text
stringlengths
2
914
कालोबजार ऐन संशोधनले उब्जाएको प्रश्न
माधव तिमल्सिना
संविधानको धारा ४४ ले उपभोक्ता अधिकारलाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको छ । प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपभोग गर्ने हकको व्यवस्था गर्दै गुणस्तहीन वस्तु र सेवाबाट कुनै हानिनोक्सानी भएमा क्षतिपूर्ति प्राप्त हुने हकमा समेत ग्यारेन्टी गरेको छ ।
निर्यात वृद्धिमा नेपाली उत्पादनकै वर्चस्वको अपेक्षा
सम्पादकीय
आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालबाट भएको समग्र वस्तुको निर्यात ३२ प्रतिशतले वृद्धि हुनु उल्लेखनीय तथ्यांक हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ७४ अर्ब ९६ करोडको वस्तु निर्यात भएको पृष्ठभूमिमा चालु आर्थिक वर्षको सोही अवधिमा ९८ अर्ब ७८ करोडको निर्यात हुनुले हामीकहाँ पनि निर्यात बढोत्तरीको सम्भावना र आधार छन् भन्ने देखिन्छ ।
माघ ९, २०८१
राष्ट्रवादी प्रियतावादको दीर्घता
सीके लाल
काठमाडौंमा विक्रम सम्वतको पुस महिना लाग्नासाथ ठिहिर्‍याउने जाडो, तारन्तार हाच्छिउँ आउने रुघाखोकी र सास फेर्नसमेत गाह्रो हुने वायु प्रदूषण सँगसँगै अन्धराष्ट्रवादको उन्माद पनि आकस्मिक नियमितता जस्तै फैलिन थाल्दछ ।
क्यालिफोर्नियाको डढेलोबाट के बुझ्ने, के सिक्ने ?
इर्शाद अली शेख
लिफोर्नियाको पालिसेड्स र इटन क्षेत्रमा जनवरी ७ देखि लागेको डढेलो अहिले पनि नियन्त्रणबाहिर छ । यो आगलागी संयुक्त राज्य अमेरिकाको इतिहासमै सबैभन्दा विनाशकारी घटनामध्ये एक बनेको छ । हालसम्म डढेलोका कारण कम्तीमा २७ जनाको ज्यान गइसकेको छ भने लाखौं मानिस वायु प्रदूषणको जोखिममा परेका छन् र क्षतिको प्रारम्भिक अनुमान अर्बौं डलरमा रहेको छ ।
गण्डकी विकासको बाटो
अशोक शेरचन
गण्डकी प्रदेश विगतदेखि नै पर्यटन, पदयात्रा र तीर्थस्थलका लागि प्रसिद्ध छ । विशेषगरी पोखरा विभिन्न पर्यटकीय आयामका कारण नेपालभित्र मात्र नभई विदेशमा पनि चिरपरिचित छ । लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र प्रदेश बन्दा थपिएको नवलपुरका पनि आ–आफ्नै विशेषता छन् ।
नमागिएको सल्लाह !
मधु शाही
आजकाल बजारमा सबै चिजको महँगी बढेको छ । तर, एउटा कुरा निकै सस्तो छ– सल्लाह । माग्दै नमागी निःशुल्क सल्लाह दिनेको जमात बग्रेल्ती पाइन्छ । उमेरले मभन्दा कान्छो एक भाइ छन् । निकै आदरका साथ दिदी भनेर सम्बोधन गर्छन् ।
विधेयक अधिवेशनबाट अपेक्षा
सम्पादकीय
प्रतिष्ठाको विषय बन्दै आएको संघीय संसद्को दुवै सदनको अधिवेशन माघ १८ का लागि बोलाइएको छ । सरकारले नियमित अभ्यासभन्दा ढिलाइ गरेको भन्दै विपक्षी दलहरूले आलोचना गरेको र विशेष अधिवेशनका लागि प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको परिप्रेक्ष्यमा सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट मिति टुंगो लगाएको हो ।
माघ ८, २०८१
सुशासन र संरचनागत सुधारको बाटो
विष्णु रिजाल
सरकारले हालै सार्वजनिक गरेका पाँचवटा अध्यादेशका बारेमा चर्चा चलिरहँदा त्यसको मुख्य उद्देश्य नागरिकलाई सुशासनको अनुभूति दिलाउनु रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्नुभएको छ ।
विद्रोहीले सिंहदरबार कब्जा गरेको दिन
जगत नेपाल
आजभन्दा ठिक ७३ वर्षअघिको कुरा हो । रोलक्रमका आधारमा राणाहरू मात्र प्रधानमन्त्री हुन पाउने निरंकुश शासन व्यवस्थालाई २००७ सालको क्रान्तिले समाप्त पारेपछि पहिलो पटक नेपाली जनताका सन्तानबाट मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेको दुई महिना एक साता मात्र भएको थियो ।
भाडामा दिने टावर बनाउन ढुकुटीबाट खर्च किन ?
सम्पादकीय
शिक्षालय, अस्पताल र सडक पूर्वाधारका संरचनालाई थाती राखेर टावर बनाउने होडबाजीमा सरकारी संयन्त्र लागेका छन्, राज्यकोषबाट ठूलो धनराशी खर्चेर बनेको यस्ता संरचना सञ्चालन गर्न नसक्दा अब लिज र भाडामा दिनुपर्ने अवस्था आएको छ ।
माघ ७, २०८१
उदार र बजारमुखी अर्थतन्त्रको मूलबाटो
अच्युत वाग्ले
राम्रो काम गर्नु कुनै पनि सरकारको स्वाभाविक जिम्मेवारी भएकाले त्यसको प्रशंसा सार्वजनिक मञ्चहरूमार्फत गरिरहनु आवश्यक छैन । नागरिक समाज र बौद्धिक जगत्को दायित्व भनेको जब सरकारहरू मतदातासँगको सामाजिक सम्झौताअनुरूप काम गर्दैनन्, त्यसको तथ्यपरक एवं निष्पक्ष आलोचना गर्नु मात्र हो ।
मधेश जनविद्रोह र अबको रोडम्याप
सुरेशकुमार मण्डल
१८ वर्ष पहिला सिरहा, लहानका युवा रमेश महतोको साहदत भएको दिनलाई समग्रमा मधेश जनविद्रोहको सम्झना गर्दै बलिदानी दिवसका रूपमा स्मरण गरिन्छ । यो दिवसमा मधेश प्रदेशमा बिदासमेत हुँदै आएको छ । कतिपयले मधेश जनविद्रोह र मधेश आन्दोलनलाई एउटै बुझ्ने गरेका छन् । यथार्थमा मधेश आन्दोलन बृहत्तर रूप हो भने मधेश जनविद्रोह मधेश आन्दोलनको ‘क्लाइमेक्स’ ।
खोइ दण्डरहित विद्यालय ?
अमृता अनमोल
घटना गत मंसिर १८ को हो । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालामा सन्जु चौधरी यूकेजी पढाइरहेकी थिइन् । छुट्टी हुने बेला भएकाले विद्यार्थी पढाइमा एकत्रित थिएनन् । ६ वर्षीय प्रशान्त चौधरीले साथीसित सिसाकलम साटासाट गरिरहेका थिए । शिक्षकलाई आफूले पढाउने बेलामा त्यसो गरेको मन परेन ।
सडक स्तरोन्नतिमा तिब्बती चासो
बद्रीप्रसाद खतिवडा
०५६ साउनमा यो पंक्तिकार पाँच दिनको पैदल यात्रा गरी सिमकोटबाट हिल्सा पुगेको थियो । मेरो यात्राका साथी हुनुहुन्थ्यो, चारवटा भोटो बढी फटाएका दाजु उमेरका कृष्णनाथ घिमिरे । सिमकोटबाट हिल्सासम्मको पैदल बाटो करिब ५८ किमि लामो छ । मोटरबाटोका लागि उत्तर दूरी एक सय किमि पर्न जान्छ ।
‘डेटा’ सुरक्षाबारे नागरिकलाई विश्वस्त बनाऊ
सम्पादकीय
नागरिकले राहदानी, सामाजिक सुरक्षा भत्ता र सिमकार्ड जस्ता सुविधा लिनसमेत सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै लगेपछि यसबारे अनेकौं कोणबाट चर्चा भइरहेको छ । सम्बन्धित व्यक्तिको नाम, थर, नागरिकता नम्बर लगायतका वैयक्तिक विवरण र १० वटा औंलाको छाप, आँखाको नानीको फोटो तथा विद्युतीय हस्ताक्षर जस्ता जैविक विवरण समावेश गरी विद्युतीय चिप्समा संकलित हुने भएकाले राष्ट्रिय परिचयपत्र निःसन्देह वैज्ञानिक सेवा हो ।
माघ ६, २०८१
भ्रष्टाचारमा सरकारले उन्मुक्ति खोज्नु हुँदैन
बलराम केसी
देशको समस्या नै भ्रष्टाचार हो । भ्रष्टाचार नियन्त्रण गर्ने हो भने सुशासन हुन्छ । सुशासन हुने हो भने विकासले गति लिन्छ । विकासले गति लिएपछि अधिकांश समस्या हल हुन्छन् । भ्रष्टाचारको बीउ पञ्चायतमा रोपियो । प्रजातन्त्रमा मलजल गरियो । गणतन्त्रमा हाँगा फैलिँदै छ । भ्रष्टाचार नियन्त्रण गर्ने मन्त्रिपरिषद्ले हो ।
इजरायल-हमास युद्धविराम : संवाद र सहमति नै अन्तिम विकल्प
सम्पादकीय
अन्ततः इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविराम सहमति भएको छ । यसलाई ‘अन्ततः’ भन्नुको कारण यही हो कि कुनै पनि युद्धको अन्त्य वार्ता र सम्झौताबाटै हुन सक्छ भन्ने पुनः पुष्टि भएको छ । त्यहाँ पनि १५ महिनाअघि युद्ध सुरु हुँदा विश्व शान्तिका पक्षधरहरूले निरन्तर यही सत्य अवगत गराउने प्रयास गरेका थिए ।
माघ ४, २०८१
बजेट तर्जुमाको विसंगति
खिमलाल देवकोटा
चालु आ.व.०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता पेस हुँदा अर्थमन्त्री प्रकाशशरण महत थिए भने बजेट पेस हुँदा अर्थमन्त्री वर्षमान पुन । बजेटको कार्यान्वयनको समयमा अर्थमन्त्री विष्णु पौडेल छन् । प्राथमिकता पेस गर्दा एउटा, बजेट ल्याउँदा र कार्यान्वयनको समयमा अलग–अलग अर्थमन्त्री त्यो पनि फरक–फरक पार्टीका भएको स्थिति सम्भवतः अहिलेसम्म दुनियाँको कुनै पनि मुलुकमा छैन होला ।
के स्थानीय तहका कारण भ्रष्टाचार बढेको हो ?
दीपेश घिमिरे
काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १५ मा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर गर्‍यो । २०७४ र २०७९ का दुवै स्थानीय निर्वाचनमा निर्वाचित बस्नेतविरुद्ध घूस प्रकरणमा ९ करोड २२ लाख र सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख बिगो मागदाबी आयोगले गरेको छ ।
लैंगिक समताभित्रका जटिलता
अस्मिता खनाल
विगत दुई दशकमा नेपालले लैंगिक समानता र महिला सशक्तीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको छ । राजनीतिमा महिलाको सहभागिता सरकारका तीनवटै तहमा प्रशंसनीय एवं उत्साहप्रद छ ।
वरिष्ठ अधिवक्तामाथि हातपात, कानुनी राजमाथि घात
सम्पादकीय
काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाले नेपाली समाजलाई लज्जित बनाएको छ । रास्वपा सभापतिसमेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको भन्दै परेको मुद्दामा सहकारीपीडितका तर्फबाट अदालतमा बहस गरेर निस्किएका त्रिपाठीमाथि हातपात भएको हो ।
माघ ३, २०८१
संविधानको कसीमा नीतिगत भ्रष्टाचार
राजुप्रसाद चापागाईं
जनहितको नाउँमा व्यवस्था परिवर्तन पटक–पटक गरिए । आम जनताको समृद्धिको आकांक्षा भने जहाँको त्यहीँ छ । त्यसमा तुषारापात गर्ने कुशासनको बिगबिगी थामिएको छैन । बरु सर्वत्र फैलिँदै र झाँगिँंदै छ । भ्रष्ट मुलुकको दाग मेटिने होइन, झनै गाढा बन्दै गएको छ ।
संघीयता विकासको साध्य हो कि अधिकारको उपक्रम ?
तुलानारायण साह
सामयिक राजनीतिमा संघीयताको औचित्यबारे सघन विमर्श चलिरहेको छ । पुराना र ठूला दलहरूले संघीयतालाई अनिच्छापूर्वक स्वीकार गरेको तथ्य कसैबाट लुकेको छैन । नवउदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निरपेक्षता र पुनःसंगठित भइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न घटकहरूको विरोधका कारण संघीयताको औचित्यमाथि उठेका प्रश्नहरू झनै बलिया हुँदै गएका हुन् ।
मदिराको सामाजिक भाव–प्रभाव
मधु राई
पाँच दशकअघि प्रवासमा छँदा आमाले घरमूलीको भूमिका निर्वाह गर्दै कोदो र चामलको घरेलु जाँड बनाएर बेच्नुहुन्थ्यो । अरू दिन आमाले घरमै बेच्ने गरे पनि हामी दुई छोरी आइतबारे हाटका दिन घरनजिकैको बाटोमा अस्थायी पसल थापेर जाँड बेच्ने गर्थ्यौं ।
चिकित्सक पलायनको तथ्यांकले दिएको चेतावनी
सम्पादकीय
एउटा बस्तीबाट अर्को बस्ती, एउटा क्षेत्रबाट अर्को क्षेत्र र एउटा देशबाट अर्को देश बसाइँ सर्नु मानव सभ्यताको नियमित अभ्यास हो । सुविधा, अध्ययन, रोजगारी र उद्यमको खोजीका लागि देशभित्रै वा बाहिर चलायनमान भएकैले मानव जाति उन्नत र समृद्ध भएको हो ।
माघ २, २०८१
प्रधानमन्त्री र सचिवहरूबीच किन नोकझोक ?
उमेशप्रसाद मैनाली
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारका सचिवहरूबीच रमाइलो दोहोरी चलेको सार्वजनिक भएको थियो । प्रधानमन्त्रीले सरकारी काम प्रभावकारी रूपमा किन हुन नसकेको हो ? त्यसका कारणहरू भन्न केही अप्ठेरो भए आफूले त्यसलाई फुकाउने बताएका थिए । जवाफमा सचिवहरूले कर्मचारीहरूको जथाभाबी सरुवा हुनु र मन्त्रीहरूको दबाबमा निर्णय गर्नुपर्दा कारबाहीमा कर्मचारी मात्र पर्ने गरेकाले काम गर्ने मनोबल गिर्दै गएको गुनासो गरेका थिए ।
सुशासनको परीक्षामा एमाले र माओवादी
विश्वदीप पाण्डे
कहिलेकाहीं राजनीति रोचक सञ्जोगबाट अगाडि बढ्छ । जस्तो, गतसाता काठमाडौंमा एउटा त्यस्तै रोचक सञ्जोग बन्यो । अर्थात् एकैदिन एमाले र माओवादीको केन्द्रीय समितिको बैठक बस्यो । र, एकैदिन सकियो । रोचक के भने, दुवै पार्टीका बैठकमा उनीहरूले मनग्गे एकअर्काको कुरा गरे । कुरा गर्नु स्वाभाविक पनि हो, किनभने यी पार्टीहरूको सम्बन्धको आफ्नै ऐतिहासिक सिलसिला र उतारचढाव छ ।
वाणिज्य कानुनमा सुधारको अनिवार्यता
परितोष घिमिरे
वाणिज्य क्षेत्र कुनै पनि मुलुकको अर्थतन्त्रको आधारस्तभ हो । सबल वाणिज्य क्षेत्र स्थापना गर्नका निमित्त र वाणिज्यिक क्रियाकलापहरूलाई सरल, पारदर्शी र जवाफदेही र नियमन गर्न तर्जुमा गरिएको कानुनले महत्त्वपूर्ण भूमिका खेल्छ ।
कृषि अनुदान दुरुपयोग गर्नेको नाम पनि सार्वजनिक गर
सम्पादकीय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान लिनेको सूची सार्वजनिक गरेसँगै बहुचर्चित यो विषयको एउटा पर्दा खुलेको छ । अनुदानको सूची खोज्न कात्तिक २ मा मन्त्रालयद्वारा सहसचिव हरिबहादुर केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह भएको प्रतिवेदन तयार पारेको हो ।
सकारात्मक सोचका लागि अध्यात्म
विमला ढकाल
कुनै पनि विषय वा वस्तुमा केन्द्रित रही गरिने आन्तरिक चिन्तन मनन वा मनभित्र हुने विचार प्रवाह नै सोच हो, जुन अदृश्य हुन्छ । सोच वरपरको वातावरण, उपलब्ध सूचना वा तर्कका आधारमा निर्माण हुन्छ । जुन सोच दृढ हुन्छन् तिनले सफलता प्राप्त गर्छन् ।
माघ १, २०८१
लोकतन्त्र र समावेशी राज्य संयन्त्र
विद्याधर मल्लिक