text stringlengths 2 914 |
|---|
सम्पादकीय |
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीको आरोप लागेका आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट मुक्त गरेका भए पनि उनी प्रश्नबाट मुक्त छैनन् । किनकि, अनिलको ठगीबारे नेता पोखरेल र पार्टीलाई पहिल्यै जानकारी छँदाछँदै उनलाई संरक्षण दिएर जिम्मेवारी दिनु नै अक्षम्य छ । |
पुस १९, २०८१ |
महोदय ! तपाईं स्टालिनवादी हो ? |
केशव दाहाल |
कतिपय मान्छेहरू ठान्छन् कि, पार्टी भनेका नेताका निजी कम्पनी हुन् । सदस्य तिनका कारिन्दा हुन् र नागरिक फगत मूकदर्शक । उनीहरूलाई लाग्छ, पार्टीमा जे हुन्छन्, त्यो उनीहरूको आन्तरिक मामला हो । कुनै पनि पार्टीमा हुने निर्णयलाई अन्य बाहिरियाले खोजबिन, चर्चा र आलोचना गर्नु बेकार कुरा हो । |
संकटमा पहाडे कृषि |
कृष्णप्रसाद पौडेल |
कृषिकर्म आधुनिक मानिसले प्रकृतिका अन्य प्रजातिहरूलाई आफूसँगै घरपालुवा बनाएको ऊर्जा बन्दोबस्तको व्यवस्था हो । यो सम्बन्ध हजारौं वर्षदेखि स्थानीय भूगोल र पर्यावरणमा विकसित, परिमार्जित र उन्नत हुँदै आएको हो । |
पुँजीपतिहरूको लोकतन्त्र |
राजेश विद्रोही |
लोकतन्त्र संसारको सबैभन्दा उत्तम व्यवस्था मानिन्छ । जब लोकतन्त्र धनीपति तथा पुँजीपति दलाल वर्गको हातमा पुग्छ त्यसपछि यसको गरिमा नै सकिन्छ र शासक वर्गको निहित स्वार्थ पूरा गर्ने हतियार बन्छ । यतिबेला नेपाली लोकतन्त्रले यस्तै आरोप खेपिरहेको छ । |
मध्यान्तरका महिला |
सुशीला शर्मा |
प्रायः महिलाहरूको बालबच्चालाई जन्म दिने, उनीहरूको स्याहारसुसार गर्ने र हुर्काउने गरिसकेपछि एउटा उमेर आउँछ । केही स्वतन्त्र भई घुम्ने अवसर पनि उमेरको मध्य अवस्थामा प्राप्त हुन्छ । पढेलेखेका, जागिर खाएका, निवृत्त पुरुषहरू अब समाजले चिन्ने गरी केही गरौं भन्ने हुटहुटी लिएर समाजलाई योगदान दिन केही नयाँ काम गर्न चाहन्छन् । |
अरूलाई होचो बनाएर अग्लो बन्ने भुलभुलैयामा कांग्रेस-एमाले |
सम्पादकीय |
प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेले जुन वाचा गरेर सत्ता गठबन्धन गरेका थिए, त्यसबाट उनीहरू बरालिन थालेका छन् । राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिका लागि दुई दलबीच भएको सहमतिका सन्दर्भमा नागरिकबाट चासो व्यक्त भइरहँदा प्रगति विवरण सार्वजनिक गर्नुको सट्टा सरकार आफैं अस्थिरतालाई नै प्रवर्द्धन गर्ने उद्यममा लागेको छ । |
पुस १८, २०८१ |
परिधिमा पूर्वप्रभुत्वको कूटनीति |
गोपाल खनाल |
पुस ७ (२२ डिसेम्बर) मा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पनामा नहरलाई अमेरिकाका लागि महत्त्वपूर्ण राष्ट्रिय पुँजी भन्दै पुनः नियन्त्रणमा लिने धम्की दिए । अमेरिकी पानीजहाजलाई उच्च ढुवानी शुल्क लिएको भन्दै उनी आक्रोशित छन् । |
सदुपयोग हुन नसकेको वैदेशिक सहायता |
अर्जुनबहादुर कँडेल |
विश्वमा १८औं शताब्दीबाट वैदेशिक सहायताको सुरुवात भएको देखिन्छ । सर्वप्रथम वैदेशिक सहायताको स्वरूप सैन्य सहायताका रूपमा थियो । आजको वैदेशिक सहायताको क्षेत्र र संरचनाको मुख्य आधारभूत कारण दोस्रो विश्वयुद्ध नै हो । |
कोपमा किन मुख्य बनेन हिमालको एजेन्डा ? |
कृष्णा पौडेल |
केही वर्षयता नेपालले पर्वतीय क्षेत्रको मुद्दालाई क्षेत्रीयसँगै विश्वमञ्चमा उठाइरहेको छ । उच्चस्तरीय भ्रमणमा पनि सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरूले जलवायु परिवर्तनले नेपालको हिमाल र हिमाली क्षेत्र तथा जीविकोपार्जनमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएका छन् । विश्व जलवायु सम्मेलनमा त निरन्तर हिमालका मुद्दा उठिरहेको छ । |
वाइडबडी काण्ड : पछिल्लो खुलासाले माग गरेको थप अनुसन्धान |
सम्पादकीय |
पछिल्ला केही वर्षका भ्रष्टाचार काण्डको चर्चा गरिँदा एउटै लयमा आउँछन्– शिविर घोटाला काण्ड, वाइडबडी काण्ड, ललिता निवास काण्ड, यति ओम्नी काण्ड, सुन काण्ड, बाँसबारी काण्ड, गिरीबन्धु काण्ड आदि । ठूलो रकम हिनामिना भएका काण्डको सूचीमा पहिलो नम्बरमै आउने नाम हो, वाइडबडी । |
पुस १७, २०८१ |
कांग्रेसको विकल्प सम्भव छ ? |
लोकराज बराल |
२०१७ साल पुस १ गते तरुण दलको सम्मेलनमा भाग लिन इलामका दुई प्रतिनिधि चाहिनेमा कुलबहादुर गुरुङ एक मात्र भएकाले उनले मलाई त्यस दिनका लागि तरुण दलको सदस्य बनाएका थिए । त्यसै दिन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद भट्टराईलाई त्यही सभाबाट सेनाले पक्रिएको थियो । |
तिम्ले शिखर चढ्यौ, म आधार शिविरमै छुटें |
भुवन ढुंगाना कोइराला |
आज तिमी बितेको पनि पैंतालिस दिन भइसकेछ । यी दिन मलाई तिमीसँग बिताएका सहवासका त्रिपन्न वर्षभन्दा लामो लाग्यो । आँखाका अश्रुजल रित्तिएपछि आज यो शब्द श्रद्धाञ्जली चढाउँदै छु । सम्झनाका शृंखलाबद्ध वर्षहरू, महिना, दिन र पलहरू एकएक गरी आउँछन्, जान्छन् । |
जनसंख्या वृद्धिको समय आयो |
चेतन अधिकारी |
नेपालको घट्दो जनसंख्या वृद्धिदर, बढ्दो प्रवासन र जनसंख्याको असमान भौगोलिक वितरणका विषयमा केही महिनाअघि कुराकानी हुँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यस पंक्तिकारलाई सोधिन्, ‘नेपाललाई चाहिने उपयुक्त जनसंख्या कति हो ?’ भण्डारी २०५२ सालमा जनसंख्या तथा वातावरणमन्त्री थिइन् । |
संविधान संशोधनमा जति साँघुरो बाटो, उति फराकिलो समस्या |
सम्पादकीय |
गत असारमै संविधान संशोधनलाई सहमतिको मुख्य एजेन्डा बनाएर गठबन्धन गरेका कांग्रेस र एमालेले सो विषयमाथिको छलफललाई तीव्रता दिएका छन् । उनीहरूले दुईदलीय कार्यदलमार्फत सो विषयलाई एक चरण अगाडि बढाउने तयारी थालेका हुन् । |
पुस १६, २०८१ |
राष्ट्रिय मेलमिलापको सान्दर्भिकता |
डिला संग्रौला |
२०३३ साल पुस १६ गतेको घटना । नेपाली कांग्रेसका संस्थापक नेता एवं राष्ट्रिय मेलमिलाप नीतिका प्रणेता बीपी कोइराला भारतमा निर्वासित जीवन त्यागेर सहयोद्धा गणेशमान सिंहलगायत नेताहरूसँग स्वदेश फर्कने निर्णय गरेका थिए । तत्कालीन पञ्चायती व्यवस्थाले मृत्युदण्डको सजाय दिन सक्ने अनुमान हुँदाहुँदै पनि राष्ट्रियता जोगाउन र मुलुकको सार्वभौमसत्ता रक्षा गर्न उनले स्वदेश फर्कने साहस देखाएका थिए । त्यो दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ । |
सार्वजनिक बिदा बढाउन कति सम्भव ? |
इन्द्र अधिकारी , उद्धव प्याकुरेल |
सार्वजनिक बिदाका सन्दर्भमा नेपाल धेरैका लागि नौलो देश भएको छ । विश्वका कमै देशमा आइतबार अफिस–डे (कार्यदिन) पर्ने गर्छ । त्यसै कारण पनि नेपाल आएर केही दिन बिताउने विदेशीले यहाँको सार्वजनिक बिदाबारे प्रश्न गर्छन् । |
नेपाली नाताको फराकिलो सिमाना |
सम्पादकीय |
मान्छेको व्यक्तिगत वा सामूहिक स्थानान्तरणको इतिहास उसको उद्विकाससँगै जोडिएको छ । राज्यका पर्खाल ठडिनु र नागरिकताको कागज प्रयोगमा आउनुअघिदेखि मान्छे स्वच्छन्द रूपमा स्थानान्तरण गर्थ्यो । राज्यलाई जब आफ्नै सुरक्षाका लागि समूहको आवश्यकता भयो, तब बसोम्बासीको नियमन र अभिलेख गर्न थालिएको हो । |
पुस १५, २०८१ |
वाम उकुसमुकुसको निकास |
राजाराम गौतम |
नेकपा एमालेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट हटाएपछि र स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारी मुक्त गरेपछि यो पार्टीको गृहकलह सर्वत्र चर्चा र बहसको विषय बनेको छ । |
के पुँजीवादले भ्रष्टाचार बढाउँछ ? |
दीपेश घिमिरे |
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) पुँजीवाद नै भ्रष्टाचारको स्रोत भएको दाबी गर्दछन् । उनका धेरै अन्तर्वार्ता तथा भाषणहरूमा पुँजीवाद नै भ्रष्टाचारको कारण भएकाले पुँजीवादको समूल नष्ट नभएसम्म भ्रष्टाचारको अन्त्य नहुने जिकिर गर्छन् । |
आन्तरिक शान्तिका लागि ध्यान |
विमला ढकाल |
ध्यान हजारौं वर्षदेखि आध्यात्मिक, धार्मिक, यौगिक र धर्मनिरपेक्ष जीवन पद्धतिमा अभ्यास गरिँदै आइएको छ । गत साता विश्वभरका साधकद्वारा विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति भन्ने नाराका साथ योग तथा साधना गरी विश्व ध्यान दिवस मनाइयो । |
टुँडिखेलमै छुटेको ल्होसार |
देवराज गुरुङ |
गुरुङ (तमु) हरूले प्रत्येक वर्ष पुस १५ मा आफ्नो मुख्य पर्व तमु ल्होसार मनाउँछन् । तमु भाषामा ‘ल्हो’ भनेको वर्ष अर्थात् वर्ग र ‘सार’ भन्नाले प्रारम्भ हो । जसको अर्थ नयाँ वर्षको सुरुवात भन्ने नै हुन्छ । तमु पात्रोअनुसार यस वर्षको पुस १५ बाट मुप्री ल्हो (गिद्ध/गरुड वर्ग) को बिदाइ र सप्री ल्हो (सर्प वर्ष) को आगमन हुँदै छ । |
बिर्ता उन्मूलनको ६५ वर्षपछि पनि कोही किन बिर्तावाल छ ? |
सम्पादकीय |
पुस्तौंदेखि जमिन एउटाले जोतिरहेको छ । उसले बगाएको पसिनाले त्यो जमिन सिञ्चित छ । उसले त्यो जमिन खोसेको होइन, शासकको निगाहमा प्राप्त गरेको होइन । बरु अनेकौं हन्डरठक्कर खाँदै, दस नङ्ग्रा खियाउँदै, बन्जर जमिनलाई बालीनाली फल्ने–फुल्ने बनाएको हो । |
पुस १४, २०८१ |
बीआरआईमा विवाद र नयाँ शीतयुद्ध |
हरि रोका |
सन् १९१४–१९ को पहिलो विश्वयुद्ध विकसित मुलुकबीच दोस्रो र तेस्रो विश्वमा अवस्थित बजार कसले कब्जा गर्ने भन्ने विषयमा सुरु हुन पुगेको थियो । दोस्रो विश्वयुद्ध पहिलो युद्धको निचोडमा जन्मिएको आन्तरिक तथा बाह्य ऋण जालो, असमानता र अपमानपूर्ण व्यवहारका कारण हुन पुगेको थियो (हब्सवाम, एरिक (१९९४) दि एज अफ एक्स्ट्रिम ए हिस्ट्री अफ दि वर्ल्ड’ (१९१४–१९९१) भिन्टेज । |
त्रिवि स्वर्ण दीक्षान्त समारोहलाई स्वर्णिम बनाउने छात्राहरू |
सम्पादकीय |
त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष आफ्ना विद्यार्थीलाई दीक्षित गरिरहँदा कैयौं रोचक दृश्य देखिन्छन् । शनिबार आयोजित दीक्षान्त समारोहमा त्यस्ता कैयौं दृश्यलाई पार्श्वमा धकेल्ने सन्दर्भ थियो– सर्वोत्कृष्ट भएकाहरूलाई उसले प्रदान गरेको २२ वटा पदक र पुरस्कारमध्ये १७ वटा छात्राले पाएका छन् । |
पुस १२, २०८१ |
विद्यालय शिक्षामा आमूल परिवर्तनमा ढिलाइ |
जेबी विश्वकर्मा |
विद्यालय औपचारिक शिक्षाको पहिलो र महत्त्वपूर्ण प्रस्थानबिन्दु हो । सैद्धान्तिक रूपमा विद्यालय शिक्षाले व्यक्तिमा अन्तरनिहीत क्षमताको पहिचान, विकास र रचनात्मक अभ्यास गर्ने परिवेश निर्माण गर्नुपर्छ । यति मात्रै होइन, मानव जीवन, समाज, संस्कृति र राजनीति जस्ता बहुआयमिक सवालबारे बुझ्ने र बदल्ने विवेकसहितको व्यक्ति निर्माण गर्नुपर्छ । |
कांग्रेसमा पात्र फरक, प्रवृत्ति पुरानै |
जैनेन्द्र जीवन |
नेपाली कांग्रेसका नेतागण न आफ्नो अनुभवबाटै पाठ सिक्छन्, न इतिहासबाट । अनि, हरेक पुस्ताका नेताहरू एकपछि अर्को ठूलाठूला र ऐतिहासिक भूल दोहोर्याइरहन्छन्, जो बहुधा पार्टीका लागि आत्मघाती हुन्छन् । तर त्यसो भए पनि एकफेर गिरिजाप्रसाद कोइराला वा शेरबहादुर देउवाजस्तो सभापति अथवा शेखर कोइरालाजस्तो ठूलै गुट चलाउने नेता भयो भने ऊ पार्टीभित्र कतै पनि प्रश्नको दायरामा आउँदैन । |
आधुनिकताले छोपेको तमू ल्होसार |
गौरी तमू |
गुरुङ भाषामा गुरुङलाई ‘तमू’ भनिन्छ । ‘त’ ले बज्र, माथि, घोडा र बन्चरोलाई जनाउँछ भने ‘मू’ ले आकाशलाई । यसरी हेर्दा तमूको अर्थ आकाशको बज्र, घोडा अथवा घोडा पालक तथा लेकाली मानिसलाई जनाउँछ । अर्थात्, हिमालनेरका पहाडको माथिल्लो भागमा बस्ने मानिस नै तमू हुन् । |
बिजोग सडकजस्तै सरकार |
राजेन्द्रसिंह भण्डारी |
सरकार जसको वा जसले बनाए पनि जनहितका सवाल ज्युँका त्युँ रहने प्रवृत्तिका कारण मुलुकले गति लिन सकिरहेको छैन । सरकार झन्डै दुई तिहाइको बन्दासमेत राष्ट्रको बृहत्तर हितलाई दीर्घकालीन रूपमै प्रभाव पार्न सक्ने दुई–तीन काम पनि हुन नसक्ने भएपछि सरकार त उत्तानो परेको महसुस हुने नै भयो । |
बहुदलीय जनवादी पार्टीभित्र भक्तिगानको भवितव्य |
सम्पादकीय |
ती राजनीतिक दल मात्र लोकतन्त्रका संवाहक बन्न सक्छन् जसले आफ्नै संरचनाभित्र पनि लोकतान्त्रिक अभ्यास गर्छन् । लोकतन्त्र भनेको अरूलाई पढाउने पाठ मात्रै होइन, आफैं अभ्यास गर्ने उपक्रम पनि हो । तर, जनमतका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सबैभन्दा ठूलो दल एमालेले भने आफ्नै लोकतान्त्रिक धरातल निरन्तर कमजोर बनाउँदै लगेको छ । |
पुस ११, २०८१ |
दमास्कसमा शक्ति केन्द्रहरूको दलदल |
शुभशंकर कँडेल |
उत्साह र बदलाको भावनामा मानिसहरूले जे पनि गर्ने र भयमुनिको दशकौंको बसाइ जब अचानक समाप्त हुन्छ, पुरानो सत्ता र लालचका भौतिक प्रतीकहरूलाई सिरियाको मुख्य प्रशासकीय भवनमा नष्ट गरिरहेको घटनाका रूपमा देख्न सकिन्छ । साधारण सिरियाली नागरिकले दमास्कसमा पूर्वशासक असदको निवासलाई खुसीपूर्वक लुटेको दृश्य देख्दा असहज लाग्न सक्छ । |
लोकतन्त्रको पहिलो सर्त सामाजिक सामञ्जस्य |
चन्द्रकिशोर |
भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को प्रतिस्पर्धामा एउटा त्यस्तो समूहको जित भयो, जसको जितलाई स्वीकार गर्ने मानसिक तयारी एउटा खास वृत्तमा थिएन । अनि विवाद बाहिरियो । जब नचिताइएको त्यो समूहले साँच्चिकै बाजी मार्यो, तब प्रतिस्पर्धात्मक श्रेष्ठता कबुल गर्न गाह्रो भयो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.