text stringlengths 2 914 |
|---|
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकको उद्धार (रेस्क्यू) गर्ने जस्तो मात्र भएको बताएकी छन् । |
२०८४ सम्म कांग्रेस/एमालेलाई फकाएर सरकारमा जाने सोचाइमा छैनौँ : अध्यक्ष दाहाल |
अर्जुन शाह |
माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०८४ सम्म सरकारमा जाने सोचाइमा नरहेको बताएका छन् । मंगलबार टीकापुरमा आयोजित कार्यक्रममा दाहालले २०८४ को निर्वाचनमा १ नम्बर पार्टी बन्ने बताएका हुन् । |
यातायातमन्त्री दाहाल भन्छन् : नेपालमा कति सवारी साधन छन् भन्ने थाहा छैन |
कान्तिपुर संवाददाता |
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग नेपालमा कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक नरहेको बताएका छन् । |
साउन १ गतेदेखि प्रदेश सरकारले नै लाइसेन्स छाप्छ : मन्त्री दाहाल |
कान्तिपुर संवाददाता |
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने बताएका छन् । |
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् । |
ललिता निवास प्रकरणमा गच्छदारसहितका प्रतिवादीलाई सफाइ दिने विशेषकाे फैसलाविरुद्ध अख्तियारको पुनरावेदन |
मातृका दाहाल |
बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । |
विवाहित महिला-पुरुष एउटै रुखमा झुन्डिएको अवस्थामा फेला |
कान्तिपुर संवाददाता |
मोरङको पथरीशनिश्चरेमा महिला र पुरुष एउटै रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान फेला परेका छन् । दुवै विवाहित हुन् । |
पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि |
कान्तिपुर संवाददाता |
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो । |
डाँका मुद्दामा फरार व्यक्ति ३२ वर्षपछि पक्राउ |
कान्तिपुर संवाददाता |
पश्चिम नवलपरासीमा अदालतले दोषी ठहर गरेको ३२ वर्षपछि एक फरार प्रतिवादी पक्राउ परेका छन् । |
बुधबार प्रतिनिधिसभामा अध्यादेश प्रस्तुत गर्दै सरकार, कांग्रेस र एमालेको ह्विप |
कान्तिपुर संवाददाता |
सरकारले बुधबार संसद्मा अध्यादेश प्रस्तुत गर्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ५ वटा अध्यादेश प्रस्तुत गर्ने भएको छ । सत्तारुढ दलले अध्यादेश स्वीकृतिका लागि आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेको छ । |
बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको मर्मत तीव्र |
रासस |
गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ । |
देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्छ : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन् । मंगलबार ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । |
झापामा भेटियो नयाँ प्रजातिको बैजनी बुंगेचरा |
रमेशकुमार पौडेल |
झापाको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पन्छीविद् संघका अनुसार झापामा 'पर्पल रम्प्ड सनबर्ड' भेटिएको हो । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त चराको नेपाली नाम बैजनी बुंगे राखिएको जानकारी दिएको छ । |
थापाथलीको सडकमा बग्यो ५ लाख लिटर पानी |
कान्तिपुर संवाददाता |
थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । |
श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिए दण्डनीय : प्रधानमन्त्री ओली |
रासस |
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । |
संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । |
टीकाथलीमा निस्कियो ग्यास, के पाइपबाट घरघरमा पुर्याउन सम्भव छ ? |
उपेन्द्रराज पाण्डेय |
मंगलबार ललितपुर महालक्ष्मी नगरपालिका-५ शान्तिटोलमा बोरिङ निर्माणका क्रममा आगोको ज्वाला निस्किएको छ । स्थानीय खानेपानी आयोजनाका लागि निर्माणाधीन बोरिङबाट ग्यास निस्किएको हो । |
फाल्गुन १९, २०८१ |
नेपालमा १९औं शताब्दीपछि फेरि देखियो खैरो झाडी फिस्टो |
रमेशकुमार पौडेल |
नेपालबाट लोप भएको ठानिएको खैरो झाडी फिस्टो चरा चितवनमा देखिएको छ । नेपाल पन्छीविद् संघले सोमबार प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो । |
माओवादी ‘लङ मार्च’मा कसरी हुन्छ खर्च व्यवस्थापन ? |
गंगा बीसी |
दशवर्षे सशस्त्र युद्धका बेला माओवादी नेता, कार्यकर्ता र लडाकुहरु स्थानीयको घरलाई ‘सेल्टर’ बनाउँथे । जनतासँग भिज्दै जनताकै मुद्दाका कुरा गर्थे । त्यही माओवादी शान्ति प्रक्रियामा आएको करिब २० वर्षपछि अहिले ‘लङ मार्च’ मा छ । माओवादी नेताहरू स्थानीयको घरमा बास बस्दै उनीहरूसँग भिज्ने कोसिस गरिरहेका छन् । |
एमाले मोरङको जिल्ला अधिवेशन : नेतृत्व चयनका लागि दुई प्यानल |
पर्वत पोर्तेल |
एमाले मोरङको १०औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका दुई अलग–अलग प्यानल वनाएर द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्ष र इतर पक्षले आ–आफ्नो प्यानलसहित सोमबार साँझ उम्मेदवारी दर्ता गराएका छन् । |
कांग्रेस क्षेत्रीय सभापति प्रशिक्षण : सहकारी पीडितलाई न्यायदेखि पूर्वाधारबारे बहस |
दीपेन्द्र बडुवाल |
सांगठनिक सुधारमार्फत पार्टीलाई नागरिकको पहिलो रोजाइ बनाउन नेपाली कांग्रेसले क्षेत्रीय सभापतिका लागि सोमबार यहाँ सञ्चालन गरेको प्रशिक्षणमा सहकारी पीडितलाई न्याय दिलाउने र अहिलेसम्मका उपलब्धि कसरी जनतामाझ पुर्याउने भन्ने विषय उठान गरिएका छन । |
मलेसियामा म्यानपावरको एकाधिकार हुँदैन : श्रम मन्त्रालय |
कान्तिपुर संवाददाता |
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउन निश्चित म्यानपावर व्यवसायीलाई लाभ हुने (एकाधिकार) गरी हाल कुनै पनि नीतिगत निर्णय नभएको र भविष्यमा पनि नहुने प्रस्ट पारेको छ । |
स्ववियु निर्वाचनमा २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा |
कान्तिपुर संवाददाता |
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघसंगठनबीच प्रतिस्पर्धा हुने भएको छ । |
परराष्ट्र र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसित भेटघाट |
दीपेन्द्र बडुवाल |
परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत अवस्थामा ज्यान गुमाएकी रूपन्देहीको सिद्धार्थनगर–८ की छात्रा प्रकृति लम्सालका अभिभावकसित भेटघाट गरेका छन् । |
अमेरिकामा पक्राउ पर्नुअघिसम्म रास्वपाकै गतिविधिमा सक्रिय थिए मोहनजंग |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदमुक्त गरेको बताए पनि केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकामा हिरासतमा पर्नुअघिसम्म पार्टी गतिविधिमा सक्रिय देखिन्थे । ठगी आरोपमा पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस कस्टम एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले फागुन ५ मा उनलाई पक्राउ गरेको थियो । |
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा 'वास' समझदारीपत्रमा हस्ताक्षर |
कान्तिपुर संवाददाता |
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले सोमबार खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । |
समाजलाई बदल्न विद्रोह त गर्नैपर्छ : महासचिव पोखरेल |
कान्तिपुर संवाददाता |
सरकारको नेतृत्व गरिरहेको एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताएका छन् । |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
सोमबार कान्तिपुरमा नागढुंगा सुरुङ मार्गको काम रोकिएकोदेखि नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त भएकोसम्मका समाचार प्रकाशित भएका छन् । |
सप्तरीको बस्तीमा पसेको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिँदै |
अवधेशकुमार झा |
सप्तरीको सप्तकोशी नगरपालिका-१ खोरियाटोलमा सोमबार बिहान बस्ती पसेको बाघलाई साँझ ६ बजे नियन्त्रणमा लिइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षवाट आएको टोलीले बाघलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिँदै छ । |
सप्तरीमा एउटै गोदामबाट २४ सय किलोभन्दा बढी गाँजा बरामद |
अवधेशकुमार झा |
सप्तरीबाट एउटै गोदामबाट २४ सय किलोभन्दा बढी गाँजा बरामद भएको छ । राजविराज नगरपालिका वडा नम्बर-९ मलेठ स्थित एक गोदामबाट २ हजार चारसय १९ किलो गाँजा सोमबार बरामद भएको हो । |
आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न देउवाको निर्देशन |
कान्तिपुर संवाददाता |
कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् । |
स्थानीयको अवरोधपछि नागढुंगा सुरुङमार्गको काम रोकियो |
विमल खतिवडा |
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सोमबारदेखि ठप्प बनेको छ । स्थानीय बासिन्दाले धादिङ र काठमाडौं दुवैतर्फ निर्माणमा अवरोध गरेपछि काम रोकिएको हो । |
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान |
कान्तिपुर संवाददाता |
प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । |
कम्युनिस्टलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.