text stringlengths 2 914 |
|---|
धर्मशास्त्रमा नारीको महत्त्व |
कल्पना नेपाल आचार्य |
धर्म नियमित सत्य हो । धर्मलाई प्रत्येक व्यक्तिले कर्मको क्षेत्रमा परिपालना गर्नुपर्छ । धर्मको प्रभाव अरूले अनुभूति गरेको हुनुपर्छ । मूलतः सबै धर्मले सबैमा समानता कायम गर्ने उपदेश दिन्छन् । सबैलाई समान र सम्मानित व्यवहार गर्दा मात्रै मानवको मानसिक शक्ति दुई गुणा वृद्धि हुने पौराणिक कथन भेटिन्छ । महिला, पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यकबीचको असमानता हटाएर मात्र समानता र समधुरता कायम गरी जीवनलाई सार्थक बनाउन सकिन्छ । |
राजनीतिक विकृतिका प्रतिनिधि कोशीका कानुनमन्त्री |
सम्पादकीय |
जति संवेदशील पद, उति नै गम्भीर दुरुपयोग । यही शृंखलामा मिसिएका छन्, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी । यतिबेला उनीमाथि मानव तस्करीको उद्यम गरेको आरोप लागेको छ । आर्ट्स काउन्सिल टोकियोको आयोजनामा ‘कल्चर एट होम’ कार्यक्रम हुने भन्दै मन्त्री अधिकारी कात्तिक १३ मा जापान उडेका थिए । |
कार्तिक २२, २०८१ |
स्थानीय सरकारको प्रश्न, ‘खै संघीयता ?’ |
खिमलाल देवकोटा |
केही साता अगाडि ‘फेडरलिजम एन्ड लोकालाइजेसन सेन्टर’ ले सातवटै प्रदेशमा आयोजना गरेको कार्यक्रमका दौरान केही पालिकाका प्रमुखलगायतका पदाधिकारीसँग लेखकले छलफल गरेको थियो । कतिपय पदाधिकारीले सेन्टरको कार्यक्रममा नै आफ्नो धारणा राखेका थिए । प्रदेश तहको उकुसमुकसजस्तै उनीहरूको पनि गुनासा र दुःखेसाका पोका थिए । प्रदेशको दुःखेसो संघप्रति लक्षित थियो भने स्थानीयको प्रदेश र संघप्रति । आलेख यही सेरोफेरोमा छ । |
थलिँदै गएको उदार लोकतन्त्र |
हरि रोका |
सन् २०२४ मा ७० भन्दा बढी मुलुकहरूमा आमनिर्वाचन हुने घोषणा गरिएको थियो । जसमा बेलायत, फ्रान्स, जापान, मेक्सिको, दक्षिण अफ्रिका, भेनेजुयला, भारत, इन्डोनेसिया, इरान आदि देशहरू पर्थे । तर अधिकांश देशमा उदार–लोकतन्त्रवादीहरूले निर्वाचन हारे । |
छठ बिदा किन एक दिन मात्रै ? |
अञ्जली साह |
छठ पूजा आस्थाको पर्व हुन पुगेको छ । धार्मिक सहिष्णुता, लैंगिक समानता, प्रकृति पूजाले भरिपूर्ण छठ पूजा हिन्दु मधेशी महिलाले मात्र लिने व्रत होइन । जुनसुकै समुदायमा जसले पनि प्राकृतिक वा कृत्रिम जलाशयमा श्रद्धाका साथ छठपूजा गर्न सक्छन् । नेपालमा मधेशी, थारू, नेवारी, मुस्लिम तथा पहाडी भेगका समुदायले यो पर्व मान्न थालेका छन् । छठी मैयालाई छठ माता तथा षष्टी देवी भन्दै अराधना गरिन्छ । |
आशंका र अपेक्षाबीच ट्रम्पको पुनरोदय |
सम्पादकीय |
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा जोडदार पुनरागमन गरेका छन् । निर्वाचनअघिका सबैजसो मत सर्वेक्षणले रिपब्लिकन ट्रम्प र डेमोक्र्याट कमला ह्यारिसबीच झिनो मतान्तरले जित–हार हुने प्रक्षेपण गरेका थिए । तर ह्यारिस मात्र होइन, चुनावी पण्डितहरूलाई पनि स्तब्ध बनाउँदै ट्रम्पले मतको बाढी नै ल्याएका छन् । |
कार्तिक २१, २०८१ |
एक जुगमा एक दिन एकचोटि आउँछ |
केशव दाहाल |
कान्तिपुरमा प्रकाशित मेरो अघिल्लो लेख ‘आन्दोलन पर्खिरहेको सडक’ माथि निकै टिप्पणीहरू आए । टिप्पणीहरू मूलतः चारखाले थिए । पहिलो, संस्थापन र सत्ताका निकटहरूबाट आयो । उनीहरूको भनाइ थियो– ‘अहिले आन्दोलन (सान्दोलन) को अर्थ छैन । यो बेला आन्दोलनको कुरा गर्नेहरू अस्थिरता र अराजकता चाहनेहरू हुन् । यिनले राजनीति बुझ्दैनन् ।’ |
सूचना युगको संसार |
तेजप्रसाद वाग्ले |
गत महिना चीनको प्राचीन राजधानी सियान र अन्तर्राष्ट्रिय व्यापार केन्द्र मानिने समुद्री बन्दरगाह सहर छिन्ताओ जाने अवसर मिल्यो । अहिले यी दुवै सहरको परिचय फेरिइसकेको रहेछ । उच्च–प्रविधि र औद्योगिक क्षेत्रहरूको विस्तारले यी सहर ‘हाई टेक’ बनिसकेका छन् । सियानको जेली मोटर उत्पादन कम्पनीमा जाँदा त्यहाँ मजदुरहरू देखिएनन्, जहाँ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई), ‘अटोमेसन’ र डिजिटल प्रविधिको प्रयोग गर्दै गाडी उत्पादन हुन्छ । स्वचालित प्रविधिले कसरी काम गरेको छ भनेर हेर्न जाने पर्यटकको भने घुइँचो थियो । |
वातावरणमा असर गर्ने खाना अशुद्ध |
टीका भट्टराई |
धर्महरूमा तीर्थव्रत गर्दा चोखो खानुपर्छ भन्ने मान्यता छ । दसैं, तिहार जस्ता चाडपर्व मिठो–मसिनो खाने भनेर नै चिनिन्छन् । अगाडिका केही दशकसम्म ‘चोखो’, ‘मिठो’ स्वास्थ्यका पनि परिचायक थिए, धेरै खाएर यदाकदा अपच हुनेबाहेक । तर अब ‘चोखो’ वा ‘मिठो’ स्वस्थ खानाका परिचायक रहेनन् । धार्मिक होस् वा व्यावहारिक, कुन खाना चोखो वा शुद्ध भनेर पुनः परिभाषित गर्नुपर्ने बेला भएको छ । |
लैंगिक मूलप्रवाहीकरणको संस्कृति |
सम्झना शर्मा |
बहुलवादले सामाजिक जीवन र चिन्तनको विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्छ । यसले विविधताको स्वीकृति, समर्थनसहित विविध अभिरुचि, विश्वास र जीवनशैलीको शान्तिपूर्ण सहअस्तित्वलाई स्थान दिन्छ । संस्कृति, भाषा, राजनीतिक विविधता, जातजाति, वर्ग, आर्थिक विविधता, जनसंख्याको संरचना आदि बहुलवादका आधार हुन् । |
राज्यद्वारा नागरिकमाथि गरिने उपेक्षाको स्पष्ट तस्बिर |
सम्पादकीय |
आधुनिक राज्यले आफ्ना नागरिकप्रति गर्नुपर्ने आदर्श व्यवहार कस्तो हुनुपर्छ भन्ने विषयमा अनेकौं मतहरू पाइन्छन् । यसका सैद्धान्तिक व्याख्यालाई छाडौं, कैयौं देशमा विपत् बेहोरेका नागरिकप्रति राज्यले गर्ने सहयोगबाट पनि अरूले पनि सिक्न सक्छन् । तर नेपाली राज्यको तौरतरिका भने बिलकुल बेपर्वाह खालको छ । |
कार्तिक २०, २०८१ |
अब एसियाली शक्तिको समय |
गोपाल खनाल |
विचार, संगठन र वर्चस्व मर्दैनन्, ती बदलिरहन्छन् र नयाँ रूपमा देखिन्छन् । मार्क्स, हेगेल, म्याक्स विबर, फुकोहरूले पनि भनेकै हुन् । समकालीन विश्व व्यवस्थामा देखापर्दै गरेका प्रवृत्ति हेर्दा त्यो चित्रित पनि हुन्छ । अमेरिकी नेतृत्वको पुरानो र पश्चिमा विश्व व्यवस्थालाई उदाउँदै गरेको एसियाली विश्व व्यवस्थाले प्रभावित पार्दै छ । |
युवा पलायन रोक्न उद्यमशील शिक्षा |
गिरिधारी शर्मा पौडेल |
नेपालको राजनीतिक र प्रशासनिक वृत्तमा उद्यमशीलताको चेत खुलेन । दलहरूले आफ्ना कार्यकर्तालाई उत्पादन सिकाएनन् । प्रशासकले दैनिक कामबाहेक उद्यमशीलताबारे कुरा उठाएनन् । योजना बनाएनन् । विद्यालय र विश्वविद्यालयले नियमित शिक्षामा उद्यमशीलता समावेश गरेनन्, जसले गर्दा देशमा औद्योगिकीकरण भएन । |
भौगोलिक संकेतक कानुनको आवश्यकता |
लक्ष्मी सापकोटा |
बौद्धिकताको प्रयोग गरी सिर्जना गरिएका आविष्कार, कला, कौशल, वस्तुगत वा भाषिक रचना बौद्धिक सम्पत्ति हुन् । नेपालको संविधानले सम्पत्तिको परिभाषाभित्र बौद्धिक सम्पत्तिलाई समेत समेटेको छ । संविधानले बौद्धिक सम्पत्तिलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । मुलुकी देवानी संहिता २०७४ ले चल र अचलका रूपमा रहेका भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै अवस्थामा रहे भएको भएका कुरालाई सम्पत्ति मानेको छ । |
जनकपुर चुरोट कारखानाबाट उडेको धूवाँ |
सम्पादकीय |
सरकारले उद्योग चलाउने कि वातावरण बनाउने ? यो बहस अब उति सान्दर्भिक किन छैन भने सरकारले चलाएका उद्योग उल्टै सेतो हात्ती भएका छन् । राज्यको साधनस्रोत खर्चेर सञ्चालन भएका उद्योगले नाफा दिनु त कता हो कता, कर्मचारीलाई तलब पनि दिन नसक्ने अवस्था भएपछि तिनलाई यथास्थितिमा चलाउन सम्भव छैन भन्ने प्रस्ट छ । |
कार्तिक १८, २०८१ |
के अमेरिकीले महिला राष्ट्रपति चुन्लान् ? |
सुशील विके |
विश्वशक्ति अमेरिकाको राष्ट्रपति निर्वाचनले अहिले विश्वकै ध्यान केन्द्रित गरेको छ । नोभेम्बर ५ मा हुने ६० औं निर्वाचनले अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित गर्नेछ । राष्ट्रपतिका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपव्लिकन पार्टीबाट उम्मेदवार छन् । |
कार्तिक १७, २०८१ |
अमेरिकी चुनावअघि र पछिका सम्भावित परिदृश्य |
किशोर पन्थी |
स्थानः ह्वाइट हाउसको ब्रिफिङ कक्ष । मितिः जनवरी ६, २०२५ । अमेरिकाको राष्ट्रपति चुनावबाट दोस्रो कार्यकालका लागि झिनो मतान्तरले निर्वाचित राष्ट्रपति आफ्ना सल्लाहकारहरुका साथमा छलफलमा व्यस्त रहेका छन् । पराजित राष्ट्रपति उम्मेदवारले आफ्नो हार स्वीकार गरेका छैनन् । |
कार्तिक १६, २०८१ |
विकृत ‘राजनीतिक-संस्कृति’ र रूपान्तरण |
जेबी विश्वकर्मा |
राजनीति भनेको राजनीतिक, सामाजिक–सांस्कृतिक, आर्थिक प्रणालीलाई व्यवस्थित बनाउने प्रक्रिया हो । देश र जनताको हितअनुकूल राजनीतिक प्रणाली सञ्चालन भएन भने जनताले राजनीतिक प्रक्रियाबाटै विद्रोह वा प्रतिरोध गर्छन् र आफ्नो अपेक्षाअनुरूपको शासन व्यवस्था वा आर्थिक–राजनीतिक र सामाजिक प्रणालीको विकास गर्छन् । |
यतीको मिथ र वैज्ञानिक पुष्टि |
कमल मादेन |
कताका संसारभर नेपालमा यती पाइने हल्ला खुबै हुन्थ्यो । यतीलाई वैज्ञानिक रूपमा अध्ययन हुन नसकेको ‘ग्रेट एप्स’ मध्ये कुनै एक सदस्य होला भन्ठानिन्थ्यो । ग्रेट एप्सलाई ‘होमिनोइड’ पनि भनिन्छ । मानिससहित चिम्पाञ्जी, गोरिल्ला र ओराङ–ओटाङ अस्तित्वमा रहेका ग्रेट एप्स हुन् । |
सनातन धर्मको अनुशासन |
नारायण कुँवर |
नव जन्मको उद्देश्य आत्मज्ञान प्राप्त गरेर जन्म–मरण चक्रको बन्धनबाट मुक्त हुनु हो । हिन्दु अर्थात् सनातन धर्मले आत्मज्ञान प्राप्त गर्न उच्चतम ज्ञान दिएको छ । चेतना विकासका क्रममा जीवात्माले विभिन्न वनस्पति र प्राणीका रूपमा चौरासी लाख जुनी पार गर्दै मानव जुनीमा प्रवेश गरेको हुन्छ । |
स्वस्थ रहन योग |
मीना आचार्य |
एउटा कुराको मनन गरौं न, के हामी पूर्ण रूपमा स्वस्थ छौं होला ? स्वास्थ्य नै धन हो भनिन्छ । त्यसैले हामी सबैलाई धनी अर्थात् स्वस्थ हुन मन पर्छ । कसैलाई पनि रोगी हुन मन लाग्दैन । तर पनि विभिन्न कारणले रोग लाग्छ नै । यो सामान्य कुरा हो । रोग लागेपछि आफूलाई यस्तो र उस्तो भयो भन्नुभन्दा रोगविरुद्ध लड्ने अठोट गर्नु राम्रो हुन्छ । किनकि निरोगी रहनु नैसर्गिक अधिकार हो । हामी किन त्यो अधिकार नलिने ? |
तिहारको शुभकामना |
सम्पादकीय |
चाडपर्व सुरु भएको औपचारिक जानकारी क्यालेन्डरले दिने भए पनि प्रकृतिले समेत त्यसको संकेत गरेको हुन्छ । मानिसहरूले आफ्नो दैनिकलाई परिवर्तन गर्दै त्यसलाई अनुमोदन गर्छन् । यतिबेला गाउँ तथा सहरको बदलिँदो वातावरणले त्यसलाई पुष्टि गर्छ । किनकि, चर्को गर्मीमय मौसम बिस्तारै शरद ऋतुले सिञ्चित भएर चिसो हुँदै छ । |
कार्तिक १५, २०८१ |
सामाजिक छवि : ठूला दल र रवि |
इन्द्र अधिकारी |
२०७९ को संघीय र प्रदेशको निर्वाचनभन्दा केही समयअघिदेखि ठूला दलविरोधी भाष्यले व्यापक स्थान पाउँदै आएको छ । त्यसअघि भएको स्थानीय निर्वाचनमार्फत बालेनलगायत केही नयाँ स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका थिए । उनीहरूले युवा मतदाताकेन्द्रित चुनावी रणनीति अपनाएका थिए । |
क्षरणकालमा सुखरात्रि |
चन्द्रकिशोर |
सत्तापक्षले जनताबाट वाहवाही पाउन सकिरहेको छैन । प्रधानमन्त्री खड्गप्रसाद ओलीले जतिसुकै हावा भर्न खोजे पनि बेलुन फुस्किँदै गएको छ । यसपटक प्रधानमन्त्री बन्न पुग्दा उनीसँग सम्भवतः अन्तिम मौका थियो, एक ताजा सुरुआत गर्न । भुइँतहका आवश्यकता र अभीष्टअनुसार उनले एकएक कदम बढाएको भए गिन्तीको सय दिनमा ताली पाउने स्थिति बन्थ्यो । |
ह्यारिसलाई पछ्याएका रेकर्डहरू |
प्रभात भट्टराई |
जुलाई तेस्रो सातासम्म अमेरिकी राजनीतिक गर्मागर्मीमा कमला ह्यारिस पूर्णतः छायामा थिइन् । ‘रनिङ मेट’ का रूपमा राष्ट्रपति जो बाइडेनलाई जिताउन देशाटनमा रहे पनि उनीप्रति छुट्टै ‘चार्म’ थिएन । बरु बहुमत अमेरिकीको नजरमा नरुचाइने (अनफेबरेवल) नेताकै रूपमा थिइन् । |
दुईपाङ्ग्रे सवारीको जोखिम |
धर्मराज भण्डारी |
छिटोछरितो एवम् सजिलोका हिसाबले मोटरसाइकल र स्कुटरजस्ता दुईपाङ्ग्रे सवारी रोजाइमा परेका छन् । विशेषगरी, युवायुवतीले बढी रुचाएको देखिन्छ । १६–१७ वर्ष पुगेकाहरूले दुईपाङ्ग्रे सवारी प्रयोग गर्दा होसियारी नअपनाएका कारण दुर्घटना बढेको धेरैको बुझाइ छ । सवारी चलाउँदा निम्नतम् सुरक्षाका मापदण्डसमेत पालना नगरेका कारण जनधनको ठूलो क्षति भएको छ । |
हारजितभन्दा माथिको सन्देश |
सम्पादकीय |
‘साफ वुमन्स च्याम्पियनसिप’ को उपाधि उचाल्नबाट नेपाल फेरि पनि वञ्चित भएको छ । बुधबार काठमाडौंस्थित दशरथ रंगशालामा भएको सातौं संस्करणको फाइनल खेलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै उपाधि उचाल्ने नेपालको सपना पुनः टरेको हो । यसका सात संस्करणमध्ये यस पटकसमेत गरी ६ पटक फाइनलमा पुगेको नेपाल ६ नै पटक पराजित भएको हो । |
कार्तिक १४, २०८१ |
बसी खानेहरूको गनगन |
सीके लाल |
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको राजनीतिक वैधानिकता यथावत् रहे पनि उनको सामाजिक स्वीकार्यता भने दिनानुदिन घट्दै गइरहेको छ । कुनै बेला उनी खस–आर्यका सर्वस्वीकार्य कबायली मुख्तियार (ट्राइबल चिफ्टन) मानिन्थे । सहकारी ठगी मुद्दाको आधिकारिकता अनुसन्धानभित्र रहे पनि रवि लामिछानेले उनको नृजातीय पहरेदारको भूमिकामाथि हिरासतभित्रबाट नै प्रश्नचिह्न लगाइरहेका छन् । |
मधेशको जनसंख्यामा समृद्धिको अवसर |
चेतन अधिकारी |
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको गुनासो रहेछ— २०७८ को जनगणनाले वीरगन्जको जनसंख्या थोरै देखायो । जसले गर्दा संघीय सरकारबाट महानगरले पाउने अनुदान घट्यो । केही समय पहिले पंक्तिकारसँगको कुराकानीमा उनले भनेका थिए— ‘जुनसुकै मन्त्रालयमा गए पनि तपाईंको जनसंख्या नै छैन कसरी ठूलो बजेट पठाउन सकिन्छ ? हाम्रो महानगरको जनसंख्या २,७२,३८२ मात्र होइन । जनसंख्याको ठूलो हिस्सा गणना गर्न छुटेको छ ।’ |
चिनी किन हानिकारक ? |
सुनिता गाइसी |
तिहारमा विशेषगरी फलफूल, झिलिमिली बत्ती, भाइ–मसला र मिठाईको चर्चा हुन्छ । विभिन्न पर्वमा विशेष प्रकारका रोटी र मिठाई बनाउने हाम्रो चलन नै छ । तिहारमा त सेलरोटी, लाखामरी, मुटुमरी र अन्य मिठाई छुट्ने कुरै भएन । प्रायः मिठाईमा स्वादका लागि बढी मात्रामा चिनी प्रयोग गरिन्छ । ‘रातो राम्रो, गुलियो मिठो’ त उखानै छ । विशेष गरी बालबालिका चिनी र चिनीबाट बनेका मिठाई खान पाउँदा दंग पर्छन् । तर हामीले मिठो मानी खाने चिनीले स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ । |
बालबालिकाको स्वतन्त्रता खोस्ने गृहकार्य |
संयोग पनेरु |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.