text stringlengths 2 914 |
|---|
किशोर नेपाल |
शनिबार बिहान दमन ढुंगानासँग भेट्दा उहाँको अनुहार किञ्चित उज्यालो थियो । दिल्लीमा उपचार गरेर फर्किनु हुँदाको चहक थिएन अनुहारमा । मसँग कुरा गर्दा अलिकति उत्साही हुनुहुन्थ्यो । आवाज क्षिण थियो । भूपादिदी (भुवन ढुंगाना) ले भन्नुभयो– बिस्तारै सन्चो हुँदै छ । अहिले त आफैं बाथरुम जानुहुन्छ...। |
राजनीतिमा युवा हस्तक्षेपको आवश्यकता |
समिक बडाल |
युवापंक्तिको पलायन, कोभिडपश्चात् अर्थतन्त्रमा देखिएको तीव्र शिथिलता र राजनीतिक अस्थिरताले नेपाली समाजमा केही हदसम्म निराशा सिर्जना गरेको सत्य हो । तर अहिले जसरी घृणा र निराशा सामाजिक सञ्जालमार्फत प्रसारित छन्, ती विचारणीय छन् । हामी बाँचिरहेको दुनियाँ भौतिक–डिजिटल दुनियाँको सम्मिश्रण हो । तसर्थ अहिले सञ्चारित र प्रसारित विषयवस्तुको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने अवस्था छ । |
नेतृत्वको बदलिने बोली |
दुर्गा कँडेल छत्कुली |
बोली चुस्त हुनु भनेको स्पष्ट बोल्नु हो । अथवा साँचो र सही बोल्नु हो । तर, बोली अपुष्ट हुँदैमा दोहोरो अर्थ लाग्ने पनि हुँदैन । सुस्त मनस्थिति भनेको शारीरिक रूपमा सबल तर सोचमा सुस्तता, गति कम भएको बुझिन्छ । राजनीतिक दलका नेतृत्वको बोली र व्यवहार यही चुस्त र सुस्तको वरिपरि रुमलिएको छ । |
मंसिर २, २०८१ |
विस्तारित स्वास्थ्य बिमाका आयाम |
प्रदीप पौडेल |
विद्यमान राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमले आमनागरिकलाई औषधि उपचारमा केही हदसम्म सुविधा दिएको छ । यो कार्यक्रम आमनागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने तथा राज्यको स्वास्थ्यसम्बन्धी संवैधानिक दायित्व पूरा गर्ने एउटा महत्त्वपूर्ण प्रस्थानबिन्दु हो । |
बंगलादेशमा बल्ने बिजुलीसँगै उज्यालो हुँदै नेपालको निर्यात सम्भावना |
सम्पादकीय |
नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली निर्यात गरेको छ । शुक्रबार नेपालबाट ४० मेगावाट विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश पुर्याइएको हो । दिउँसो साढे १२ बजेबाट साढे ११ घण्टा विद्युत् निर्यात गर्दा नेपाल विद्युत् प्राधिकरणलाई २८ हजार १ सय ६० डलर (३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ) आम्दानी भएको छ । |
कार्तिक ३०, २०८१ |
पितृसत्ता र दमनचक्र |
सुशीला शर्मा |
हामी महिला फुटबल वा क्रिकेट खेलाडीको साहसी खेल प्रदर्शनको खुसी मनाइरहेका छौं । महिलाले अवसर पाएमा के गर्न सक्दैनन्, कति आत्मविश्वासी र साहसी हुँदा रहेछन् भनेर बहस पनि गरिरहेका छौं । महिलाको सक्षमता, आत्मनिर्भरता, निडरपन र कर्मप्रतिको झुकावमा देखिने सौन्दर्यको पनि विवेचना गरिरहेका छौं । |
ट्रम्प विजयको सन्देश र नेपालमा पर्ने प्रभाव |
गेजा शर्मा वाग्ले |
डोनाल्ड ट्रम्प पुनः अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि उदार विश्व व्यवस्था (लिबरल वर्ल्ड अर्डर) र नेपालमा पर्ने प्रभावबारे गम्भीर बहस प्रारम्भ भएको छ । |
कार्यकारी राष्ट्रपतीय प्रणालीबारे बहस |
जेबी विश्वकर्मा |
संसदीय व्यवस्थाको समीक्षा नेपालमा शाह–राणा नेतृत्वको लामो शासनको अन्त्यपछि संसदीय व्यवस्थाको अभ्यास सुरु भएको हो । २००७ सालमा राणा शासन अन्त्य भएपछि २०१६ देखि २०१७ सम्म संसदीय व्यवस्था अपनायौं । २०४७ पछि त्यो अभ्यास अलि व्यवस्थित ढंगले अघि बढ्यो । |
राज्य पर्खिरहेका खेलाडी |
सम्पादकीय |
नेपाली महिला क्रिकेट टोलीका निम्ति नयाँ ढोका खुलेको छ । यूएईमा आयोजित आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा यूएईविरुद्ध सानदार जित हासिल गरेसँगै यो टोलीले आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकप खेल्ने निश्चित भएको हो । |
कार्तिक २९, २०८१ |
ह्यारिससँगै हारेको समानता र अधिकारको लडाइँ |
इन्द्र अधिकारी |
संयुक्त राज्य अमेरिकाको पछिल्लो निर्वाचनलाई उक्त देशभित्र मात्र होइन, सिंगो विश्वबाट नै महत्त्वका साथ हेरिएको थियो । राष्ट्रपतीय प्रणाली भएको विश्वको प्रथम शक्तिराष्ट्रमा नयाँ राष्ट्रपतिको पृष्ठभूमि, एजेन्डा, दृष्टिकोण र अन्य विशेषता वा क्षमताले अमेरिकाको आन्तरिक मात्र नभएर विश्व मामलामा नै प्रभाव पार्ने भएकाले सधैंझैं त्यहाँको राष्ट्रपतिको निर्वाचनमा विश्वको ध्यान केन्द्रित हुने सामान्य हो । |
मनाङे प्रकरण राजनीति र अपराध छुट्याउने प्रस्थानबिन्दु बनोस् |
सम्पादकीय |
गण्डकी प्रदेशमा ६ पटक मन्त्री र दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका दीपक मनाङे भनिने राजीव गुरुङ मंगलबार काठमाडौंको डिल्लीबजार कारागार चलान भए । आफ्नो २० वर्षे पुरानो अपराधमा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएपछि उनका निम्ति कारागार बाध्यात्मक यात्रा भएको हो । |
‘मुलुक कानुन र संविधानबाट शासित हुनुपर्छ’ |
प्रकाशमान सिंह राउत |
मेरो न्यायिक मर्यादा, संवैधानिक सीमा, न्यायको मान्य सिद्धान्तलगायतका कारणले मैले तपाईंले दिनुभएको सबै विषयहरूमा आफ्नो विचार सम्प्रेषण गर्न नसकूँला । तथापि न्यायपालिकासँग जोडिएको र यहाँले राखेका केही विषयमा म सम्बोधन गर्ने प्रयत्न गर्छु । |
कार्तिक २८, २०८१ |
धमिराले खान लागेको अर्थराजनीति |
सीके लाल |
सहरीकरण, आधुनिकीकरण र पश्चिमीकरणको सम्मिलित प्रभावले गर्दा महापर्व छैठ— हिन्दी र नेपाली भाषामा छठ शब्द बढी प्रचलित छ— पनि सुस्तरी उपासनाको पुण्यकालभन्दा पनि महोत्सवको अवसरका रूपमा रूपान्तरित हुँदै गइरहेको छ । महानगरहरूतिर ‘छठको शुभकामना’, अझ ‘हैप्पी छठ’, सामान्य भइसकेको छ । |
विस्तारित चितवनको चिन्ता |
ढुण्डीराज पौडेल |
उर्वर जमिन, नेपालकै एक प्रमुख आरक्षित वन्य क्षेत्र, भौगोलिक रूपमा मुलुककै मध्यभागमा अवस्थित, विशाल चारकोसे झाडीको घना जंगलमा संसारमै दुर्लभ एकसिंगे गैंडा र बाघको बासस्थान चितवनका विशेषता हुन् । विभिन्न सिमसार क्षेत्रमा जाडोको मौसममा पूर्वी युरोपबाट समेत विभिन्न चरा हजारौं किलोमिटर उडान भर्दै आउने चितवन पर्यटकका लागि उपयुक्त गन्तव्य पनि हो । |
स्थानीय सरकारबीच समन्वयको खडेरी |
देवराज गुरुङ |
नेपालमा संघीयताको घोषणासँगै दिगोपना र भविष्यको विषयमा बहस हुँदै आएको छ । कतिपयले नेपालमा संघीयता राजनीतिक परिकल्पनाकारले ल्याएको सोच हो, जनस्तरबाट आएको माग होइन समेत भन्ने गरेका छन् । स्थानीय सरकारको नेतृत्व संघीयता चाहने र नचाहने दुवैथरीले गरिरहेका छन् । स्थानीय सरकार प्रभावकारी भएन भन्ने जमातको पनि कमी छैन । |
मुस्कुराउन नछाडौं |
सुनिता गाइसी |
परिस्थितिअनुसार मानवीय स्वभाव फरक हुने गर्छ । हाँसो र आँसु जीवनका महत्त्वपूर्ण पक्ष हुन् । मानिस चाहेर पनि यी कुराबाट भाग्न सक्दैन । खुसी रहनु मानिसको चाहना हुन्छ तर त्यो खुसी र हाँसो पैसाले किन्न सकिन्न । त्यही कारण त मानिस अर्बपति भए पनि रोगका वा व्यापार, व्यवहारका कुराले परिवारलाई समय दिन नसक्दा उसको जीवनमा हाँसो वा खुसी छाउन सकेको हुँदैन । |
भैरहवामा यात्रुलक्षित तयारी पनि आवश्यक |
सम्पादकीय |
निर्माण सम्पन्न भएको साढे दुई वर्षपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्साहपूर्ण उडान हुन थालेका छन् । २०७९ जेठदेखि कुवेतको जजिरा एयरले करिब दस महिना उडान गरेर स्थगित गरेपछि अन्योलपूर्ण रहेको विमानस्थलको वातावरण कात्तिकमध्येदेखि भने तरंगित भएको छ । विदेशका प्रतिष्ठित चार विमान कम्पनी र नेपाल एयरलाइन्सका विमानहरूले उडान सुरु गरेपछि विमानस्थल निरन्तर चल्ने आशा पनि सिर्जना भएको छ । |
कार्तिक २७, २०८१ |
हाइकमान्ड चाहिँदैन, कमान्ड फेरौं |
राजाराम गौतम |
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन सरकार सञ्चालनमा सघाउन भनेर राजनीतिक संयन्त्र गठन गरेपछि सञ्चारमाध्यमहरूले त्यो संयन्त्रको अघिल्तिर ‘शक्तिशाली’ को विशेषण थपेर समाचार सम्प्रेषित गरेका छन् । तर, त्यो संयन्त्र कति ‘शक्तिशाली’ हो प्रस्ट छैन । |
सुधारिएको निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता |
जीवन परियार , रसिसहरि भण्डारी |
जनताले आफ्नो शासक आफैं चुन्न सक्ने व्यवस्था लोकतन्त्र हो । २० औं शताब्दीमा विश्वभरिका धेरै मुलुकमा परम्परागत शक्तिलाई परास्त गर्दै लोकतन्त्रको स्थापना गर्ने लहर चल्यो । फलस्वरूप आज लोकतन्त्र सबैभन्दा लोकप्रिय शासन व्यवस्था बन्न पुगेको छ । |
रोगका अनेक उपचार |
मधु राई |
बाथ रोगसँग पौंठेजोरी गरिरहेको दुई दशकभन्दा बढी भएछ । रोग लागेको सुरुवाती वर्षमा खुट्याउनै गाह्रो भयो । औंला, गोलीगाँठो र जोर्नीको दुखाइ बढ्दै गएपछि पेनकिलरको मात्रा बढाउनुपर्यो । जसले गर्दा कब्जियत सुरु भयो । त्यसपछि सुरु भयो घरेलु औषधोपचार । |
जलवायु मुद्दामा सहकार्य |
रामहरि पौड्याल |
जलवायु परिवर्तन २१ औं शताब्दीको सबैभन्दा ठूलो चुनौती हो भन्ने त संसारभर देखिएका प्राकृतिक विपत्तिबाट प्रस्ट हुँदै आएको छ । चाहे त्यो नेपालमा हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढी होस् या भारत, पाकिस्तान हुँदै भियतनामलाई तहसनहस बनाउने ताइफुन यागी । |
कर्णाली राजमार्गमा बढ्दो दुर्घटना |
सम्पादकीय |
पछिल्लो ५ दिनयता कर्णालीबाट आएका समाचार यस्ता छन्– कात्तिक २१ मा वनभोज खाएर फर्किंदै गरेका यात्रु बोकेको बस सुर्खेतको वीरेन्द्रनगर–७ कपासेमा दुर्घटनाग्रस्त भयो, २६ जना घाइते भए । कात्तिक २३ मा दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर–१४ रातानाङला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भयो, २५ घाइते भए । |
कार्तिक २६, २०८१ |
शिथिल अर्थतन्त्रमाथि ‘ट्रम्प तरंग’ |
अच्युत वाग्ले |
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म नेपालको आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ खर्ब ७ अर्ब रुपैयाँको आयात भएकामा यस वर्ष ३ खर्ब ९० अर्बको मात्र अथवा १७ अर्ब रुपैयाँले कम छ । |
जलवायु क्षतिपूर्ति कोषमा नेपालको मुद्दा |
सञ्जय आचार्य |
अजरबैजानको राजधानी बाकुमा आजदेखि हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ मा फेरि जलवायु वित्तसम्बन्धी बहसले धेरैको ध्यान खिचेको छ । पहिलेका कोप सम्मेलनको तुलनामा यस वर्षको सम्मेलनको मुख्य मुद्दा नै जलवायु वित्त बनेको छ । |
अलमलिएको स्वास्थ्य मन्त्रालय |
अरुणा उप्रेती |
मिर्गौला, मुटु, कलेजो जस्ता विभिन्न अंगका क्यान्सरका बिरामीका लागि सरकारले ‘सहायता’ दिन्छ । तर त्यस्ता समस्या न्यूनीकरण होस् भनेर जनसमुदायमा चेतना फैलाएको पाइँदैन । ‘स्वास्थ्य बिमा’ गरिन्छ तर ‘स्वस्थ रहन के गर्ने’ भनेर बिमा गरिन्न । रोग लागेपछि उपचार गर्नका लागि मात्र त्यो बिमा काम लाग्छ भनेपछि त्यो ‘रोग बिमा’ भयो कि ‘स्वास्थ्य बिमा’ ? |
के सिकाउँदै छन् आमा-बुवा ? |
कृष्णप्रसाद सुवेदी |
मधेशको एक घरमा पाहुना भएर बास बसेको थिएँ । कपी, किताब फिजारेर होमवर्क गर्दै गरेकी एक बालिकालाई ‘नानु, तिम्रो नाम के हो ? कति कक्षामा पढ्छ्यौ ?’ भन्दै सोधें । उनले नाम बताइन् । पाँच कक्षामा पढ्छु भनिन् । उमेर सोध्दा उनले ‘कुन ठाउँको उमेर बताऊँ अंकल’ भनिन् । म छक्क परें । |
कोप-२९ पर्यटन समारोह होइन, हस्तक्षेपकारी सम्मेलन बनोस् |
सम्पादकीय |
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) कात्तिक २६ देखि मंसिर ७ सम्म अजरबैजानको राजधानी बाकुमा आयोजना हुँदै छ । पर्वतीय देश नेपालका लागि जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमको विशेष महत्त्व हुन्छ, कोप त यस सरोकारसँग सम्बन्धित सर्वोच्च कार्यक्रम हो । |
कार्तिक २५, २०८१ |
लोकप्रियतावादको वैश्विक लहर |
शुभशंकर कँडेल |
निर्वाचनका दृष्टिले सन् २०२४ अभूतपूर्व वर्ष रह्यो । किनकि यस वर्ष ७० भन्दा बढी देशमा विश्वको आधाभन्दा धेरै जनसंख्याले मतदान गरे । विश्वव्यापी व्यापार र भूराजनीतिक स्थिरताका लागि यो वर्ष निर्णायक र ऐतिहासिक मोड मात्र होइन, अमेरिकी निर्वाचनसम्म आइपुग्दा त चिरकालसम्मकै लागि विश्वभर उच्च–जोखिम र अस्थिरताको चेतावनी दिएको छ । |
पर्यटक भड्काउने, श्रमिक रुवाउने भाडादर |
सम्पादकीय |
नेपालमा बाह्रै महिना बाह्य पर्यटकहरूको आगमन हुने भए पनि मुख्य सिजन भने सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मानिन्छ । त्यसमध्ये अधिकांशले हवाई सेवा प्रयोग गर्छन् । उनीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब–करिब निर्बिकल्प जस्तै छ । त्यस्तै नेपालबाट वैदेशिक रोजगारी, अध्ययन तथा अन्य सन्दर्भमा बिदेसिनेहरूले पनि सोही विमानस्थल प्रयोग गर्छन् । त्यहाँबाट हुने आन्तरिक उडानको चाप पनि बढी नै छ । |
कार्तिक २३, २०८१ |
नेपालमा युवा विद्रोहको सम्भावना र चुनौती |
नारायण खड्का |
विश्वमा गत डेढ दशकमा केही देशहरूमा सामाजिक सञ्जालका माध्यमहरू खासगरी फेसबुक, टिकटक, ट्वीटर (एक्स), भाइबर, मेसेन्जर, इन्स्टाग्रामका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट सरकार या व्यवस्थाका विरुद्ध नेतृत्वविहीन आन्दोलनहरू सफल भएका छन् । बंगलादेश हालैको एउटा उदाहरण हो । |
संस्थागत सुधार, समृद्धिको आधार |
भानुप्रसाद आचार्य |
साढे तीन दशकको अवधिमा नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भए । तर, राज्य निर्माणमा प्रमुख भूमिका खेल्ने आर्थिक समृद्धिको पाटो सधैं पछाडि पर्यो । २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त गर्यो भने एक दशक लामो माओवादी सशस्त्र संघर्ष एवं २०६३ को जनआन्दोलनले जन्माएको अन्तरिम संविधान २०६३ ले राजसंस्थालाई विधिवत् बिदाइ गर्यो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.