text
stringlengths
2
914
अमेरिका हिँडेका दाङका ३८ वर्षीय पूर्णबहादुर डाँगीको घानाको राजधानी आक्रामा बुधबार निधन भएको छ ।
लोकतन्त्रको नाममा लुटतन्त्र भयो : अध्यक्ष साह
लक्ष्मी साह
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ठूला र सत्ताधारी दलहरुले लोकतन्त्रलाई लुटतन्त्र बनाएको आरोप लगाएका छन् । बाराको बारागढी गाउँपालिकाको पिपरा बजारमा बिहीबार आयोजित पार्टीको प्रथम गाउँपालिका भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत
कान्तिपुर संवाददाता
राष्ट्रिय सभाको बिहीबारको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधिसभाबाट बुधबार पारित भएका सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रिय सभाले बहुमतबाट स्वीकृत गरेको हो ।
संघीय मन्त्रालयलाई मेयर बालेनको जवाफ : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन सकिँदैन
कान्तिपुर संवाददाता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण मिलाउन भनी काठमाडौं महानगरपालिकालाई पठाएको पत्रमा महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले प्रतिक्रिया दिएका छन् ।
स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौती - लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्नुस्
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । महोत्तरीमा बिहीबार भएको कार्यक्रममा उनले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न पूर्वराजा शाहलाई चुनौती दिएका हुन् ।
कान्तिपुरकर्मी कार्कीलाई सम्झना स्मृति पुरस्कार
कान्तिपुर संवाददाता
यस वर्षको सम्झना दाहाल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरका सिन्धुली संवाददाता राजकुमार कार्कीलाई प्रदान गरिएको छ । सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठानले नगद ५ हजार राशिसहितको पुरस्कार बिहीबार प्रदान गरेको हो ।
गौरी मल्ललाई मातृशोक
कान्तिपुर संवाददाता
अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । मुटुमा समस्या भई गंगालाल अस्पताल पुर्‍याइएकी हेमाकुमारी मल्लको निधन बुधबार दिउँसो २:१५ मा भएको हो ।
कुलमानले सरकारलाई टेर्दै टेरेनन्, चिन्दै चिनेनन्: मन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याकंनमा सहभागी नभएका कारण शून्य अंक दिइएको प्रस्ट्याएका छन् ।
रेशम चौधरी र सीके राउतको भेट : के जनमत र नाउपा एक हुँदैछन् ?
कान्तिपुर संवाददाता
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले पार्टी एकताको तयारी सुरु गरेका छन् । नयाँ शक्तिहरूबीच विचारका आधारमा एकता गर्ने भन्दै दुई दलले एकीकरणको प्रक्रिया थालेका हुन् । त्यसैको तयारीस्वरूप जनमतका अध्यक्ष सीके राउत र नाउपाका संरक्षक रेशम चौधरीबीच मंगलबार काठमाडौंमा भेटघाट भएको छ ।
राष्ट्रिय सभा बैठक : ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न ध्यानाकर्षण
कान्तिपुर संवाददाता
राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदले ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरोज गुरागाईंलाई काम गर्न दिन काठमाडौं महानगरलाई संघीय मन्त्रालयको पत्र
कान्तिपुर संवाददाता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण मिलाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।
अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गरियोस् : सांसद खतिवडा
कान्तिपुर संवाददाता
कांग्रेस सासंद रामहरि खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् ।
जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह
कान्तिपुर संवाददाता
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक चाँडो सदनमा पेस गर्ने बताएका छन् ।
नेपाल बार एसोसियसन चुनाव : साझा उम्मेदवार चयन गर्दै कांग्रेस-एमाले कानुन व्यवसायी
कान्तिपुर संवाददाता
नेपाल बार एसोसियसनको २७औं कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ताको समय घर्किनै लाग्दा सत्तारुढ दल कांग्रेस-एमालेनिकट कानुन व्यवसायी उम्मेदवार चयन गर्न सकेका छैन । बिहीबार अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय छ ।
कांग्रेस बलियो भएमात्रै नेपाल समृद्ध बन्नसक्छ : सभापति देउवा
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।
६ जिल्लाका सीडीओ फेरिए
कान्तिपुर संवाददाता
गृह मन्त्रालयले सात सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। बिहीबार मन्त्रालयले नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृहमन्त्रालय तानेर नुवाकोटसहित ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोकेको हो ।
डीआईजी जनक भट्टराई एआईजीमा बढुवा
कान्तिपुर संवाददाता
प्रहरी नायब महानिरीक्षक(डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गरेको हो ।
बालेनको पुर्ख्यौली घरमा माओवादी अध्यक्ष दाहाललाई स्वागत
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पुर्ख्यौली घरमा पुगेका छन् । 'जनतासँग माओवादी तराई-मधेश जागरण अभियान'का क्रममा महोत्तरी पुगेका दाहाल बिहीबार एकडारा गाउँपालिका-२ स्थित बालेनको घर पुगेका हुन् ।
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
कान्तिपुर संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ ।
अहिलेको सरकारबाट विकासको अपेक्षा गर्नु दिवा सपना : अध्यक्ष दाहाल
सन्तोष सिंह
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारबाट विकासको अपेक्षा गर्नु दिवा सपना मात्र हुने बताएका छन् ।
दुबईका लागि उडेको निगमको जहाज भैरहवामा बिग्रियो
सुरज कुँवर
काठमाडौंबाट १ सय ४९ यात्रु बोकेर दुबईका लागि बुधबार राति उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको छ ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
रासस
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।
फाल्गुन २१, २०८१
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एमाले स्थायी कमिटी सदस्य खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त
कान्तिपुर संवाददाता
सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा डा. देवकोटालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
कुलमान घिसिङलाई स्पष्टीकरण सोध्न मन्त्रिपरिषद्ले दियो ऊर्जामन्त्री खड्कालाई अधिकार
कान्तिपुर संवाददाता
मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई किन नहटाउने भनेर तीन दिने स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कुलमानलाई हटाउनका लागि तीन दिने स्पष्टीकरण सोध्ने अधिकार दिएको एक मन्त्रीले जानकारी दिए ।
केआईआईटीका ८० प्रतिशत नेपाली विद्यार्थी कलेज फर्किए
राजेश मिश्र
नेपाली छात्रा प्रकृति लम्सालको होस्टेलमा भएको शंकास्पद मृत्युको अनुसन्धान माग गर्दा नेपाली विद्यार्थीमाथि भएको कुटपिट र दमनका कारण भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा उत्पन्न तनाव साम्य हुँदै गएको छ ।
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
कागजातविहीन ८ नेपालीलाई अमेरिकी चार्टर विमानबाट काठमाडौं उतारियो, जापान र क्यानडासहित ६ देशबाट पनि ११ नेपाली फिर्ता, पाथीभरा-मुकुम्लुङ क्षेत्रमा नो केबलकार भन्दै माइतीघरमा प्रदर्शनदेखि जेलेन्स्की अमेरिकासँग मिलेर अघि बढ्न तयार, ट्रम्पले गरे स्वागतसम्मका खबर आज चर्चामा रहे ।
प्रतिनिधिसभाद्वारा पाँच अध्यादेश स्वीकार
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाबाट पाँचवटा अध्यादेश स्वीकार भएका छन् । संघीय संसद्का दुवै सदनका हिउँदे अधिवशेनको पहिलो बैठक माघ १८ मा पेस भएका ६ मध्ये पाँचवटा अध्यादेश स्वीकार गरिएका छन् । सत्तारुढ दलभित्र नै विवाद उत्पन्न भएर राष्ट्रिय सभामा बहुमत नपुग्ने अवस्था आएपछि सरकारले एउटा अध्यादेश भने 'स्वीकार गरियोस्' भन्ने प्रस्ताव नै सदनमा राखेन ।
जापान र क्यानडासहित ६ देशबाट ११ नेपाली फिर्ता
कान्तिपुर संवाददाता
अमेरिकाबाहेकका ६ देशबाट डिपोर्ट र प्रवेश निषेध गरेका ११ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन् ।
डिपोर्ट भएकामध्ये केही ५० लाखदेखि १ करोडसम्म खर्च गरेर अमेरिका पुगेका थिए
विवेक पोख्रेल
अमेरिकाबाट चार्टर विमानमार्फत फर्काइएका ८ मध्ये केहीले आफूहरु १२ वटा देशका सीमा अवैध रुपमा पार गरेर अमेरिका पुगेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको पुर्‍याइएका उनीहरुले सोधपुछका क्रममा यस्तो बताएका हुन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभाबाट सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश स्वीकृत
रासस
‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकबाट बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाबाट ‘निजीकरण अध्यादेश’ स्वीकृत
कान्तिपुर संवाददाता