text stringlengths 2 914 |
|---|
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । |
मनाइयो योगी नरहरिनाथको १११औं जन्मोत्सव |
तुलाराम पाण्डे |
कालीकोटको लालुमा जन्मिएका योगी नरहरिनाथको १११ औं जन्मोत्सव मनाइएको छ । शनिबारदेखि कालीकोटको रहगाडमा योगी नरहरिनाथको जन्मोत्सवका अवसरमा सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजना गरिएको छ । |
पूर्वयुवराज पारस अस्वस्थ, नर्भिकमा उपचार हुँदै |
कान्तिपुर संवाददाता |
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शरीरमा असहज महसुस भएपछि आइतबार बेलुका उनलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्याइएको थियो । |
फोटो पत्रकार प्रधानलाई मातृशोक |
कान्तिपुर संवाददाता |
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटो पत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । |
अहिले एमालेलाई बलियो साथ दिएमात्र हाम्रो पालामा पुरापुर सहयोग मिल्नेछ : सभापति देउवा |
दीपेन्द्र बडुवाल , माधव ढुंगाना |
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले सहभागी संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । |
पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूतमा नियुक्त |
कान्तिपुर संवाददाता |
पूर्णबहादुर नेपाली श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् । |
नेताहरूकाबीचको मतभेद हटाएर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूका बीचको मतभेदलाई हटाएर मात्रै पार्टीलाई जीवन्त बनाउन सकिने बताएका छन् । 'हामीबीचमा कतिपय कुराहरू नमिलेका हुन सक्छन् । तर आपसमा छलफल गरेर, मेलमिलाप गरेर नै मतभेदहरूलाई हटाएर पार्टीलाई जीवन्त बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको छ,' उनले भने । |
अपांगता भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ |
वीरेन्द्र केसी |
घरमा काम गर्न राखेकी २६ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । |
प्रधानमन्त्री ओली र गोलरक्षक बुफोनबीच भेट |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान जियानलुगी बुफोनबीच सोमबार भेट भएको छ । |
गोरखा–काठमाडौं ऐतिहासिक पदमार्गमा १३ कोषेढुंगा |
हरिराम उप्रेती |
गोरखा–काठमाडौं ऐतिहासिक पदमार्गमा परम्परागत प्रचलनमा रहेको कोष अनुसार राखिएका ‘कोषेढुंगा’ १३ वटा भेटिएका छन् । गोरखाबाट २६ कोष दूरीमा रहेको काठमाडौंसम्मको पदमार्गमा रहेका सयौं वर्ष पुराना केही कोषेढुंगा संरक्षण अभावमा अलपत्र छन् । |
भूमि अध्यादेश फिर्ता जसपा नेपालको ‘बटमलाइन’ |
कुलचन्द्र न्यौपाने |
राष्ट्रपतिबाट जारी ६ अध्यादेश स्वीकृतिका लागि संघीय संसद्का दुवै सदनको कार्यसूचीमा राख्ने सरकारले बताइरहेका बेला जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्तालाई ‘बटमलाइन’ बनाएको छ । उक्त अध्यादेश फिर्ता नभए अरू ५ अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालले जनाएको छ । |
कांग्रेसका १६५ क्षेत्रीय सभापतिहरूको भेला भैरहवामा, देउवाले सम्बोधन गर्ने |
दीपेन्द्र बडुवाल |
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम हुँदैछ। प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू यहाँ भेला भएका छन् । पहिलो दिन सोमबार सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम छ । |
कुमारी सहकारी प्रकरण : अदालतले आज थप पाँच जनाको बयान लिने |
नारायण शर्मा |
म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकाहरुसंग जिल्ला अदालतले आइतबारदेखि बयान लिन सुरु गरेको छ। |
अतिरिक्त सचिवको नयाँ पद सिर्जना गर्ने तयारी |
ऋषिराम पौड्याल |
राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिका सांसद संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी विधेयकमा अतिरिक्त सचिवको नयाँ पद सिर्जना गर्न सहमतिनजिक पुगेका छन् । उपसमितिले आइतबार लोक सेवा आयोगसँग गरेको छलफलमा निजामती ऐनमा अतिरिक्त सचिव पद राख्नुपर्ने सैद्धान्तिक सहमति भएको हो । |
फाल्गुन १८, २०८१ |
द्वन्द्वपीडित भन्छन् : सरकारले केही दिँदैन, आफ्नो कमाइले छाक टार्नु कि उपचार गर्नु? |
रुपा गहतराज |
बाँकेको राप्तीसोनारी–३ बैसाकी ३८ वर्षीया सुधा चौधरी सशस्त्र द्वन्द्वकी घाइते हुन् । उनको बाँया खुट्टा अझै घुँडादेखि मुनिको भाग फोल्डिङ गर्न मिल्दैन । चिसो हुँदा उनलाई खुट्टामा मात्र होइन, श्वास फेर्नसमेत गाह्रो हुन्छ । |
संघीय निजामती विधेयक राज्यव्यवस्थाको उपसमितिले 'गोप्य बैठक'बाट टुंग्याउँदै |
जयसिंह महरा |
संघीय निजामती विधेयकमाथि छलफल गर्न राज्यव्यवस्था समितिले गठन गरेको उपसमितिका चारवटा बैठक सम्पन्न भएका छन् । विधेयकका मुख्य विवादित विषयमा छलफल भइरहेका उपसमितिका बैठकमा कसरी छलफल भइरहेको छ ? सरकार पक्षले के धारणा राखिरहेको छ ? सांसदका भनाइ के छन् ? विवादित विषयमा सांसदका संशोधन प्रस्ताव कसरी समेटिँदैछन् ? भन्ने विषयमाथि... |
एमालेले जनसंगठनका पदाधिकारी र केन्द्रीय कमिटीको सदस्य संख्या घटाउने |
रासस |
एमालेले पार्टीको जनसंगठनको केन्द्रीय कमिटी सदस्यको संख्या घटाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले जनसंगठन समन्वयसम्बन्धी निर्देशिका संशोधन गर्दै ठूला जनसंगठनको केन्द्रीय कमिटी १५१ सदस्यीय र साना जनसंगठनको केन्द्रीय कमिटी संख्या ९९ सदस्यीय राख्ने निर्णय गरेको हो । |
सहकारी बचतकर्ताको रकम राज्यकोषबाट फिर्ता हुँदैन : सूर्य थापा |
दीपक परियार |
एमाले नेता एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले सहकारीको कार्यालय बन्द गरेर र सञ्चालकलाई जेलमा थुनेर बचतकर्ताको रकम फिर्ता नहुने बताएका छन् । पोखरामा आइतबार १२ औं नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन ‘सहकारीको सास्ती’ सत्रमा बोल्दै उनले सरकारले पनि बचतकर्ताको रकम राज्यकोषबाट फिर्ता गर्न नसक्ने बताए । |
भारतीय 'सार्प सुटर' समात्न प्रहरीले हान्यो गोली, पटेल पक्राउ |
विवेक पोख्रेल |
हत्या आरोपित भारतीय नागरिक गुड्डु पटेललाई प्रहरीले गोली हानेर काठमाडौंको गोठाटारबाट पक्राउ गरेको छ । |
सरोकारवालासँग छलफल गरी पाथीभरा केबलकार निर्माण प्रक्रिया बढाउनुपर्छ : महासचिव पोखरेल |
कान्तिपुर संवाददाता |
सरकारको नेतृत्व गरिरहेको दल एमालेका महासचिव शंकर पोखरेलले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न विवादमा स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । |
आज देश-दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
भूमि अध्यादेश फिर्ता नलिएसम्म अरु अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालका अध्यक्ष यादवको भनाइ, नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप हुँदा १२ जना प्रदर्शनकारी नियन्त्रणमादेखि नेपाल पनि विश्वकप खेल्न सक्ने बुफोनको भनाइसम्मका समाचार आज चर्चामा रहे । |
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : खड्का |
दीपेन्द्र बडुवाल , माधव ढुंगाना |
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संसद्मा प्रस्तुत गरिएको सामाजिक सञ्जाल नियमन विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन् । मुलुकको संविधानमा सुनिश्चित नागरिक अधिकारको रक्षा गरेर त्यस्ता अधिकारको सम्मानपूर्वक उपयोग गर्न मिल्नेगरी विधेयक परिमार्जनका लागि छलफल भइरहेको उनले बताए । |
पार्टीमा रोग लाग्यो अनि उपचार खोज्न जनतामा आयौँ : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुराना पार्टीको रोगमा आफ्नो पार्टीमा पनि लागेको बताएका छन् । 'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान'अन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले पुराना दलको सहकार्यले उनीहरूभित्रको रोग माओवादीमा पनि संक्रमण भएको बताएका हुन् । |
राष्ट्रिय सभा सदस्यको समिति हेरफेर |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ । सभाको आइतबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिए । |
रास्वपा केन्द्रीय सदस्य थापा अमेरिकी इमिग्रेसनको हिरासतमा |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकाको इमिग्रेसनको हिरासतमा परेका छन् । रास्वपाले केन्द्रीय सदस्य थापा अमेरिकाको हिरासतमा परेको पुष्टि गरेको छ । |
भूमि अध्यादेश फिर्ता नलिएसम्म अरु पाँच अध्यादेशलाई समर्थन गर्दैनौं : अध्यक्ष यादव |
कान्तिपुर संवाददाता |
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद् अधिवेशन आह्वान गर्नुपर्ने बेलामा सरकारले महत्वपूर्ण कानुन अध्यादेशमार्फत ल्याउनुका पछाडि सरकारको कुत्सित स्वार्थ तथा मानसिकता देखिएको बताएका छन् । भूमि अध्यादेश फिर्ता नलिएसम्म अन्य पाँचवटा अध्यादेश पनि पारित गर्न नसकिने अध्यक्ष यादवले बताएका छन् । |
सिरहा घटनामा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री लेखक |
कान्तिपुर संवाददाता |
गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्युको घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । |
पाथीभरा केबलकार विवादमा सरकार शान्तिपूर्ण समाधान चाहन्छ : गृहमन्त्री लेखक |
कान्तिपुर संवाददाता |
गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताएका छन् । |
नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पारित |
कान्तिपुर संवाददाता |
राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । |
एमाले सचिवालय बैठक सुरु |
कान्तिपुर संवाददाता |
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार दिउँसोबाट बैठक सुरु भएको हो । |
इस्लाम धर्मावलम्बीको एकमहिने रोजा आजदेखि सुरु |
रासस |
इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’(उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभर उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । |
‘पहिला थुन अनि सुन’को अभ्यासलाई सुधार्न अग्रिम जमानतको व्यवस्था राख्ने तयारी |
राजेश मिश्र |
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कानुनमा अग्रिम जमानत (एन्टिसिपेटरी बेल) प्रावधान राख्ने तयारी गरेको छ । मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को संशोधन विधेयकमा उक्त अग्रिम जमानतको प्रावधान राख्ने गृहकार्य गरिरहेको छ । |
जसपा नेपाल अध्यक्ष यादव भन्छन् : वर्तमान सरकारप्रति जनतामा नैराश्यता बढ्यो |
कान्तिपुर संवाददाता |
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारप्रति जनतामा नैराश्यता बढेको बताएका छन् । केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले संसदीय इतिहासमा विरलै देखिने संसद्को पहिलो र दोस्रो प्रमुख पार्टी मिलेर सरकार बनेको पनि टिप्पणी गरेका छन् । |
सधैं सरकारमा रहने प्रचण्डको महत्त्वाकांक्षाले उनको सरकार पतन भयो : अध्यक्ष यादव |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.