text
stringlengths
2
914
राजनीतिमा लैंगिक हिंसा सम्बोधनको आवश्यकता
नीलम शर्मा
यतिबेला संसारभर नै लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । लिंगका आधारमा, खासगरी महिला र बालिकामाथि हुने हिंसा नेपालको मात्र नभएर विश्वकै चुनौती हो । विश्व स्वास्थ्य संगठनले हिंसाको बृहत् परिभाषा गरेको छ ।
मानवअधिकार आयोगको स्वागतयोग्य सक्रियता
सम्पादकीय
मानव तस्करीको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने विषय सत्ताको बलमिच्याइँ मात्रै रहेन, मानवअधिकारको विषय पनि बनेको छ ।
मंसिर २०, २०८१
यसकारण चाहिन्छ प्रदेश
सोमत घिमिरे
अहिले संघीयताको विपक्षमा तर्क गर्नेहरूका लागि प्रदेश खारेजी क्रान्तिकारी नारा बनेको छ । स्थानीय सरकारले एक किसिमको उपस्थिति देखाइसकेका हुनाले संघीयताको विरोध गर्न परे मानिसहरू प्रदेशलाई तारो बनाइरहेका छन् ।
के स्तरीय शिक्षाका लागि मात्र युवा पलायन भइरहेका हुन् ?
टीका भट्टराई
युवा पलायन हाम्रो सामाजिक संलापको विषय भएको छ । एकथरी जो अलि हुनेखाने छन्, उनीहरू पढ्ने भनेर युरोप, अमेरिका, अस्ट्रेलियातिर जान्छन् । अर्काथरी छन्, जो घर चलाउन यहाँ पाइरहेको भन्दा श्रमको धेरै मूल्य पाउन खास गरी खाडीका देशतिर जान्छन् ।
कहाँ गए पानीचरा ?
कृष्णप्रसाद भुसाल
पानी र जमिन दुवैको अस्तित्व भएका सिमसार क्षेत्रमा आश्रित हुने चराका प्रजातिलाई जलपन्छी अथवा पानीचरा भनिन्छ । प्रजनन, चरन र विचरणका लागि यी चरालाई जलीय पर्यावरण आवश्यक पर्छ । नेपालमा हालसम्म अभिलेख भएका चराका ८ सय ९२ प्रजातिमध्ये करिब २ सय प्रजातिका पानीचरा छन् ।
कोरियाली जनता र संसद्को अनुकरणीय अग्रसरता
सम्पादकीय
राष्ट्रपतिबाट घोषित सैनिक शासनको त्रासदीबाट दक्षिण कोरिया जोगिएको छ, जनताको जागरुकता र राजनीतिक दलहरूको सक्रियताका कारण लोकतन्त्रको रक्षा सम्भव भएको हो । राष्ट्रपति युन सुक येओलले मंगलबार घोषणा गरेको आपत्कालीन सैन्य कानुन (मार्सल ल) का विरुद्धमा त्यहाँको राष्ट्रिय सभा एक मत भएर उभियो ।
विपद् र विकास मोडल
डिला संग्रौला
पाल विपद्को उच्च जोखिम भएका मुलुकमध्येमा पर्छ । मौसमजन्य, भौगर्भिक, जैविक विविधता विनाश तथा जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणबाट निकै संकटासन्न अवस्थामा रहेको घटनाले प्रमाणित गर्दै लगेका छन् ।
मंसिर १९, २०८१
मुख्यमन्त्रीका सवालहरू
खिमलाल देवकोटा
कान्तिपुर मिडिया ग्रुप’ ले केही साताअगाडि ‘कान्तिपुर कन्क्लेभ २०२४’ आयोजना गरेको थियो । त्यहाँ प्रधानमन्त्रीलगायत मुख्यमन्त्रीहरूलाई आमन्त्रण गरिएको थियो ।
कसरी सुधार्ने विद्यालय शिक्षा ?
गिरिधारी शर्मा पौडेल
संविधानको भाग ३, धारा ३१ ले प्रत्येक नेपाली नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क हुने गरी नागरिकको शिक्षा पाउने हकको प्रत्याभूति र राज्यको दायित्व किटान गरेको छ ।
मानव तस्करीमा मन्त्रीलाई मुक्ति
गौरीबहादुर कार्की
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी चल्तीका अधिवक्ता पनि हुन् । उनी मोरङ–२ को प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका थिए । कोशी सरकारका प्रवक्तासमेत रहेका अधिकारी कात्तिक ११ मा कार्यक्रमका लागि जापान गएका थिए ।
अपांगता भएका व्यक्तिको सामाजिक सम्मान
कल्पना नेपाल आचार्य
नेपाल अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि–२००६ को पक्ष राष्ट्र भइसकेको छ । महासन्धिको प्रतिबद्धतालाई पालना गर्न अपांगता भएका व्यक्तिको अधिकारको संरक्षण र संवर्द्धन लागि नीति, ऐन, कानुन, निर्देशिका, योजना र कार्यक्रममा जोड दिँदै आएको छ ।
दुई देशको सम्बन्धलाई लेनदेनले होइन, सद्भावले मात्र निरन्तरता दिन सक्छ
सम्पादकीय
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नौवटा बुँदामा सहमति/समझदारीपत्रमा हस्ताक्षर भएसँगै जारी भ्रमणको ‘उपलब्धि’ को स्पष्ट चित्र आकलन गर्न सकिने भएको छ ।
मंसिर १८, २०८१
ट्रम्प–मस्क ओलिगार्की
शुभशंकर कँडेल
‘ट्रम्प खराब व्यापारी, तर चलाख सेल्सम्यान हुन्’ भन्ने कुरा २०१६ को अप्रत्याशित विजय र २०२० को पराजयबाट सिकेको पाठले पुष्टि गर्दछ । चिनियाँ र मेक्सिकन उद्योग फिर्ता, मुस्लिमहरू आतंककारी, आप्रवासी हाम्रा दुस्मन हुन् भन्ने उनको कथनले अमेरिकी मतदातालाई आकर्षित गर्‍यो ।
नयाँ अनुहार होइन, नयाँ संकल्प र निष्ठाको खोजीमा मतदाता
सम्पादकीय
उपनिर्वाचन २०८१ अन्तर्गत कुल ४४ पदका लागि भएको निर्वाचनको सम्पूर्ण परिणाम आएको छ । दुई वटा जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडाको अध्यक्षको निर्वाचन निर्विरोध नै भएको थियो । पालिका प्रमुख र उपप्रमुख ८ तथा वडाध्यक्ष ३३ गरी कुल ४१ पदका लागि आइतबार भएको निर्वाचनमा ६२ प्रतिशत हाराहारी मत खसेको छ ।
अपांगता भएका व्यक्तिलाई समान पहुँच कहिले ?
प्रकाश पन्थ
अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर हरेक वर्ष डिसेम्बर ३ मा मनाइन्छ । यो दिवस १९९२ देखि संयुक्त राष्ट्रसंघको पहलमा अपांगता भएका व्यक्तिको अधिकार, सम्मान र समावेशी समाजको महत्त्वलाई उजागर गर्नका लागि मनाउन थालिएको हो ।
मंसिर १७, २०८१
प्रधानमन्त्रीको उत्तरी उडान
राजाराम गौतम
प्रधानमन्त्री केपी शर्मा ओली केही संशय अनि केही आशा लिएर जम्बो टोलीसहित चारदिने चीन भ्रमणमा आज निस्कने भएका छन् । संशय यस अर्थमा कि, भ्रमणको औपचारिक घोषणा नै नभई झन्डै तीन सातादेखि यो ‘राष्ट्रिय गफ’ (बहस पनि भन्न सकिएला) को विषय बन्यो । र, भ्रमण एजेन्डा गिजोलियो ।
कस्तो अर्थतन्त्र, कस्तो विकास मोडल ?
गेजा शर्मा वाग्ले
२०४६ मा बहुदलीय लोकतन्त्र र २०६३ मा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि अपेक्षाकृत आर्थिक विकास नभएपछि नेपालको अर्थनीति र विकास मोडलबारे प्रश्न उठेका छन् । २०४८ को आमनिर्वाचनबाट गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको कांग्रेस सरकारले नीतिगत ‘डिपार्चर’ गरी उदार अर्थनीति अनुसरण गरेको थियो ।
एचआईभी संक्रमितप्रति राज्यको सरोकार
सम्झना शर्मा
विश्वमा १९८० देखि एचआईभी महामारी सुरु भयो भने अमेरिकामा पहिलोचोटि स्वास्थ्य समस्याका रूपमा ग्रहण गरियो । सिमियन इम्युनोडिफिसिएन्सी भाइरस (एसआईभी) संक्रमित चिम्पान्जीबाट १९२० तिरै उक्त भाइरस मानिसमा सरेको अध्ययनबाट देखिएको छ । एसआईभी मानिसमा सरेको हुनाले यसलाई एचआईभी भनिएको हो ।
मलको बर्सेनि अभाव, किसानलाई सधैं तनाव
सम्पादकीय
कृषि प्रधान देश भनेर के गर्नु ! जबजब किसानलाई रासायनिक मलको आवश्यकता हुन्छ, त्यही बेला अभाव हुन्छ । यस वर्ष त्यही नियति दोहोरिएको छ । दिगो समाधान खोज्न आधिकारिक निकायबाट पहल हुन सकेको छैन ।
मंसिर १६, २०८१
प्रधानमन्त्रीको चीन भ्रमणबाट अपेक्षा
गणेशप्रसाद तिमिल्सिना
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको छ । यतिबेला प्रधानमन्त्रीको भ्रमण र त्यसका एजेन्डाबारेको चर्चा व्यापक हुँदै छ ।
एनपीएलले ल्याएको उभार
सम्पादकीय
क्रिकेटको नेपाली महाकुम्भ शनिबारदेखि सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा १२ हजारभन्दा बढी दर्शकको उपस्थितिमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको प्रतिस्पर्धासँगै नेपाल प्रिमियर लिग (एनपीएल) को औपचारिक आरम्भ भएको हो ।
मंसिर १४, २०८१
हलचल खोजिरहेको आदिवासी आन्दोलन
जेबी विश्वकर्मा
गत नोभेम्बर १४ न्युजिल्यान्डको संसद्मा सशक्त हाका नृत्य (माओरी आदिवासीको शक्ति, एकता र गर्वसहितको सांस्कृतिक पहिचान र भावना अभिव्यक्त गर्ने माध्यम) प्रस्तुत भयो । संसारभरि चर्चा भइरहेको प्रतिरोधी नृत्य आदिवासी माओरी समुदायकी २२ वर्षीया युवा सांसद हाना रावहिटी माइपी–र्क्लकले सुरु गरेकी थिइन् ।
एसियाली जनसंख्या सम्मेलनबाट नेपालले लिन सक्ने लाभ
चेतन अधिकारी
कुनै बेलाको युवा ‘विश्व मान्छे’ को उमेरजस्तै क्रमशः बुढो हुँदै गएको छ । यसको अर्थ विश्वका मानिस तन्नेरीवयबाट क्रमश बुढ्यौलीतर्फ लाग्दै छन् । मानिस जन्मने, युवा हुने र बुढो हुँदै मृत्युवरण गर्नु संसारको रीत नै हो । समयक्रममा अहिले विश्वकै उमेर ढल्कँदो छ ।
स्वैच्छिक यौनकर्मी महिलाका अधिकार
सुशीला शर्मा
महिला–बालिकाविरुद्धको हिंसा उन्मूलन गर्ने पहिलो स्वतन्त्र मानवअधिकार संयन्त्रका रूपमा विश्वव्यापी महिला अधिकार आन्दोलनभित्र महत्त्वपूर्ण बेन्चमार्क प्रतिनिधित्व हो– यूएन स्पेसल र्‍यापोर्टर । यसले महिला तथा बालिकाविरुद्धको हिंसा, यसका कारण र परिणामसम्बन्धी विशेष प्रतिवेदनको कार्यादेश तयार पार्छ ।
इजरायल–हेजबुल्लाह युद्धविरामबाट अपेक्षित अमन
सम्पादकीय
विश्वयुद्धमै परिणत हुने हो कि भनेर आशंका गरिएको पश्चिम एसियामा जारी युद्ध अन्ततः अवतरणतर्फ उन्मुख भएको छ । एक वर्षभन्दा लामो समयदेखि युद्धरत इजरायल र लेबनानी लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएसँगै त्यस क्षेत्रमा शान्ति पुनःस्थापना हुने सम्भावना बढेको छ ।
मंसिर १३, २०८१
बीआरआईबिना सम्बन्ध असम्भव ?
इन्द्र अधिकारी
नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र एजेन्डाका बारेमा यसअघि लेखेको लेखले ठ्याक्कै चौध महिना काटेछ । अघिल्लो सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन गइरहँदा नेपाल र चीन सम्बन्धका आयामहरूका बारेमा भएका र गरिएका छलफलहरू पल्टाएर हेरें ।
सत्तामाथि बीआरआईको तरबार
चुडामणि भट्टराई
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) रणनीतिक योजनाका विषयमा केही सातादेखि नेपालमा व्यापक चर्चा छ । सामाजिक सञ्जाल, राजनीतिक भेटघाटमा मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतविरुद्ध ‘रिस फेर्ने हतियार’ नै यही हो भनेजसरी प्रचार भइरहेको देखिन्छ ।
किन मर्दै छन् नदी–खोला ?
चन्द्रकिशोर
मेरो गाउँ सर्लाही बलराको सर्वाधिक उर्वर जमिनलाई स्थानीय बासिन्दा ‘ढाब’ भन्छन् । त्यहींबाट एक खोला उत्पन्न भएको थियो– भोरहर । त्यसका अहर्निश थोपाथोपा रसाउने मूलहरू थिए । त्यसमा बाह्रै महिना पानी हुन्थ्यो, जो अगाडि गएर बागमती नदीमा मिलेको थियो । त्यो खोला लामो त थिएन तर थियो वरिपरिका गाउँका लागि धनधान्यको टोकरी ।
साइबर सुरक्षामा जवाफदेहिताको अनिवार्यता
सम्पादकीय
राहदानी विभागको अनलाइन प्रणाली अवरुद्ध । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बन्द । सर्भर डाउन भएपछि वाग्मती प्रदेशअन्तर्गतका सवारी कार्यालयहरूको सेवा रोकियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सेवा स्थगित । सरकारी कार्यालयहरूको वेबसाइट बन्द– यस्ता खबर यति नियमित हुन थाले कि अब तिनले खबर हुनुको औचित्य गुमाइसकेका छन् ।
मंसिर १२, २०८१
लचिलो कूटनीतिको अनिवार्यता
सीके लाल
वाक्पटु व्यक्तिले बकबासलाई पनि घोचक, रोचक र आवश्यक बनाएर प्रस्तुत गर्न सक्छ । खस–आर्य समुदायका नृजातीय मुख्तियार, एमालेका सर्वेसर्वा एवं प्राविधिक रूपमा चौथो तर राजनीतिक तवरले तेस्रो पटक प्रधानमन्त्री बन्न पुगेका खड्गप्रसाद शर्मा ओलीको योग्यता, क्षमता वा पात्रताका बारे जति बहस गरे पनि पुग्दैन ।
निजामती कानुनबाट अपेक्षा
कुवेर नेपाली (रनपहेली)