text
stringlengths
2
914
ऋषिराम पौड्याल
राजस्व चुहावाट नियन्त्रण गरेर राजस्व वृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयल अन्तर्गत रहने गरी प्रहरी प्रमुखसमेतको सहभागितामा छुट्टा-छुट्टै उच्चस्तरीय अनुगमन टोली गठन गरिने भएको छ ।
चीनका सबैभन्दा धनी व्यक्ति बने बाइटडान्सका सहसंस्थापक जाङ यिमिङ
एजेन्सी
भिडियो सेयरिङ प्लाटफर्म, टिकटकको विश्वव्यापी लोकप्रियताले यसका निर्मातामध्ये एक जाङ यिमिङलाई चीनको सबैभन्दा धनी व्यक्ति बनाइदिएको छ । ४१ वर्षीय जाङ टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सका सहसंस्थापक हुन् । यो साता प्रख्यात हुरुन रिच लिस्ट (धनाढ्यको सूची) मा पूर्ववर्तीहरूलाई पछि पार्दै उनी पहिलो नम्बरमा आएका हुन् । जाङको सम्पत्ति ४९ अर्ब डलर पुगेको छ ।
भैरहवाबाट जजिरा एयरवेजको उडान पुनः सुरु
दीपेन्द्र बडुवाल
सञ्चालनमा आएको दुई वर्षपछि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उत्सवको माहोल बनेको छ । शनिबार एकै दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी र एक स्वदेशी एयरलायन्सले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्दैछन् ।
खोकनामै रुमल्लिइरह्यो द्रुतमार्ग
विमल खतिवडा
काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण व्यवस्थापनको जिम्मा सेनालाई दिएको ७ वर्ष भयो । तर अहिलेसम्म ललितपुरको खोकना खण्डमा निर्माणको कामै सुरु हुन सकेको छैन । यस खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि विवादले गर्दा थप काम अघि बढ्न सकेको छैन । ६.५ किलोमिटर दूरी रहेको खोकना–बुङ्मती खण्डको २ सय ११ रोपनी जग्गा पनि अधिग्रहण हुन सकेको छैन ।
ट्रम्प राष्ट्रपति बन्दा घटेको सुनको भाउ शुक्रबार बढ्यो
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आयो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुनको मूल्य तीन सातायताकै तल्लो बिन्दुमा पुगेको छ । ट्रम्पको जितसँगै अमेरिकी डलर बलियो भएका कारण सुनको मूल्य घटेको हो ।
दूरसञ्चार सेवा प्रदायकलाईनयाँ अनुमतिपत्रको बाटो खुला
सजना बराल
दूरसञ्चार क्षेत्रमा अनुमतिपत्रको २५ वर्षे अवधि सकिएपछि के गर्ने भन्नेमा लामो समयदेखि विद्यमान नीतिगत अन्योल चिर्दै सरकारले पुनः अनुमतिपत्र उपलब्ध गराउने बाटो खुला गरेको छ । यससँगै सेवा प्रदायकहरूले सरकार तथा नियामकलाई बुझाउन बाँकी रोयल्टी तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार विकास कोष (आरटीडीएफ) रकम चुक्ता गरेपछि नयाँ अनुमतिपत्रका लागि प्रक्रिया अघि बढाउन सक्ने भएका हुन् ।
अमेरिकी डलर र युरोको भाउ बढ्यो
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।
कार्तिक २३, २०८१
मध्य भोटेकोशीको ७ किमि सुरुङमा पानी भर्न सुरु
ऋषिराम पौड्याल
निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको ७ किमि सुरुङमा पानी भरेर दोस्रो पटक परीक्षण सुरु गरिएको छ । २०८० साल पुसको अन्तिम साता विद्युत उत्पादनका लागि ‘वेट टेष्टिङ’ को क्रममा सुरुङ फुटेर पानी चुहिएका कारण परीक्षण रोकिएको थियो ।
नेपाल र बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : मन्त्री खड्का
रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् ।
फाप्लुबाट काठमाडौँ जान हवाइ टिकट पाउनै मुस्किल
भानुभक्त निरौला
सोलुखुम्बुको नेचासल्यान–१ का भोजकुमार बस्नेतले फाप्लुबाट काठमाडौंका लागि टिकट काट्न दौडिएको १० दिन भइसक्यो । उनी मात्रै होइन, सोताङ–१ का सुरज राईले पनि आफन्त पठाउनका लागि १० दिनदेखि टिकटका लागि जोडबल गरिरहेका छन् ।
फास्ट ट्र्याकको महादेवटार सुरुङ खन्ने काम ६५ प्रतिशत सकियो
कान्तिपुर संवाददाता
काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सुरुङ अन्तर्गत निर्माणधीन महादेवटार सुरुङ खन्ने काम ६५ प्रतिशत सकिएको छ ।
ट्रम्पले चुनाव जितेपछि ह्वात्तै बढ्यो टेक अर्बपतिहरूको सम्पत्ति
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएसँगै विश्वका १० सर्वाधिक धनी व्यक्तिहरूको कुल सम्पत्ति उल्लेख्य रूपमा वृद्धि भएको छ । ट्रम्पका विशेष सर्मथक बनेर उदाएका इलन मस्कदेखि अन्य टेक अर्बपतिहरू, जेफ बेजस, ल्यारी एलिसन, बिल गेट्स, स्टिभ बालमर, ल्यारी पेज, सर्गेइ ब्रिन लगायतको कुल सम्पत्ति बुधबार ट्रम्पले चुनाव जितेको तय हुनासाथ ६४ अर्ब डलरले बढेको ब्लुमबर्गले जनाएको छ ।
सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो
कान्तिपुर संवाददाता
बिहीबार एकैदिन ४ हजारले घटेको सुनको भाउ शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
बिजुली आयात सम्झौता नवीकरणमा ३ महिनादेखि भारतको जवाफ आएन
सीमा तामाङ
हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर जलविद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिँदै आएको छ । सामान्यतः डिसेम्बरको मध्य वा अन्तिमदेखि अपुग हुने बिजुली आयात गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पत्तालेमा लटरम्म स्याउ
भानुभक्त निरौला
जिल्लाको पर्यटकीय क्षेत्र पत्तालेमा उत्पादित स्याउ किन्न र आकर्षक बगैंचा हेर्न जानेको भीड लाग्ने गरेको छ । पत्ताले बजारभन्दा केही तलतिर १ सय ५१ रोपनी क्षेत्रफलमा लटरम्म रसिला स्याउ फलेपछि फार्म हेर्न, स्याउको स्वाद लिन जानेको भीड लाग्ने गरेको हो ।
कार्तिक २२, २०८१
बारीभरि किवी, बजार छैन
डम्बरसिं राई
करिब ८ हजार किलो किवी उत्पादन हुने आस गरेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढेका एनटी शेर्पा बजार नपाएपछि चिन्तित छन् । ‘किवी त उत्पादन गरियो । तर बजार छैन,’ शेर्पाले भने, ‘बजार नभइन्जेलसम्म किसानलाई समस्या छ ।’
वर्ष दिनपछि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान
प्रतीक्षा काफ्ले
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एक वर्षपछि बिहीबार अन्तर्राष्ट्रिय उडान भएको छ । पहिलो पटक अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एयरलाइन्सले १६ महिनापछि बिहीबार दोस्रो उडान गरेको हो ।
निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रकम भुक्तानी गरिसक्यौं : सचिव शर्मा
न्युज एजेन्सी नेपाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रकम भुक्तानी गरेको बताएका छन् । भौतिक मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालयअन्तर्गत ८ अर्ब ७१ करोडमध्ये ५ अर्ब ५ करोड भुक्तानी गरेको शर्माले बताएका हुन् ।
ट्रम्पले चुनाव जितेसँगै एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घट्यो
कान्तिपुर संवाददाता
अमेरिकी राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएसँगै सुनको भाउ घटेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुनको मूल्य तीन हप्तायताकै तल्लो विन्दुमा पुगेको छ । ट्रम्पको जितसँगै अमेरिकी डलर बलियो भएका कारण सुनको मूल्य घटेको हो ।
१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारीमा अस्ट्रेलिया
एजेन्सी
अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धित लगाउन ‘विश्वमै अग्रणी’ कानुनी व्यवस्था अवलम्बन गर्ने जनाएको छ । बिहीबार प्रधानमन्त्री एन्थनी अल्बानिजीले हाल प्रतिबन्धात्मक व्यवस्थासहितको कानुनी मस्यौदा तयार गर्ने र आगामी वर्ष त्यो कानुनका रूपमा लागू हुने बताएका छन् ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा
कान्तिपुर संवाददाता
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ ७.५ बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
१३४ यात्रुसहित आज पोखरामा सिचुवान एयरलाइन्सले दोस्रो चार्टर्ड उडान गर्ने
प्रतीक्षा काफ्ले
पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान गर्ने भएको छ । सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १३४ यात्रुसहित चार्टर्ड उडान गर्ने भएको हो ।
नेपालमा सूचीकृत भयो टिकटक
सजना बराल
प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटक अन्ततः नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ । योसँगै कम्पनीले नेपालमा आफ्नो मुख्य सम्पर्क व्यक्तिसमेत तोकेको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको पत्र मंगलबार बुझेको थियो ।
पाँच ठूला आयोजनाको पूर्वतयारी ‘फास्ट ट्र्याक’मा
कान्तिपुर संवाददाता
विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँच आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको वाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।
अमेरिकी डलरमा फेरि नयाँ रेकर्ड, एक डलरको १३५ रुपैयाँ नाघ्यो
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।
कार्तिक २१, २०८१
स्थायी निर्माणका लागि बीपी राजमार्गको भौगर्भिक अध्ययन हुँदै
विमल खतिवडा
गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको बीपी राजमार्गको भौगर्भिक अध्ययन अघि बढाइएको छ । एक महिनाभित्र सक्ने गरी तिहारअघिबाट यसको अध्ययन भइरहेको हो । अध्ययनपछि लगानी सुनिश्चितता गरेर डिजाइनको काम अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
‘टिकटक’ आधिकारिक रुपमा सूचीकृत
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचीकरण भएको छ ।
पाँच ठूला आयोजनाको पूर्व तयारी फास्ट ट्र्याकमा गर्ने अर्थ मन्त्रालयको निर्णय
कान्तिपुर संवाददाता
विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिने भएको छ ।
नेप्सेमा गिरावट, कारोबार रकम बढ्यो
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १.८८ अंकले घटेको छ । बुधबार ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब २० करोड रूपैयाँकाे कारोबार भएको थियो ।
राष्ट्र बैंकले आज फेरि बजारबाट १ खर्ब रुपैयाँ झिक्दै
कान्तिपुर संवाददाता
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (अधिक तरलता) नघटेपछि बुधबार राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्न लागेको छ । निक्षेप बढिरहेका बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको छ ।
अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार
एजेन्सी
अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरू भइसकेको छ । यो बेला विश्वभरका प्रमुख शेयर बजारहरूले अमेरिकी राजनीतिको पछिल्लो विकासक्रमलाई सावधानीपूर्वक नियालिरहेको विज्ञहरूले बताएका छन् ।
तिहारमा ५० करोड रुपैयाँबराबरको फूल बिक्री
रासस
यस वर्षको तिहारमा ५० करोड रुपैयाँबराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय रुपैयाँ तिर्नुपरेको थियो ।
नेपाली वेबसाइट दुरूपयोग गरेर च्याटजीपीटी प्रयोगकर्तालाई ‘फिसिङ इमेल’
सजना बराल