text
stringlengths
2
914
सुनको भाउमा दैनिक रेकर्ड, वर्षमै ५४ हजार ७ सय बढ्यो
राजु चौधरी
सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाएको छ । सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि भाउले एकपछि अर्को कीर्तिमान बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धिले नेपाली बजार पनि तातेको छ ।
डेडिकेटेड र ट्रंकलाइन विवाद : सार्वजनिक भएन लाल आयोगको प्रतिवेदन
कान्तिपुर संवाददाता
सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरे पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको छैन । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत्‌ महसुल बक्यौता विवाद समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
पहिलो किस्ता बुझाएपछि बिजुली जोड्न आयोगको निर्देशन
कान्तिपुर संवाददाता
विद्युत् नियमन आयोगले उद्योगबाट आवधिक रूपमा असुल गर्ने गरी उपयुक्त अनुपातमा रकम तोक्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्राधिकरणले केही उद्योगमा लाइन काटेपछि आयोगले बुधबार पत्र पठाउँदै आवधिक रकम बुझाएपछि सम्बन्धित उद्योगमा तत्कालै लाइन जोड्न निर्देशन दिएको हो ।
कार्तिक १४, २०८१
एजेन्ट कम्पनीको माफीपछि थाई एयर एशियाको नेपाल उडान निलम्बन फुकुवा
सुरज कुँवर
अनुमति नलिई जहाज नेपाली आकाश प्रवेश गराएको विषयमा थाई एयर एशियाको नेपाली एजेन्ट कम्पनी युनिर्भसल टुर्स एण्ड ट्राभल्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माफी मागेको छ । व्यावसायिक उडानको अनुमति सकिएको अवस्थामा १ सय ७६ यात्रु जहाजमा राखेर आइतबार थाई एयर एशियाको एयरबस काठमाडौं आइपुगेको थियो ।
एकैदिन १६ करोड १६ लाखको साढे ४ हजार थान असर्फी बिक्री
कान्तिपुर संवाददाता
धनतेरसको अवसरमा नेपाल राष्ट्र बैंकले करिब साढे ४ हजार थान सुनको सिक्का (असर्फी) बिक्री गरेको छ ।
अन्तिम कारोबार दिन १४.४३ अंकले घट्यो नेप्से
कान्तिपुर संवाददाता
सेयर कारोबार मापक नेप्से परिसूचक १४.४३ अंकले घटेको छ । तिहारको अघिल्लो दिन नेप्से शून्य दशमलव ५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ ।
दैनिक ३४३ मेगावाट बिजुली भारत निर्यात
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणले दैनिक ३४३ मेगावाट बिजुली भारत निर्यात गरिरहेको जनाएको छ । हरियाणा १८३ मेगावाट, विहारमा १०० मेगावाट र टनकपुरमा ६० मेगावाट गरी ३४३ मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन
कान्तिपुर संवाददाता
मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ ।
१ महिनादेखि केरुङमा अलपत्र ४८ कन्टेनर सामान बोकेर रसुवा आए
ऋषिराम पौड्याल
बाढीपहिरोका कारण तिब्बतको केरुङमा रोकिएका मालवाहक कन्टेनर तथा नयाँ आयात गरेका चिनियाँ गाडी एक महिनापछि मंगलबार साँझसम्म नेपालको रसुवा नाका भित्रिएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार व्यापारिक सामान बोकेका ४८ वटा कन्टेनर यता आएका छन् । सोही संख्यामा खाली कन्टेनर केरुङ गएका छन् ।
रसुवागढी-केरुङ राजमार्गबाट आयात सुरु
रासस
रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
डेडिकेटेड र ट्रंकलाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
कान्तिपुर संवाददाता
सरकारले विद्युत्‌ महसुल बक्यौता विवाद समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
अदालतले दिएन अन्तरकालीन आदेश
कान्तिपुर संवाददाता
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीको लाइन नकाट्न माग गर्दै परेको रिट निवेदनमा उच्च अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ । हुलास स्टिल इन्डस्ट्रिजका अधिकार प्राप्त सञ्चालक हिमान्सु गोल्छाले प्राधिकरणविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा रिट दायर गरेका थिए ।
मूल्य बढ्ने आसमा सुनको ढिक्का किन्दै सर्वसाधारण
राजु चौधरी
सुनको भाउले दिनदिनै रेकर्ड बनाउन थालेपछि सर्वसाधारणले सुनको ढिक्का किन्न थालेका छन् । सुरक्षित लगानी मानिने सुन अप्ठ्यारोमा तत्काल बेचेर नगद आर्जन गर्न सकिने हुँदा सर्वसाधारणले ढिक्कामा जोड दिएका हुन् । ज्याला, जर्ती कटाएर गहना खरिद–बिक्री हुन्छ । ढिक्का सुनमा शुद्धता हुन्छ, जर्ती आउँदैन । त्यही कारण सर्वसाधारणले सुनको ढिक्कामा जोड दिएका हुन् ।
समस्याग्रस्त सहकारीमा ४० अर्ब मागदाबी, डेढ अर्ब फिर्ता
यज्ञ बञ्जाडे
समस्याग्रस्त घोषित २२ सहकारी संस्थाका ६२ हजार ७ सय ६० सदस्यले करिब ४० अर्ब रुपैयाँ बचत फिर्ताको मागदाबी गरेकामा हालसम्म ६ हजार ५ सय ९३ जनाको १ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बचत मात्र फिर्ता भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ हजार १ सय ५५ बचतकर्तालाई पूर्ण र ४ सय ३८ जनालाई आंशिक बचत फिर्ता गरेको हो ।
कार्तिक १३, २०८१
विद्युत्‌ महसुल बक्यौतासम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्‌को निर्णय
कान्तिपुर संवाददाता
सरकारले विद्युत्‌ महसुल बक्यौता समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी
कान्तिपुर संवाददाता
नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेसकुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यावसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरुले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।
तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा वितरण सुरु
दीपेन्द्र शाक्य
जिल्ला प्रशासन कार्यालय संखुवासभाले संखुवासभामा निर्माणाधीन ६ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जाको रकम वितरण सुरु गरेको छ ।
अधिकांश चर्चित एपले प्रयोगकर्ताको डेटा संकलन र बिक्री गर्ने खुलासा
एजेन्सी
फेसबुक, म्यासेन्जर, टिन्डर, बम्बलजस्ता विश्वका सर्वाधिक चर्चित एपमध्ये ७४ वटाले आफ्ना प्रयोगकर्ताको राजनीतिक एवं धार्मिक आस्थासम्बन्धी डेटा संकलन गर्ने एक अध्ययनले पुष्टि गरेको छ । तीमध्ये २१ प्रतिशतले यस्ता सूचना तेस्रो पक्षलाई बेच्ने गरेका छन् ।
विपद् सामनाका लागि विश्व बैंकको २० अर्ब
कान्तिपुर संवाददाता
विपद् सामनाका लागि विश्व बैंकबाट २० अर्ब रुपैयाँ ऋण सहयोग लिने सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ ।
४६.६९ अंकले बढ्यो नेप्से, ६ अर्ब कारोबार
कान्तिपुर संवाददाता
साताको तेस्रो दिन नेप्से १.७६ प्रतिशतले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ अंकमा बन्द भएको छ । सोमबार २७.४१ अंकले नेप्से बढेको थियो ।
अदालत जाने बाटो खोल्दै उद्योगको लाइन जोडिन्छ : ऊर्जामन्त्री खड्का
कान्तिपुर संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगी व्यवसायी र प्राधिकरणले न्याय पाउने ढोका खोल्दै तत्कालका लागि उद्योगमा काटिएको लाइन जोड्ने बताएका छन् ।
तिहारमा मात्रै २० करोड रूपैयाँसम्मकाे अम्रिसाे कुचो बिक्री हुन्छ: संघ
कान्तिपुर संवाददाता
नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले तिहारमा मात्रै १५ देखि २० करोड रूपैयाँसम्मको अम्रिसो कुचो खपत हुने बताएका छन् ।धनतेरसकाे दिन सुनचाँदी, तामाका भाडा, बेसार, धनियाँ तथा कुचाे किनेर लक्ष्मीपूजा गर्ने प्रचलन रहेकाले तिहारमा धेरै कुचाे बिक्री हुने गरेकाे कार्कीले जनाए ।
सुनको भाउ तोलामै १५ सय बढ्यो, प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ
कान्तिपुर संवाददाता
सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
कोरला नाकामा पर्यटकको लर्को
घनश्याम खड्का
सम्पदा सूचीमा सूचीकृत ‘माटोको सहर’ लोमन्थाङ र चीनसँगको २४ नम्बरको सीमास्तम्भ रहेको तिब्बती पठार नेचुङ–लेक्जे (कोरला) नाकामा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।
बढ्यो तिहारको चहलपहल, धनतेरस कुर्दै व्यवसायी
सीमा तामाङ
धनत्रयोदशी अर्थात् धनतेरस । यस दिन नयाँ सामान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलन छ । विशेषगरी सर्वसाधारण धनतेरसका दिन सुनचाँदीका सामान किन्छन् । सुनचाँदीका सामानको विकल्पमा हिजोआज तामाका भाँडाकुँडाले समेत पूरा गर्न थालेका छन् ।
कलाकारको धनतेरस
विमल खतिवडा
आज धनतेरस । घरमा केही न केही नयाँ सामान जोड्ने दिन । के सर्वसाधारण, के व्यवसायी, के कलाकार– सबैले आआफ्नै किसिमले धनतेरस मनाउँदै छन् । हामीले यहाँ केही कलाकारका धनतेरस योजना र तिहारबारे चर्चा गर्दै छौं ।
असर्फीको माग धेरै, आपूर्ति कम
यज्ञ बञ्जाडे
दसैंमा नयाँ नोटको साटो सुकिला वितरण गरेको राष्ट्र बैंकले यसपालिको धनतेरसमा पनि पर्याप्त संख्यामा सुनका सिक्का (असर्फी) बिक्री नगर्ने भएको छ । असर्फी बनाउन आवश्यक उच्च गुणस्तर (९९९.९९ टच) को सुन अभाव भएकाले ठूलो संख्यामा असर्फी बनाउन नसकिएको राष्ट्र बैंकले जनाएको छ ।
विशेष छन् तिहार स्पेसल प्याक र अनलाइन केक
सजना बराल
तिहार विशेष प्याकेज, सरप्राइज गिफ्ट र अनलाइन केकको आकर्षणले तिहारको माहोल अझ रंगीन बनाइरहेको छ । जापानको टोक्योबाट क्यानडामा बस्ने दाजुका लागि अनुशा मानन्धरले तिहार गिफ्ट पठाइसकेकी छन् । उनले नेपालमा रहेको ई–कमर्स साइट गिफ्टमान्डुबाट ‘तिहार गिफ्ट बास्केट’ अर्डर गरेर नोभेम्बर ३ (भाइटीका) सम्म क्यानडा पुग्ने गरी डेलिभरी गर्न लगाएकी हुन् । पाँच वर्षदेखि विदेशमा रहेर पनि भाइटीका अनलाइनबाटै मनाउँदै आएको अनुशाले बताइन् ।
झिलिमिली बत्तीको उज्यालो बजार
राजु चौधरी
तिहारलाई उज्यालोको पर्व मानिन्छ । सर्वसाधारणले क्षमताअनुसार बत्तीले घर सजाउँछन् । कोहीले माटोको दियोमा बत्ती बालेर घर झिलिमिली बनाउँछन्, कोहीले विद्युतीय झल्लर प्रयोग गर्छन् । घर उज्यालो बनाउँदा लक्ष्मीको बास हुने विश्वास छ । सोही कारण सर्वसाधारण झिलिमिली बत्ती किन्छन् । यही बेला यसको कारोबार पनि बढ्ने गरेको व्यवसायी बताउँछन् । वर्षभर हुने कारोबारमध्ये तिहारमा मात्रै ९० देखि ९५ प्रतिशत व्यापार हुन्छ ।
तिहारको सिजनल व्यापारमा व्यवसायी
नुमा थाम्सुहाङ
अरू बेला असनस्थित रियान स्टोरमा भाँडाकुँडाका सामग्री किन्न पाइन्थ्यो । तर तिहारको समयमा उक्त स्टोरमा भाँडाकुँडाबाहेक भाइमसलासमेत किन्न सकिन्छ । सिजनको व्यापारले पसलमा चहलपहल हुने भएकाले हरेक वर्ष तिहारमा भाइमसला बिक्री गर्ने गरेको स्टोरका सञ्चालक रोजन तुलाधर सुनाउँछन् ।
‘वैदेशिक रोजगारीका लागि पहिला नीतिगत सुधार’
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली दिवसका अवसरमा आयोजित वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ–२०२४ को दोस्रो दिन सोमबार वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने विषयमा चर्चा भयो । नेपाल सरकार, गैरआवासीय नेपाली र अन्य विभिन्न क्षेत्रबाट सहभागी पदाधिकारीले सरकारले नीतिगत एवं संरचनागत सुधार गरे मात्र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सकिने उल्लेख गरे ।
टीकापुरमा निगमको परीक्षण उडान
कान्तिपुर संवाददाता