text
stringlengths
2
914
ऐनको अभावमा स्थायी सरकार भनिने कर्मचारीतन्त्र नै अस्थिर भएको छ । बनेका प्रदेश कानुनसमेत सहज कार्यान्वयन हुन सकेका छैनन् । ‘निजामती सेवा विधेयक २०७५’ संसद्‌बाट फिर्ता भई अहिले पुनः संसद्मा पुगेको छ ।
हामी किन रुखो बन्दै छौं ?
गायत्री लम्साल
धेरैजसो अरूकै कुरा काटिरहेका हुन्छन् । सामाजिक सञ्जाल चहारेर अनावश्यक पोस्ट गर्न र अतिरञ्जित टिप्पणी गर्ने पनि धेरै देखिन्छन् । अरूलाई अर्ती, बुद्धि र सल्लाह दिनुपरे कोही कमजोर छैनौं । काम गर्ने जाँगर प्रतिदिन हट्दै/घट्दै गइरहेको छ ।
एमाले मन्त्रीले पाएको अभय दान, कानुनी शासनमाथि उपहास
सम्पादकीय
नेपालमा सत्ता र शक्तिको छत्रछायामा रहेका व्यक्ति कानुनभन्दा कति माथि हुन्छन् भन्ने दृष्टान्त कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी प्रकरणबाट फेरि प्रदर्शित भएको छ । आफू मन्त्री रहेको मन्त्रालयका नाममा नक्कली परिचयपत्र जारी गरेर, आफैं नक्कली कार्यालय प्रमुख बनेर, तीन युवालाई सँगै लिएर जापान गएका अधिकारी मानव तस्करीको आरोपमा पक्राउ परेका थिए ।
मंसिर ११, २०८१
श्रम आप्रवासनले पलाएको आत्मविश्वास
मीना पौडेल
लुम्बिनी प्रदेशको दक्षिणी भेगको एउटा गाउँमा अति निम्न आर्थिक स्थिति भएको तराई दलित परिवारकी जेठी सन्तानका रूपमा जन्मिएकी हुन्, सीता (परिवर्तित नाम) । परिवार ठूलो भए पनि जग्गाजमिनको नाममा एउटा कटेरो मात्र थियो । आमाबुवा मुख्यतः अर्काको खेत जोत्थे र बनिबुतो गर्थे । नपुगेको टार्न स्थानीय गैरदलित कृषक, जसलाई स्थानीयहरू साहु भनेर चिन्थे, उनैसँग चर्को ब्याजमा ऋण लिन्थे ।
बीआरआईमा अघि बढ्ने बाटो
अजयभद्र खनाल
प्रधानमन्त्री केपी शर्मा ओलीले यसपल्टको चीन भ्रमणमा दुई देशको सम्बन्धले नयाँ फड्को मार्ने उद्घोष गरेका छन् । उनको भ्रमणको केन्द्रबिन्दुमा छ— बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) कार्यान्वयन सम्झौता । बीआरआई सम्झौता नेपाल–चीन द्विपक्षीय सम्बन्धको विषय मात्र नभएर राष्ट्रिय हित र भूराजनीतिक तानातानको विषय बन्न पुगेको छ । कार्यान्वयन सम्झौता अघि बढाउने कि नबढाउने भन्ने विषय नेपाली कांग्रेसका लागि पनि टाउको दुखाइ बनेको छ ।
बालबालिकालाई स्थानीय ज्ञान
रमेशप्रसाद गौतम
हरेक बालबालिकाको पहिलो पाठशाला उसको आफ्नै घर हो । त्यहाँ उनीहरूले आफ्ना बुवाआमाको लाडप्यार पाउँछन् । यसले उनीहरूको शारीरिक र मानसिक विकासमा ठूलो प्रभाव परेको हुन्छ । असल परिवार, असल समुदाय, असल समाज, असल देश र असल राष्ट्र व्यक्तिद्वारा नै हुने हो । हरव्यक्ति वा नागरिकको व्यक्तित्व विकासको आधार बाल्यावस्था नै हो ।
काठमाडौं उपत्यकामा मेट्रोको सपना
सम्पादकीय
ठूलासाना सवारीसाधनको प्रतिस्पर्धायुक्त दौड, कोचाकोच गर्दै गाडी चढ्न हतारो गरिरहेका यात्रु, ट्राफिक जाम । हर्नको कर्कस ध्वनि । काठमाडौं उपत्यकाको कुनै पनि मुख्य चोकमा देखिने दृश्य यही हो । काठमाडौं उपत्यकामा झन्डै १२ लाख सवारीसाधन छन्, जसको तथ्यांक बर्सेनि बढिरहन्छ, तर यात्रुका लागि आधारभूत सुविधा पनि दुर्लभ छ ।
मंसिर १०, २०८१
धनी राष्ट्रहरूको स्वार्थ चंगुलमा विश्व जलवायु
अच्युत वाग्ले
जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (कन्फरेन्स अफ पार्टिज अथवा ‘कोप’) को आयोजना सन् १९९५ मा पहिलो पटक जर्मनीको बर्लिनमा भएको थियो । यी तीन दशकमा यो सम्मेलन बर्सेनि भइरहेको छ । उनन्तीसौं संस्करण, ‘कोप–२९’ अजरबैजानको राजधानी बाकुमा नोभेम्बर ११ मा सुरु भएको हो ।
भूमिहीनका नाममा आयोगका अन्त्यहीन शृंखला
विश्वास नेपाली
नेपाल जीवनस्तर सर्वेक्षण २०७९/०८० ले २०.२७ प्रतिशतभन्दा बढी जनता प्रत्यक्ष गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गर्‍यो । झन्डै ६० लाख जना अहिले पनि गरिबीको कारण सामान्य जीविका जिउन संघर्ष गरिरहेका छन् । यसमध्येको ठूलो संख्या भूमिहीन छन् ।
कोप-२९ र नेपालको मुद्दा
माधव सापकोटा
जलवायु परिवर्तन र यसका असरलाई सिंगो पृथ्वीवासीको चिन्ता र चासोका विषयका रूपमा छलफल गर्न थालिएको पनि लामो समय भइसकेको छ । यसै सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९ औं सम्मेलन (कोप–२९) अजरबैजानको बाकुमा समापन भएको छ ।
समतामूलक समाजको खोजी
तारा वाग्ले
संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने संकल्प गरेको छ । तापनि धेरै महिला विभेद र हिंसाकै चपेटामा छन् । घरेलु हिंसा, यौनजन्य तथा लैंगिकतामा आधारित हिंसाबाट बढी मात्रामा बालिका, किशोरी तथा महिला प्रभावित भएका छन् ।
मेडिकल शिक्षालाई विवादको शृंखलाबाट मुक्त गराऊ
सम्पादकीय
मानवजीवनका लागि सबैभन्दा संवेदनशील ज्ञान र सीपमा पर्छ मेडिकल । तर, नेपालमा मेडिकल शिक्षा निरन्तर विवादको घेरामा छ । मेडिकल कलेजलाई सम्बन्धन, विद्यार्थीको कोटा, छात्रवृत्ति वितरण, प्रवेश परीक्षामा धाँधली, अध्यापन शुल्क निर्धारणजस्ता विवादले नेपालमा मेडिकल शिक्षालाई जटिल बनाउँदै ल्याएको छ । यसमा सबैभन्दा कमजोर भूमिका सरकारको देखिन्छ ।
मंसिर ९, २०८१
लोकतन्त्रको मन्दमरण
उमेशप्रसाद मैनाली
ब्रिटिस लेखक एलेस्टैर क्याम्पबेलले राजनीतिक विसंगतिबारे लेखेको ‘बट् ह्वाट् क्यान आई डू’ भन्ने पुस्तक अहिले निकै चर्चित छ । पुस्तकमा लेखकले ‘उत्तर–सत्य (पोस्ट ट्रुथ)’ र ‘लोकतन्त्रको मन्दमरण (स्लो डेथ अफ डेमोक्रेसी)’ बारे मार्मिक चित्रण गरेका छन् । जोन मेजरले ‘लोकतन्त्रमा हामी विश्वास गर्दछौं’ भन्ने भाषणमा विगत पन्ध्र वर्षदेखि लोकतन्त्र शिथिल र राजनीतिक तथा नागरिक स्वतन्त्रता कमजोर हुँदै गएको तार्किक पुष्टि गरेका सन्दर्भ उनले उल्लेख गरेका छन् ।
डीडीसी : दुग्ध किसानमाथि दोहन गर्ने सरकारी संस्थान
सम्पादकीय
बेथिति र अव्यवस्थाका लागि परिचित दुग्ध विकास संस्थान (डीडीसी) को नेतृत्व अब किसानमाथि थप बेइमानीको बाटोतर्फ अग्रसर बनेको छ । बढी दूध उत्पादन हुने समयमा नै उसले दूध खरिदको कोटा तोकेको छ । र, कोटाभन्दा बढी खरिद गरे अधिकारीहरू स्वयं जिम्मेवारी हुनेसम्मको निर्देशन दिएको छ । यसले डीडीसीको रणनीतिशून्य, संवेदनाहीन र गैरव्यावसायिक प्रवृत्ति पुष्टि गर्छ ।
मंसिर ७, २०८१
प्रकृतिसम्मत ज्ञानको पुनर्निर्माण
कृष्णप्रसाद पौडेल
आजसम्म विश्वको ७० प्रतिशतभन्दा बढी खानाको बन्दोबस्त साना किसानका किसानी कर्मले धानेको छ । यो किसानी कर्ममा कृषि श्रमिक र महिला किसानको ठूलो योगदान छ । नेपालका झन्डै ७५ प्रतिशत महिला यही कृषि कर्ममा तल्लीन छन् ।
न्यायालय सुधारको संकल्प
बलराम केसी
कान्तिपुर कन्क्लेभ– २०२४ मा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उद्घाटन मन्तव्यमा भन्नुभयो– ‘म बेचिन्नँ र मलाई कसैले किन्न सक्दैन ।’ यो वाक्यले ठूलो नैतिक बल मिल्छ । न्यायपालिकामा छिरेको भ्रष्टाचार, विकृति र विसंगतिलाई स्वीकार्छ ।
सार्वजनिक ऋण विकासको संवाहक हो, जालो नबनोस्
सम्पादकीय
सरकारले तिर्न बाँकी सार्वजनिक ऋणले नयाँ उचाइ प्राप्त गरेको छ । कात्तिकसम्मको तथ्यांकअनुसार सार्वभौम ऋण २५ खर्ब १८ अर्ब ५ करोड पुगेको छ जसमा बाह्य ऋण १२ खर्ब ६५ अर्ब ८९ करोड र आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब १६ करोड छ ।
मंसिर ६, २०८१
ट्रम्प प्रशासनका सम्भावित आर्थिक मोड
विश्वम्भर प्याकुर्‍याल
विगत र अहिलेको चुनावताका दिएका भाषणलाई विचार गर्दा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा पुनः जिम्मेवारी सम्हालेपछि नेपालको व्यापार, लगानी र अरू विविध पक्षमा केही प्रभाव पर्न सक्ने सम्भावना छ । उनको विगतको नीति संरक्षणवादमा आधारित थियो ।
नयाँ शताब्दीको नेपाली अर्थतन्त्र
विश्व पौडेल
नेपाली अर्थतन्त्रका लागि सन् २००० अर्थात् वि.सं. २०५६ तिरको समय मिश्रित थियो । कांग्रेसमा आन्तरिक द्वन्द्व झाँगिँदै गएको, एमाले महाकाली सन्धिका कारण फुटेको र ग्रामीण भेगमा माओवादी द्वन्द्वको प्रभाव बढ्दै गएको समय थियो त्यो ।
रेमिट्यान्सको रेकर्ड : खुसी र चिन्ताको दोसाँध !
सम्पादकीय
नेपालमा पछिल्लो १७ महिनायता हरेक महिना एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएकोमा गत असोजमा भने कीर्तिमान नै कायम गरेको छ । राष्ट्र बैंकका अनुसार, असोज एक महिनामा मात्रै एक खर्ब ४४ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको हो ।
मंसिर ५, २०८१
चीन भ्रमणको दक्षिणी तरंग
विष्णु रिजाल
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण (डिसेम्बर २–५, २०२४) गर्ने समाचार सार्वजनिक भएसँगै यसका दक्षिणी तरंगहरू तीव्र बनेका छन् । नेपालमा प्रधानमन्त्री हुनासाथ भारत जानुपर्ने ‘परम्परा’ को दुहाई दिँदै यस पटक हुन नसकेको भारत भ्रमणको क्षतिपूर्ति चीन भ्रमणको महत्त्व घटाएर असुल गर्ने गरी भित्र र बाहिरबाट प्रचारहरू भइरहेका छन् ।
जलवायु अनुकूलनका उपाय
इर्शाद अली शेख
हालका वर्ष तापक्रम वृद्धिदरमा तीव्रता देखिएको छ । सन् २०१४ देखि २०२३ को दशकलाई सबैभन्दा तातो दशकका रूपमा रेकर्ड गरिएको छ, जसले जलवायु परिवर्तनको प्रभाव रोक्न तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने अनिवार्य आवश्यकता दर्शाएको छ ।
एन्टिबायोटिकको दुरुपयोग र मौन महामारी
सुदर्शन पौडेल
विश्वको एक अहं जनस्वास्थ्यको चुनौती जीवाणुरोधी प्रतिरोधले चिकित्सा क्षेत्रमा दशकौंको प्रगतिलाई कमजोर बनाउँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य अन्तर्राष्ट्रिय संस्थाका अनुसार यसले हाल देखापरेका र भविष्यमा आइपर्न सक्ने कैयौं रोगलाई असाध्य बनाउन सक्छ ।
विकासोन्मुख मुलुकमाथि जलवायु ऋणको बोझ
कृष्णा पौडेल
अजरबैजानको बाकुमा जारी विश्व जलवायु सम्मेलन (कोप–२९) मा अतिकम विकसित र विकासोन्मुख मुलुकले जलवायु वित्तको रकम बढाएर १ दशमलव ३ ट्रिलियन अमेरिकी डलर प्रतिवर्ष पुर्‍याउनुपर्ने माग गरिरहेका छन् ।
अराजक अभिव्यक्ति होइन, जिम्मेवार बहसको पक्षमा
सम्पादकीय
जाति, समुदाय र पेसालाई लक्षित गर्दै अमर्यादित, गैरजिम्मेवार प्रतिक्रिया दिँदै समाजलाई उद्देलित बनाउँदै आएका विवादास्पद व्यवसायी दुर्गा प्रसाईं मंगलबार पक्राउ परेका छन् । प्रधानमन्त्री ओलीको नाम जोडेर सार्वजनिक गरिएका कागजात प्रथम दृष्टिमै किर्ते भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई मंगलबार पक्राउ गरेको हो ।
मंसिर ४, २०८१
जराको आधार र पखेटाको यात्रा
केपी शर्मा ओली
प्रिय छोराछोरी, कुनै पनि कुरा कथाको माध्यमबाट बुझ्न अनि बुझाउन मलाई रमाइलो लाग्छ । त्यसैले अक्सर बोल्दा, संवाद गर्दा वा भाषण गर्दा कथा, बिम्ब र उपमाको प्रयोग गर्छु । तर त्यसलाई नबुझेर कतिपयले फगत उखानटुक्का ठानिदिन्छन् । आजको यो लेख पनि म एउटा कथाबाट सुरु गर्न चाहन्छु ।
राजनीति र प्रशासनिक संयन्त्र
अर्जुननरसिंह केसी
राज्य सञ्चालनमा उत्पन्न यश–अपयशमध्ये कति राजनीतिक तहले पाउने र कति कर्मचारी संयन्त्रलाई दिने प्रश्नको बहस आवश्यक र रोचक पनि छ । सरकारको कार्यशैली, सेवा प्रणाली र सुशासनबारे विवाद, गुनासो वा जनआक्रोश उठ्नु लोकतन्त्रमा स्वाभाविकै हो । प्रशासन संयन्त्र संस्थागत रूपमा पुनर्जीवन गर्ने वा पतनको संघारमा पुर्‍याउने ? गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
कसले नाप्ने सामुदायिक विद्यालयको गुणस्तर ?
पवित्रा सुवेदी उप्रेती
माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को बोर्ड परीक्षाको नतिजा प्रकाशन भएपछि मात्रै शिक्षाविद्, शिक्षा मन्त्रालय, शिक्षा पत्रकार समूह, अभिभावक र सर्वसाधारणले बहसको सुरुवात गर्छन् । अघिल्लो सालको तुलनामा नतिजामा सुधार देखिए शिक्षा मन्त्रालय र आबद्ध निकायले यसको श्रेय लिन्छन् ।
त्रिविमा दलीय भागबन्डाको दुर्भाग्यपूर्ण पुनरावृत्ति
सम्पादकीय
त्रिभुवन विश्वविद्यालय पुनः दलीय भागबन्डाको चपेटामा परेको छ । जसकारण यसका आठ डिनसहित १८ क्याम्पस प्रमुख र सात जना सहपरीक्षा नियन्त्रकको नियुक्ति असोज दोस्रो सातादेखि रोकिएको छ । नियुक्ति रोकिँदा दैनन्दिन काममा पर्ने असर त छँदै छ, राजनीतिक भागबन्डाका लागि भइरहेको कसरतले त्रिविमा सुधारको सम्भावनालाई झन् क्षीण तुल्याउनेछ ।
मंसिर ३, २०८१
लुम्बिनी प्रदेश प्रमुखको गैरजिम्मेवार अभिव्यक्ति
सम्पादकीय
नयाँ संविधान र व्यवस्थाबाट सिर्जित पदमा बस्ने र त्यसैविरुद्ध अभिव्यक्ति दिने प्रवृत्ति जारी छ । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले त्यसलाई निरन्तरता दिएका छन् । शुक्रबार बुटवलमा अन्तरधार्मिक सद्भाव संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले संघीयताप्रति नै भ्रम फैलाउने वा यसलाई बदनाम गर्ने आशयले अभिव्यक्ति दिएका हुन् ।
अराजनीतिले थलिएको सडक राजनीति
राजाराम गौतम
‘सडकमा सबै कोलाहल गर्छन् तर ऊ सदा मौन छ सडकसँग कुनै शब्द छैन, फिराद छैन विद्रोह र क्रान्ति छैन सडक सदा शोषित छ जसका नाउँमा, जसका भरमा सबैले युद्ध गरेका हुन् जसलाई ढाल बनाएर युद्ध जितेका हुन् र पगरी गुथेका हुन् जसलाई भर्‍याङ बनाएर सत्ता चढेका हुन् लौरो बनाएर जँघार तरेका हुन् अनि ती सबैले त्यही सडकलाई बिर्सेका हुन्...’
आत्मसम्मान र इमानका प्रतीक