text stringlengths 2 914 |
|---|
प्रकाश बराल |
कालीगण्डकी करिडोर निर्माण हुनुअघि जैमिनी नगरपालिका क्षेत्रका बासिन्दालाई सदरमुकाम आइपुग्न एक दिन पैदल यात्रा गर्नुपर्थ्यो । पोखरा वा बुटवल जानुपरे अर्को दिन खर्चनुपर्ने बाध्यता थियो । उपचारदेखि पढ्न जानेले पनि सास्ती खेप्थे । किनमेल गर्न पनि महंगो मूल्य तिर्नुपर्थ्यो । करिडोर निर्माण भएपछि १ सय ५० किमि यात्रा गरेर पुगिने पोखराभन्दा बुटवल छोटो भएको छ । |
कार्तिक २७, २०८१ |
चाइना साउदर्नले एयरबसको ए३२० निओ ल्यायो |
कान्तिपुर संवाददाता |
चीनको ग्वान्जाओ र काठमाडौंबीच उडानमा चाइना साउदर्न एयरलाइन्सले पहिलेको जहाजको दाजोमा १५ सिट बढी भएको एयरबसको ए–३२० निओ जहाजबाट मंगलबारदेखि उडान थालेको छ । |
सरकारको लेखापरीक्षण प्रतिवेदन अर्थ मन्त्रालयमा पेस : झण्डै १५ अर्ब बेरुजु |
कान्तिपुर संवाददाता |
महालेखा नियन्त्रणको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष पेस गरेको छ । |
नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको नयाँ सदस्य |
कान्तिपुर संवाददाता |
नेपाल बैंकर्स संघ (एनबीए) विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १ सय ९० देशहरूमा ३ सयभन्दा बढी सदस्य/सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो । |
उद्याेगमा बिजुली जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ ।मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बताए । |
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । |
ऊर्जा मन्त्रालयले घिसिङसँग माग्यो अर्को ६ बुँदे विवरण |
कान्तिपुर संवाददाता |
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई थप ६ बुँदे विवरण माग गरेको छ । कात्तिक १३ मा ऊर्जा सचिवस्तरीय निर्णय गरेर ७ दिनभित्र स्पष्ट पार्दै मन्त्रालयमा विवरण बुझाउन भन्दै थप ६ विवरण माग गरेको हो । मन्त्रालयले मागेको ६ बुँदे विवरणको समय आज सकिदैछ । |
नेप्सेसँगै कारोबार रकम पनि घट्यो |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक ११.२४ अंकले घटेको छ । शून्य दशमलव ४० प्रतिशतले घटेको नेप्से २७४८.९६ विन्दुमा बन्द भएको छ । |
सुनको मूल्यमा सामान्य गिरावट |
कान्तिपुर संवाददाता |
स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । |
भैरहवामा अब सातै दिन अन्तर्राष्ट्रिय उडान |
सुरज कुँवर , दिपेन्द्र बडुवाल |
कतारको राजधानी दोहाबाट विश्वका १ सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने अनि आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा आफ्नो स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । |
स्टार्टअपलाई १ अर्ब बजेट, १ हजार उद्यमीलाई कर्जा |
कान्तिपुर संवाददाता |
स्टार्टअपलाई १ अर्ब बजेट विनियोजन गरिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । विनियोजित बजेट करिब १ हजार उद्यमीलाई ३ प्रतिशत ब्याजमा वितरण गरिने उनको भनाइ छ । |
ट्रंक लाइन विवादमा लाल आयोगको प्रतिवेदन सार्वजनिक |
कान्तिपुर संवाददाता |
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोमबार ऊर्जामन्त्री दीपक खड्काले प्रतिवेदन सार्वजनिक गरेका हुन् । |
कार्तिक २६, २०८१ |
डेडिकेटेड ट्रंकलाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ] |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । |
अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ नजिक |
आनन्द गौतम |
पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्य एक दशकपछि एक लाख रुपैयाँ नजिक पुगेको छ । व्यापारीहरूका अनुसार अलैँची प्रतिमन (४० किलो) एक लाख रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । |
२२.१४ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब कारोबार |
कान्तिपुर संवाददाता |
साताको दोस्रो दिन नेप्से २२.१४ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ८० प्रतिशतले बढेको हो । |
रुसले पठायो अन्तरिक्षमा एकैचोटी ५३ वटा स्याटेलाइट |
एजेन्सी |
रुसले एकैचोटि ५३ वटा भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा पठाएको छ । सोयुज-२.१ अन्तरिक्ष यानमा राखेर रुसको रसकसमस स्पेस केन्द्रले पृथ्वी वरिपरिको मौसम निरीक्षण गर्ने दुई ठूला र अन्य साना स्याटलाइट अन्तरिक्षमा पठाएको हो । पृथ्वीको अवलोकन, सञ्चार र वैज्ञानिक अध्ययनका लागि ती स्याटेलाइट अन्तरिक्षमा पठाइएको केन्द्रले जनाएको छ । |
ग्वार्को फ्लाइओभरको निर्माण छिटो सक्न भौतिकमन्त्रीको निर्देशन |
कान्तिपुर संवाददाता |
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाइओभरको निर्माण छिटो सक्न निर्देशन दिएका छन् । निर्माणाधीन फ्लाई ओभरको सोमबार बिहानै स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन सम्बन्धित आयोजना प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् । |
दुग्धपदार्थ आयात खोल्ने पक्षमा उद्योग मन्त्रालय, नखोल्ने अडानमा कृषि |
राजु चौधरी |
नेपालबाट निर्यात हुने सिमेन्ट, जुत्ता, जस्तापाता, प्लाइउड, सेनिटरी प्याडलगायत वस्तु निर्यातमा भारतले अनौपचारिक अवरोध गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दूध तथा दुग्धपदार्थ आयात खुलाउन ‘लबिइङ’ थालेको छ । |
साढे ६ अर्बले घट्यो विपन्न वर्ग कर्जा |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्ने कर्जा साढे ६ अर्ब रुपैयाँले घटेको छ । गत भदौसम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गरेको कर्जा ३ खर्ब ५ अर्ब रुपैयाँ छ । |
बझाङका दर्जनभन्दा बढी गाउँमा अझै छैन टेलिफोन सुविधा |
वसन्तप्रताप सिंह |
सरकारले सन् २०२५ सम्म देशका सबै पालिकामा इन्टरनेट सेवा पुर्याउने लक्ष्यअनुसार अप्टिकल फाइबर नेटवर्क विस्तार गर्दै आएको छ । बझाङका धेरै पालिकाका बासिन्दाले अझै सहज ढंगले टेलिफोन सुविधा उपयोग गर्नसमेत पाएका छैनन् । |
कार्तिक २५, २०८१ |
२४ घण्टाभित्र उद्योगमा लाइन जोडिसक्न सरकारको निर्देशन |
कान्तिपुर संवाददाता |
सरकारले विद्युत् लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएको छ । |
प्रदूषण फैलाएको भन्दै चौधरी उद्योग ग्राममा धर्ना |
नारायण शर्मा |
पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै त्यहीका वडाध्यक्षको नेतृत्वमा स्थानीयले धर्ना दिएका छन् । |
हवाई भाडावृद्धिको विरोधमा कांग्रेस सांसद बजगाईंले गरे माइतीघरमा प्रदर्शन |
कान्तिपुर संवाददाता |
सत्तारुढ कांग्रेसका सांसद राजेन्द्र बजगाईंले हवाई भाडा महँगो भएको विरोधमा आइतबार माइतीघरमा सांकेतिक विरोध जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गर्ने निर्णयसँगै हवाई भाडा आकाशिएपछि पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै सांसद बजगाईंले माइतीघरमा तुल ब्यानरसहित उभिएर विरोध जनाएका हुन् । |
नेप्से ६२ अंकले बढ्यो, पौने १० अर्बको कारोबार |
कान्तिपुर संवाददाता |
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ६२.५४ अंकले बढेर २ हजार ७ सय ३८.०६ विन्दुमा पुगेको छ । |
रुसले गुगललाई लगायो गन्नै नसकिने रकम जरिवाना |
एजेन्सी |
रुसले विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक, गुगललाई गणना गर्न र जम्मा गर्न सम्भवै नभएको राशीको जरिवाना तिर्नुपर्ने सजाय सुनाएको छ । गुगलले रुसलाई २ अंकको पछिल्तिर ३६ वटा शून्य हुने गरी गणना नै सम्भव नभएको रकम तिर्नुपर्ने विषय अहिले सामाजिक सञ्जाल र मिडियामा रोचक खबर बनेर छाइरहेको छ । |
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली |
कान्तिपुर संवाददाता |
हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । |
बाढीपहिरो बिमामा दाबीको साढे ४ प्रतिशत मात्र भुक्तानी |
यज्ञ बञ्जाडे |
बाढीपहिरोले पुर्याएको क्षतिमा परेको बिमा दाबीमध्ये हालसम्म करिब चार प्रतिशत मात्र भुक्तानी भएको छ । बाढीपहिरोजस्तो विशेष परिस्थितिले पुर्याएको क्षतिको बिमा दाबी भुक्तानीमा ढिलाइ नगर्न बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिए पनि हालसम्म निकै कम मात्र फर्छ्योट भएको छ । |
फाप्लुबाट हवाई टिकट पाउन मुस्किल |
भानुभक्त निरौला |
सोलुखुम्बुको नेचासल्यान–१ का भोजकुमार बस्नेतले फाप्लुबाट काठमाडौंका लागि टिकट लिन खोजेको १० दिन भइसक्यो । उनी मात्रै होइन, सोताङ–१ का सुरज राईले पनि आफन्त पठाउन १० दिनदेखि नै टिकटका लागि दौडधुप गरिरहेका छन् । |
धारापानी सबस्टेसन डेढ वर्षभित्र बनाइने |
कान्तिपुर संवाददाता |
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासों गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । |
व्यवसायीले खोजे पोखरामा अन्तर्राष्ट्रिय उडान नहुनुको कारण |
दीपक परियार |
भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुँदा पोखरा विमानस्थलबाट हुन नसकेकोप्रति पर्यटन व्यवसायीले चासो व्यक्त गरेका छन् । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारणबारे सरकारले स्पष्ट नपार्दा अन्योलको अवस्था सिर्जना भएको पर्यटन व्यवसायीले बताएका छन् । |
भैरहवाबाट फ्लाई दुबईको दैनिक उडान |
दिपेन्द्र बडुवाल |
दुबईको विमान कम्पनी फ्लाई दुबईले शनिबारदेखि रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थालेको छ । उक्त एयरलाइन्सले भैरहवाबाट दैनिक उडान भर्ने जनाएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान सुरुवात गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त कम्पनीले भैरहवाबाट प्रत्येक दिन उडान गर्नेछ । फ्लाई दुबईको जहाज शनिबार दिउँसो यहाँ अवतरण गरेको थियो । |
कार्तिक २४, २०८१ |
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति |
रासस |
तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन् । |
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री र अर्थ मन्त्रालयका छुट्टा-छुट्टै टोली |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.