text
stringlengths
2
914
मुलुकका अनेकौं विशिष्ट समस्या समाधान गर्ने वाचाका साथ प्रतिनिधिसभाका दुई ठूला दल मिलेर गठन भएको सरकारको सर्वाधिक प्राथमिक दायित्व के होला ? सुशासन ? पूर्वाधार विकास ? औद्योगिक तथा व्यावसायिक वातावरण निर्माण ? शिक्षा र स्वास्थ्यमा सुधार ? वा राजनीतिक बेथितिको अन्त ?
कार्तिक ५, २०८१
एकताको माओवादी मान्यता
हरिबोल गजुरेल
माओवादी केन्द्रले आठौं महाधिवेशनमा शान्तिपूर्ण प्रतिस्पर्धामार्फत समाजवादी क्रान्तिका आधार तयार गर्ने लक्ष्य निर्धारण गरेको छ । संविधानसभाको एजेन्डाको वाहक र संविधान निर्माणको प्रमुख पहलकर्ता हुनुको नाताले उक्त आधार तयार नहुँदासम्म संविधानको रक्षा र विकासको दायित्व पूरा गर्न प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्ने मान्यता लिइएको छ । संसदीय प्रणालीमा सदन र सरकारको मोर्चामा श्रेष्ठता हासिल गर्न दलाल तथा नोकरशाही बुर्जुवा वर्गका लागि सहज छ ।
‘बिजनेस साइकल’ को भुमरीमा अर्थतन्त्र
विश्वम्भर प्याकुर्‍याल
नेपालको अर्थतन्त्र चलायमान नभएको धेरै भइसक्यो । भोक मृत्यु अर्थात् ‘स्टारभेसन डेथ’ त्यति धेरै सुनिएको छैन । तर अनियन्त्रित मूल्यवृद्धि, बेरोजगारी र आम्दानीमा फराकिलो असमानताले गरिबीको चाप बढ्दै गएकाले जनजीवन कष्टकर हुँदै छ ।
पुनर्निर्माण र पुनःस्थापना कहिले ?
गौरीबहादुर कार्की
यसपाला जत्तिको बाढीपहिरोको विनाश जीवनमा कहिल्यै देख्नुपरेको थिएन । हामीले हाम्रो जीवनमै बाढीको भयावह विध्वंस देख्यौं । २०२८ र २०३८ सालमा ललितपुरको लेले र २०५० सालमा मलेखुलगायतका ठाउँमा आएको बाढीभन्दा पछि अहिलेको बाढी २०७२ को भूकम्पभन्दा पनि विनाशकारी सावित भयो ।
सेतो छडीको अर्थ
नीरा अधिकारी
विकास सबैका लागि अग्रगामी सहयोगी र प्रगतिको द्योतक हो । यो सबै वर्ग र समुदायका निम्ति लाभदायक हुनुपर्छ । तथापि सबै सरोकारवालाको समन्वय नहुँदा सडक विकासको कार्य कहिले भत्काउने र कहिले बनाउने दोहोरो–तेहोरो प्रक्रियामा सञ्चालित देखिन्छ ।
निगमभित्र बेथिति, आम्दानी र साखमा क्षति
सम्पादकीय
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको प्रगति र सकारात्मक अनुभवबारे विरलै पढ्न र सुन्न पाइन्छ । बरु, केही समयको अन्तरालमा बेथिति सार्वजनिक भइरहन्छन् । भ्रष्टाचारदेखि उडानको अनिश्चिततासम्मका घटनाक्रमहरू केलाउँदा यो संस्थाको हरेक तह बेथितिको जगमा उभिएको महसुस हुन्छ ।
कार्तिक ४, २०८१
बंगलादेशको आर्थिक चमत्कार अतिरञ्जित थियो ?
समीर खतिवडा
बंगलादेश एसियाको गतिशील अर्थव्यवस्था कहलिएको थियो । ऊ अर्को ‘एसियन टाइगर’ बन्ने क्रममा थियो । त्यसैले मैले चार वर्षअघि नै एउटा लेखमार्फत सिंगापुर र स्विट्जरल्यान्डको गफ छाडेर बंगलादेशतिर हेरौं भन्ने आह्वान गरेको थिएँ ।
सहकारी ठगीमा बिनाप्रतिशोध, बिनामोलाहिजा अनुसन्धान गर
सम्पादकीय
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेसँगै सहकारीको बचत हिनामिनामा संलग्नहरूको कानुनी परीक्षणको विषय थप एक चरण अघि बढेको छ । सहकारी ठगीमा पक्राउ पर्ने उनी न पहिलो व्यक्ति हुन् न अन्तिम नै ।
कार्तिक २, २०८१
आन्दोलन पर्खिरहेको सडक
केशव दाहाल
मित्र तेज ढकाल, दिनेश बस्नेत र म एकदिन साँझ काठमाडौंको सडक यात्रामा थियौं । त्यो दसैंको दिन थियो । दसैंले गर्दा सडक सुनसान थियो । त्यही सुनसान सडकलाई हेरेर मित्र तेज ढकालले सोध्यो– ‘यो शान्त सडक हेर्दा तिमीलाई कस्तो लाग्दै छ ?’ हेर्दा साँच्चै काठमाडौंको सडक शान्त र सुनसान देखिन्थ्यो । तर मलाई लाग्यो, मान्छे नहुँदैमा सडकलाई शान्त कसरी भन्न सकिन्छ ?
लोकतन्त्र : प्रणाली र संस्था हो कि नेतृत्व ?
गेजा शर्मा वाग्ले
लोकतन्त्र भनेको प्रणाली र संस्था हो कि नेतृत्व भन्नेबारे नेपाली राजनीतिमा लामो समयदेखि बहस हुँदै आएको छ । लोकतन्त्र स्थापना भएको तीन दशकभन्दा बढी भइसक्दा पनि संस्थागत विकास भई जनताको अपेक्षाअनुसार आर्थिक विकास नभएका कारण यस्तो बहस थप सान्दर्भिक हुँदै गएको छ ।
उफ्, घुँडा दुखाइ !
अरुणा उप्रेती
दुई वर्षअघि घुँडा दुखेर धेरै समस्या परेको थियो । मनमनै लागेको थियो— अब त जीवनभर खोच्याएर हिँड्नुपर्ने भयो । कति साथीहरूले ‘लौ तिमीलाई बुढेसकाल लाग्यो, घुँडाको हाड खिइयो, आराम गर, हिँड्न छोड’ भनेर सल्लाह दिए ।
सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण परीक्षण
सम्पादकीय
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने प्रचलन भए पनि पछिल्ला सरकारले बेवास्ता गर्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन भएको सय दिन पुग्नै लाग्दा पनि सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन, जबकि सार्वजनिक पद सम्हालेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउने र लगत्तै सार्वजनिक गर्ने आम अभ्यास हो ।
कार्तिक १, २०८१
मतदान विधिमार्फत निर्वाचनमा सुधार
इन्द्र अधिकारी , उद्धव प्याकुरेल
ओली नेतृत्वमा गठित नयाँ सरकारको आगमनसँगै नेपालमा संविधान संशोधनको चर्चा चलिरहेको छ । तर के संशोधन गर्ने र संशोधनमार्फत हुने परिवर्तनको आवश्यकता के हो भन्नेमा भने खासै काम भएको छैन । यस क्रममा एक थरी आगामी संशोधन आफूअनुकूल बनाउनका लागि अहिल्यैदेखि भाष्य बनाउन लागेका छन् ।
मनको आदेश मान्ने कि मस्तिष्कको निर्णय ?
केपी शर्मा ओली
प्रिय छोराछोरी, आज म तिमीहरूसँग जटिल लाग्ने तर जीवनमा बारम्बार आउने एउटा विषयमा संवाद गर्न चाहन्छु— मनले गरेको आदेश मान्ने कि मस्तिष्कको निर्णय ? हाम्रो दैनिक जीवनमा यस्तो द्विविधा प्रायः आइरहन्छ, जहाँ हाम्रो भावना, चाहना र आवेग एकातिर हुन्छ भने हाम्रो तर्क, विश्लेषण र विवेक अर्कोतिर । यी दुईबीचको अन्तरसम्बन्धलाई सही रूपमा बुझ्न सक्नु भनेको जीवनको सही मार्गनिर्देशन फेला पार्नु हो ।
वर्चस्ववादी दुन्दुभिको कोलाहल
चन्द्रकिशोर
यतिखेर मधेश आन्दोलनको रापताप सकिइसकेको निष्कर्ष काठमाडौंमा छ । चालु संविधानको अन्तर्वस्तुमा असहमति राख्दै भएको आन्दोलन बिनाकुनै सम्झौता नै सेलायो । त्यसअघि २०६४ भदौमा उपेन्द्र यादवको नेतृत्वमा २२ बुँदे सम्झौता भएको थियो । तर फागुनमा जुन आठबुँदे सम्झौता गरियो, त्यो मधेशको कोणबाट ऐतिहासिक थियो ।
‘दान’ को दुःखान्त
सम्पादकीय
आजभन्दा करिब २४ सय वर्षअघि दक्षिण एसियाको केन्द्रको शासनमा रहेका चाणक्यद्वारा प्रतिपादित ‘साम, दाम, दण्ड, भेद’ को नीति राजनीति, कूटनीति, द्वन्द्वदेखि व्यक्तिगत तथा संस्थागत हितसम्म उसैगरी अनुसरण भइरहेको छ । त्यसमध्ये दोस्रो जुक्ति अर्थात् दामको संक्षिप्त अर्थ हो– पैसा वा सम्पत्तिमार्फत आफ्नो पक्षमा ल्याउनु । सत्ताको नेतृत्वकर्ता दल एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि एक निश्चित व्यापारीको ‘दान’ लिन सत्तारूढ दल एमालेले गरेको निर्णय चाणक्यको ‘दाम’ को नीतिसँग तुलनायोग्य बनेको छ ।
आश्विन ३०, २०८१
विकासवादका शिल्पी हात
सीके लाल
शरदोत्सवका बिदाहरूमा केही जिज्ञासु गम्भीर विषयवस्तुमा आधारित पुस्तक पनि पढ्ने गर्छन् भन्ने अनुमान गरेर सामाजिक अनुसन्धानमा क्रियाशील रहेको प्राज्ञिक गैरसरकारी संस्था मार्टिन चौतारीले अंग्रेजी भाषाको ‘नेपाल इन द लाँग नाइन्टिन फिफ्टिज’ सम्पादित संग्रह प्रकाशित गरेको छ ।
गैरआवासीय नागरिकता कि परिचयपत्र ?
सुशीलबहादुर कार्की
गैरआवासीय नागरिकता कि परिचयपत्र ? ‘आहा यो त ठ्याक्कै नेपाली नागरिकता जस्तै रहेछ...’ ‘मैले त दोहोरो नागरिकता पाएँ नि...’ ‘यो त बेक्कारको रहेछ, केही काम नगर्ने...’ ‘नेपाल सरकारले हामीलाई झुक्यायो, योभन्दा त बरु गैरआवासीय नेपाली परिचयपत्र पो राम्रो...’
जात व्यवस्था किन जीवित ?
मेखराज उदय
केही वर्षअघि विख्यात गायक तथा संगीतकार यश कुमारले कुनै अन्तर्वार्ताका क्रममा एक प्रश्न उठाएका थिए—‘सती प्रथाको अन्त्य भयो तर जात व्यवस्थाको अन्त्य किन हुन सकेन/गरिएन ?’ उनको जात व्यवस्थामा आधारित ‘मैले छोएको पानी चल्दैन’ लगायतका गीत तथा सोही विषय कथावस्तु रहेको र उनले अभिनय गरेको ‘बाटोमुनिको फूल’ जस्ता चलचित्र नेपाली दर्शक, श्रोतामाझ अत्यन्तै चर्चित रहे ।
पहिला अधिकार
अनिता खरेल
धार्मिक अनुष्ठान होस् वा सांस्कृतिक कार्यक्रम, ‘कन्ये केटी’ को हातबाट सुरुवात गर्नु शुभ मानिन्छ । छोरीलाई लक्ष्मीको स्वरूप मानेर लक्ष्मीपूजामा पैतालाका छाप बनाउने होस् वा बुहारी भित्र्याउँदा हत्केलाका छापले घर रङ्याउने परम्परा, हरेक रीतिथिति एवम् संस्कारसँग महिलाकै अनन्य सम्बन्ध गाँसिएको हुन्छ ।
शान्ति सैनिकमाथिको आक्रमण : आत्मरक्षाको नाममा उन्माद
सम्पादकीय
प्यालेस्टाइनको हमास समूहलाई लक्षित गरेको भन्दै इजरायलले एक वर्षअघि सुरु गरेको हवाई तथा स्थल आक्रमणको दायरा फराकिलो बन्दै गएको छ । पछिल्लो समय लेबनानको हेजबुल्लाह समूहलाई लक्ष्य गरिएको भनिए पनि महिला, बालबालिकासहित निहत्था सर्वसाधारणको मृत्यु भइरहेको छ ।
आश्विन २८, २०८१
नेपाल-बंगलादेश विद्युत् व्यापार : अवसर र चुनौतीहरू
रामहरि पौड्याल
सीमापार ऊर्जा व्यापारको विचार नयाँ होइन; बंगलादेश र नेपाल बीचको हालको बिजुली व्यापारमा भएको प्रगतिले यसलाई प्रष्ट देखाउँछ। विश्वभर यस प्रकारका उर्जा व्यापारका थुप्रै उल्लेखनीय उदाहरणहरू छन् ।
आश्विन २७, २०८१
लघुवित्त कार्यक्रममा गरिबी निवारणको सान्दर्भिकता
बलराम पौडेल.
नेपालको नवौं योजनाले (२०५४/५५-२०५८/५९) बीस वर्षे दीर्घकालीन विकास अवधारणासँग तादाम्य कायम गरी राष्ट्रका सामु प्रमुख चुनौतीको रुपमा रहेको गरिबीको समस्यालाई कम गर्न गरिबी निवारणलाई एक मात्र उद्देश्यको रुपमा अङ्गीकार गरेको थियो ।
आश्विन २६, २०८१
संविधान पुनरावलोकनको मध्यमार्ग
राजुप्रसाद चापागाईं
मानव अधिकार, सामाजिक न्याय, कानुनी शासन, सुशासन तथा समावेशी मूल्य मान्यताको दृष्टिकोणबाट निश्चय नै हामीले उत्कृष्ट संविधान बनाएका छौं । कतिपय विषयमा अरू मुलुकका लागि पनि अनुकरणीय प्रबन्ध यसभित्र छन् । अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि यसको प्रशंसा हुँदै आएको छ ।
आश्विन २४, २०८१
मध्यपूर्वको अन्धकारसँगै ‘फ्युचर–शक’ को सन्त्रास
शुभशंकर कँडेल
एल्भिन टफ्लरले सन् १९६५ मा ‘फ्युचर–शक’ टिप्पणी लेखेपछि पाँच वर्षसम्म त्यही विषयमाथि गहिरो अनुसन्धान गरे । त्यस क्रममा नोबेल पुरस्कार विजेता, हिप्पी, मनोचिकित्सक, व्यवसायी, आर्थिक भविष्यवेत्ता, दार्शनिक र शिक्षकहरूसँग वैचारिक सहवास गरे ।
दसैंको शुभकामना
सम्पादकीय
चाडपर्वका धार्मिक तथा सांस्कृतिक सम्बन्ध र परिभाषाभन्दा व्यापक छ, नेपाली समाजमा यसको स्विकारोक्ति । जुनसुकै धर्म र समुदायसँग सम्बन्धित चाडपर्व भए पनि नेपाली समाजले सहज रूपमा सहवरण गरेको देखिन्छ ।
आश्विन २३, २०८१
जुट्लान् त कांग्रेस, एमाले र माओवादी ?
किशोर नेपाल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौंको स्थायी बासिन्दा होइनन् । तर, काठमाडौंकेन्द्रित आन्तरिक राजनीतिको तरंग र त्यसको प्रवाह बुझ्न उहाँ नेपाली कांग्रेसमा मात्र होइन, अन्य राजनीतिक दलहरूमा पनि, खप्पिस मानिनुहुन्छ ।
उपभोक्तामाथि मनपरी मूल्यको ज्यादती बन्द गर
सम्पादकीय
दसैंजस्तो बहुसंख्यकले मनाउने चाडपर्व नजिकिएपछि अनौठोसँग मानिसहरूको आवश्यकता र चाहना बढ्छन् । त्यही कारण बजारमा दैनिक उपभोग्यदेखि विलासिताका सामग्रीसम्मको खरिद–बिक्री बढ्छ । माग, आपूर्ति र उपभोगको चक्र चलायमान हुन्छ । यो चक्र बजारका सर्वमान्य नियमका आधारमा स्वस्थ प्रकृतिको हुन्थ्यो भने त्यसले बहुकोणीय ढंगले बहुपक्षलाई लाभ पुग्थ्यो ।
असंगत स्थिरताको शृंखला
यादव देवकोटा
सााझ एउटा विषयमा सन्किएको समाज बिहानसम्म अर्कै विषयको राँको लिएर कुदिसक्छ । बिहान त्यो बिर्सेर बालुवाटार घोटालामा पुग्छ र त्यसलाई पनि छाडेर शरणार्थी काण्डमा र त्यसलाई पनि छाडेर गिरीबन्धुमा । अति गतिमान अस्थिरतामा फसेर बालिएको रााकोले कुनै मुद्दालाई पनि गन्तव्यमा पुग्ने उज्यालो दिन सकेको छैन ।
आश्विन २२, २०८१
आधुनिक कुरुक्षेत्रको रण–राजनीति
समृद्ध घिमिरे
नेपालको वर्तमान राजनीतिक अस्थिरता केवल केही व्यक्तिहरूका असफलताको कथा होइन । यो संस्थागत पतनको एक गहिरो गाथा हो, जसले महाभारत महाकाव्यसँग अचम्मको समानता राख्छ । महाभारतमा जसरी शासन प्रणालीको विघटन र धर्मको पतनले समाजलाई विनाशतिर पुर्‍यायो, आज नेपालका लोकतान्त्रिक संस्थाहरू पनि उस्तै संकटमा फसेका छन् ।
विपद्पछिको एकीकृत विकास