text stringlengths 2 914 |
|---|
मुलुकका अनेकौं विशिष्ट समस्या समाधान गर्ने वाचाका साथ प्रतिनिधिसभाका दुई ठूला दल मिलेर गठन भएको सरकारको सर्वाधिक प्राथमिक दायित्व के होला ? सुशासन ? पूर्वाधार विकास ? औद्योगिक तथा व्यावसायिक वातावरण निर्माण ? शिक्षा र स्वास्थ्यमा सुधार ? वा राजनीतिक बेथितिको अन्त ? |
कार्तिक ५, २०८१ |
एकताको माओवादी मान्यता |
हरिबोल गजुरेल |
माओवादी केन्द्रले आठौं महाधिवेशनमा शान्तिपूर्ण प्रतिस्पर्धामार्फत समाजवादी क्रान्तिका आधार तयार गर्ने लक्ष्य निर्धारण गरेको छ । संविधानसभाको एजेन्डाको वाहक र संविधान निर्माणको प्रमुख पहलकर्ता हुनुको नाताले उक्त आधार तयार नहुँदासम्म संविधानको रक्षा र विकासको दायित्व पूरा गर्न प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्ने मान्यता लिइएको छ । संसदीय प्रणालीमा सदन र सरकारको मोर्चामा श्रेष्ठता हासिल गर्न दलाल तथा नोकरशाही बुर्जुवा वर्गका लागि सहज छ । |
‘बिजनेस साइकल’ को भुमरीमा अर्थतन्त्र |
विश्वम्भर प्याकुर्याल |
नेपालको अर्थतन्त्र चलायमान नभएको धेरै भइसक्यो । भोक मृत्यु अर्थात् ‘स्टारभेसन डेथ’ त्यति धेरै सुनिएको छैन । तर अनियन्त्रित मूल्यवृद्धि, बेरोजगारी र आम्दानीमा फराकिलो असमानताले गरिबीको चाप बढ्दै गएकाले जनजीवन कष्टकर हुँदै छ । |
पुनर्निर्माण र पुनःस्थापना कहिले ? |
गौरीबहादुर कार्की |
यसपाला जत्तिको बाढीपहिरोको विनाश जीवनमा कहिल्यै देख्नुपरेको थिएन । हामीले हाम्रो जीवनमै बाढीको भयावह विध्वंस देख्यौं । २०२८ र २०३८ सालमा ललितपुरको लेले र २०५० सालमा मलेखुलगायतका ठाउँमा आएको बाढीभन्दा पछि अहिलेको बाढी २०७२ को भूकम्पभन्दा पनि विनाशकारी सावित भयो । |
सेतो छडीको अर्थ |
नीरा अधिकारी |
विकास सबैका लागि अग्रगामी सहयोगी र प्रगतिको द्योतक हो । यो सबै वर्ग र समुदायका निम्ति लाभदायक हुनुपर्छ । तथापि सबै सरोकारवालाको समन्वय नहुँदा सडक विकासको कार्य कहिले भत्काउने र कहिले बनाउने दोहोरो–तेहोरो प्रक्रियामा सञ्चालित देखिन्छ । |
निगमभित्र बेथिति, आम्दानी र साखमा क्षति |
सम्पादकीय |
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको प्रगति र सकारात्मक अनुभवबारे विरलै पढ्न र सुन्न पाइन्छ । बरु, केही समयको अन्तरालमा बेथिति सार्वजनिक भइरहन्छन् । भ्रष्टाचारदेखि उडानको अनिश्चिततासम्मका घटनाक्रमहरू केलाउँदा यो संस्थाको हरेक तह बेथितिको जगमा उभिएको महसुस हुन्छ । |
कार्तिक ४, २०८१ |
बंगलादेशको आर्थिक चमत्कार अतिरञ्जित थियो ? |
समीर खतिवडा |
बंगलादेश एसियाको गतिशील अर्थव्यवस्था कहलिएको थियो । ऊ अर्को ‘एसियन टाइगर’ बन्ने क्रममा थियो । त्यसैले मैले चार वर्षअघि नै एउटा लेखमार्फत सिंगापुर र स्विट्जरल्यान्डको गफ छाडेर बंगलादेशतिर हेरौं भन्ने आह्वान गरेको थिएँ । |
सहकारी ठगीमा बिनाप्रतिशोध, बिनामोलाहिजा अनुसन्धान गर |
सम्पादकीय |
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेसँगै सहकारीको बचत हिनामिनामा संलग्नहरूको कानुनी परीक्षणको विषय थप एक चरण अघि बढेको छ । सहकारी ठगीमा पक्राउ पर्ने उनी न पहिलो व्यक्ति हुन् न अन्तिम नै । |
कार्तिक २, २०८१ |
आन्दोलन पर्खिरहेको सडक |
केशव दाहाल |
मित्र तेज ढकाल, दिनेश बस्नेत र म एकदिन साँझ काठमाडौंको सडक यात्रामा थियौं । त्यो दसैंको दिन थियो । दसैंले गर्दा सडक सुनसान थियो । त्यही सुनसान सडकलाई हेरेर मित्र तेज ढकालले सोध्यो– ‘यो शान्त सडक हेर्दा तिमीलाई कस्तो लाग्दै छ ?’ हेर्दा साँच्चै काठमाडौंको सडक शान्त र सुनसान देखिन्थ्यो । तर मलाई लाग्यो, मान्छे नहुँदैमा सडकलाई शान्त कसरी भन्न सकिन्छ ? |
लोकतन्त्र : प्रणाली र संस्था हो कि नेतृत्व ? |
गेजा शर्मा वाग्ले |
लोकतन्त्र भनेको प्रणाली र संस्था हो कि नेतृत्व भन्नेबारे नेपाली राजनीतिमा लामो समयदेखि बहस हुँदै आएको छ । लोकतन्त्र स्थापना भएको तीन दशकभन्दा बढी भइसक्दा पनि संस्थागत विकास भई जनताको अपेक्षाअनुसार आर्थिक विकास नभएका कारण यस्तो बहस थप सान्दर्भिक हुँदै गएको छ । |
उफ्, घुँडा दुखाइ ! |
अरुणा उप्रेती |
दुई वर्षअघि घुँडा दुखेर धेरै समस्या परेको थियो । मनमनै लागेको थियो— अब त जीवनभर खोच्याएर हिँड्नुपर्ने भयो । कति साथीहरूले ‘लौ तिमीलाई बुढेसकाल लाग्यो, घुँडाको हाड खिइयो, आराम गर, हिँड्न छोड’ भनेर सल्लाह दिए । |
सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण परीक्षण |
सम्पादकीय |
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने प्रचलन भए पनि पछिल्ला सरकारले बेवास्ता गर्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन भएको सय दिन पुग्नै लाग्दा पनि सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन, जबकि सार्वजनिक पद सम्हालेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउने र लगत्तै सार्वजनिक गर्ने आम अभ्यास हो । |
कार्तिक १, २०८१ |
मतदान विधिमार्फत निर्वाचनमा सुधार |
इन्द्र अधिकारी , उद्धव प्याकुरेल |
ओली नेतृत्वमा गठित नयाँ सरकारको आगमनसँगै नेपालमा संविधान संशोधनको चर्चा चलिरहेको छ । तर के संशोधन गर्ने र संशोधनमार्फत हुने परिवर्तनको आवश्यकता के हो भन्नेमा भने खासै काम भएको छैन । यस क्रममा एक थरी आगामी संशोधन आफूअनुकूल बनाउनका लागि अहिल्यैदेखि भाष्य बनाउन लागेका छन् । |
मनको आदेश मान्ने कि मस्तिष्कको निर्णय ? |
केपी शर्मा ओली |
प्रिय छोराछोरी, आज म तिमीहरूसँग जटिल लाग्ने तर जीवनमा बारम्बार आउने एउटा विषयमा संवाद गर्न चाहन्छु— मनले गरेको आदेश मान्ने कि मस्तिष्कको निर्णय ? हाम्रो दैनिक जीवनमा यस्तो द्विविधा प्रायः आइरहन्छ, जहाँ हाम्रो भावना, चाहना र आवेग एकातिर हुन्छ भने हाम्रो तर्क, विश्लेषण र विवेक अर्कोतिर । यी दुईबीचको अन्तरसम्बन्धलाई सही रूपमा बुझ्न सक्नु भनेको जीवनको सही मार्गनिर्देशन फेला पार्नु हो । |
वर्चस्ववादी दुन्दुभिको कोलाहल |
चन्द्रकिशोर |
यतिखेर मधेश आन्दोलनको रापताप सकिइसकेको निष्कर्ष काठमाडौंमा छ । चालु संविधानको अन्तर्वस्तुमा असहमति राख्दै भएको आन्दोलन बिनाकुनै सम्झौता नै सेलायो । त्यसअघि २०६४ भदौमा उपेन्द्र यादवको नेतृत्वमा २२ बुँदे सम्झौता भएको थियो । तर फागुनमा जुन आठबुँदे सम्झौता गरियो, त्यो मधेशको कोणबाट ऐतिहासिक थियो । |
‘दान’ को दुःखान्त |
सम्पादकीय |
आजभन्दा करिब २४ सय वर्षअघि दक्षिण एसियाको केन्द्रको शासनमा रहेका चाणक्यद्वारा प्रतिपादित ‘साम, दाम, दण्ड, भेद’ को नीति राजनीति, कूटनीति, द्वन्द्वदेखि व्यक्तिगत तथा संस्थागत हितसम्म उसैगरी अनुसरण भइरहेको छ । त्यसमध्ये दोस्रो जुक्ति अर्थात् दामको संक्षिप्त अर्थ हो– पैसा वा सम्पत्तिमार्फत आफ्नो पक्षमा ल्याउनु । सत्ताको नेतृत्वकर्ता दल एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि एक निश्चित व्यापारीको ‘दान’ लिन सत्तारूढ दल एमालेले गरेको निर्णय चाणक्यको ‘दाम’ को नीतिसँग तुलनायोग्य बनेको छ । |
आश्विन ३०, २०८१ |
विकासवादका शिल्पी हात |
सीके लाल |
शरदोत्सवका बिदाहरूमा केही जिज्ञासु गम्भीर विषयवस्तुमा आधारित पुस्तक पनि पढ्ने गर्छन् भन्ने अनुमान गरेर सामाजिक अनुसन्धानमा क्रियाशील रहेको प्राज्ञिक गैरसरकारी संस्था मार्टिन चौतारीले अंग्रेजी भाषाको ‘नेपाल इन द लाँग नाइन्टिन फिफ्टिज’ सम्पादित संग्रह प्रकाशित गरेको छ । |
गैरआवासीय नागरिकता कि परिचयपत्र ? |
सुशीलबहादुर कार्की |
गैरआवासीय नागरिकता कि परिचयपत्र ? ‘आहा यो त ठ्याक्कै नेपाली नागरिकता जस्तै रहेछ...’ ‘मैले त दोहोरो नागरिकता पाएँ नि...’ ‘यो त बेक्कारको रहेछ, केही काम नगर्ने...’ ‘नेपाल सरकारले हामीलाई झुक्यायो, योभन्दा त बरु गैरआवासीय नेपाली परिचयपत्र पो राम्रो...’ |
जात व्यवस्था किन जीवित ? |
मेखराज उदय |
केही वर्षअघि विख्यात गायक तथा संगीतकार यश कुमारले कुनै अन्तर्वार्ताका क्रममा एक प्रश्न उठाएका थिए—‘सती प्रथाको अन्त्य भयो तर जात व्यवस्थाको अन्त्य किन हुन सकेन/गरिएन ?’ उनको जात व्यवस्थामा आधारित ‘मैले छोएको पानी चल्दैन’ लगायतका गीत तथा सोही विषय कथावस्तु रहेको र उनले अभिनय गरेको ‘बाटोमुनिको फूल’ जस्ता चलचित्र नेपाली दर्शक, श्रोतामाझ अत्यन्तै चर्चित रहे । |
पहिला अधिकार |
अनिता खरेल |
धार्मिक अनुष्ठान होस् वा सांस्कृतिक कार्यक्रम, ‘कन्ये केटी’ को हातबाट सुरुवात गर्नु शुभ मानिन्छ । छोरीलाई लक्ष्मीको स्वरूप मानेर लक्ष्मीपूजामा पैतालाका छाप बनाउने होस् वा बुहारी भित्र्याउँदा हत्केलाका छापले घर रङ्याउने परम्परा, हरेक रीतिथिति एवम् संस्कारसँग महिलाकै अनन्य सम्बन्ध गाँसिएको हुन्छ । |
शान्ति सैनिकमाथिको आक्रमण : आत्मरक्षाको नाममा उन्माद |
सम्पादकीय |
प्यालेस्टाइनको हमास समूहलाई लक्षित गरेको भन्दै इजरायलले एक वर्षअघि सुरु गरेको हवाई तथा स्थल आक्रमणको दायरा फराकिलो बन्दै गएको छ । पछिल्लो समय लेबनानको हेजबुल्लाह समूहलाई लक्ष्य गरिएको भनिए पनि महिला, बालबालिकासहित निहत्था सर्वसाधारणको मृत्यु भइरहेको छ । |
आश्विन २८, २०८१ |
नेपाल-बंगलादेश विद्युत् व्यापार : अवसर र चुनौतीहरू |
रामहरि पौड्याल |
सीमापार ऊर्जा व्यापारको विचार नयाँ होइन; बंगलादेश र नेपाल बीचको हालको बिजुली व्यापारमा भएको प्रगतिले यसलाई प्रष्ट देखाउँछ। विश्वभर यस प्रकारका उर्जा व्यापारका थुप्रै उल्लेखनीय उदाहरणहरू छन् । |
आश्विन २७, २०८१ |
लघुवित्त कार्यक्रममा गरिबी निवारणको सान्दर्भिकता |
बलराम पौडेल. |
नेपालको नवौं योजनाले (२०५४/५५-२०५८/५९) बीस वर्षे दीर्घकालीन विकास अवधारणासँग तादाम्य कायम गरी राष्ट्रका सामु प्रमुख चुनौतीको रुपमा रहेको गरिबीको समस्यालाई कम गर्न गरिबी निवारणलाई एक मात्र उद्देश्यको रुपमा अङ्गीकार गरेको थियो । |
आश्विन २६, २०८१ |
संविधान पुनरावलोकनको मध्यमार्ग |
राजुप्रसाद चापागाईं |
मानव अधिकार, सामाजिक न्याय, कानुनी शासन, सुशासन तथा समावेशी मूल्य मान्यताको दृष्टिकोणबाट निश्चय नै हामीले उत्कृष्ट संविधान बनाएका छौं । कतिपय विषयमा अरू मुलुकका लागि पनि अनुकरणीय प्रबन्ध यसभित्र छन् । अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि यसको प्रशंसा हुँदै आएको छ । |
आश्विन २४, २०८१ |
मध्यपूर्वको अन्धकारसँगै ‘फ्युचर–शक’ को सन्त्रास |
शुभशंकर कँडेल |
एल्भिन टफ्लरले सन् १९६५ मा ‘फ्युचर–शक’ टिप्पणी लेखेपछि पाँच वर्षसम्म त्यही विषयमाथि गहिरो अनुसन्धान गरे । त्यस क्रममा नोबेल पुरस्कार विजेता, हिप्पी, मनोचिकित्सक, व्यवसायी, आर्थिक भविष्यवेत्ता, दार्शनिक र शिक्षकहरूसँग वैचारिक सहवास गरे । |
दसैंको शुभकामना |
सम्पादकीय |
चाडपर्वका धार्मिक तथा सांस्कृतिक सम्बन्ध र परिभाषाभन्दा व्यापक छ, नेपाली समाजमा यसको स्विकारोक्ति । जुनसुकै धर्म र समुदायसँग सम्बन्धित चाडपर्व भए पनि नेपाली समाजले सहज रूपमा सहवरण गरेको देखिन्छ । |
आश्विन २३, २०८१ |
जुट्लान् त कांग्रेस, एमाले र माओवादी ? |
किशोर नेपाल |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौंको स्थायी बासिन्दा होइनन् । तर, काठमाडौंकेन्द्रित आन्तरिक राजनीतिको तरंग र त्यसको प्रवाह बुझ्न उहाँ नेपाली कांग्रेसमा मात्र होइन, अन्य राजनीतिक दलहरूमा पनि, खप्पिस मानिनुहुन्छ । |
उपभोक्तामाथि मनपरी मूल्यको ज्यादती बन्द गर |
सम्पादकीय |
दसैंजस्तो बहुसंख्यकले मनाउने चाडपर्व नजिकिएपछि अनौठोसँग मानिसहरूको आवश्यकता र चाहना बढ्छन् । त्यही कारण बजारमा दैनिक उपभोग्यदेखि विलासिताका सामग्रीसम्मको खरिद–बिक्री बढ्छ । माग, आपूर्ति र उपभोगको चक्र चलायमान हुन्छ । यो चक्र बजारका सर्वमान्य नियमका आधारमा स्वस्थ प्रकृतिको हुन्थ्यो भने त्यसले बहुकोणीय ढंगले बहुपक्षलाई लाभ पुग्थ्यो । |
असंगत स्थिरताको शृंखला |
यादव देवकोटा |
सााझ एउटा विषयमा सन्किएको समाज बिहानसम्म अर्कै विषयको राँको लिएर कुदिसक्छ । बिहान त्यो बिर्सेर बालुवाटार घोटालामा पुग्छ र त्यसलाई पनि छाडेर शरणार्थी काण्डमा र त्यसलाई पनि छाडेर गिरीबन्धुमा । अति गतिमान अस्थिरतामा फसेर बालिएको रााकोले कुनै मुद्दालाई पनि गन्तव्यमा पुग्ने उज्यालो दिन सकेको छैन । |
आश्विन २२, २०८१ |
आधुनिक कुरुक्षेत्रको रण–राजनीति |
समृद्ध घिमिरे |
नेपालको वर्तमान राजनीतिक अस्थिरता केवल केही व्यक्तिहरूका असफलताको कथा होइन । यो संस्थागत पतनको एक गहिरो गाथा हो, जसले महाभारत महाकाव्यसँग अचम्मको समानता राख्छ । महाभारतमा जसरी शासन प्रणालीको विघटन र धर्मको पतनले समाजलाई विनाशतिर पुर्यायो, आज नेपालका लोकतान्त्रिक संस्थाहरू पनि उस्तै संकटमा फसेका छन् । |
विपद्पछिको एकीकृत विकास |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.