text stringlengths 2 914 |
|---|
प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश’ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो । अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भएको हो । |
सांसद सापकोटाको प्रश्नः निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो ? |
कान्तिपुर संवाददाता |
माओवादी सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा निजीकरण (पहिलो संशोधन) अध्यादेश,२०८१ अस्वीकृत गरियोस् भन्ने पेस गर्दै सांसद सापकोटाले लोकतान्त्रिक मूल्य मान्यताको हिसाबले अध्यादेशको बाटो पूर्ण रूपमा गलत भएको बताएका ह... |
मानवअधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताएका छन् । |
रिंकु सदा बलात्कारपछि मृत्यु घटना : मुख्य आरोपी रुपेशमाथि अदालतबाट दुई दिन म्याद थप |
विनय आजाद |
सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा घटनाका मुख्य आरोपी रुपेश मण्डलमाथि दुई दिनको म्याद थप भएको छ । सिरहा जिल्ला अदालतबाट प्रहरीले उनीमाथि दुई दिनको म्याद थप गराएको हो । |
अर्थमन्त्रीको प्रश्न : संसद्मा छलफल हुनु निरंकुश भए लोकतन्त्र खोज्न कहाँ जाने ? |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसद्मा पेस भएका विधेयकहरूको प्रक्रियामा त्रुटि नभएको बताएका छन् । |
प्रतिपक्षी सांसद भन्छन् : सरकारले ल्याएको अध्यादेशको औचित्य पुष्टि हुने आधार छैन |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारले औचित्य पुष्टि हुने गरी अध्यादेश नल्याएको बताएका छन् । |
संसद् बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण |
कान्तिपुर संवाददाता |
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले रंगशाला यही फागुन १९ गते प्रधानमन्त्री कपको फाइनल प्रतियोगितामा दर्शकमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे । |
पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेकोमा महासंघको ध्यानाकर्षण |
कान्तिपुर संवाददाता |
प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । |
सभामुखद्वारा रुलिङ |
कान्तिपुर संवाददाता |
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयमा जानकारी दिन रुलिङ गरेका छन् । |
कान्तिपुरकर्मी सीमा तामाङ सम्मानित |
कान्तिपुर संवाददाता |
कान्तिपुरकर्मी सीमा तामाङ सम्मानित भएकी छन् । जेसीआई काठमाडौं लेडीद्वारा आयोजित १ सय १५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तामाङलाई 'नारी सम्मान कार्यक्रम'बाट सम्मान गरिएको हो । |
गुठी किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण |
कान्तिपुर संवाददाता |
माओवादीकी सांसद रेखा शर्माले गुठी किसानको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले गुठी किसानसँग वार्ता गरी यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारसमक्ष माग गरिन् । |
अब पुराण वाचन गर्न अनुमतिपत्र लिनुपर्ने |
रासस |
पुराण वाचन, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ । |
अमेरिकामा बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी पक्राउ, अदालतमा मुद्दा दर्ता |
सुदीप शिवाकोटी |
बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी अमेरिकामा पक्राउ छन् । एकलाई प्रहरीले पक्राउ गरेपछि अर्का एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । पक्राउ पर्नेमा १९ वर्षीय सुजन तामाङ र २० वर्षीय दीपक फुयाँल छन् । |
ज्ञानेन्द्र शाहीको चेतावनी : कुलमानलाई हटाए सडक र सदनमा आन्दोलन गर्छौं |
कान्तिपुर संवाददाता |
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएका छन् । |
कुलमानको कार्यसम्पादनमा शून्य अंक दिएको भन्दै संसद्मा माओवादीको आपत्ति |
कान्तिपुर संवाददाता |
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाएका छन् । |
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली |
तस्बिर : अंगद ढकाल , दीपक केसी |
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजतन्त्र समर्थकले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । र्याली बबरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै दरबारमार्ग पुगेको छ । |
यसरी हुँदैछ बुटवल-नारायणगढ सडकखण्ड विस्तारको काम |
नवीन पौडेल |
नारायणगढ-बुटवल सडक विस्तार सुरु भएको ६ वर्ष पूरा हुन लाग्यो । ४० महिनामा सम्पन्न हुनुपर्ने सडक विस्तारको काम निर्धारित समयमा पूरा हुन सकेन । जसको कारण यो सडक भएर यात्रा गर्न असहज छ । |
माओवादीले जनयुद्ध बेचेर खाइसके : सञ्चारमन्त्री गुरुङ |
कान्तिपुर संवाददाता |
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी माओवादीप्रति खनिएका छन् । उनले जनयुद्धको पाप धुरीबाट कराइरहेको टिप्पणी गर्दै माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भइसकेको मात्र नभइ नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी समेत गरेका छन् । |
अमेरिकाबाट डिपोर्ट भएका ८ जनालाई प्रहरीको जिम्मा लगाइयो |
कान्तिपुर संवाददाता |
बुधबार बिहान डिपोर्ट भएर चार्टर जहाजमा अमेरिकाबाट नेपाल ल्याइएका ८ जना र नियमित उडानबाट आएका एकसहित ९ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । |
रिंकु सदाको बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ |
विनय आजाद |
सिरहाको नवराजपुरकी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई केहीबेर अघि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी सिरहा नगरपालिका-१७ दशगजा क्षेत्रबाट पक्राउ परेका हुन् । |
फाल्गुन २०, २०८१ |
३० वर्षपछि शान्तिले भेटिन् परिवार |
कान्तिपुर संवाददाता |
भारतको पिथौरागढ बस्ने वर्षा शाह ठकुरीले सानै छँदा सुनेकी थिइन्- हाम्रो घरमा पनि जेठी आमा हुनुहुन्छ रे ! जेठी आमाबाट जन्मेका एक दाइ र एक दिदीले आमाबारे सुनाएका केही कुराको धमिलो स्मृति उनीसँग थियो । |
कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै |
बुनु थारू/रासस |
वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुईहप्ता घरमै आराम गरेर निको भए पनि उनलाई हल्का खोकी अझै लागिरहेको छ । |
जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने |
कान्तिपुर संवाददाता |
जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म यहाँ बसेको केन्द्रीय समितिको बैठकको अन्तिम दिन आज सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । |
नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे |
कान्तिपुर संवाददाता |
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान बिजुक्छे पुनः निर्वाचित भएका छन् । भक्तपुरमा भएको पार्टीको आठौं महाधिवेशनले बिजेक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको एक नेताले जानकारी दिए । |
एमाले मोरङको जिल्ला अधिवेशन : ७१ जना निर्विरोध, १ सय ९१ पदका लागि बुधबार मतदान |
पर्वत पोर्तेल |
एमाले मोरङको १०औं जिल्ला अधिवेशनबाट मंगलबार ७१ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । |
माओवादी अभियान महोत्तरी पुगेर स्थगित, परिमार्जित कार्यतालिका सार्वजनिक |
कान्तिपुर संवाददाता |
माओवादीले ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ कार्यतालिका परिमार्जन गरेको छ । |
प्रतिनिधिसभाको कार्यसूचीमा अध्यादेश, विरोध गर्ने तयारीमा विपक्षी दल |
कान्तिपुर संवाददाता |
प्रतिपक्ष दलहरुले सरकारले संसद्मा दर्ता गर्न लागेका पाँच अध्यादेशको विरोध गर्ने भएका छन् । सरकारले अध्यादेश ल्याउने निर्णयको विरोध गर्दै आएका दलहरुले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विरोधको तयारी गरेका छन् । |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
ललिता निवास प्रकरणमा गच्छदारसहितका प्रतिवादीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन, सरकारसँग ५ बुँदे सहमति भएपछि ग्यास उद्योगीको आन्दोलन फिर्तादेखि थापाथलीको सडकमा बग्यो ५ लाख लिटर पानीसम्मका आज कान्तिपुरमा आज प्रकाशित समाचार चर्चामा रहे । |
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरु स्वदेशभित्र अडिन नसक्नु चिन्ताको विषय भएको बताएका छन् । नेपाल चिकित्सक संघमा स्थापनाकालदेखि हालसम्मका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक 'चिकित्सक नेतृत्व' विमोचन कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । |
प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पाँच अध्यादेश, कांग्रेस-एमालेको ह्वीप |
कान्तिपुर संवाददाता |
प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूचीमा 'अध्यादेश स्वीकार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गरिने उल्लेख छ । त्यसैलाई मध्यनजर गरी एमाले र कांग्रेसले सांसदहरूलाई ह्वीप लगाएका छन् । |
अमेरिकाले कागजातविहीन १० नेपालीलाई चार्टर विमानमार्फत फर्काउँदै |
सुरज कुँवर |
अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिइरहेको अमेरिकाले आधिकारिक कागजात नभएका १० नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको छ । |
माओवादी जातीय अतिवाद हैन उत्पीडितको समान अधिकारको पक्षमा छ : पुन |
कान्तिपुर संवाददाता |
माओवादीका उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी जातीय अतिवादको पक्षमा नरहेको बताएका छन् । कैलालीको टीकापुरमा मंगलबार आयोजित पार्टीको कार्यक्रममा पुनले सबै उत्पीडित, वर्ग, क्षेत्र, जाती र समुदायको राज्यमा बराबरी हक हुनुपर्छ भन्ने पार्टी नीति रहेको बताए । |
गठबन्धन सरकार भएकाले कांग्रेसले भनेका सबै कुरा हुँदैनन् : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रियाअनुसार विकासका योजना माग गरे सहज हुने बताएका छन् । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखका लागि आयोजित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बो... |
परराष्ट्र मन्त्रालयको काम ‘उद्धार’ गर्ने जस्तो मात्र भयो : मन्त्री राणा |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.