text stringlengths 2 914 |
|---|
नेपाल वायुसेवा निगमको ट्विनअटरले सोमबार टीकापुरमा परीक्षण उडान गरेको छ । नेपालगन्ज विमानस्थलबाट १२ः३५ मा उडेको निगमको ट्विनअटर अल्फा ब्राभो युनिफर्म जहाज १ बजेर १५ मिनेटमा टीकापुर विमानस्थलको कच्ची धावनमार्गमा अवतरण भएको थियो । |
कार्तिक १२, २०८१ |
केरुङबाट १३ टन तौलका गाडी मात्रै आउजाउ गर्न पाउने |
ऋषिराम पौड्याल |
चीनसँगको व्यापारिक नाका रसुवातर्फको केरुङ सडकमा सामानसहित १३ टनका सवारी साधन मात्रै आउजाउ गर्न पाउने भएका छन् । |
‘सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना अत्यावश्यक’ |
कान्तिपुर संवाददाता |
बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा बढिरहेकाले त्यसको प्रभावकारी व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नुपर्ने अवस्था रहेको विज्ञहरुले औल्याएका छन् । |
सरकारले प्रवर्द्धकहरूकाे समस्या समाधान नगरे आक्रोश पोखिन सक्छ : अध्यक्ष कार्की |
कान्तिपुर संवाददाता |
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत् आयोजनालगायतकाे समस्या समयमै समस्या समाधानका लागि पहल नगरे भोलि नियन्त्रण नै गर्न नसक्ने गरी आक्रोश पोखिन सक्ने बताएका छन् । |
टिकापुरमा ३८ वर्षपछि विमान उडान |
कान्तिपुर संवाददाता |
कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ । |
सवा अर्बको ड्राइ फ्रुट्स आयात |
कान्तिपुर संवाददाता |
चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँको भाइ मसलाको सामग्री भित्रिएको छ । भन्सार विभागका अनुसार नरिवल, काजु, बदाम, छोकडा र अन्जिरलगायत ड्राइफ्रुट्स ९० लाख ९६ हजार ४३८ किलो आयात भएको हो । |
प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासंघको सुझाव |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ । |
लुम्बिनीका ६ उद्योगले किस्ताबन्दीमा बुझाउन थाले महशुल |
माधव ढुंगाना |
विद्युत महशुल भुक्तानी नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएको लुम्बिनी प्रदेशका २३ वटा उद्योगमध्ये छ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन थालेका छन् । |
तीन दिनपछि २७.४१ अंकले बढ्यो नेप्से, सवा पाँच अर्ब कारोबार |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ । तीन कारोबार दिनपछि आज १.०४ प्रतिशतले बढेको हो । |
तिहारका लागि चाँदीका सिक्का बिक्री सुरु, असर्फी मंगलबार मात्र |
कान्तिपुर संवाददाता |
यस वर्षको तिहारका लागि नेपाल राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बुधबारसम्म सर्वसाधारणले सिक्का खरिद गर्न पाउनेछन् । काठमाडौं बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागबाट सिक्का बिहान ११ बजेदेखि मध्यान्न ४ बजेसम्म सिक्का किन्न सकिने छ । |
जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत् उपयोग गर्नेले महसुल नतिरे विद्युत् चोरीको कसुरमा कारबाही हुनसक्छ : पुन |
कान्तिपुर संवाददाता |
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन सेवा प्रयोग गरे बापतको विद्युत् महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन् । |
डेडिकेटेड र ट्रंकलाइन विवादमा लाल आयोग प्रतिवेदनमै उद्योगीको अडान |
कान्तिपुर संवाददाता |
बक्यौता विवाद समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन अक्षरशः लागू गरे बक्यौता तिर्न तयार रहेको उद्योगीहरूले बताएका छन् । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले कातिक ८ मा बिजुली काटेपछि उद्योगीहरूले आइतबार पत्रकार सम्मेलन गर्दै आयोगको प्रतिवेदन अक्षरशः लागू र प्रमाण दिएको खण्डमा बक्यौता तिर्न तयार रहेको जनाएका हुन् । |
‘नेपाल बन्न सक्छ एआई सिकाइको हब’ |
सजना बराल |
आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी सिकाइका लागि नेपाल विश्वकै एक प्रमुख केन्द्र बन्न सक्ने आकलनसहित सरकारले चाँडै एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने भएको छ । यसबारे आइतबारको एआई सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एआईसम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिए । |
निगमको मिचिएको जग्गाको डिजिटल नापजाँच सकियो |
कान्तिपुर संवाददाता |
झापास्थित नेपाल आयल निगमको दुई बिघा जग्गा हडप्ने प्रयास भएपछि डिजिटल म्यापिङ प्रविधिबाट जग्गा पुनः नापजाँच गरिएको छ । जिल्ला अदालत, झापाको रोहबरमा नापी कार्यालय, मालपोत कार्यालय, प्रहरी प्रशासन र निगमका कर्मचारीसहितको टोलीले दुई दिन (शनिबार र आइतबार) लगाएर नापजाँच गरिएको हो । |
बिजुलीको आसमा ३५ वर्ष |
प्रकाश बराल |
जिल्ला सदरमुकाममा बिजुली बलेको ४७ वर्षसम्म पश्चिम बागलुङका बस्तीमा भने अझै लाइन विस्तार हुन सकेको छैन । सडक छेउमा पुगे पनि अहिले जिल्लाका चार पालिकाका ग्रामीण बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । |
खाद्यलाई धान बेच्न किसानलाई झन्झट |
अर्जुन शाह |
खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, धनगढीले कैलालीबाट आइतबारदेखि धान खरिद सुरु गरेको छ । खाद्यले धनगढीस्थित मोहनपुर, टीकापुर र सत्ती गरी तीन गोदामबाट ५५ हजार क्विन्टल धान किन्न लागेको छ । |
कार्तिक ११, २०८१ |
थाई एयर एशियाले माफी मागेपछि नेपालले ४ घण्टापछि जहाज छाड्यो |
सुरज कुँवर |
अनुमति नलिई नेपाल आएको थाई एयर एशियाको जहाजका कप्तान (पाइलट इन कमाण्ड)ले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ घण्टा नियन्त्रणमा लिएको जहाजलाई छाडेको छ । |
आंशिक मर्मतपछि सञ्चालनमा आउँदै माथिल्लो तामाकोशी |
केदार शिवाकोटी |
असोज १२ गतेको पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठुलो माथिल्लो तामाकोशी जलविद्युत केन्द्र आंशिक मर्मत गरेर संचालनको तयारी थालिएको छ । |
थाई एयर एसियाको उडान निलम्बित |
रासस |
उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । |
उद्योगीले बक्यौता रकम नतिरेसम्म विद्युत् लाइन जोड्न सकिँदैन : घिसिङ [भिडियोसहित] |
न्युज एजेन्सी नेपाल |
मुलुक लोडसेडिङमा रहेका बेला डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीहरूले बिल तिर्न भने आनाकानी गरिरहेका छन् । विद्युत् उपभोग गरेको रकम नतिरेर बक्यौता रहेपछि नेपाल विद्युत् प्राधिकरणले ती उद्योगको लाइन काटेको छ । बक्यौता महसुल नबुझाएका ३२ उद्योगको लाइन काटिएको हो । |
नौ अंकले घट्यो नेप्से, पौने ५ अर्बको कारोबार |
कान्तिपुर संवाददाता |
साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर २ हजार ६ सय १७.९५ विन्दुमा ओर्लेको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति पछ्याएको हो । |
सुनको भाउ तोलाकै १ लाख ६७ हजार ४ सय रुपैयाँ |
कान्तिपुर संवाददाता |
सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ हजार सय रुपैयाँले बढेको हो । |
देश विकासको अभियानमा सघाउन प्रवासी नेपालीलाई अर्थमन्त्रीको अनुरोध |
रासस |
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन् । |
सोमबारदेखि केरूङ नाका सञ्चालनमा ल्याउने तयारी |
रासस |
अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । |
अब वैशाखभित्र ठेक्का नगरिए स्रोत सहमति रद्द |
विमल खतिवडा |
स्रोत सहमति प्राप्त बहुवर्षीय ठेक्कामा आर्थिक वर्षको वैशाखभित्र ठेक्का सम्झौता नभए त्यस्तो सहमति स्वतः रद्द हुने भएको छ । अर्थ मन्त्रालयले तयार पारेको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, ०८१ अनुसार सहलगानीका आयोजनाका सम्बन्धमा नेपाल सरकारले बेहोर्ने अंशका लागि मात्र बहुवर्षीय ठेक्काको स्रोत सहमति प्रदान गरिनेछ । |
बाढीपहिरोको क्षतिमा साढे ९ अर्बको बिमा दाबी, भुक्तानी ३० करोड मात्र |
कान्तिपुर संवाददाता |
असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिमा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको नेपाल बिमा प्राधिकरणले जानएको छ । यो गत मंगलबारसम्मको तथ्यांक हो । गत असोज १० देखि कात्तिक ६ सम्म तीन हजार तीन सय ६ वटा आवेदनबाट ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो । |
नागढुंगा सुरुङ निर्माण थालेको चार वर्षमा ८० प्रतिशत काम |
कान्तिपुर संवाददाता |
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको चार वर्षमा भौतिक प्रगति ८०.५ प्रतिशत पुगेको छ । अहिले काठमाडौंको बलम्बुमा फ्लाइओभर निर्माणको काम धमाधम छ । |
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले उत्साह |
सन्जु पौडेल |
रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडानको खबरले यहाँको निजी क्षेत्र उत्साहित बनेको छ । यस विमास्थलबाट केही महिना अन्तर्राष्ट्रिय उडान सञ्चालनपछि बन्द भएका थिए । स्थानीय उद्यमी, व्यवसायीको दबाब र विमानस्थल व्यवस्थापनको पहलपछि यसै महिनाबाट दुई वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान सुरु गर्दै छन् । |
सात वर्षमा बन्यो कालीगण्डकीको पुल |
प्रकाश बराल |
लामो प्रतीक्षापछि यहाँको रणनीतिक सडक जोड्ने पुल बनेको छ । पोखरादेखि पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीदेखि गलकोट जोड्ने रणनीतिक सडकको कालीगण्डकी पुल तयार भएको हो । |
कार्तिक १०, २०८१ |
तिहारलाई ४५ लाख २५ हजार माला |
सीमा तामाङ |
यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने अनुमान गरिएको छ । गत वर्ष कुल ३९ लाख ७५ हजार वटा सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । |
भारतमा आक्रामक बजार विस्तार गर्दै एनभिडिया |
कान्तिपुर संवाददाता |
चिप निर्माता कम्पनी एनभिडियाले भारतमा उल्लेख्य मात्रामा प्रयोग हुने र नेपालले पनि मान्यता दिएको हिन्दी भाषाको आर्टिफिसियल इन्टेलिजेन्स मोडल सार्वजनिक गरेको छ । योसँगै एआई प्रविधिका लागि बढ्दो बजार मानिने भारतमा एनभिडियाले आक्रामक प्रवेश गर्न खोजेको देखिन्छ । |
नागढुंगा–सिस्नेखोला सुरुङ : निर्माण थालेको चार वर्षमा साढे ८० प्रतिशत काम |
कान्तिपुर संवाददाता |
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माण थालेको चार वर्षमा भौतिक प्रगति ८०.५ प्रतिशत पुगेको छ । अहिले काठमाडौंको बलम्बुमा फ्लाइओभर निर्माणको काम धमाधम भइरहेको छ । |
मेलम्चीबाट आएको ८ करोड लिटर पानी वाग्मतीमा |
कान्तिपुर संवाददाता |
मेलम्चीबाट सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा क्षमताभन्दा बढी पानी आएपछि वाग्मती नदीमा पठाइएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.