text stringlengths 2 914 |
|---|
द इकोनोमिस्टले सन् २०२४ को वर्ष शब्दका रूपमा ‘ककिस्टोक्रेसी’ लाई चयन गरेको छ । जसको अर्थ सबभन्दा अयोग्य व्यक्तिहरूले चलाउने शासन व्यवस्था हो । |
रुग्ण आयोजना, रुग्ण विकास आकांक्षा |
सम्पादकीय |
नेपालमा पुल तथा सडक जस्ता आयोजना सजिलै सुरु हुन्छन् । प्रभावशाली नेता, सांसद, कर्मचारी वा राज्यका उपल्लो तहमा पहुँच राख्ने जोसुकैले तहतहका सरकारका बजेटमा आफूअनुकूल आयोजना सजिलै प्रवेश गराइदिन सक्छन् । त्यस्ता आयोजनामा ठेक्का पनि लाग्ने नै भए । |
सम्बन्ध होस् त यस्तो ! |
केपी शर्मा ओली |
प्रिय छोराछोरी, नदीको छेउमा बसेर उसको प्रवाहलाई कहिल्यै नियालेका छौ ? बग्दै गरेको पानी, त्यसको लय, किनारामा ठोक्किँदा उसको स्वर अनि समुद्रमा विलीन हुने उसको नियति ! |
पुस २९, २०८१ |
कांग्रेस-एमाले गठबन्धनको आयु |
राजाराम गौतम |
नेपालको सत्ता राजनीतिक अभ्यासमा एउटा चरित्र अक्सर दोहोरिन्छ । त्यो के भने, दलहरूबीच सत्ता गठबन्धन बनेकै दिनदेखि यसको भविष्यलाई लिएर अनेक प्रश्न उठ्ने गर्छन् । सत्तारूढ पक्षधर नेताहरू गठबन्धन बलियो भएको वकालत गर्ने गर्छन् भने विपक्षीहरू सरकार ढल्ने दाबी गर्छन् । झन्डै ६ महिनाअघि बनेको कांग्रेस–एमालेको गठबन्धन सरकारको नियति अहिले यस्तै छ । |
अध्यादेशको शासन |
किशोर दहाल |
सामान्यतया संसद्को हिउँदे अधिवेशन पुस पहिलो वा दोस्रो हप्तातिर सुरु भइसक्थ्यो । यसपटक भने माघ दोस्रो साता मात्रै सुरु हुन सक्ने सम्भावना देखिँदै छ । समय भइसक्दा र विपक्षी दलहरूले समेत आग्रह गरिरहँदा सरकारले भने अधिवेशनलाई अकारण धकेलिरहेको छ । र, केही दिनको अन्तरालमा दुई पटक अध्यादेश सिफारिस गरेको छ । |
फलफूलको बेवास्ता, भिटामिनको भ्रम ! |
अरुणा उप्रेती |
डाक्टर साहेब, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ अस्पताल, हेल्थपोस्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः यस्तो सुनेकै हुनुपर्छ । परिवारका बालबालिका वा बिरामीबाट भर्खर तंग्रिन लागेका व्यक्तिलाई हतारमा टनिक खुवाउने प्रचलन अहिले गाउँसहर सबै ठाउँमा बढ्दो छ । |
जलस्रोत राष्ट्रिय पुँजी हो, प्रतिस्पर्धा फराकिलो बनाऊ |
सम्पादकीय |
नेपालका लागि जलस्रोत उज्यालोको मात्र होइन, समृद्धिको पनि स्रोत हो । समृद्धि तब मात्र सम्भव हुन्छ जब राज्यले आयोजनाबाट रोजगारी र राजस्व पनि प्राप्त गर्दछ । जलविद्युत् आयोजना सम्पन्नताका सेतु तब मात्र बन्न सक्छन् जब यसका लागि प्रदान गरिने अनुमति, आउने लगानी र हुने सम्झौता पारदर्शी हुन्छ । वर्षौंसम्म चुपचाप बस्ने र हतारमा आयोजना सुम्पिने प्रवृत्तिले हाम्रा आकर्षक आयोजनाहरू पनि विवादमा पर्दै आएका छन् । |
पुस २८, २०८१ |
राजनीतिमा प्रवृत्तिगत परिवर्तनको खोजी |
किशोर नेपाल |
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संयुक्त सरकार बनेपछि राजनीतिको स्वभाव अलिकति अनौठो तरिकाले बदलिन थालेको देखिन्छ । २०४६ सालको परिवर्तनका यी दुवै सहयात्रीबीचको आपसी सम्बन्ध त्यसपछिको समयमा खासै सुध्रिएको देखिएन । |
अध्यादेशको शासन बन्द गर, संसद्बाट अघि बढ |
सम्पादकीय |
शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गर्ने निर्णय गरेको नेपाल ऐन संशोधन अध्यादेश, भूमिसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश र लगानीसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेशमार्फत कांग्रेस–एमालेको गठबन्धन र वर्तमान सरकारको शासकीय सोचसमेत प्रस्ट गरेको छ । |
पुस २६, २०८१ |
राजनीतिक नेतृत्वको उपार्जन के हो ? |
जेबी विश्वकर्मा |
हिजोआज यात्रा, छलफल, चियागफ, भेला जताततै मानिसमा राजनीतिक नेताप्रति तीव्र आक्रोश देखिन्छ, सुनिन्छ । विशेषगरी ठूला राजनीतिक पार्टीका मुख्य नेतासँग जनताको असन्तुष्टि, आक्रोश र वितृष्णा छ । धेरैको आशय एउटै छ, यी ठूला नेताबाट आशा गर्न सकिँदैन । |
भिजनको राजनीति कि भ्रमको व्यापार ? |
गेजा शर्मा वाग्ले |
सन् २०१६ मा प्रकाशित पंकज मिश्रको ‘एज अफ एंगर’ र २०२४ मा प्रकाशित फरिद जकरियाको ‘एज अफ रिभोलुसन्स’ जस्ता विश्व चर्चित पुस्तकका शीर्षकले नै समाज र राजनीति कुन दिशातर्फ उन्मुख भइरहेको छ भन्ने स्पष्ट सन्देश दिएका छन् । |
बालश्रम हटाउन के गर्ने ? |
विष्णुकुमारी लामिछाने |
बाध्यताले होस् या रहरले, श्रममा आबद्ध बालबालिकाको चौतर्फी विकासको परिकल्पना गर्न सकिँदैन । बालबच्चालाई काम वा जीवनोपयोगी सीप सिकाउनु श्रम होइन तर कमाउ धन्धामा प्रयोग गरी उनीहरूको भविष्य बर्बाद पार्नु बालश्रम हो, बाल अधिकारको हनन् हो । |
चलचित्र सिर्जना हो, सिन्डिकेट अन्त गर |
सम्पादकीय |
चलचित्रकर्मीहरूको संगठन चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले नै अभिव्यक्ति, सिर्जना र व्यवसायलाई नै हतोत्साहित गर्ने बाटो लिएका छन् । चलचित्र क्षेत्रप्रति राज्यका निकायहरू अनुदार हुँदा आवाज उठाउनुपर्ने यस्ता पेसागत संगठनले नै चलचित्र निर्माणदेखि प्रदर्शनसम्म सिन्डिकेट थपेका छन् । |
पुस २५, २०८१ |
छिमेक सम्बन्ध र बीआरआई |
इन्द्र अधिकारी |
विगतको एक महिना नेपालमा सोसल मिडियादेखि कतिपय प्रिन्ट अनि डिजिटल मिडियासमेत नेपाल–चीन, नेपाल–भारत सम्बन्धका बारेमा विभिन्न छलफल, लेख र अडकलबाजीमा व्यस्त रहे । जब मिडियामा एक प्रकारको कथा बन्छ, त्यसैको वरिपरि रहेर सडक, गल्ली र चोकमा चियोचासो हुनु नेपाल जस्तो खुल्ला समाजमा अस्वाभाविक पनि होइन । |
मधेशमा ‘मसिहा राजनीति’ को अन्त्य ! |
चन्द्रकिशोर |
मधेश आन्दोलन लामो यात्राबाट गुज्रियो । तर आन्दोलनको अगुवाइ गर्नेहरू ‘मधेशीजनको मुक्तिको सूत्रधार हामी नै हौं’ भन्ने विभ्रममा रहिरहे, आफूलाई ‘मसिहा’ भनाउन रुचाए । जयगान श्रवण गरेपछि वरिपरि खडा भएकालाई ‘तथास्तु’ पनि गरे । यथार्थ के देखियो भने मुक्तिको सपना बेचेर यी मसिहा कहलिनेहरूले वञ्चित समुदायलाई ‘पूजावाद’ तिर धकेल्दै गए । |
प्राचीन ग्रिक र हिन्दु खगोलशास्त्रीको पृथ्वी विमर्श |
कमल मादेन |
ग्रिसको उत्तरी भागस्थित मेसोडोनियाका राजा अलेक्जेन्डर दि ग्रेटले इसापूर्वर् ३३० मा फारसी साम्राज्य अर्थात् पर्सियन इम्पायर (हिजोआज इरान) माथि जित हासिल गरे । त्यसअघि फारसी साम्राज्यले गान्धार (अफगानिस्तान) देखि सिन्धु उपत्यकाको दक्षिण–पश्चिमी सीमा हाइडास्पिस नदीसम्म जितेको थियो । |
मान्छेले बिर्सने र भूकम्पले सम्झाउने मापदण्ड |
सम्पादकीय |
चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहानै गएको भूकम्पको धक्काले नेपालमा पनि २०७२ वैशाखको गोरखा भूकम्प र २०८० कात्तिकको जाजरकोट भूकम्पको त्रासदी सम्झाइदिएको छ । तिब्बतको डिङ्ग्री काउन्टीमा गएको भूकम्पले त्यहाँ कम्तीमा १२६ को मृत्यु र ठूलो भौतिक क्षति भएको विवरण पनि आइरहेका छन् । |
पुस २४, २०८१ |
अधमतन्त्रको अनुभूतिगत आधार |
सीके लाल |
बिग्रेको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ भन्ने आहान निरपेक्ष नभएर संकेतात्मक सत्य मात्रै हो । आखिर काम नगर्ने घडीमा देखिएको ऋतु शरद हो वा वसन्त अथवा दिउँसोको समय हो वा रातिको भन्ने कुरा अवलोकन गर्नेले स्वयं ठम्याउनुपर्ने हुन्छ । |
निकुञ्ज नीति र आदिवासी विस्थापनको व्यथा |
वीरेन्द्र महतो |
चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालन गरेर आम्दानी गर्ने चर्चा र तयारी फेरि सुरु भएको छ । निकुञ्ज स्थापनापश्चात् पनि त्यहाँभित्र लगभग ३० वर्षसम्म ७ वटा होटल सञ्चालन गरिएको थियो । ती होटल सञ्चालन गरेबापत निकुञ्जको आम्दानीमा र संरक्षणमा खासै सहयोग नपुगेको इतिहास साक्षी छ । |
खेलकुदमा बढ्दो उत्साह, टिठलाग्दो पूर्वाधार |
शिशिर पछाईं |
सन् २०२४ नेपाली खेलकुदका लागि निकै सुखद रह्यो । नेपालीमाझ व्याप्त निराशा चिर्ने एकमात्र साधन र सूत्र अहिले खेलकुद भएको छ । खेलकुद मात्रै त्यस्तो क्षेत्र हो, जसले नेपालीलाई खुसी र विश्वमाझ आत्मसम्मान दिलाएको छ । |
मन्त्रिपरिषद्लाई लगाम लगाउने कि विवेकी बनाउने ? |
सम्पादकीय |
नेपालमा भ्रष्टाचार मौलाइरहेको छ भन्नेमा दुईमत छैन । यो आजको मात्रै अनुभूति होइन, इतिहासदेखिको विरासत हो । सानातिना पदमा रहेकाले गर्ने सामान्य रकमको भ्रष्टाचार त अब आमचासोमा पनि पर्न छाडिसक्यो । |
किसान-उपभोक्ता मूल्यको खाडल कसरी पुर्ने ? |
नुमा थाम्सुहाङ |
भुपबहादुर भट्टराईले धादिङको बेनीघाट रोराङ–७ चरौदीको तरकारी संकलन केन्द्रबाट व्यापारीलाई बेच्दा प्रतिकेजी ७० रुपैयाँ पाए । त्यही गोलभेंडाको मूल्य काठमाडौं आइपुग्दा ठ्याक्कै दोब्बर भयो । |
पुस २३, २०८१ |
कसरी चल्न सक्छन् भैरहवा र पोखरा विमानस्थल ? |
सुशीलबहादुर कार्की |
काठमाडौंमा रहेको देशकै एउटैमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा निर्माण गरिएका भैरहवा र पोखराका दुई विमानस्थलहरू सञ्चालनमा आएको क्रमशः साढे दुई र दुई वर्ष हुँदा पनि नियमित उडानको टुंगो छैन । |
रुसी सेनामा करार सकिए पनि नसकिएका सवाल |
सम्पादकीय |
रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका नेपालीले जीवनमरणको अन्योलपूर्ण दैनिकीबाट मुक्ति पाउने भएका छन् । रुसले करार नवीकरण नगरेपछि नेपाली युवाहरू युद्ध मैदानबाट विस्तारै मस्कोतर्फ फर्किन थालेका छन् । |
बहुउद्देश्यीय जलस्रोत आयोजनाका चुनौती |
सञ्जीव बराल , विष्णुप्रसाद पाण्डे |
वि.सं. २१०० सम्ममा समुन्नत राष्ट्र बनाउने दीर्घकालीन सोचका साथ विकासको कार्यसूचीमा सुशासन, विकास र समृद्धि तय गरिएको थियो । सोहीअनुसार पन्ध्रौं योजनालाई ‘समृद्ध नेपाल, खुसी नेपाली’ को दीर्घकालीन सोच हासिल गर्ने आधार योजनाका रूपमा लिइएको थियो, जसलाई सोह्रौं योजनामा समेत निरन्तरता दिइयो । |
पुस २२, २०८१ |
जुम्ल्याहा टुहुरा : संघीयता र अर्थतन्त्र |
अच्युत वाग्ले |
सत्तारूढ एमाले र कांग्रेसले शासकीय प्रभावकारिताका लागि दस सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका छन् । विगतका संयुक्त वा मिलीजुली सरकारहरू सत्ता–साझेदार दलहरूबीच पर्याप्त संवाद, समन्वय र सहकार्यको अभावमा प्रभावकारी हुन नसकेका र सत्ता–समीकरण छोटो समयमै भाँडिने गरेका थिए । |
कसरी सुधार्ने प्राविधिक शिक्षा ? |
गिरिधारी शर्मा पौडेल |
देश विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षा आज विभिन्न समस्याले आक्रान्त छ । प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्न थालेको छ । ठूलो लगानी गरी तयार गरेका कक्षाकोठा खाली हुँदै गएका छन् । |
अवसरको खोजीमा पहिले सहर, अहिले समुद्रपार |
दुर्गा कँडेल छत्कुली |
दुर्गम गाउँमा माध्यमिक तहको शिक्षा लिन धेरै पर जानुपर्थ्यो । सामान्यतया गाउँको निम्न माध्यमिक तहसम्मको पढाइ सकेर त्यसअघिको शिक्षाबाट विद्यार्थी वञ्चित रहन पुग्थे । अलि हुने खानेका छोराहरू त्यहीं परको माध्यमिक स्कुल र कोही सहर तथा सदरमुकामसम्म पनि गएर नपढेका होइनन् । |
जनप्रतिनिधिसँग कर्मचारी र कर्मचारीसँग जनप्रतिनिधि असन्तुष्ट किन ? |
सम्पादकीय |
देशमा सुशासन छैन, समृद्धि छैन, यो आम विषय हो । त्यस्तै राजनीतिक नेतृत्वले कर्मचारीलाई र कर्मचारीले राजनीतिक नेतृत्वलाई दोष लगाउने प्रवृत्ति पनि पुरानै हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ५० भन्दा बढी सचिवलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर कर्मचारीको दैनिक कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । |
पुस २१, २०८१ |
देउवाकै वरिपरि घुमिरहेको कांग्रेस |
सुजन बञ्जारा |
लोकतन्त्रको स्थापना र त्यसको रक्षाका लागि नेपाली कांग्रेसले सदैव अग्रमोर्चामा रहेर काम गर्दै आएको छ। यस अर्थमा कांग्रेस लोकतान्त्रिक पद्धतिको मेरुदण्ड हो। विगतका कांग्रेसका धेरै गतिविधि अरु पार्टीका लागि समेत उदाहरण र मुलुककै लागि नजिर बन्ने गरेका छन्। |
अदालतमाथि प्रश्न गर्नु मिडियाको धर्म |
बलराम केसी |
हालै नेपाली मिडियामा राजनीतिक प्रकृतिका र नियुक्तिका मुद्दा वर्षौं अल्झिने आशयका समाचार सार्वजनिक भए । प्रधानन्यायाधीशले अब सुधार सुरु गर्नुपर्छ भन्ने म्यासेज यस्ता समाचारले दिन्छन् । समाचारलाई जनताको बहस र लिखित बहसनोट मान्नुपर्छ । आज अदालतप्रति आस्था र विश्वास घटेको छ । नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता र संविधान दुवै पालना भएको छैन । |
लेखा समिति सभापतिवरपर सिर्जित ठगीको लेखाजोखा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.