text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च ९० हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ । यसलाई बिटक्वाइनको ऐतिहासिक उपलब्धिका रूपमा विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता बिटक्वाइन मात्रै होइन, डजक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीको मूल्य ह्वात्तै बढेको छ । |
मंसिर २, २०८१ |
शंकास्पद वित्तीय कारोबारमा १९-२४ वर्ष उमेर समूहका व्यक्ति धेरै |
कान्तिपुर संवाददाता |
शंकास्पद वित्तीय कारोबारमा १९–२४ वर्ष उमेरसमूहका व्यक्ति धेरै संलग्न रहेको एक सरकारी प्रतिवेदनले औँल्याएको छ । |
राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व ३० प्रतिशतले बढ्यो |
कान्तिपुर संवाददाता |
गत असार मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको तुलनामा यो ३०.१५ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलसमक्ष गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गरेका छन् । |
साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न : राष्ट्र बैंक |
रासस |
नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ । |
अर्घाखाँचीका ६ वटा शीत भण्डार अलपत्र |
वीरेन्द्र केसी |
तीन पालिकामा निर्माणाधीन अवस्थामा रहेका शीत भण्डार अलपत्र परेका छन् । मालारानी गाउँपालिकाका चार र सन्धिखर्क नगरपालिकाको एउटा कोल्डस्टोरमध्ये केही निर्माणाधीन छन् भने केही भवन बनेपनि उपयोगमा ल्याउन सकिएको छैन । पाणिनि गाउँपालिकाको शिवशक्ति शीत भण्डार सञ्चालनमा आएर पनि किसानका लागि लाभदायी हुन सकेको छैन । |
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ७२ करोड रूपैयाँको कारोबार |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आज ४ ९८ अंकले वृद्धि भएर २७५३।७६ विन्दुमा बन्द भएको छ । |
सुन्धारा शाखामा 'मैना' ले पनि दिनेछ टेलिकमको सेवा |
कान्तिपुर संवाददाता |
नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबोटले सेवा दिन थालेको छ ।टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबोटलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबोटको नाम 'मैना' राखिएको छ । |
चौमासमा सरकारी वित्त : आम्दानी र खर्च दुवैमा दबाब |
यज्ञ बञ्जाडे |
पुँजीगत खर्चमा बढोत्तरी, राजस्व संकलनमा सुधार गर्नेलगायत प्रतिबद्धता सरकारले पटक–पटक दोहोर्याउँदै आए पनि यस वर्षको चार महिनासम्म सरकारी वित्तमा अपेक्षित सुधार हुन सकेको छैन । गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा रकमका आधारमा राजस्व संकलन र पुँजीगत खर्चमा सामान्य सुधार देखिए पनि सरकारबाट नागरिकको अपेक्षा धेरै रहेकाले अहिलेको उपलब्धि नगण्य रहेको अर्थविद् बताउँछन् । |
उत्कृष्ट करदातालाई सरकारको सम्मान |
कान्तिपुर संवाददाता |
आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी कर तिर्नेमा संस्थातर्फ नेपाल दूरसञ्चार कम्पनी र व्यक्तिगततर्फ राजबहादुर शाह भएका छन् । आन्तरिक राजस्व विभागले शनिबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको हो । |
इतिहास बुझाउँदै गोरखा दरबार घुमाउँछन् पथप्रदर्शक |
हरिराम उप्रेती |
गोरखा नगरपालिका–८ का वीरेन्द्र रोका गोरखा घुम्न आएका पर्यटकलाई डुलाउन दरबार क्षेत्रमा खटिएका छन् । गोरखा संग्रहालय, दरबारलगायत क्षेत्रको इतिहास अध्ययन गरी पथप्रदर्शक बनेका रोका पर्यटकलाई यसबारे बताउन पाउँदा उत्सुक छन् । |
मंसिर १, २०८१ |
गौतम बुद्ध विमानस्थल अब पूर्ण क्षमतामा निरन्तर सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल |
माधव ढुंगाना |
उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब पूर्ण क्षमतामा र निरन्तररुपमा संचालन हुने दाबी गरेका छन् । |
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च |
रासस |
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ । |
स्वदेशी पुँजीबाटै रोजगारी सिर्जना गरौं : अध्यक्ष ढकाल |
प्रकाश बराल |
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्वदेशी पूँजी परिचालनबाटै ठूला उद्योग खोल्न र रोजगारी बढाउन सकिने बताएका छन् । उनले विदेश गएमात्रै रोजगारी पाइन्छ, यहाँ केही छैन भन्ने भास्य त्याग्नुपर्ने बताए । |
बिमा प्राधिकरण र एएसएनबीच समझदारी पत्रमा हस्ताक्षर |
कान्तिपुर संवाददाता |
नेपाल बिमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (एएसएन) बीच बिमांकीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढंगले कार्य गर्नेसम्बन्धी समझदारी भएको छ । |
वस्तु व्यापारतर्फ बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङ सरकारबाट सम्मानित |
कान्तिपुर संवाददाता |
राष्ट्रिय कर दिवसको अवसरमा सरकारले भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरलाई सम्मान गरेको छ । वस्तु व्यापार गरेर सबैभन्दा बढी कर तिरेको भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सम्मान गरेका हुन् । |
किमाथांका भन्सारमा ९ कर्मचारीको दरबन्दी, कार्यालय सहयोगी मात्रै उपस्थित |
रासस |
संखुवासभाको किमाथांका भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । ९ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । |
सामान्य कार्यसम्पादनले राजस्व संकलनको लक्ष्य भेट्न असम्भव : उपप्रधानमन्त्री पौडेल |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले कार्यसम्पादन गरेर राजस्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय कर दिवस- २०८१ को कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको पनि दाबी गरे । |
अमेरिकी चुनावपछि एक्सको विकल्पमा ब्लुस्काईतिर प्रयोगकर्ताको ओइरो |
एजेन्सी |
सामाजिक सञ्जाल प्लाटफर्म ब्लुस्काई अहिले व्यापक चर्चामा छ । विश्वव्यापी रूपमा अत्यधिक डाउनलोड भएपछि यस साता बिहीबार ब्लुस्काइ अवरुद्ध भएको थियो । अमेरिकी राष्ट्रपतीय चुनावपछि २० लाखभन्दा बढी प्रयोगकर्ता ब्लुस्काईतर्फ आकर्षित भए, जसले गर्दा यस एपका प्रयोगकर्ताहरूको संख्या हालसम्म १ करोड ६७ लाख पुगेको छ । पछिल्ला ९० दिनमा यो संख्या दोब्बरले वृद्धि भएको हो । |
उत्कृष्ट करदाता : संस्थातर्फ नेपाल दूरसञ्चार कम्पनी र व्यक्तिगततर्फ राज बहादुर शाह |
कान्तिपुर संवाददाता |
सरकारले राष्ट्रिय कर दिवस २०८१ का अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले शनिबार एक कार्यक्रम आयोजना गरेर उत्कृष्ट करदातालाई सम्मान गरेको हो । |
अस्थिर बनिरह्यो सुनको भाउ |
राजु चौधरी |
पहेंलो धातुका रूपमा चिनिएको सुनको भाउ केही समययता अस्थिर देखिएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै आर्थिक र कूटनीतिक अवस्थामा सुधार आउने आकलनले अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको भाउ शुक्रबार फेरि सामान्य बढेको छ । नवनिर्वाचित ट्रम्पले अमेरिकी डलरलाई रिजर्भ मुद्राका रूपमा विकास गर्न खोजेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ । |
बाढीले क्षति गरेको बीपी राजमार्गमा जाइकाको प्रारम्भिक अध्ययन |
विमल खतिवडा |
बाढीका कारण क्षति भएको बीपी राजमार्गमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले प्रारम्भिक अध्ययन गरेको छ । यससम्बन्धी अध्ययन रिपोर्ट मंसिर दोस्रो सातासम्म आउने सडक विभागले जनाएको छ । तर जाइकाको सहुलियतपूर्ण ऋण वा अनुदान केमा बनाउने हो भन्नेबारे निर्णय भएको छैन । |
साना तथा मझौला कम्पनीलाई आईपीओ निष्कासनको छुट्टै व्यवस्था |
कान्तिपुर संवाददाता |
सानो पुँजी तथा व्यवसाय भएका साना तथा मझौला कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) र सूचीकृत प्रक्रियाका लागि छुट्टै व्यवस्था गर्न लागिएको छ । सबै क्षेत्रका साना तथा मझौला कम्पनीलाई आईपीओ निष्कासनमा प्रोत्साहन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमावली बनाएको हो । उक्त नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस भएको छ । |
स्टार्टअप फेस्टमा एआईमा आधारित परियोजना |
कान्तिपुर संवाददाता |
विभिन्न क्षेत्रमा लागू गरिएका एआईसम्बन्धी नीति–नियमहरूको अनुगमन र विश्लेषण गर्ने प्लाटफर्म ‘एआई पोलिसी ट्र्याकर’ ले आफ्नो वेबसाइटमा राखेको विश्व मानचित्रमा केही देश सेतो रङमा देखिएका छन् । यसले ती देशले एआईसम्बन्धी कुनै पनि नीति–नियम नबनाएको संकेत गर्छ । नेपाल भने फिका हरियो रङमा चित्रित छ, जसले केही प्रयास भएको जनाउँछ । |
जोखिम नहुने गरी काम गर्न नेपाल बैंकलाई गभर्नरको निर्देशन |
कान्तिपुर संवाददाता |
वित्तीय कारोबारमा जोखिम नहुने गरी काम गर्न नेपाल बैंकलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छन् । सरकारी स्वामित्वका साथै नेपालको सबैभन्दा पुरानो बैंक भएकाले पनि यसमा सरकारको ठूलो लगानी रहेको उनको भनाइ छ । |
वर्ल्डलिंकले तिर्यो २ अर्ब १५ करोड बक्यौता |
कान्तिपुर संवाददाता |
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई झन्डै एक दशकदेखिको बक्यौता रकम भुक्तानी गरेको छ । कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापत २ अर्ब १५ करोड १४ लाख रुपैयाँ शुक्रबार दाखिला गरेको हो । |
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । |
महिनामै नेपाली फिल्मको व्यापार ६० करोड |
सुशील पौडेल , रीना मोक्तान |
पूर्णबहादुरको सारंगी’ प्रदर्शनको पहिलो दिन कात्तिक १५ को पहिलो शो नै हेर्न पुगेका थिए, यसका प्रमुख कलाकार विजय बराल । तर हल लगभग खालीजस्तै थियो । हलमा निकै कम शो पाएको आफ्नो फिल्ममा दर्शक पनि नदेखेपछि बराल निराश बने । सँगै फिल्म हेर्न गएकी बराल पत्नी प्रमिला खनालले ढाडस दिँदै भनेकी थिइन्, ‘फिल्म राम्रो बनेको छ, भोलिबाट दर्शक आउलान्, चिन्ता नलिऊ ।’ |
बंगलादेश पुग्यो नेपालको बिजुली |
सीमा तामाङ |
नेपालमा उत्पादित विद्युत् शुक्रबारबाट बंगलादेश निर्यात हुन थालेको छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश पुर्याइएको हो । नेपालबाट बंगलादेशमा विद्युत् निर्यात करिब ६ वर्षको गृहकार्यपछि सम्भव भएको हो । दिउँसो साढे १२ बजेबाट साढे ११ घण्टा विद्युत् निर्यात गर्दा नेपाल विद्युत् प्राधिकरणलाई २८ हजार १ सय ६० डलर (३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ) आम्दानी भएको छ । |
कार्तिक ३०, २०८१ |
माजोङले पायो दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड |
कान्तिपुर संवाददाता |
सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले चौथोपटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ। शुक्रबार राति भारत नयाँदिल्लीस्थित ‘होटल दि सूर्य’मा आयोजित १९औं टुरिजम, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा क्यासिनो माजोङलाई उक्त अवार्डबाट सम्मान गरिएको हो। |
क्रसर व्यवसायी भन्छन् : 'लगानीकर्ताको व्यथा सरकारले बुझेन' |
सुनिता बराल |
नेपाल क्रसर तथा खानी व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरूले सरकारले आफूहरूको व्यथा नबुझेको गुनासो गरेका छन् । |
डिजेल र मट्टितेलको मूल्य बढ्यो |
कान्तिपुर संवाददाता |
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । |
फीन इलेक्ट्रो टेक-२०२४ : दोस्रो दिन नौ हजारले गरे अवलोकन |
कान्तिपुर संवाददाता |
नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को दोस्रो दिन शुक्रबार नौ हजार बढीले अवलोकन गरेका छन् । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको उक्त मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूको घुइँचो लागेको हो । |
बंगलादेश बिजुली निर्यात हुनु ऐतिहासिक कोशेढुंगा : परराष्ट्रमन्त्री राणा |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.