text stringlengths 2 914 |
|---|
कानुनले नचिनेका ‘सौतेनी बाउ’ |
सविता विमली |
जतिबेला देश थिएन, राजनीति थिएन, संविधान, कानुन थिएन तर मानिस थिए । परिवार, नातेदार थिए । यसको परिभाषा त धेरैपछि मात्र गर्न थालिएको हो । हाम्रा कानुनले परिवार र नातेदारलाई कसरी परिभाषित गरेका छन् त ? |
फाइल खोल्ने चेतावनी, संवैधानिक निकायप्रति बेइमानी |
सम्पादकीय |
पदबाट बाहिरिएका नेताहरूको एउटै भाषा हुन थालेको छ– ‘हामीले फाइल खोल्न लागेका थियौं, त्यसैले हामीलाई निकालियो ।’ अझ अगाडि बढेर कतिपयले भन्दै आएका छन्– ‘फेरि पदमा पुगियो भने फाइल खोलिन्छ ।’ यस्ता भाषणमा प्रयोग हुने ‘फाइल’ विकास निर्माणका बाधा फुकाउन होइन, विरोधीलाई ठेगान लगाउन हो भन्ने भाषण र सन्दर्भबाटै पनि प्रस्ट हुन्छ । |
माघ २९, २०८१ |
नागरिकको निराशा र संविधान संशोधनको बाटो |
विद्याधर मल्लिक |
हालैको अमेरिकी चुनावको नतिजा आकलन गर्दै २०२४ को नोबेल पुरस्कार विजेता डारोन एकेमग्लुले डेमोक्रेटिक पार्टीले सुविधाभोगी सीमित कुलीनवर्गको मात्रै हित हेरेको र सामान्य नागरिकहरूको हितको उपेक्षा गरेकाले ठूलो हार व्यहोर्नुपरेको चर्चा गरेका छन् । लोकतन्त्रले साझा समृद्धि, नागरिकको आवाज, विज्ञता आधारित प्रशासन र प्रभावकारी जनसेवामा अभिवृद्धि ल्याउनुपर्ने तर विगत अमेरिकी प्रशासन यी सबै मापदण्डमा चुकेको उनको विश्लेषण छ । |
भूमि अध्यादेश : विरोध, भ्रम र यथार्थ |
विश्वास नेपाली |
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माघ २ गते केही नेपाल ऐन संशोधन अध्यादेश अनुमोदन भएको थियो, त्यसमा ‘भूमिसम्बन्धी ऐन’, ‘वन ऐन’ र ‘राष्ट्रिय निकुञ्ज ऐन’ का केही प्रावधान संशोधन भएका छन् । संसद् बन्द रहेको अवस्थामा आएको अध्यादेश संसद् खुलेपछि विपक्षीहरूको विरोधको ‘एजेन्डा’ बनेको छ । अध्यादेशको पक्ष–विपक्ष या गुण–दोषका आधार केलाउनुभन्दा पनि संसद् छलेर ल्याएको भन्दै एक तप्का सरकारको आलोचनामा उत्रिएको छ । |
औषधि र कीटाणुको जुधाइ |
आसता दाहाल , शंकर न्यौपाने |
बिरामी भएपछि धेरैजसो नजिकको औषधि पसल जान्छौं वा घरमा केही औषधि छ कि भनेर खोजी हेर्छौं । तर, बिरामी हुँदा म के औषधि खाँदै छु भन्ने हेक्का कहिल्यै राख्दैनौं । धेरैजसोको बुझाइ कडा औषधि चाहिए एन्टिबायोटिक खानुपर्छ भन्ने छ । यसका अलावा बजारमा एन्टिफंगल, एन्टिभाइरल, एन्टिपारासाइटिक औषधि पनि पाइन्छन् । हामीले ती सबै प्रयोग पनि गर्छौं होला । |
गैससका कार्यक्रममा पारदर्शिताको सर्त |
सम्पादकीय |
नेपालमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ–आईएनजीओ) नपुगेको भूगोल र संलग्न नभएको क्षेत्र सायदै होला । बाल सुधारगृहदेखि प्रौढ शिक्षासम्म, घरेलु हिंसादेखि मानव अधिकारका मुद्दासम्म, हात धुन सिकाउनेदेखि कानुन मस्यौदासम्म, विद्यालयमा पुस्तकालय चलाउनेदेखि घरघरमा चर्पी बनाउनेसम्म अनेक कार्यक्रममा गैरसरकारी संस्था सक्रिय छन् । |
माघ २८, २०८१ |
आत्ममुग्ध प्रचण्ड |
राजाराम गौतम |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यतिबेला चारैतिर आफ्नो पक्षमा जनतामा उभार आएको देख्न थालेका छन् । शनिबार उनले एउटा कार्यक्रममा भनेछन्, ‘म जहाँ गयो, त्यहाँ मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने गरेको देख्छु । |
भ्रष्टाचार नियन्त्रण अख्तियारको मात्र जिम्मेवारी हो ? |
दीपेश घिमिरे |
२०८१ कात्तिक १२ गते प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन बारेमा छलफल चलिरहेको थियो । सो क्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई समितिका केही सांसदले ‘प्रधानमन्त्रीको पार्टीलाई व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दान भ्रष्टाचार हो कि होइन’ भनेर प्रश्न गरेका थिए । |
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्प निर्णयको असर |
कृष्णा पौडेल |
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका कैयौं निर्णयमध्ये पेरिस सम्झौताबाट अलग हुने विषयले विश्वको ध्यान तानेको छ । किनकि जलवायु परिवर्तनको मुद्दा विश्वकै प्रमुख प्राथमिकतामा छ । उनको कार्यकारी आदेशले जलवायु वित्त सहयोगलाई पनि रोकेको छ । |
लोकरिझ्याइँको नियति : न जनलोकपाल न केजरीवाल |
सम्पादकीय |
भारतको राजधानी प्रान्त दिल्ली विधानसभाका लागि सम्पन्न निर्वाचनमा सत्तारूढ आम आदमी पार्टी (आप) को पराजयको परकम्प भारतीय सीमाभन्दा बाहिरसम्म महसुस भएको छ । लोकतान्त्रिक मुलुकमा हुने आवधिक निर्वाचनमा कुनै नेता वा दल विशेषको हारजित स्वाभाविक प्रक्रिया हुन् । |
माघ २७, २०८१ |
रैथानेसँगको विश्वासमा विकास परियोजना |
झलक सुवेदी |
२०७५ फागुन १५ गते दिउँसो मेरा मित्र तथा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा परी अकल्पनीय मृत्यु भयो । उनी भोलिपल्टै बेलायतमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका थिए । तर यती समूहका अध्यक्ष आङछिरिङ शेर्पा आफू केही दिनका लागि पेरिस जानुअगाडि नै मन्त्रीलाई पाथीभरा पुर्याउन चाहन्थे । |
संविधानले नचिन्ने दलीय संयन्त्रको बोझ |
सम्पादकीय |
प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस–एमालेसहितको गठबन्धनमा संघीय सरकार र सातै प्रदेशमा सरकार बनेका छन् । अधिकांश पालिकामा यिनै दलको नेतृत्व छ । |
माघ २५, २०८१ |
एकीकृत दलित आन्दोलनको खाँचो |
जेबी विश्वकर्मा |
सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारले प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गरे । तर, उनीहरूको विवाहलाई रौनियार परिवार र गैरदलित समाजले सहजै स्वीकार गरेन । अर्कोतिर, राजनीतिक सम्बन्धका आधारमा नेपाली कांग्रेसका नेता गृहमन्त्री रमेश लेखककै निर्देशनमा सत्येन्द्रमाथि राज्यशक्तिको दुरुपयोग गर्दै अत्याचार गरिएको समाचार बाहिर आयो । |
संसद्को निराशाजनक ‘पर्फर्मेन्स’ ले उठाएका यक्ष-प्रश्न |
गेजा शर्मा वाग्ले |
२०४६ मा बहुदलीय लोकतन्त्र स्थापना भएयताका तीन दशक (राजा ज्ञानेन्द्रको १५ महिनाको प्रत्यक्ष शासनबाहेक) संसदीय अभ्यास र नीति निर्माणबारे विवादित बहस हुँदै आएका छन् । सार्वभौम संसद् अपेक्षाकृत गरिमामय तथा नीति निर्माण प्रक्रियामा प्रभावकारी नभएको आरोप राजनीतिक दल, राजनीतिशास्त्री, बौद्धिक समुदाय, नागरिक समाजले लगाउँदै आएका छन् । |
औचित्यहीन कार्यक्रमको व्यवसाय |
दुर्गा कँडेल |
समाजमा विभिन्न प्रकृतिका पेसा तथा व्यवसायमा व्यक्ति तथा संस्था आबद्ध रहेका हुन्छन् । त्यस्ता व्यवसाय समयअनुसार फरकफरक प्रकृतिका हुन्छन् । समयको माग, भौगोलिक संरचना, हावापानी, सांस्कृतिक परिवेश, जनघनत्व, रीतिरिवाजले पनि तिनको व्यवसायमा विविधता पाइन्छ । |
संविधान संशोधनको मार्गचित्र, अध्यादेश स्वीकृतमै कठिनाइ |
सम्पादकीय |
राजनीतिमा कहिलेकाहीँ आत्मप्रशंसा र आत्मप्रचार आकाशमा हुन्छ, टेक्ने धरातल भने कमजोर हुन्छ । यतिबेला सत्तापक्ष त्यस्तै स्थितिमा पुगेको छ । खासगरी सरकारले जारी गरेका ६ अध्यादेश संसद्मा छलफलका लागि स्वीकृत गराउने विषयमा सत्तापक्ष असाधारण दबाबमा परेको छ । |
माघ २४, २०८१ |
दरबार : राजतन्त्र अन्त्यको जिम्मेवार |
इन्द्र अधिकारी |
अघिल्लो साता पूर्वराजा ज्ञानेन्द्र शाह भारततिर गइरहँदा नेपालमा भने राजतन्त्र फर्काउनुपर्छ भन्ने समूह उत्साहित देखियो । आजको नेपाल जोड्नमा देन भएको, शताब्दियौंदेखि शासन शक्तिको केन्द्रमा रहेको राजसंस्थाका शुभचिन्तक र समर्थक हुनु स्वाभाविक हो । |
संघीयतामा निरन्तर संघर्ष |
चन्द्रकिशोर |
सबैजसो नेपालीको एउटै प्रश्न सुनिन्छ– ‘खै त संघीयता ? मुख्यमन्त्री र मन्त्री बन्न पाएकाहरूबाहेक त्यो स्यालको सिङजस्तो छ, अरूले नदेख्ने ।’ अरू स्वर पनि सुनिन्छन्– ‘के हामीले यो संविधानभित्र प्रादेशिक संरचनालाई मजबुत बनाउने तागत निर्माण गरेका छैनौ ? केन्द्रीकृत शासनलाई संघीय संरचनामा रूपान्तरण गर्न खोजेको त केन्द्रले आफूभित्र पो लगेछ । |
खेलकुदमा प्रसारक र उत्पादकको महत्त्व |
शिशिर पछाईं |
टेलिभिजनमा अहिले कुनै विषयले सबैभन्दा बढी समय खपत गर्छ भने त्यो खेलकुदले नै हो । खेलकुदबाहेक त्यस्तो अन्य कुनै कार्यक्रम छैन जहाँ दर्शकको स्वाभाविक चासो रहन्छ । किनकि खेलकुद व्यापक रूपमा प्रचारित र अपरिहार्य नतिजा उत्पादन गर्ने र बृहत् दर्शक सिर्जना गर्ने माध्यम बनिसकेको छ । |
बागमती प्रदेशको समृद्धि मोडेल |
दीपेन्द्र श्रेष्ठ |
समृद्धि आधारभूत रूपमा प्राकृतिक स्रोत र मानव संशाधनको सम्मिश्रणबाट प्राप्त हुन्छ । यी दुई महत्त्वपूर्ण पक्षहरू एक्लै जति बलशाली भए पनि यिनीहरूबीच निकटतम सहकार्य भएपछि मात्र प्राकृतिक स्रोतबाट जीवनोपयोगी उत्पादन बन्छ । उत्पादनको वृद्धिसँगै समृद्धिले बाटो समाउँछ । |
यूएसएआईडीको ऐनामा वैदेशिक सहायताको तस्बिर |
सम्पादकीय |
विश्वव्यापी विकास, मानवीय सहायता र प्रजातान्त्रिक शासन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने भनेर परिचित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द हुने घोषणासँगै त्यससँग जोडिएका देशमा पर्ने प्रभावबारे विश्लेषण सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै यूएसएआईडीअन्तर्गतका कार्यक्रम अब रोकिने निश्चित भएको छ, जसले ठूलो संख्यामा मानिसले रोजगारी गुमाउनेछन् । |
माघ २३, २०८१ |
विचारधारामुक्त राजनीतिको तरलता |
सीके लाल |
नेपालमा खस–आर्य वर्चस्वका तीन प्रमुख दलमध्ये नेपाली कांग्रेसका सभापति सन् १९९१ देखि निरन्तर सत्ता वा प्रतिपक्षको नेतृत्व पंक्तिमा छन् । विभाजित नेकपा (एमाले) होस् वा केही समयका लागि माओवादी केन्द्रसँग ‘एकीकरण’ गरिएको राजनीतिक प्रयोग, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पनि सन् १९९० को सुरुदेखि नै नेतृत्वदायी भूमिकामा छन् । |
देश रित्तिएको गलत भाष्य |
चेतन अधिकारी |
हरेक दिन त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानको बिदाइ कक्षमा बिदाइ र स्वागत गर्न जाने परिवारका सदस्य एवं आफन्तजनहरूको अपार भीड देखिन्छ । एकथरी आफन्तलाई रोजगारी वा अध्ययनका लागि सात समुद्रपारि पठाउनुपर्दा बिछोडको पीडामा हुन्छन् । अर्कोथरी खुसी, अर्थ, अनुभव र सीप बोकेर आफन्त घर फर्किएपछि हर्षित देखिन्छन् । |
महिला आयोग पुनरावलोकनको मार्गचित्र |
पार्वती अर्याल |
संघीय संसद्का विभिन्न समिति र उपसमितिहरूमा नेपालको संविधान–२०७२, भाग २७ बमोजिमका संवैधानिक आयोगहरूको पुनरावलोकनको विषयमा केही समययता गहन छलफल भइरहेको छ । राष्ट्रिय महिला आयोग पनि संवैधानिक आयोग भएकाले यसको पनि पुनरावलोकन विषयमा चर्चा भइरहेको छ । |
ग्वार्को ‘ओभरपास’ बाट वारपार भइरहेको ढिलासुस्ती |
सम्पादकीय |
पछिल्ला दशकमा काठमाडौंमा धेरै थोक बदलियो, तर ग्वार्कोको जामले दिने हैरानी बदलिएको छैन । रिङरोड र इमाडोल–मंगलबजार जोड्ने सडक एकआपसमा काटिने स्थान ग्वार्कोमा अत्यधिक सडक जाम हुने गरेकाले यात्रुले हैरानी बेहोर्नुपर्ने बाध्यता पुरानै हो । |
माघ २२, २०८१ |
विकासको उल्टो बाटो |
सोमत घिमिरे |
धरहरालगायत विशिष्ट ६ संरचना सरकारले राजपत्रमा ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश)’ प्रकाशित गरेर निजी क्षेत्रलाई भाडामा दिने बन्दोबस्त गर्दै छ । हेर्दा यो जम्मा ६ वटा संरचना निजीलाई दिनेजस्तो देखिन्छ । तर यस प्रक्रियाभित्र थुप्रै सैद्धान्तिक प्रश्नहरू छन् । |
कृषि अनुदान प्रणालीमा आमुल सुधारको आवश्यकता |
सम्पादकीय |
देशमा एकथरी कृषक छन्– उनीहरूले खनजोत, बिउ, मल, सिँचाइलगायतका काममा अत्यधिक खर्च गर्नुपर्छ । जसकारण बाली लगाउनेदेखि फसल भित्र्याउने बेलासम्मको एकीकृत लागतको तुलनामा उत्पादित फसलको मूल्य कम वा हाराहारी मात्रै हुन आउँछ । |
मान्छेको धैर्यमाथि प्रविधिको धावा |
लेखनाथ पाण्डे |
हामी जे चाहन्छौं, जतिखेर चाहन्छौं, त्यो ठिक त्यसबखत उपलब्ध नभए हाम्रो खुन तात्छ । धैर्य सद्गुण हुँदाहुँदै मान्छेमा अधैर्य किन बढिरहेको छ त ? |
माघ २१, २०८१ |
विवाह गर्ने उपयुक्त उमेर कति ? |
डा. विमला राई पौड्याल |
मैले २६ वर्षमा, स्नातक तहको पढाइ सकेर जागिरे बनेपछि बिहे गरें । यसरी समयक्रम र शिक्षामा पहुँच बढेसँगै समाजमा बिहे गर्ने उमेर पनि बढ्दै गएको छ, तर अझै पनि दक्षिण एसियामा नेपालको नाम बालविवाह हुने देशमा दोस्रो नम्बरमा (बंगलादेशपछि) आउँछ । |
भारत-चीन मित्र र प्रतिस्पर्धी |
बुद्धिनारायण श्रेष्ठ |
केही अध्येताले भन्ने गरेका छन्– भारत र चीनबीच सन् १९५४ देखि नै लिपुलेक भएर व्यापार हुने गरेको थियो । सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गएको समय लिपुलेक भएर दुई देशबीचको व्यापार वाणिज्य अभिवृद्धि गर्ने सम्झौता हुँदा नेपालले किन टाउको दुखाउनुपर्यो ? |
समयले खोजेको कांग्रेस |
नैनसिंह महर |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.