text
stringlengths
2
914
धर्मशास्त्रमा नारीको महत्त्व
कल्पना नेपाल आचार्य
धर्म नियमित सत्य हो । धर्मलाई प्रत्येक व्यक्तिले कर्मको क्षेत्रमा परिपालना गर्नुपर्छ । धर्मको प्रभाव अरूले अनुभूति गरेको हुनुपर्छ । मूलतः सबै धर्मले सबैमा समानता कायम गर्ने उपदेश दिन्छन् । सबैलाई समान र सम्मानित व्यवहार गर्दा मात्रै मानवको मानसिक शक्ति दुई गुणा वृद्धि हुने पौराणिक कथन भेटिन्छ । महिला, पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यकबीचको असमानता हटाएर मात्र समानता र समधुरता कायम गरी जीवनलाई सार्थक बनाउन सकिन्छ ।
राजनीतिक विकृतिका प्रतिनिधि कोशीका कानुनमन्त्री
सम्पादकीय
जति संवेदशील पद, उति नै गम्भीर दुरुपयोग । यही शृंखलामा मिसिएका छन्, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी । यतिबेला उनीमाथि मानव तस्करीको उद्यम गरेको आरोप लागेको छ । आर्ट्स काउन्सिल टोकियोको आयोजनामा ‘कल्चर एट होम’ कार्यक्रम हुने भन्दै मन्त्री अधिकारी कात्तिक १३ मा जापान उडेका थिए ।
कार्तिक २२, २०८१
स्थानीय सरकारको प्रश्न, ‘खै संघीयता ?’
खिमलाल देवकोटा
केही साता अगाडि ‘फेडरलिजम एन्ड लोकालाइजेसन सेन्टर’ ले सातवटै प्रदेशमा आयोजना गरेको कार्यक्रमका दौरान केही पालिकाका प्रमुखलगायतका पदाधिकारीसँग लेखकले छलफल गरेको थियो । कतिपय पदाधिकारीले सेन्टरको कार्यक्रममा नै आफ्नो धारणा राखेका थिए । प्रदेश तहको उकुसमुकसजस्तै उनीहरूको पनि गुनासा र दुःखेसाका पोका थिए । प्रदेशको दुःखेसो संघप्रति लक्षित थियो भने स्थानीयको प्रदेश र संघप्रति । आलेख यही सेरोफेरोमा छ ।
थलिँदै गएको उदार लोकतन्त्र
हरि रोका
सन् २०२४ मा ७० भन्दा बढी मुलुकहरूमा आमनिर्वाचन हुने घोषणा गरिएको थियो । जसमा बेलायत, फ्रान्स, जापान, मेक्सिको, दक्षिण अफ्रिका, भेनेजुयला, भारत, इन्डोनेसिया, इरान आदि देशहरू पर्थे । तर अधिकांश देशमा उदार–लोकतन्त्रवादीहरूले निर्वाचन हारे ।
छठ बिदा किन एक दिन मात्रै ?
अञ्जली साह
छठ पूजा आस्थाको पर्व हुन पुगेको छ । धार्मिक सहिष्णुता, लैंगिक समानता, प्रकृति पूजाले भरिपूर्ण छठ पूजा हिन्दु मधेशी महिलाले मात्र लिने व्रत होइन । जुनसुकै समुदायमा जसले पनि प्राकृतिक वा कृत्रिम जलाशयमा श्रद्धाका साथ छठपूजा गर्न सक्छन् । नेपालमा मधेशी, थारू, नेवारी, मुस्लिम तथा पहाडी भेगका समुदायले यो पर्व मान्न थालेका छन् । छठी मैयालाई छठ माता तथा षष्टी देवी भन्दै अराधना गरिन्छ ।
आशंका र अपेक्षाबीच ट्रम्पको पुनरोदय
सम्पादकीय
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा जोडदार पुनरागमन गरेका छन् । निर्वाचनअघिका सबैजसो मत सर्वेक्षणले रिपब्लिकन ट्रम्प र डेमोक्र्याट कमला ह्यारिसबीच झिनो मतान्तरले जित–हार हुने प्रक्षेपण गरेका थिए । तर ह्यारिस मात्र होइन, चुनावी पण्डितहरूलाई पनि स्तब्ध बनाउँदै ट्रम्पले मतको बाढी नै ल्याएका छन् ।
कार्तिक २१, २०८१
एक जुगमा एक दिन एकचोटि आउँछ
केशव दाहाल
कान्तिपुरमा प्रकाशित मेरो अघिल्लो लेख ‘आन्दोलन पर्खिरहेको सडक’ माथि निकै टिप्पणीहरू आए । टिप्पणीहरू मूलतः चारखाले थिए । पहिलो, संस्थापन र सत्ताका निकटहरूबाट आयो । उनीहरूको भनाइ थियो– ‘अहिले आन्दोलन (सान्दोलन) को अर्थ छैन । यो बेला आन्दोलनको कुरा गर्नेहरू अस्थिरता र अराजकता चाहनेहरू हुन् । यिनले राजनीति बुझ्दैनन् ।’
सूचना युगको संसार
तेजप्रसाद वाग्ले
गत महिना चीनको प्राचीन राजधानी सियान र अन्तर्राष्ट्रिय व्यापार केन्द्र मानिने समुद्री बन्दरगाह सहर छिन्ताओ जाने अवसर मिल्यो । अहिले यी दुवै सहरको परिचय फेरिइसकेको रहेछ । उच्च–प्रविधि र औद्योगिक क्षेत्रहरूको विस्तारले यी सहर ‘हाई टेक’ बनिसकेका छन् । सियानको जेली मोटर उत्पादन कम्पनीमा जाँदा त्यहाँ मजदुरहरू देखिएनन्, जहाँ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई), ‘अटोमेसन’ र डिजिटल प्रविधिको प्रयोग गर्दै गाडी उत्पादन हुन्छ । स्वचालित प्रविधिले कसरी काम गरेको छ भनेर हेर्न जाने पर्यटकको भने घुइँचो थियो ।
वातावरणमा असर गर्ने खाना अशुद्ध
टीका भट्टराई
धर्महरूमा तीर्थव्रत गर्दा चोखो खानुपर्छ भन्ने मान्यता छ । दसैं, तिहार जस्ता चाडपर्व मिठो–मसिनो खाने भनेर नै चिनिन्छन् । अगाडिका केही दशकसम्म ‘चोखो’, ‘मिठो’ स्वास्थ्यका पनि परिचायक थिए, धेरै खाएर यदाकदा अपच हुनेबाहेक । तर अब ‘चोखो’ वा ‘मिठो’ स्वस्थ खानाका परिचायक रहेनन् । धार्मिक होस् वा व्यावहारिक, कुन खाना चोखो वा शुद्ध भनेर पुनः परिभाषित गर्नुपर्ने बेला भएको छ ।
लैंगिक मूलप्रवाहीकरणको संस्कृति
सम्झना शर्मा
बहुलवादले सामाजिक जीवन र चिन्तनको विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्छ । यसले विविधताको स्वीकृति, समर्थनसहित विविध अभिरुचि, विश्वास र जीवनशैलीको शान्तिपूर्ण सहअस्तित्वलाई स्थान दिन्छ । संस्कृति, भाषा, राजनीतिक विविधता, जातजाति, वर्ग, आर्थिक विविधता, जनसंख्याको संरचना आदि बहुलवादका आधार हुन् ।
राज्यद्वारा नागरिकमाथि गरिने उपेक्षाको स्पष्ट तस्बिर
सम्पादकीय
आधुनिक राज्यले आफ्ना नागरिकप्रति गर्नुपर्ने आदर्श व्यवहार कस्तो हुनुपर्छ भन्ने विषयमा अनेकौं मतहरू पाइन्छन् । यसका सैद्धान्तिक व्याख्यालाई छाडौं, कैयौं देशमा विपत् बेहोरेका नागरिकप्रति राज्यले गर्ने सहयोगबाट पनि अरूले पनि सिक्न सक्छन् । तर नेपाली राज्यको तौरतरिका भने बिलकुल बेपर्वाह खालको छ ।
कार्तिक २०, २०८१
अब एसियाली शक्तिको समय
गोपाल खनाल
विचार, संगठन र वर्चस्व मर्दैनन्, ती बदलिरहन्छन् र नयाँ रूपमा देखिन्छन् । मार्क्स, हेगेल, म्याक्स विबर, फुकोहरूले पनि भनेकै हुन् । समकालीन विश्व व्यवस्थामा देखापर्दै गरेका प्रवृत्ति हेर्दा त्यो चित्रित पनि हुन्छ । अमेरिकी नेतृत्वको पुरानो र पश्चिमा विश्व व्यवस्थालाई उदाउँदै गरेको एसियाली विश्व व्यवस्थाले प्रभावित पार्दै छ ।
युवा पलायन रोक्न उद्यमशील शिक्षा
गिरिधारी शर्मा पौडेल
नेपालको राजनीतिक र प्रशासनिक वृत्तमा उद्यमशीलताको चेत खुलेन । दलहरूले आफ्ना कार्यकर्तालाई उत्पादन सिकाएनन् । प्रशासकले दैनिक कामबाहेक उद्यमशीलताबारे कुरा उठाएनन् । योजना बनाएनन् । विद्यालय र विश्वविद्यालयले नियमित शिक्षामा उद्यमशीलता समावेश गरेनन्, जसले गर्दा देशमा औद्योगिकीकरण भएन ।
भौगोलिक संकेतक कानुनको आवश्यकता
लक्ष्मी सापकोटा
बौद्धिकताको प्रयोग गरी सिर्जना गरिएका आविष्कार, कला, कौशल, वस्तुगत वा भाषिक रचना बौद्धिक सम्पत्ति हुन् । नेपालको संविधानले सम्पत्तिको परिभाषाभित्र बौद्धिक सम्पत्तिलाई समेत समेटेको छ । संविधानले बौद्धिक सम्पत्तिलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । मुलुकी देवानी संहिता २०७४ ले चल र अचलका रूपमा रहेका भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै अवस्थामा रहे भएको भएका कुरालाई सम्पत्ति मानेको छ ।
जनकपुर चुरोट कारखानाबाट उडेको धूवाँ
सम्पादकीय
सरकारले उद्योग चलाउने कि वातावरण बनाउने ? यो बहस अब उति सान्दर्भिक किन छैन भने सरकारले चलाएका उद्योग उल्टै सेतो हात्ती भएका छन् । राज्यको साधनस्रोत खर्चेर सञ्चालन भएका उद्योगले नाफा दिनु त कता हो कता, कर्मचारीलाई तलब पनि दिन नसक्ने अवस्था भएपछि तिनलाई यथास्थितिमा चलाउन सम्भव छैन भन्ने प्रस्ट छ ।
कार्तिक १८, २०८१
के अमेरिकीले महिला राष्ट्रपति चुन्लान् ?
सुशील विके
विश्वशक्ति अमेरिकाको राष्ट्रपति निर्वाचनले अहिले विश्वकै ध्यान केन्द्रित गरेको छ । नोभेम्बर ५ मा हुने ६० औं निर्वाचनले अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित गर्नेछ । राष्ट्रपतिका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपव्लिकन पार्टीबाट उम्मेदवार छन् ।
कार्तिक १७, २०८१
अमेरिकी चुनावअघि र पछिका सम्भावित परिदृश्य
किशोर पन्थी
स्थानः ह्वाइट हाउसको ब्रिफिङ कक्ष । मितिः जनवरी ६, २०२५ । अमेरिकाको राष्ट्रपति चुनावबाट दोस्रो कार्यकालका लागि झिनो मतान्तरले निर्वाचित राष्ट्रपति आफ्ना सल्लाहकारहरुका साथमा छलफलमा व्यस्त रहेका छन् । पराजित राष्ट्रपति उम्मेदवारले आफ्नो हार स्वीकार गरेका छैनन् ।
कार्तिक १६, २०८१
विकृत ‘राजनीतिक-संस्कृति’ र रूपान्तरण
जेबी विश्वकर्मा
राजनीति भनेको राजनीतिक, सामाजिक–सांस्कृतिक, आर्थिक प्रणालीलाई व्यवस्थित बनाउने प्रक्रिया हो । देश र जनताको हितअनुकूल राजनीतिक प्रणाली सञ्चालन भएन भने जनताले राजनीतिक प्रक्रियाबाटै विद्रोह वा प्रतिरोध गर्छन् र आफ्नो अपेक्षाअनुरूपको शासन व्यवस्था वा आर्थिक–राजनीतिक र सामाजिक प्रणालीको विकास गर्छन् ।
यतीको मिथ र वैज्ञानिक पुष्टि
कमल मादेन
कताका संसारभर नेपालमा यती पाइने हल्ला खुबै हुन्थ्यो । यतीलाई वैज्ञानिक रूपमा अध्ययन हुन नसकेको ‘ग्रेट एप्स’ मध्ये कुनै एक सदस्य होला भन्ठानिन्थ्यो । ग्रेट एप्सलाई ‘होमिनोइड’ पनि भनिन्छ । मानिससहित चिम्पाञ्जी, गोरिल्ला र ओराङ–ओटाङ अस्तित्वमा रहेका ग्रेट एप्स हुन् ।
सनातन धर्मको अनुशासन
नारायण कुँवर
नव जन्मको उद्देश्य आत्मज्ञान प्राप्त गरेर जन्म–मरण चक्रको बन्धनबाट मुक्त हुनु हो । हिन्दु अर्थात् सनातन धर्मले आत्मज्ञान प्राप्त गर्न उच्चतम ज्ञान दिएको छ । चेतना विकासका क्रममा जीवात्माले विभिन्न वनस्पति र प्राणीका रूपमा चौरासी लाख जुनी पार गर्दै मानव जुनीमा प्रवेश गरेको हुन्छ ।
स्वस्थ रहन योग
मीना आचार्य
एउटा कुराको मनन गरौं न, के हामी पूर्ण रूपमा स्वस्थ छौं होला ? स्वास्थ्य नै धन हो भनिन्छ । त्यसैले हामी सबैलाई धनी अर्थात् स्वस्थ हुन मन पर्छ । कसैलाई पनि रोगी हुन मन लाग्दैन । तर पनि विभिन्न कारणले रोग लाग्छ नै । यो सामान्य कुरा हो । रोग लागेपछि आफूलाई यस्तो र उस्तो भयो भन्नुभन्दा रोगविरुद्ध लड्ने अठोट गर्नु राम्रो हुन्छ । किनकि निरोगी रहनु नैसर्गिक अधिकार हो । हामी किन त्यो अधिकार नलिने ?
तिहारको शुभकामना
सम्पादकीय
चाडपर्व सुरु भएको औपचारिक जानकारी क्यालेन्डरले दिने भए पनि प्रकृतिले समेत त्यसको संकेत गरेको हुन्छ । मानिसहरूले आफ्नो दैनिकलाई परिवर्तन गर्दै त्यसलाई अनुमोदन गर्छन् । यतिबेला गाउँ तथा सहरको बदलिँदो वातावरणले त्यसलाई पुष्टि गर्छ । किनकि, चर्को गर्मीमय मौसम बिस्तारै शरद ऋतुले सिञ्चित भएर चिसो हुँदै छ ।
कार्तिक १५, २०८१
सामाजिक छवि : ठूला दल र रवि
इन्द्र अधिकारी
२०७९ को संघीय र प्रदेशको निर्वाचनभन्दा केही समयअघिदेखि ठूला दलविरोधी भाष्यले व्यापक स्थान पाउँदै आएको छ । त्यसअघि भएको स्थानीय निर्वाचनमार्फत बालेनलगायत केही नयाँ स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका थिए । उनीहरूले युवा मतदाताकेन्द्रित चुनावी रणनीति अपनाएका थिए ।
क्षरणकालमा सुखरात्रि
चन्द्रकिशोर
सत्तापक्षले जनताबाट वाहवाही पाउन सकिरहेको छैन । प्रधानमन्त्री खड्गप्रसाद ओलीले जतिसुकै हावा भर्न खोजे पनि बेलुन फुस्किँदै गएको छ । यसपटक प्रधानमन्त्री बन्न पुग्दा उनीसँग सम्भवतः अन्तिम मौका थियो, एक ताजा सुरुआत गर्न । भुइँतहका आवश्यकता र अभीष्टअनुसार उनले एकएक कदम बढाएको भए गिन्तीको सय दिनमा ताली पाउने स्थिति बन्थ्यो ।
ह्यारिसलाई पछ्याएका रेकर्डहरू
प्रभात भट्टराई
जुलाई तेस्रो सातासम्म अमेरिकी राजनीतिक गर्मागर्मीमा कमला ह्यारिस पूर्णतः छायामा थिइन् । ‘रनिङ मेट’ का रूपमा राष्ट्रपति जो बाइडेनलाई जिताउन देशाटनमा रहे पनि उनीप्रति छुट्टै ‘चार्म’ थिएन । बरु बहुमत अमेरिकीको नजरमा नरुचाइने (अनफेबरेवल) नेताकै रूपमा थिइन् ।
दुईपाङ्ग्रे सवारीको जोखिम
धर्मराज भण्डारी
छिटोछरितो एवम् सजिलोका हिसाबले मोटरसाइकल र स्कुटरजस्ता दुईपाङ्ग्रे सवारी रोजाइमा परेका छन् । विशेषगरी, युवायुवतीले बढी रुचाएको देखिन्छ । १६–१७ वर्ष पुगेकाहरूले दुईपाङ्ग्रे सवारी प्रयोग गर्दा होसियारी नअपनाएका कारण दुर्घटना बढेको धेरैको बुझाइ छ । सवारी चलाउँदा निम्नतम् सुरक्षाका मापदण्डसमेत पालना नगरेका कारण जनधनको ठूलो क्षति भएको छ ।
हारजितभन्दा माथिको सन्देश
सम्पादकीय
‘साफ वुमन्स च्याम्पियनसिप’ को उपाधि उचाल्नबाट नेपाल फेरि पनि वञ्चित भएको छ । बुधबार काठमाडौंस्थित दशरथ रंगशालामा भएको सातौं संस्करणको फाइनल खेलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै उपाधि उचाल्ने नेपालको सपना पुनः टरेको हो । यसका सात संस्करणमध्ये यस पटकसमेत गरी ६ पटक फाइनलमा पुगेको नेपाल ६ नै पटक पराजित भएको हो ।
कार्तिक १४, २०८१
बसी खानेहरूको गनगन
सीके लाल
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको राजनीतिक वैधानिकता यथावत् रहे पनि उनको सामाजिक स्वीकार्यता भने दिनानुदिन घट्दै गइरहेको छ । कुनै बेला उनी खस–आर्यका सर्वस्वीकार्य कबायली मुख्तियार (ट्राइबल चिफ्टन) मानिन्थे । सहकारी ठगी मुद्दाको आधिकारिकता अनुसन्धानभित्र रहे पनि रवि लामिछानेले उनको नृजातीय पहरेदारको भूमिकामाथि हिरासतभित्रबाट नै प्रश्नचिह्न लगाइरहेका छन् ।
मधेशको जनसंख्यामा समृद्धिको अवसर
चेतन अधिकारी
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको गुनासो रहेछ— २०७८ को जनगणनाले वीरगन्जको जनसंख्या थोरै देखायो । जसले गर्दा संघीय सरकारबाट महानगरले पाउने अनुदान घट्यो । केही समय पहिले पंक्तिकारसँगको कुराकानीमा उनले भनेका थिए— ‘जुनसुकै मन्त्रालयमा गए पनि तपाईंको जनसंख्या नै छैन कसरी ठूलो बजेट पठाउन सकिन्छ ? हाम्रो महानगरको जनसंख्या २,७२,३८२ मात्र होइन । जनसंख्याको ठूलो हिस्सा गणना गर्न छुटेको छ ।’
चिनी किन हानिकारक ?
सुनिता गाइसी
तिहारमा विशेषगरी फलफूल, झिलिमिली बत्ती, भाइ–मसला र मिठाईको चर्चा हुन्छ । विभिन्न पर्वमा विशेष प्रकारका रोटी र मिठाई बनाउने हाम्रो चलन नै छ । तिहारमा त सेलरोटी, लाखामरी, मुटुमरी र अन्य मिठाई छुट्ने कुरै भएन । प्रायः मिठाईमा स्वादका लागि बढी मात्रामा चिनी प्रयोग गरिन्छ । ‘रातो राम्रो, गुलियो मिठो’ त उखानै छ । विशेष गरी बालबालिका चिनी र चिनीबाट बनेका मिठाई खान पाउँदा दंग पर्छन् । तर हामीले मिठो मानी खाने चिनीले स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ ।
बालबालिकाको स्वतन्त्रता खोस्ने गृहकार्य
संयोग पनेरु