text stringlengths 2 914 |
|---|
परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशलाई बिजुली निर्यात हुनु ऐतिहासिक कोशेढुंगा भएको बताएकी छिन् । परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत् निर्यात गरिएको यो नै पहिलो पटक भएको समेत बताएकी छिन् । |
मध्य भोटेकोसीको सुरुङ परीक्षण अन्तिम चरणमा |
ऋषिराम पौड्याल |
सिन्धुपाल्चोकमा निर्माण भइरहेको चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको ७ किमि सुरुङ परीक्षणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार सुरुङ पानी भरेर पावरहाउसमा इलेक्ट्रोमेकानिकल परीक्षणको तयारी गरिएको छ । |
हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन हुन अझै डेढ महिना लाग्ने |
रासस |
हेटौंडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनः उत्पादन गर्न अझै डेढ महिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ । |
भारतले भन्यो : भारत हुँदै नेपाल-बंगलादेश विद्युत् व्यापार ऐतिहासिक |
कान्तिपुर संवाददाता |
भारतले नेपाल-बंगलादेश विद्युत् व्यापारले ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने जनाएको छ । नेपालले शुक्रबारदेखि औपचारिक रूपमा बंगलादेशलाई बिजुली बेच्न सुरु गरेको छ । |
विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । |
नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु |
कान्तिपुर संवाददाता |
नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात सुरु भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन गरेका हुन् । |
‘खाँचो लगानीमैत्री वातावरणको’ |
कान्तिपुर संवाददाता |
खाडीदेखि अस्ट्रेलिया हुँदै क्यानडा पुगेर आफ्नो व्यवसायमा स्थापित नेपाली व्यवसायीले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्ताका लागि सरल एवं लगानीमैत्री वातावरण भए आफूहरू लगानी गर्न आतुर रहेको बताएका छन् । |
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने |
रासस |
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । |
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर |
रासस |
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । |
आज बंगलादेश पठाइँदै बिजुली |
कान्तिपुर संवाददाता |
नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो । |
कार्तिक २९, २०८१ |
३७ हिमाल आरोहण गर्न ७० देशबाट आठ सय ७० आरोही |
रासस |
शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका दुई सय दुई महिला र छ सय ६८ पुरुष गरी कूल आठ सय ७० जनाले अनुमति लिएका हुन् । |
नेपालले शुक्रबारदेखि बंगलादेशलाई बिजुली बेच्ने |
कान्तिपुर संवाददाता |
नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो । |
दुई दिनपछि १३.९५ अंकले बढ्यो नेप्से, साढे १० अर्ब कारोबार |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार १३.९५ अंकले बढेको छ । लगातार दुई दिन घटेको नेप्से आज शून्य दशमलव ५१ प्रतिशतले बढेको हो । नेप्से मंगलबार ११.२४ र बुधबार १४.१२ अंकले घटेको थियो । |
मंसिर १२ गतेभित्र डेडिकेटेड लाइनको बक्यौता तिर्न नेपाल विद्युत प्राधिकरणको आग्रह |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रकंलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मंसिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । |
नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक बन्द |
कान्तिपुर संवाददाता |
नागढुंगादेखि सिस्नेखोला सडकखण्ड आजबाट आंशिक रुपमा बन्द भएको छ । उक्त सडकखण्ड आगामी मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ । |
सुनको मूल्य तोलामा २२ सय रूपैयाँले घट्यो |
कान्तिपुर संवाददाता |
सुनको मूल्य प्रतितोला २२ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा २२ सय रूपैयाँले घटेको हो । |
सवा अर्ब ऋण लिए पनि किसानलाई भुक्तानी दिन डीडीसीको कन्जुस्याइँ |
राजु चौधरी |
किसानबाट लिएको दूधको बक्यौता तिर्न भन्दै दुग्ध विकास संस्थान (डीडीसी) ले अर्थ मन्त्रालयसँग १ अर्ब २५ करोड ऋण लिए पनि किसानलाई भुक्तानी गर्न सरकारले अझै पनि आनाकानी गरिरहेको छ । बक्यौता रकम एक अर्ब नाघेपछि डीडीसीले ०७८ यता चार पटक गरी सवा अर्ब रुपैयाँ ऋण लिइसकेको छ । गत भदौमा मात्रै अर्थसँग ६० करोड सहुलियत ऋण लिएको डीडीसीले किसानलाई ७ महिनादेखिकै पैसा तिरेको छैन । |
नाका जोड्ने सडकमा मुख्य तगारो, बजेट अभाव |
विमल खतिवडा |
नेपाली सेनाको जिम्मामा निर्माणाधीन नाका जोड्ने सडक आयोजनामा बजेटको समस्या भएको छ । उत्तर–दक्षिण जोड्ने सडकमा पर्याप्त बजेट नहुँदा कामले गति लिन सकेको छैन । |
नारायणगढ–बुटवल सडक विस्तारका ठेकेदारलाई चेतावनी पत्र |
नवीन पौडेल |
सडक विस्तार कार्यमा ढिलाइ गरेको र योजनाअनुसार काम नगरेको भन्दै सरकार र परामर्शदाता कम्पनीले नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कर्पोरेसनलाई चेतावनी पत्र (नोटिस टु करेक्ट–एनटीसी) पठाएको छ । ठेकेदारलाई ठेक्का तोड्नुअघिको प्रक्रियाका रूपमा दिनुपर्ने अन्तिम चेतावनीस्वरूप एनटीसी जारी हुने गर्छ । |
बिजुलीको बिल तिर्न उद्योगीलाई १५ दिनको समय |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा १५ दिनभित्र उद्योगीहरूले बक्यौता नतिरे प्राधिकरणले फेरि पनि आफ्नै प्रक्रियाअनुसार बक्यौता असुल्ने बताएका छन् । |
राजनीतिक परिवर्तनले चाहेका विषय नीतिले समेट्न नसक्दा समृद्धिमा ढिलाइ |
कान्तिपुर संवाददाता |
राजनीतिक परिवर्तनले चाहेका विषय नीतिले समेट्न नसक्दा मुलुकको आर्थिक समृद्धिमा ढिलाइ भएको विज्ञहरूले औंल्याएका छन् । बेलाबेला भएका ठूला राजनीतिक परिवर्तनले चाहेअनुसार नीति बन्न र बनेको नीति पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा मुलुकको आर्थिक समृद्धिमा ढिलाइ भएको उनीहरूको भनाइ छ । |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । |
धितोपत्र ब्रोकरको संख्या ९० पुग्यो |
कान्तिपुर संवाददाता |
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने ब्रोकर कम्पनीको सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् । |
कार्तिक २८, २०८१ |
नारायणगढ–बुटवल सडक विस्तारका ठेकेदारलाई चेतावनी पत्र |
नवीन पौडेल |
सडक विस्तार कार्यमा ढिलाइ गरेको र योजनाअनुसार काम नगरेको भन्दै सरकार र परामर्शदाता कम्पनीले नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कर्पोरेसनलाई चेतावनी पत्र (नोटिस टु करेक्ट–एनटीसी) पठाएको छ । |
अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि भएकोमा ट्रेड युनियन कांग्रेसको आपत्ति |
कान्तिपुर संवाददाता |
अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोप्रति नेपाल ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको छ । |
बाक्लो हुस्सु र तुवाँलोका कारण हवाई उडान प्रभावित |
रासस |
बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रका विमानस्थलको उडान प्रभावित भएको छ । तुवाँलोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् । |
लगातार दोस्रो दिन पनि घट्यो नेप्से |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक १४.१२ अंकले घटेको छ । मंगलबार ११.२४ अंकले घटेको नेप्से बुधबार पनि शून्य दशमलव ५१ प्रतिशतले घटेको हो । |
उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे हामी फेरि आफ्नै प्रक्रियामा लाग्नेछौं : घिसिङ |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्याैता विवादमा अबकाे १५ दिनभित्र उद्याेगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि आफ्नै प्रक्रियामा लाग्ने बताएका छन् । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन् । |
मन्त्रिपरिषद्को निर्णयअनुसार काटिएको लाइन जोड्दै जान्छौँ : घिसिङ |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुनअनुसार गरिएको कारबाही मन्त्रिपरिषद्, मन्त्रीस्तरीय र विद्युत नियमन आयोगको निर्णयअनुसार फुकुवा गरिँदै आएको बताएका छन् । |
कानुनभित्र रहेर धन आर्जन गर्दा पनि निजी क्षेत्र आलोचित हुनुपरेको छ : चौधरी |
कान्तिपुर संवाददाता |
सांसद एवं व्यवसायी विनोद चौधरीले राज्यको कानुनी दायराभित्र रहेर धन आर्जन गर्दा पनि निजी क्षेत्रले चर्को आलोचना खेप्नु परेको बताएका छन् । मुलुकमा कुल लगानीको ८० प्रतिशत र कुल रोजगारीको करिब ८५ प्रतिशत योगदान निजी क्षेत्रको रहेको बेला यो क्षेत्रलाई राज्यले सम्मान गर्नुपर्ने उनले बताएका छन् । |
संघीयतापछि ७५३ स्थानीय तहमै आर्थिक स्रोत पुग्नु सफल अभ्यास : सांसद एवं व्यवसायी चौधरी |
कान्तिपुर संवाददाता |
संघीयतापछि आर्थिक स्रोत सबै स्थानीय तहमा पुर्याउनु नै सफल प्रयास भएको सांसद एवं व्यवसायी विनोद चौधरीले बताएका छन् । अहिले यसरी सबै स्थानीय तहमा स्रोत पुर्याउन नसकिएको भए, नागरिक तहबाट युद्ध सुरु हुने जोखिम रहेको उनको भनाइ छ । |
ट्रम्पको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा मस्क नियुक्त |
एजेन्सी |
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अर्बपति इलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन् । मस्कले भारतीय मूलका रिपब्लिकन नेता विवेक रामास्वामीसँगको सहकार्यमा सो विभाग सम्हाल्ने ट्रम्पले घोषणा गरेका छन् । |
कृषि बिमामा साना किसानलाई अनुदान बढी, ठूलालाई कम |
कान्तिपुर संवाददाता |
बाली तथा पशुधन बिमा गर्दा बिमा शुल्कमा साना किसानले बढी र ठूलाले कम अनुदान पाउने व्यवस्था सरकारले गरेको छ । यसअघि सबै प्रकारको बिमामा बिमा शुल्क (प्रिमियम) को ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था परिमार्जन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ मापदण्ड बनाएको हो । |
कालीगण्डकी करिडोर कालोपत्रको तयारी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.