text stringlengths 2 914 |
|---|
अधिकांश विद्यालयले चाडपर्व मनाउन लामो बिदा दिएका छन् । तर, लामो बिदासँगै आइपुग्छ– गृहकार्य । नेपालमा त यसलाई सिकाइको अभिन्न अंग मानिन्छ । यी गृहकार्य विद्यार्थीको रुचिअनुसारको, संस्कृति र सभ्यता सम्बन्धित, सामाजिक र आर्थिक पक्षका बारेमा नभई पाठ्यपुस्तकमा मात्रै आधारित हुन्छन् । |
सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीले जगाएको आशा |
सम्पादकीय |
नेपालको व्यापार सञ्जाल विश्वका झन्डै १७० वटा देशमा फैलिसकेको छ । तर आयातको तुलनामा निर्यात भने निराशाजनक छ, मुस्किलले तीन दर्जन देशसँग मात्रै व्यापार नाफामा छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालले १५ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको आयात गर्दा केवल १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको मात्रै निर्यात गरेको थियो । |
कार्तिक १३, २०८१ |
सत्ताबाहिरको माओवादी छटपटी |
विष्णु रिजाल |
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पूरा गर्दा नगर्दै माओवादीका तर्फबाट सरकार परिवर्तनको अपेक्षित हल्ला चलाइएको छ । मुलुकका दुई ठूला दल कांग्रेस र एमाले मिलेर राजनीतिक स्थिरताको मुख्य नारासहित बनेको दुईतिहाइको सरकारलाई अस्थिर बनाउन माओवादीले सुरु गरेको सरकार परिवर्तनको चर्चा स्वयम् माओवादीको अस्थिर मनस्थितिको परिचायक हो । |
युवा पलायनले पिल्सिएको लोकतन्त्र |
लेखनाथ पाण्डे |
चाडको मुखमा समेत युवा पलायनका खबर छाएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ८ लाख ७ हजार युवा रोजगारीका लागि बिदेसिएका थिए । यो गैरकानुनी रूपमा, बसाइँसराइ तथा उच्च शिक्षाका लागि बाहिरिने नेपालीबाहेकको हो । राष्ट्र बैंकका अनुसार गत वर्ष १४ खर्ब ४५ अर्ब रुपैयाँ विप्रेषण भित्रियो, जुन अघिल्लो सालभन्दा २३ प्रतिशत बढी हो । वैदेशिक रोजगारीले अर्थतन्त्रमा जति योगदान पुर्याएको छ, त्यसभन्दा कैयौं ज्यादा अर्थ–सामाजिक प्रभाव देखिँदै छ । |
प्रहरी अनुसन्धानलाई विषयान्तर गर्ने प्रयास |
राजेन्द्रसिंह भण्डारी |
सरकार मर्यो, हामीलाई जुठो पर्यो ।’ झट्ट हेर्दा यो अभिव्यक्ति अराजनीतिक र अमर्यादित देखिन्छ । तर, यो अभिव्यक्तिभित्र व्यक्तिको चरित्र, राजनीतिक संस्कार र वैकल्पिक विचारको प्रतिनिधित्वको दाबी गर्नेको भविष्यसमेत प्रकट हुन गएको छ । |
संसदीय अध्ययनको दायरा |
निर्मलादेवी लामिछाने (वस्ती) |
अनुसन्धान व्यवस्थित र रचनात्मक खोज हो, जुन नयाँ ज्ञान निर्माण वा ज्ञानको परीक्षणसँग सम्बन्धित छ । अर्को अर्थमा तथ्य वा प्रमाणको संकलन, संगठन र विश्लेषण नै अनुसन्धान हो । संसदीय अध्ययन र अनुसन्धानले संसदीय प्रभावकारिता अभिवृद्धि गराउँछ । संसदीय सूचना व्यवस्थापन प्रणालीमार्फत सूचनामा पहुँच वृद्धि र सार्वजनिक नीतिमा विधायिकी प्रभाव बढ्न गई लोकतन्त्र सुदृढीकरण हुन्छ । |
गैरआवासीय नागरिकता : अन्योल र अस्पष्टतामै कति वर्ष बिताउने ? |
सम्पादकीय |
गैरआवासीय नेपाली नागरिकता यस्तो विषय हो, जसबारे वर्षौंदेखि बहस हुँदै आएको छ, वितरण पनि हुन थालेको छ, तर अस्पष्टता पनि कायमै छ । ‘एक पटकको नेपाली, सधैंको नेपाली’ जस्ता भावनात्मक पाटोबाट मात्रै होइन, गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको आर्थिक हैसियत र सीपलाई नेपाली भूमिमा उपयोग गर्न सहज होस् भन्ने राष्ट्रिय स्वार्थका कारणले नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राखिएको भए पनि त्यसतर्फ प्रगति भएको देखिँदैन । |
कार्तिक १२, २०८१ |
ब्रिक्सको चहलपहल, निस्पृह नेपाल |
अच्युत वाग्ले |
ब्रिक्स राष्ट्रहरूको सोह्रौं शिखर सम्मेलन रुसको काजान सहरमा गत बिहीबार सम्पन्न भएको छ । प्रारम्भमा ब्राजिल, रुस, भारत र चीन र पछि थपिएको दक्षिण अफ्रिका समेतलाई बुझउन प्रयुक्त ‘ब्रिक्स’ मा अहिले साझेदार मुलुकहरू थपिने क्रम तीव्र भएको छ । अहिले नै ब्रिक्स समूहका मुलुकहरूले वर्तमान विश्वको आधा जनसंख्या, विश्वव्यापी तेल उत्पादनको ४० प्रतिशत र वस्तु निर्यात व्यापारको लगभग २५ प्रतिशत हिस्सा ओगट्छन् । |
सरकारका सय दिनको समीक्षा |
अर्जुननरसिंह केसी |
लामो अन्तरालपछि कांग्रेस–एमाले सहभागिताको संयुक्त सरकारले सय दिन पूरा गरेको छ । एक दशकअघि यी दुई दलबीच सत्ता सहकार्यको मुख्य लक्ष्य संविधान निर्माणमा संविधानसभालाई निर्णायक गति दिनु थियो । यसपालिको सत्ता सहकार्य संविधानको पुनरावलोकन, परिमार्जन तथा संशोधनसहित सातबुँदे सहमतिका आधारमा राजनीतिक स्थिरता, सुशासन, विकासका साथै जनमानसमा भरिएको निराशालाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिलाई प्रवर्द्धन गर्नुपर्नेछ । |
‘फादरोक्रेसी’ को जगजगी |
नरेन्द्रजंग पिटर |
नेपालमा फादरोक्रेसी (बातन्त्र) को नग्न उदाहरणको मुहान ललिता निवास प्रकरण बन्यो । त्यसको बाछिटा नेपाली राजनीति र समाजमा यत्रतत्र पर्यो । ‘बाई प्रोडक्ट’ भुटानी शरणार्थी प्रकरण र रविको सहकारी प्रकरण हुन् । ललिता निवास प्रकरणले समग्र नेपाली सत्तालाई प्रभाव पारेर नजिर बन्यो । सत्तामा पुग्न र पुगेपछि जे पनि गर्न सकिन्छ, हुन्छ भन्ने भाष्य तयार भयो । |
समृद्ध नेपालको लक्ष्य |
दुर्गा कँडेल छत्कुली |
‘समृद्धि’ विकासको भौतिक पक्ष हो भने ‘सुखी’ आध्यात्मिक पक्ष तथा समृद्ध नागरिकलाई सुखी बनाउने आधार । भौतिक पूर्वाधार विकास, प्राकृतिक स्रोतसाधनको उपलब्धता, संस्कृतिको जगेर्ना, उत्पादकत्व वृद्धि, सक्षम तथा क्षमतावान् जनशक्तिको विकाससहितको आर्थिक वृद्धिले समृद्धिको मापन गर्न सक्छ । |
भैरहवा विमानस्थल : पूर्ण क्षमतामा चलाउने उपाय खोज |
सम्पादकीय |
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पुनः भइरहेका तयारी नेपालका लागि उत्साहबर्द्धक समाचार हो । आगामी नोभेम्बर ९ र १० तारिखबाट दुबईको फ्लाई दुबई र कुवेतको जजिरा एयरलाइन्सले उडान भर्ने निश्चित भएसँगै यसअघिको अन्योलपूर्ण अवस्था अन्त्य हुन लागेको हो । थाई एयर एसियाले पनि उडान गर्ने तयारी भइरहेको तर अन्तिम निष्कर्षमा नपुगेको बताइएको छ । |
कार्तिक ११, २०८१ |
ज्ञानको विपत्ले भोगेको प्रकोप |
सोमत घिमिरे |
सैंअघि आएको विपत्ले सो चाडलाई लगभग बिथोलिदियो । हाहाकार भयो । कोलाहल भयो । तर तिहार आउँदासम्म हामीले त्यस विपत् बिर्सिसक्यौं । नेपालीहरूको सजिलोसँग बिर्सने कौशलले जीवनयापन सजिलो बनाएको छ । अब बिर्सिएर सुख भने छैन । नेपाल विपत्का हिसाबले अग्र सूचीमा छ । अब विपत्सँग जिउने र जुध्ने कसरी भन्ने ठूला चुनौती हामीसँग छन् । |
लोकतन्त्रको विद्रुपीकरण र यो निराशा |
ढुण्डीराज पौडेल |
संयोग नै मान्नुपर्छ, गौतम बुद्ध र पश्चिम युनानका महान् दार्शनिक सुकरात समकालीन (६००–५०० ईपू) थिए । गौतम बुद्धले अहिंसा र करुणाको उपदेश दिए । व्यक्तिलाई दुःखबाट मुक्ति अनि परिनिर्वाणको मार्ग देखाए । दार्शनिक सुकरातले व्यक्ति, समाज र राष्ट्रका लागि सत्यको उद्बोधन गरे । उनले असल राज्य सञ्चालन र सुशासनबारे पनि धेरै दार्शनिक अभिव्यक्ति प्रकट गरेका थिए । ती अहिले पनि उत्तिकै सान्दर्भिक छन् । |
वैदेशिक ऋणको चंगुलमा नेपाल |
कृष्णा पौडेल |
नेपालले विपद् व्यवस्थापन गर्न विश्व बैंकबाट १ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता लिने सम्बन्धमा हस्ताक्षर भएको समाचारसँगै वैदेशिक ऋणको विषय बहसमा आएको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री विष्णु पौडेल अमेरिकामा रहेको समयमा ऋण सहायतामा हस्ताक्षर भएको हो । बजेटरी सहायताका रूपमा उपयोग हुने उक्त रकम विपद् पुनःस्थापना, पुनरोत्थान र पुनर्निर्माणमा प्रयोग गर्ने भनिएको छ । |
नेपालका विकास आयोजनामा भारतको अपेक्षित सहयोग |
सम्पादकीय |
नेपाल–भारतबीचको सम्बन्धका बृहत् र ऐतिहासिक आयाम राजनीतिक, आर्थिक, सांस्कृतिक, पारिवारिकलगायत अनेकौं तहमा फैलिएको छ । आधुनिक भारत समृद्ध बन्दै गर्दा नेपालले पनि आफ्नो आर्थिक विकासका निम्ति भारतबाट उदारतापूर्वक साथ लिन खोजिरहेकै छ । |
कार्तिक ९, २०८१ |
अमेरिकी चुनाव र तेस्रो विश्वयुद्धको त्रास |
शुभशंकर कँडेल |
१९४० अक्टोबरमा अमेरिका राष्ट्रपति निर्वाचनको चटारोमा थियो । अर्कोतिर, दोस्रो विश्वयुद्ध पनि चलिरहेको थियो । त्यतिबेला जर्मन सेनाले पेरिस कब्जा गरेको थियो । तर पनि अमेरिकी प्रशासन विश्वयुद्ध भन्न तयार थिएन । निर्वाचनबाट फ्रांकलिन डी रुजबेल्ट राष्ट्रपतिका लागि पुनः निर्वाचित भए । |
सहकारी सुधारको सूत्र |
रूप खड्का |
हालैका दिन ‘सहकारी’ चर्चाको शिखरमा पुगेको छ । मुलुकमा ३१ हजारजति सहकारी संस्था छन्, जसमा बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य छ । खासगरी ठूला बचत तथा ऋण सहकारी संस्था सहकारीको मूल्य र मान्यताअनुसार सदस्यकेन्द्रित हुनुको सट्टा व्यापारमुखी भएका छन् । |
किशोरकिशोरीलाई यौन शिक्षा |
अमृता अनमोल |
अहिलेका किशोरकिशोरीमा यौनिकता शिक्षा कस्तो छ ? उनीहरू माया, प्रेम, यौन तथा प्रजनन शिक्षा र यौनिकतालाई कसरी बुझ्छन् ? धेरैलाई लाग्न सक्छ— पाठ्यक्रममा समावेश छ, सूचना र सञ्चारमा पहुँच छ, राम्रै बुझेका छन् । तर, व्यवहारमा त्यस्तो रहेनछ । |
‘ब्लु लाइन’ मा विकसित दुर्भाग्यपूर्ण अवस्थाको सन्देश |
सम्पादकीय |
इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाहबीच बढ्दो द्वन्द्वका बीच संयुक्त राष्ट्रसंघ (यूएन) ले आफ्ना शान्ति सैनिकलाई उद्धार गर्नुपर्ने हुन सक्ने अवस्थाको बोध गर्नुले त्यस क्षेत्रको सुरक्षा अवस्था गम्भीर बन्दै गएको प्रस्ट हुन्छ । आत्मरक्षाका नाममा इजरायलले हेजबुल्लाहलाई लक्षित गर्दै लेबनानतर्फ आक्रमण सुरु गरेपछि सर्वसाधारणको मृत्यु मात्रै भएको छैन, शान्ति सैनिकसमेत घाइते हुन थालेका छन् । |
कार्तिक ८, २०८१ |
विप्रेषणलाई विकास योजनामा जोडौं |
मीना पौडेल |
मलेसियाले श्रमिकको तलब बढाएपछि नेपाली श्रम आप्रवासीले पनि घरेलु श्रमिकसरह बढेको तहमा ज्याला पाउछन् भन्ने भाष्यले नेपाली समाजको एउटा तप्का तरंगित भइरहेको बेलामा सोही देशमै दशकभन्दा श्रम गरेर फर्केका गोरखाका एक युवासँग भेट भएको थियो । |
सार्वजनिक शिक्षा पुनःसंरचनाको खाँचो |
देवीराम आचार्य |
एसईईको उत्तीर्ण प्रतिशत बढाउने उपायबारे गत असोजमा राजधानीमा उच्चस्तरको छलफल र प्रस्तुतीकरण गरिएको थियो । नतिजा सुधारका उपायबारे जति चर्चा भयो, लाग्थ्यो, अब नतिजा पक्कै सुध्रिन्छ । तर समस्या केमा छ, मुख्य कारण के हो, नतिजा कसरी सुधार हुन्छ भन्ने विषयमा कम र त्योभन्दा बढी अनेकौं विषयमा बहस भयो । |
सय दिन बित्यो, अब लय समात, गति बढाऊ |
सम्पादकीय |
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चौथो कार्यकालको सय दिन बिताएका छन् । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका र ३१ गते शपथ लिएर पदभार सम्हालेका उनले बुधबार एक सम्बोधनमार्फत आफ्नो सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरे । सरकार गठन भएपछि सबै मन्त्रालयद्वारा बनाइएको कामको सूचीमध्ये करिब ७० प्रतिशत काम सम्पन्न गरेको दाबी पनि गरे । |
कार्तिक ७, २०८१ |
ह्यारिस कि ट्रम्प ? |
लोकराज बराल |
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड जे ट्रम्प पुनः रिपब्लिकन पार्टीबाट र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार भएका छन् । हालसम्मको चुनावी संकेतले अमेरिकी समाजको ध्रुवीकरण हुने प्रवृत्तिमा अझै परिवर्तन हुन सकेको रहेनछ भन्ने देखाउँछ । |
सुरक्षित सडकको अनन्त सपना |
न्हुंछेनारायण श्रेष्ठ |
दसैं मनाउन गाउँघर पुगेका सर्वसाधारण आ–आफ्नो पेसा–व्यवसायका लागि राजधानी वा सहर फर्कने क्रम जारी छ । सात लाखको हाराहारीमा काठमाडौं छाडेका सर्वसाधारण फर्कंदासमेत यातायात कमीका कारण सास्ती व्यहोर्न बाध्य भएका छन् । |
जब ‘बन्धक’ बन्छ विपन्नको शव |
राजेश विद्रोही |
सप्तरीको बलानबिहुल गाउँपालिका–२ की श्यामकुमारी राम र सुरुंगा नगरपालिका–१ का २१ वर्षीय रोशनकुमार सदाको उपचारका क्रममा मृत्यु भयो । राम ट्र्याक्टरले ठक्कर दिएलगत्तै विराटनगरस्थित विराट नर्सिङ होममा र सदा दुवै मिर्गौला फेल भएपछि नोबेल अस्पतालमा भर्ना हुन पुगेका थिए । |
प्रौढावस्थाको व्यवस्थापन |
मधु राई |
गत भदौमा ९० वर्षीय बुबा बित्नुभो । ५७ वर्षको उमेरमा भारतीय सेनाबाट सेवानिवृत्त भएपछि उहाँले सक्रिय जीवन बिताउनुभो । बिहान ५ बजेतिर उठेपछि दिनभर सुपारी, कटहर, आँप, नरिवल, बाँसको झ्याङ तथा सजिवनको बोट हेरचाह गर्नुका साथै करेसाबारीमा तरकारी गोडमेल गरिरहनुहुन्थ्यो । |
सत्तारूढ दलका उपसभापतिमाथि अविलम्ब अनुसन्धान गर |
सम्पादकीय |
सार्वजनिक मञ्चहरूमा नैतिकता, पारदर्शिता र सुशासनको वकालत गर्दै आएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि वित्तीय विचलनको गम्भीर आरोप लागेको छ । पूर्वकानुनमन्त्रीसमेत रहेका सांसद गुरुङ तथा उनकी तत्कालीन श्रीमती ज्योति गुरुङले मितेरी सहकारीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको आरोप टुंगोमा नपुग्दै उनले व्यापारी मीनबहादुर गुरुङसँग ८२ लाख २७ हजार रकम लिएको तथ्य सार्वजनिक भएको छ । |
कार्तिक ६, २०८१ |
नैतिक कृषिको पुनर्जागरण |
कृष्णप्रसाद पौडेल |
अहिले सबैतिर मानवीय नैतिक मूल्यमान्यताको खडेरी छ । यसको आयाम राजनीतिदेखि समाजका सबै क्षेत्रमा सजिलै देख्न सकिन्छ । खासगरी खाना र खेतीपातीमा सल्केको दलाल पुँजीवादको डढेलोले यो प्रकृतिसम्मत मानवीय नैतिक मूल्यमान्यता निरन्तर स्खलित हुँदै गएको छ । |
प्रदेश तहको उकुसमुकुस |
खिमलाल देवकोटा |
प्रदेशका सवालहरू’ विषयक अघिल्लो आलेखमा मैले ‘फेडरलिजम् एन्ड लोकलाइजेसन सेन्टर’ ले सातै प्रदेशमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीहरूले राखेका धारणालाई जस्ताको तस्तै प्रस्तुत गरेको थिएँ । ‘प्रदेशमा आसन आयो, शासन आएन, सन्दुक (वित्तीय अधिकार), बन्दुक (प्रहरी प्रशासन), कर्मचारी प्रशासन र कानुन तर्जुमामा संघकै आधिपत्यका कारण सत्ताको वास्तविक अनुभवबाट वञ्चित हुनुपरेको’ धारणा उनीहरूको थियो । |
प्राकृतिक विपत्ति र हाम्रो मनस्थिति |
सुशीला शर्मा |
यसपाला बगरको बाटो छिचोल्दै गाउँ पुगेर दसैं मनाइयो । असोज १० देखि १२ सम्मको अविरल वर्षापछि गाउँको हरियाली बस्ती उजाड भएर बगरमा परिणत भएको थियो । काठमाडौं र छेउछाउका जिल्लाका पहाडी बस्ती र सडक भयावह तवरले उजाडिएका छन् । |
अध्यादेशमा सत्ताको जोड, साना दल फुटाएर ठूलो बन्ने होड |
सम्पादकीय |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.