text
stringlengths
2
914
संक्रमणकालीन न्याय संकटमा
विद्याधर मल्लिक
एक दशक लामो सशस्त्र माओवादी विद्रोह (जनयुद्ध) अन्त्यका लागि शान्ति प्रक्रिया सुरु गरिएको थियो । २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौताबाट सुरुवाती निष्कर्षमा पुगी मुलुक संक्रमणकालीन चरणमा प्रवेश गर्‍यो ।
सुपादेउरालीले खोजेको विकास
अन्जु केसी
बागलुङदेखि परदेश जान हिँडेका एक जवान सुपादेउराली पुग्छन् र फूलअबिर चढाउँछन् । आफू फौजमा भर्ती हुन पाऊँ भनी मनकामना व्यक्त गर्छन् । पूरा भएमा देवीको पूजाआजा गरी बलि दिने भाकलसमेत गरेर उनको यात्रा मुग्लानतिर सोझिन्छ ।
सहकारी अध्यादेश बन्न सक्छ समस्या समाधानको प्रस्थानबिन्दु
सम्पादकीय
सहकारी क्षेत्रमा देखिएका अनेकौं अन्योल, खराब नियत राख्ने व्यक्तिले गर्दै आएको बचत दुरुपयोग र त्यसले सिर्जना गरेका अनेकौं समस्याहरू आम छलफलको विषय बनिरहेको पृष्ठभूमिमा सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ ।
पुस १०, २०८१
शब्दमा सन्निहित समयबोध
सीके लाल
आफ्नो जीवनको सबभन्दा ऊर्जावान, उत्पादनशील र सिर्जनात्मक वर्षहरू नेपालीय मिथिलाको शिक्षा क्षेत्रलाई समर्पण गरेका महेन्द्र मलंगियालाई भारत सरकारले सन् २०२४ को साहित्य अकादेमी पुरस्कार दिने भएको छ । बहुआयामिक सर्जक रहेकाले ‘मलंगिया सर’को नामका अगाडि विशेषक थपेर उनको योगदानलाई बाँध्न मिल्दैन ।
आर्थिक पारदर्शितामा चुकेका दल
आन्विका गिरी , निराशी थामी , अनुसा बस्नेत
नेपालका सबै राजनीतिक दलले भ्रष्टाचारको अन्त्य र सुशासनलाई प्रमुख मुद्दा बनाएका छन् । यी मुद्दा ती दलका विधान तथा घोषणापत्रमा प्रतिबिम्बित हुन्छन्, नेताका भाषणमा सबैभन्दा बढी आउँछन् । भ्रष्टाचारको अन्त्य र सुशासनका लागि पारदर्शिता महत्त्वपूर्ण सर्त हो । तर, देशकै भ्रष्टाचार अन्त्य र सुशासनको कुरा त धेरै नै बृहत् भयो, दलको आर्थिक मामिला नै पारदर्शी छैन ।
कूटनीति र जलवायु न्याय
एकराज पाठक
पछिल्लो समय विश्वका अतिकम विकसित देश विविध कारण बढी समस्यामा छन् । कोभिड महामारी, रुस–युक्रेन युद्ध, विभिन्न देशका आन्तरिक तथा अन्तरदेशीय भूराजनीतिक तनावले यी देश जेलिएका छन् । आन्तरिक द्वन्द्व, सशस्त्र विद्रोह एवं आतंकवादको समस्या त छँदै छ, यी बाहेक ती देशमाथि अकल्पनीय र जबर्जस्त थपिन पुगेको बोझ हो, जलवायु परिवर्तन ।
युक्रेनबाट किस्ता किस्तामा आउने मृत्युका खबर
सम्पादकीय
जुन परिवारका युवा रुस–युक्रेन युद्धको मोर्चामा खटिएका छन्, तिनका परिवारको हरेक रात दुःस्वप्नमा बितिरहेको छ । युद्धमा मारिएका नेपालीको सूची सार्वजनिक हुँदा सिंगो देश झस्किने गरेको छ । सोमबार फेरि त्यस्तै खबर आयो– रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा खटिएका थप १० नेपालीको मृत्यु भएको पुष्टि परराष्ट्र मन्त्रालयले गर्‍यो ।
पुस ९, २०८१
सम्हालिँदै भारतको ‘छिमेक पहिला’ नीति
विष्णु रिजाल
भारतबाट आधा शताब्दीदेखि प्रकाशित विश्लेषणात्मक साप्ताहिक म्यागजिन ‘इन्डिया टुडे’ ले अगस्ट १९, २०२४ को अंकमा सनसनीपूर्ण ‘कभर स्टोरी‘ छाप्यो– ‘सर्कल अफ फायर: ह्वाइ इन्डिया सुड वरी’ ।
नीतिगत भ्रष्टाचार र ‘कार्यकारीमाथि लगाम’ को प्रश्न
दुर्गा खनाल
मन्त्रिपरिषद्का निर्णय पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न पाउने व्यवस्थासहितको प्रतिवेदन संसदीय उपसमितिले तयार पारेपछि अहिले प्रधानमन्त्री र प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबीच ‘शीतयुद्ध’ सुरु भएको छ ।
कहाँ कसरी खर्च भइरहेको छ सार्वजनिक ऋण ?
सम्पादकीय
हरेक पटक सार्वजनिक ऋणसँग सम्बन्धित तथ्यांक सार्वजनिक हुँदा केही विषय सँगसँगै चर्चामा आउँछन् । जस्तो कि, हामी ऋणको जालोमा फसिरहेका त छैनौं ? हामीले लिइरहेको बाह्य तथा आन्तरिक ऋणको सदुपयोग भइरहेको छ त ? ऋणबाट अपेक्षाकृत प्रतिफल प्राप्त भइरहेको छ त ?
पुस ८, २०८१
आमसञ्चारबिनाको लोकतन्त्रको भविष्य
अच्युत वाग्ले
परम्परागत आमसञ्चारका माध्यम यतिखेर अस्तित्वको लडाइँमा छन् । तीमध्ये संसारभरिकै छापा माध्यम क्रमशः मृत्युउन्मुख छन् । सन् २००५ देखि २०२४ सम्म संयुक्त राज्य अमेरिकामा मात्रै झन्डै तीन हजार पत्रपत्रिका बन्द भए । सन् २०२२ मा हप्तामा दुईवटाको तुलनामा, सन् २०२३ मा प्रत्येक हप्ता औसत अढाईवटा पत्रिका बन्द भए ।
परीक्षामा सहभागी नै नभएका विद्यार्थी कसरी पास भए ?
सम्पादकीय
नेपालका विश्वविद्यालयहरूको प्राज्ञिक धरातल कमजोर रहेकामा तुलनात्मक रूपमा आशा गर्न सकिने उदाहरण हो, काठमाडौं विश्वविद्यालय । यसका लागि उक्त विश्वविद्यालयका विगतदेखिका पदाधिकारी, प्राध्यापकहरूलगायत अध्यापनसँग जोडिएका प्राज्ञिक व्यक्तित्व, यस संस्थालाई विश्वास गर्ने विद्यार्थी र अभिभावक तथा आर्थिक–भौतिक सहयोग गर्ने शुभचिन्तकको अथक मिहिनेतको ठूलो भूमिका छ ।
ज्ञान, बुद्धि, मति र साँचो मानिस
केपी शर्मा ओली
प्रिय छोराछोरी, पृथ्वीमा जीवनको सुरुवात एक अद्भुत रहस्य हो । वनस्पति, जीवजन्तु र सामुद्रिक जीवहरूले यस ग्रहलाई भरिदिए । ती सबैभन्दा पहिले आए, हामी मानवचाहिँ सबैभन्दा पछिल्लो आगन्तुकजस्तै यस धर्तीमा प्रवेश गर्‍यौं ।
पुस ७, २०८१
एकीकृत आप्रवासन नीतिका आधारभूत पक्ष
मीना पौडेल
नेपाल सरकारका तर्फबाट श्रम आप्रवासनको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वि.सं. २०६४ को वैदेशिक रोजगार ऐन परिमार्जन गरी नयाँ नीतिगत खाका तयार पार्ने भनेर उसका आर्थिक र प्राविधिक साझेदारहरूको सहकार्यमा प्रक्रिया सुरु गरेको भन्दै गत वर्ष सार्वजनिक गरेको थियो ।
क्रिकेटलाई साथ दिन पूर्वाधार बनाऊ
सम्पादकीय
नेपाली क्रिकेटको घरेलु महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारबाट अन्त्य भएको छ । यो अन्त्य एउटा प्रारम्भ पनि हो । मुख्यतः नेपालमा क्रिकेटको गुणात्मक विकासका लागि एउटा प्रस्थानबिन्दु हुन सक्ने पर्याप्त आधार छन् ।
पुस ५, २०८१
पतञ्जली जग्गामा कठघराको खोजी
गौरीबहादुर कार्की
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रे जिल्लामा ८ सय १५ रोपनी हदबन्दीभन्दा बढी जग्गा किन्न नेपाल सरकारबाट २०६६ माघ १८ मा अनुमति पायो । उसले आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेद औषधि उद्योग र गाई फार्म चलाउन तथा जडीबुटी खेती गर्न अनुमति पाएको थियो ।
शिक्षा विधेयकको खास समस्या
टीका भट्टराई
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमा परामर्श चलिरहेको छ । यसले यस चरणसम्म आइपुग्दा १० मन्त्री र दुई सभापति बेहोरेछ । यसमा सांसदहरूले स्वतन्त्र रूपमा संशोधन हाल्न पाए ।
सुशासनका लागि पारदर्शिता
तारा वाग्ले
सरकारले गर्ने हरेक सार्वजनिक कार्य पारदर्शी भए मात्र देशमा भ्रष्टाचार, अनियमितता र अपराध हुन पाउँदैन । सुशासनको अवस्थाका आधारमा मात्र कुनै पनि देशको लोकतन्त्र कति बलियो छ भनेर आकलन गर्न सकिन्छ ।
क्रिकेटको लोकप्रियतासँगै बौद्धिक सम्पत्तिको चासो
विमलप्रसाद बराल
नेपाल प्रिमियर लिग (एनपीएल) सकिने तर्खरमा छ । मंसिर १५ देखि सुरु यो प्रतियोगितामा राष्ट्रियस्तरका अधिकांश खेलाडी र क्रिकेट पावरहाउस राष्ट्र भारत, बेलायत, अस्ट्रेलियासहितका अन्तर्राष्ट्रिय खेलाडी पनि क्लबमार्फत सहभागी छन् ।
ललिता निवासदेखि बालमन्दिर र अब त्रिविको जग्गा प्रकरण
सम्पादकीय
ललिता निवास, बाँसबारी, बालमन्दिर र अब त्रिभुवन विश्वविद्यालय । सार्वजनिक जग्गा अतिक्रमण तथा हिनामिनाको अर्को प्रकरण सहतमा आएको छ । त्रिवि र यसअन्तर्गतका उपत्यकाका आंगिक क्याम्पसको जग्गा खोजबिनका लागि सरकारले गठन गरेको आयोगले २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमणको तथ्य पत्ता लगाएको छ ।
पुस ४, २०८१
विश्वविद्यालयको जग्गा प्रकरणमा प्रधानमन्त्रीले के गर्लान् ?
जनकराज सापकोटा
ललिता निवास जग्गा हिनामिना प्रकरणको अन्त्य हुन नपाउँदै त्रिभुवन विश्वविद्यालयको जग्गा हिनमिनाको प्रकरण सतहमा आएको छ । सरकारी जग्गा हिनामिना प्रकरणका विगतका नजिर केलाउने हो भने उतिबेला जे-जस्ता संशय सतहमा प्रकट भएका थिए, अहिले पनि त्यस्तै संशयहरू हामीसामु छन् ।
भाष्यको चक्रव्यूहमा नेपाली समाज
लेखनाथ पाण्डे
सञ्चारका प्रसिद्ध प्राध्यापक वाल्टर फिसर भन्छन्– ‘मानिस स्वभावतः कथावाचक प्राणी (होमो न्यारान्स्) हो ।’ फिसरले पुस्तकै लेखेका छन्, ‘ह्युमन कम्युनिकेसन एज न्यारेसन’ (१९८७) । उनका अनुसार मानव सञ्चारका दुई मुख्य पाटा छन् : तार्किक (लजिकल प्याराडाइम) र कथनात्मक (न्यारेटिभ प्याराडाइम) ।
रुजवेल्ट, ‘फर्स्ट न्यु डिल’ र नेपालको अर्थतन्त्र
गुरुप्रसाद पौडेल
अमेरिकाको स्टकबजारमा अक्टोबर २९, १९२९ मा तीव्र गिरावट आयो । वालस्ट्रिट लगभग क्र्यासको अवस्थामा पुग्यो । त्यसको धक्का वित्तीय प्रणालीलगायत समग्र अमेरिकी अर्थतन्त्रमा पर्‍यो । सन् १९२९ देखि १९३३ सम्मको अवधिमा करिब नौ हजारभन्दा बढी अमेरिकी बैंकहरू बन्द भए ।
उपनिर्वाचनले माओवादीलाई दिएको सन्देश
परशुराम रम्तेल
देशका ४४ पालिकामा भर्खरै उपनिर्वाचन सम्पन्न भएको छ । २०७९ सालमा भएको निर्वाचनबाट स्थापित तीन ठूला राजनीतिक दल नै यस निर्वाचनमा पनि विजयी भएका छन् । यद्यपि, अन्य राजनीतिक दल र स्वतन्त्र व्यक्तिले पनि केही सिट जित्न सफल भएका छन् ।
खाँचो स्रष्टा कल्याणकारी कोषको
सविता विमली
नेपाल प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शनको संरक्षण, विकास तथा उन्नयनमा लागिपर्ने राज्यको निकाय हो । स्थापनाकाल २०१४ सालदेखि नै यसमा राज्यले लगानी गर्दै आएको छ । २०६२/६३ को परिवर्तनपछि अन्य दुई प्रतिष्ठान पनि सञ्चालनमा आएका छन्– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ।
आप्रवासी नेपालीको छवि र क्षमताको सदुपयोग कहिले ?
सम्पादकीय
आधुनिक राज्यहरू संस्थागत हुँदै गएपछि बसाइँसराइको लेखाजोखा हुन लागेको मात्र हो, खासमा बसाइँसराइकै कारण मानव सभ्यता विकास हुन सम्भव भएको हो । आदिमकालमा मानवजाति अस्तित्व बचाउन बसाइँसराइ गर्थ्यो भने अहिले आफ्नो आर्थिक तथा संज्ञानात्मक क्षमता विकासका लागि बसाइँसराइ गर्छ ।
पुस ३, २०८१
मतदाता स्वतः दर्ता प्रणालीको आवश्यकता
विकल राई
निर्वाचन लोकतन्त्रको प्राण हो । लोकतन्त्रको आधारशिला भनेकै निर्वाचन र त्यसको परिणाममार्फत दिइने शासनको उत्तरदायित्व हो । निर्वाचनमा मतदानमार्फत जनताले यो व्यवस्थाले परिकल्पना गर्ने हदसम्मको सुन्दरतम् परिणामको अपेक्षा गर्छन् र पाँच वर्षका लागि आफ्नो सार्वभौम अधिकार मतदान गरेको व्यक्तिमा प्रत्यायोजन गरिदिन्छन् ।
विप्रेषणमा तथ्यांक र मिथ्यांकको मिसमास
जीवन बानियाँ , सदीक्षा भट्टराई
केही दशकदेखि विप्रेषण (रेमिट्यान्स) ले वैदेशिक मुद्रा सञ्चितिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । केही वर्षयता त १२ देखि १८ महिनासम्म वस्तु वा सेवा आयात गर्न धान्ने आकलन भइरहेको छ । विप्रेषणले नै कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीमा देशको अर्थतन्त्रमा गहिरो असर पर्नबाट जोगायो भनी सार्वजनिक वृत्तमा भनिन्छ ।
स्थानीय सरकारलाई बेग्लै प्रतिष्ठान
राजेन्द्रप्रसाद प्याकुरेल
नेपालको मूल संरचना तीन तहको हुने र यिनको सञ्चालन सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तबमोजिम हुने व्यवस्था संविधानले गरेको छ । तीनै तहका सरकार एकअर्का मातहतमा नभई संविधान मातहत सञ्चालन हुनेछन् ।
वैकल्पिक राजनीतिको खोजी
मेखराज उदय
हाम्रा राजनीतिक दल, शक्ति, समूह आदिको स्थापना, आधार एवं धरातलसमेत सामेली र लोकतान्त्रिक विधिअनुरूप छैनन् । जातीय, साम्प्रदायिक, क्षेत्रीय, लैंगिक, धार्मिक, भाषिक, वर्गीय, सामाजिक–सांस्कृतिक विविधतायुक्त मुलुकका राजनीतिक दल, शक्ति तिनका नीति, विधान र नेतृत्व समावेशी र लोकतान्त्रिक छैनन् ।
संक्रमणकालीन न्यायमा दिक्कलाग्दो दलीय दाउपेच
सम्पादकीय
५० को दशकमा सुरु भएको द्वन्द्वबाट पीडितलाई न्याय दिने प्रक्रिया ८० को दशकको सुरुवातमा पनि अलपत्र परेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले सहमति जुटाउन नसकी आफ्नो म्याद र वैधानिकता गुमाएको छ ।