएका छन् ।
सांसद तोसिमाको प्रश्न : पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्नै नसक्ने हो ?
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य सचिव नियुक्तिको निर्णयप्रति आपत्ति जनाएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव नियुक्त गर्दा वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेकी डा. संगीता मिश्रालाई पन्छाएर अर्कै व्यक्तिलाई सचिव नियुक्त गरिएको उनले बताइन् ।
बुद्ध एयर पांग्रा प्रकरण : जाँचबुझ आयोग गठन गर्न माग
कान्तिपुर संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज एउटा पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेकोबारे जाँचबुझ आयोग गठन गर्न माग गरेका छन् ।
जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : सभापति देउवा
सन्तोष सिंह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनप्रतिनिधिहरूले आफूलाई जनताको सेवकको रूपमा लिएर काम गर्नु पर्ने बताएका छन् । जनताको सेवा नै सर्वोपरि कर्तव्य, लक्ष्य भएको उनले बताए ।
त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड
कान्तिपुर संवाददाता
सत्तारुढ दल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) का कार्यकर्ता त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।
टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न रास्वपा सांसद झाको माग
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिपरहरुले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।
कुलमानलाई महावीरको सुझाव : आउँदो चुनाव लडेर दु:ख दिने मन्त्रीलाई गुल्ट्याइदिनुस्
कान्तिपुर संवाददाता
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्रीकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न सुझाव दिएका छन् ।
प्रेस स्वतन्त्रतामा अंकुश लाग्ने गरी कानुन बन्दैन : सभामुख घिमिरे
कान्तिपुर संवाददाता
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन नबन्ने स्पष्ट पारेका छन् ।
राजतन्त्रका नाममा मूल्यवान समय खेर नफालौँ : महासचिव पोखरेल
कान्तिपुर संवाददाता
एमाले महासचिव शङ्कर पोखरेलले जनआन्दोलनबाट विस्थापित राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर फाल्न नहुने बताएका छन् ।
सामुदायिक विद्यालयमा बुबा अध्यक्ष, छोराछोरी शिक्षक र बुहारी सहयोगी
शिव पुरी
गुजरा नगरपालिका–५ इस्लामपुर चोकनजिक सडक किनारमै छ रहमान आधारभूत विद्यालय । २०६५ मा स्थापना भएको यस विद्यालयको व्यवस्थापन समितिमा अध्यक्ष छन्, शेख मजिबुर रहमान । उनी स्थापनाकालदेखिकै अध्यक्ष हुन् ।
रिंकु सदा प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप ४ जना पक्राउ
विनय आजाद
सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा प्रकरणमा थप चार जना पक्राउ परेका छन् । पञ्चायतीमा संलग्न वडा सदस्यसहित चार जना पक्राउ परेका हुन् ।
बेइजिङ सम्मेलनको समीक्षा : नेपालका १२ क्षेत्र समेटिएको प्रतिवेदन तयार
कान्तिपुर संवाददाता
संयुक्त राष्ट्र संघले अमेरिकाको न्युयोर्कमा गर्नेे बेइजिङ+३० समीक्षामा नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने भएको छ ।
ऊर्जा मन्त्रालयले घिसिङलाई सोध्यो स्पष्टीकरण
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । बिहीबार मन्त्रालयले ४ वटा बुँदामा सफाइ पेस गर्न पत्र पठाएको हो ।
‘एउटै दलले बहुमत नल्याउँदा प्रदेश अस्थिर’
कान्तिपुर संवाददाता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक दलहरू केन्द्रीय मानसिकताबाट हुर्किएकाले संघीयताको उच्चतम् अभ्यास स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । प्रशासनिक र सुरक्षा निकाय पनि एकात्मक राज्य प्रणालीको अभ्यासबाटै आएकाले संघीयता स्वीकार गर्न हिच्किचाइरहेको उनले बताए ।
फाल्गुन २२, २०८१
बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
कान्तिपुर संवाददाता
नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ ।
पांग्राबिना आएको बुद्ध एयरको विमान काठमाडौंमा सकुशल अवतरण
रासस
जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पांग्राबिना नै काठमाडौंमा सकुशल अवतरण गरेको छ । बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पांग्राबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
लोडसेडिङ अन्त्य गर्नमा कुलमानको भूमिका छैन, भारतलाई धन्यवाद दिउँ : मन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुनै भूमिका र योगदान नरहेको बताएका छन् । नेपालमा लोडसेडिङ अन्त्यको श्रेय भारतलाई जाने बताउँदै त्यसका लागि भारतलाई धन्यवाद दिनुपर्ने मन्त्री खड्काको भनाइ थियो ।
राजाकै कारण आएको गणतन्त्रमा राजाको स्थान छैन : देउवा
सन्तोष सिंह
कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रमा राजाको कुनै स्थान नरहेको बताएका छन् । 'राजा स्वयं नै कारक भएर गणतन्त्र आयो,' उनले भने,‘राजाले सत्ता सम्हालेपछि नेताहरुलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’
डा. मिश्रा भन्छिन् : ममाथि अन्याय भयो, स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ
कान्तिपुर संवाददाता
डा‌. संगीता कौशल मिश्राले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूमाथि अन्याय गरेको बताएकी छिन् । बुधबार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि डा. मिश्राले असन्तुष्टि व्यक्त गरेकी हुन् ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन नसकिने संघीय मन्त्रालयलाई मेयर बालेनको जवाफदेखि सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनीसम्मका खबर आज चर्चामा रहे ।
राजाको पालामा खाइ पल्केकाहरुले राजा चाहेका हुन् : महासचिव पोखरेल
प्रकाश बराल
एमालेका महासचिव शंकर पोखरेलले राजा आउ, देश बचाउ भन्ने भ्रमको खेती भएको बताएका छन् । नागरिकलाई भ्रममा पार्नेहरुले यो नारा ल्याएको पनि उनको भनाइ छ ।
अमेरिका हिँडेका दाङका युवक घानामा अस्ताए
होम कार्की