text
stringlengths
2
914
हाल चर्चित जेनेरेटिभ एआई प्लाटफर्म च्याटजीपीटी प्रयोग गर्ने विश्वभरका हजारौंलाई ‘फिसिङ’ आक्रमण भएको खुलासा भएको छ । यस्तो आक्रमणका लागि एक नेपाली वेबसाइटसमेत दुरूपयोग भएको अध्ययनले देखाएको छ । च्याटजीपीटी निर्माता ओपेनएआईको नक्कली इमेल ठेगानाबाट विश्वका हजारौं च्याटजीपीटी प्रयोगकर्तालाई फिसिङ आक्रमण भइरहेको साइबर सुरक्षासम्बन्धी सेवा दिने बाराकुडा नेटवर्कले पत्ता लगाएको हो ।
गोल्यान समूहले लुम्बिनीमा हयात होटल सञ्चालन गर्ने
कान्तिपुर संवाददाता
गोल्यान समूहले लुम्बिनीमा हयात होटल सञ्चालन गर्ने भएको छ । यसका लागि गोल्यान समूहको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले हयात रेजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ ।
सालझण्डी-ढोरपाटन सडक अलपत्र, किसान र पर्यटकलाई सास्ती
प्रकाश बराल
ढोरपाटन आरक्षमा सिकार खुलेपछि विदेशी सिकारीहरू आएका छन् । मौसम खुलेकाले ढोरपाटन र बुकीसम्म घुम्ने आन्तरिक पर्यटक पनि बढेका छन् । तर सडक अप्ठ्यारो भएकाले कैयौं पर्यटक ढोरपाटन पुग्नै नसकेर फर्कनुपरेको छ ।
कार्तिक २०, २०८१
राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औसत भन्दामाथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ ।
अमेरिकाको चुनावी विज्ञापनमा १५ खर्ब खर्च
एजेन्सी
अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (हालको विनिमय दरअनुसार करिब १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेको पाइएको छ ।
सामान्य अंकले घट्यो नेप्से, सवा ४ अर्बको कारोबार
कान्तिपुर संवाददाता
तिहारको बिदापछि खुलेको पहिलो दिन नै नेप्से ०.२१ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २६७७.४० बिन्दुमा बन्द भएको हो ।
तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो सुन
कान्तिपुर संवाददाता
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ ।
काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो, १९ प्रसारण लाइन सञ्चालनमा
कान्तिपुर संवाददाता
इलामको माईखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो ।
दुई हजार आठ सयले घट्यो सुनको भाउ
कान्तिपुर संवाददाता
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँ तोकेको छ ।
कार्तिक १९, २०८१
मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान
प्रगति ढकाल/रासस
यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो ।
पहिलो त्रैमासमा दुई बैंकलाई राष्ट्र बैंकको कारबाही
कान्तिपुर संवाददाता
नियम विपरीत काम गरेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुईवटा बैंकलाई कारबाही गरेको छ । एउटा वाणिज्य र एउटा विकास बैंक गरी दुईवटा संस्थालाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
कान्तिपुर संवाददाता
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली 'थ्री बी' हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
रासस
नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
कार्तिक १८, २०८१
थाइ एयर एशियाले सुरू गर्‍यो बैंकक-भैरहवा सिधा उडान
कान्तिपुर संवाददाता
थाई एयर एशियाले आइतबारदेखि बैंकक-भैरहवा सिधा उडान सुरु गरेको छ । सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ४ दिन काठमाडौं र २ दिन भैरहवा उडान गर्नेछ ।
तिहारको बिदामा पनि रोकिएन आयोजनाको निर्माण
कान्तिपुर संवाददाता
तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कान्तिपुर संवाददाता
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।
कार्तिक १७, २०८१
तिहारका लागि मुस्ताङबाट चार हजार भेडा/च्याङ्ग्रा बिक्री
रासस
तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडा/च्याङ्ग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङ्ग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
रासस
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
कार्तिक १६, २०८१
व्यापारको नयाँ तरिका : कोदोको बिस्कुट
प्रकाश बराल
युवाहरू काम खोज्दै विदेशिएका छन् । कतिपय युवाले यहाँ केही पनि हुँदैन भन्दै लाखौं ऋण खोजेर अमेरिका, युरोपलगायतको बाटो ताकेका छन् । यहाँका एक युवा भने गाउँमा पुगेर अर्गानिक र रैथाने उत्पादनबाट बजार खोजिरहेका छन् ।
तिहारमा उपत्यकामा मात्रै २५ करोड रूपैयाँको फलफूल खपत हुने
कान्तिपुर संवाददाता
नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले तिहारको समयमा काठमाडौं उपत्यकामा मात्रै २५ करोड रूपैयाँ बराबरको फलफूल खपत हुने अनुमान गरिएको बताएका छन् ।
तीन महिनामा पौने १० अर्बको मोबाइल र साढे दुइ अर्बको ल्यापटप आयात
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको तीन महिनामा ९ अर्ब ८३ करोड २८ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । जुन गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सो अवधीमा आयात भएको स्मार्टफोन ४० करोड ९ लाख रुपैयाँले बढी हो ।
असोजमा बढ्यो कित्ताकाट, घट्यो घरजग्गा कारोबार र राजस्व
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको असोजमा कित्ताकाट बढेको छ भने घरजग्गा कारोबार र राजस्व घटेको छ । भदौ सुरु भएयता कित्ताकाट रोकिएपछि साउनको तुलनामा भदौमा कित्ताकाट, घरजग्गा कारोबार र राजस्व घटेको थियो ।
तीन अर्ब ४५ करोड ६३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता
कान्तिपुर संवाददाता
चालु आर्थिक वर्षको असोजमा तीन अर्ब ४५ करोड ६३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । स्वचालित प्रणााली (अटोमेटिक रुट) बाट २१ वटा उद्योगमा १५ करोड १० ला रूपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
अस्थायी मर्मतका भरमा सडक पूर्वाधार
विमल खतिवडा
गत असोज १० देखि १२ गतेसम्म बाढीले क्षति पुर्‍याएका सबै सडकलाई अस्थायी रूपमा मर्मत सम्भार गरेर सञ्चालनमा ल्याइएको छ । बाढीले बढी क्षति पुर्‍याएको बीपी राजमार्ग मर्मत गरेर दुईतर्फी रूपमै यातायात सञ्चालन गरिएको छ ।
लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्च माग १६०२ मेगावाट
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमान्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १४३८ मेगावाट थियो ।
तिहारमा साढे १९ करोडको सुन र चाँदीका सिक्का बिक्री
कान्तिपुर संवाददाता
यस वर्षको तिहारमा मात्र साढे १९ करोडभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का (असर्फी र मेडालियन) बिक्री भएका छन् । नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागबाट यही कात्तिक ११ देखि १४ सम्म चाँदीका र कात्तिक १३ मा एक दिन मात्र असर्फी बिक्री गरेको थियो । उल्लिखित रकम सोही अवधिमा बिक्री भएका सुन र चाँदीका सिक्काको हो ।
कार्तिक १५, २०८१
तिहारमा भारतीय फूल नआउँदा किसान उत्साहित
सीमा तामाङ
फूलको पर्व तिहार सुरु भएसँगै सयपत्री, मखमली, गोदावरी फूल उत्पादन गरिरहेका किसानलाई यति बेला भ्याइनभ्याइ छ । मखमली फूल नबिग्रने हुँदा किसानले दसैंदेखि नै फूल टिपेर माला बनाई बजार पुर्‍याइसकेका छन् । यति बेला सयपत्री फूल किसानलाई भने फूल टिप्ने, माला बनाउने र बजारमा लैजाने चटारो छ ।
खोटाङमा किवीको उत्पादन तेब्बरले बढ्यो
डम्बरसिं राई
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा यो वर्ष किवी उत्पादन तेब्बरले बढेको छ । गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष ४० मेट्रिकटनभन्दा बढी उत्पादन भएको नगरपालिकाले जनाएको छ ।
डिजेल र मट्टितेलको मूल्य घट्यो
रासस
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
नेपालले अघि सारेका विषयमा अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् ।
सुनको भाउमा आज पनि रेकर्ड, प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुग्यो
कान्तिपुर संवाददाता
सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाएको छ । सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि भाउले एकपछि अर्को कीर्तिमान बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धिले नेपाली बजार पनि तातेको छ ।
तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरेपनि हुन्छ : कुलमान घिसिङ
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन् ।