text stringlengths 2 914 |
|---|
हरि रोका |
नेपालको आफ्नै मौसम पूर्वानुमान विभागले गत जेठको पहिलो हप्तामै यसपालि नेपालमा मनसुन लामो रहने, पछिल्लो दशककै औसत वर्षातभन्दा बढी नै पानी पर्न सक्ने पूर्वानुमान गरेको थियो । नभन्दै मनसुन सुरु हुनासाथ केही क्षेत्रमा अधिकतम वर्षा, केहीमा खण्डवृष्टि र केहीमा सुक्खा भयो । |
स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी |
शान्ता मरासिनी |
पछिल्लो ३५ वर्षे प्रजातान्त्रिक कालमा सरकार गठन, विघटन र परिवर्तनको रमिते खेल आम मतदाताका लागि नौलो रहेन । २०४७ वैशाख ६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारपश्चात् अहिलेको केपी शर्मा ओली नेतृत्को सरकारसम्म आइपुग्दा संघमा २५ प्रधानमन्त्री, प्रदेशमा डेढ वर्षको अन्तरालमा २३ वटा सरकार र ७५३ स्थानीय तहका जनप्रतिनिधिको भार खेप्न आम मतदाता बाध्य भए । सरकारको नारा छ- समृद्ध नेपाल, सुखी नेपाली । |
भयावह युद्धप्रति नेपाली समाजको अस्वाभाविक मौनता |
सम्पादकीय |
प्यालेस्टाइनको लडाकु समूह हमासले एक वर्षअघि अक्टोबर ७ मा इजरायलमा हवाई तथा स्थलगत रूपमा आक्रमण गरेपछि त्यस क्षेत्रमा सुरु भएको युद्धको भयावह अझै जारी छ । हमासको आक्रमणमा परी इजरायलतर्फ कम्तीमा १२ सयले ज्यान गुमाएका र तत्कालै २ सय ५१ जनालाई बन्धक बनाएपछि इजरायलले सुरु गरेको प्रतिवाद एकपक्षीय ढंगले अघि बढिरहेको छ । |
आश्विन २१, २०८१ |
अभिभावक बन्न चुकेका ‘ओली बा’ |
राजाराम गौतम |
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेहरू ‘बा’ भन्ने गर्छन् । आफ्ना कार्यकर्ता पंक्तिले ‘बा’ भनेको उनलाई औधि निको लाग्छ । ‘बा’ पदवीबाट विभूषित भएपछि उनी यति धेरै हौसिए कि, उनले त्यसको ‘ब्रान्डिङ’ गर्दै पुस्तक प्रकाशन गरे, युट्युब च्यानल चलाए । |
पाइलटको उमेरहद ६५ वर्ष, क्याबिन क्रुको ४५ मात्र किन ? |
सम्पादकीय |
नेपाल वायुसेवा निगमका ‘क्याबिन क्रु’ (विमान परिचारिका र परिचारक) ले गरेको हडताल स्थगित भएको छ र रोकिएका अन्तर्राष्ट्रिय उडान पनि आआफ्नो गन्तव्यमा उडेका छन् । सतहमा हेर्दा यो विषय समाधान भएजस्तो देखिएको छ तर हडतालले उठाएका मुद्दा भने निकै गम्भीर छन् जसका विषयमा राज्य र समाजले बहस गर्नुपर्नेछ । |
आश्विन २०, २०८१ |
कूटनीतिक मर्यादाक्रमको मर्यादा |
विष्णु रिजाल |
ही समयअघि (अगस्ट, ११–१२, २०२४) नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका मुख्य–मुख्य कुनै पनि पदाधिकारीलाई भेट्न छुटाएनन् । नेपाली समकक्षी सेवा लम्सालको निमन्त्रणामा दुई दिनका लागि काठमाडौं उत्रिएका भनिएका उनले नेपालमा परराष्ट्र सचिव तहमा वार्ताको औपचारिकता पूरा गर्नमा एक घण्टा खर्च गरे भने बाँकी समय राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सहरी विकासमन्त्री, गृहमन्त्रीलगायतका सरकारी पदाधिकारीहरूका साथै विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री लगायतसँग भेट्नमा खर्च गरे । |
कर्जा प्रवाहमा सकारात्मक संकेत, निरन्तरताका लागि मिहिनेत |
सम्पादकीय |
केही वर्षयता सुस्ताउँदै गएको कर्जा प्रवाह बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षको असोज १४ सम्म बैंकहरूको कुल कर्जा प्रवाह ३१ अर्ब मात्रै रहेकामा यस आर्थिक वर्षको सोही अवधिमा कर्जा करिब ८४ अर्ब रुपैयाँ पुगेको हो । केही वर्षयता नेपाली अर्थतन्त्रमा शिथिलता देखा पर्दै जाँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिँदै गएको थियो । |
आश्विन १८, २०८१ |
विपद्मा जनता, लाचार सरकार |
जेबी विश्वकर्मा |
असोज ११ र १२ को भीषण वर्षा सुरु भएसँगै राजु साहको परिवार बस्ने ललितपुरको नख्खुस्थित टहरा पनि डुबानमा पर्दै गयो । त्यसपछि उनीहरू टहरामाथि चढ्छन् । चारैतिर ठूलो भेलबाढी भएकाले कतै भाग्ने उपाय नदेखेपछि जीवनरक्षाका लागि हारगुहार गर्छन् । तर, उनीहरूलाई उद्धार गरिदिने कोही उपलब्ध हुँदैन । हेर्दाहेर्दै बाढीले टहरा बगाउँछ र टहरामाथि बसेका साहका परिवारका सबै सदस्यलाई बाढीले लपेट्छ । |
नेपालको भूराजनीति : अवसर कि चुनौती ? |
गेजा शर्मा वाग्ले |
भौगोलिक दृष्टिले सापेक्षिक रूपमा सानो, भूपरिवेष्टित र अल्पविकसित नेपालका लागि ठूला, विकसित र उदीयमान शक्तिराष्ट्रहरू भारत र चीन अवसर हुन् कि चुनौती भन्नेबारे लामो समयदेखि बहस हुँदै आएको छ । भूराजनीतिक आयामको सन्दर्भमा नेपालमा दुइटा ‘स्कुल अफ थट’ प्रचलित छन् । पहिलो, अठारौं शताब्दीमा राजा पृथ्वीनारायण शाहले प्रतिपादन गरेको परम्परागत र प्रतिरक्षात्मक स्कुल अफ थट, जसले नेपालको भूराजनीतिलाई अवसरभन्दा चुनौतीका रूपमा चित्रित गर्दै आएको छ । |
राजनीतिक दललाई सुध्रिने अवसर |
दुर्गा कँडेल छत्कुली |
जग्गा किन्दा होस् या घर बनाउँदा । या त विवाह सम्बन्ध जोड्दा नै, छिमेकीसँगको सम्बन्ध कस्तो छ भनेर विचार गर्ने चलन थियो । समाजमा अर्मपर्म, एैँचोपैँचो, सरसापट, सहयोगका क्रियाकलाप बिनास्वार्थ हुन्थे । समाज तथा छिमेकमा एक किसिमको मित्रवत् व्यवहार थियो । आज भने छिमेक–छिमेकका रूपमा छैन । वल्लो घरले पल्लो घरकालाई चिन्दैन । |
विद्युत् व्यापारमा नयाँ कोसेढुंगा |
सम्पादकीय |
अब नेपालमा उत्पादित विद्युत्ले छिमेकी बंगलादेशलाई पनि उज्यालो बनाउने भएको छ । यसअघि नेपालले भारतसँग विद्युत् खरिद–बिक्री गर्दै आएको थियो । बिहीबार नेपाल–भारत–बंगलादेशबीच विद्युत् व्यापार सम्झौता भएपछि नेपालको बिजुलीले भारत छिचोलेर तेस्रो देश पुग्ने मार्गप्रशस्त भएको हो । नेपालसँग विद्युत्को अथाह सम्भावना र बंगलादेशमा अथाह माग रहेकाले पनि यो सम्झौता दक्षिण एसियाको सहकार्य र समृद्धिका लागि नयाँ कोसेढुंगा हो । |
आश्विन १७, २०८१ |
को जान्ने ? |
केशव दाहाल |
भाद्र अन्तिम साताको कुरा हो । सिरहा, लालपुर गुरुधाममा पुराना वामपन्थी नेता रामजी यादव अर्थात् कमरेड बादलसँग भेट भयो । हामी पत्रकार मित्र अर्जुन थपलियाको घरमा थियौं । समाचार लेखेकै कारण अघिल्लो मध्यरातमा थपलियाको घरमा केहीले ढुंगामुढा गरेछन् । त्यसैले ‘माहोल’ अलिक आक्रोशित थियो । |
आफ्नै भारले थिचिएको त्रिवि |
होमनाथ भट्टराई |
अतिराजनीतीकरण, पदाधिकारी चयनमा भागबन्डा आदिका कारण त्रिभुवन विश्वविद्यालयको सुसञ्चालन हुन सकेन । दिन प्रतिदिन शिक्षाको गुणस्तर खस्कँदै गयो । देशको जेठो एवं सबभन्दा ठूलो प्रमुख संस्थाले आफ्नो शैक्षिक–प्राज्ञिक नेतृत्वको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सकेन भन्ने चर्चा व्यापक थियो, छ । |
गान्धीले कोरेको गोरेटो |
चन्द्रकिशोर |
माहात्मा गान्धीको जयन्ती सप्ताह विश्वभरि मनाइँदै छ । गान्धीको देश भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछिका वर्ष गान्धी जयन्तीले स्वच्छता अभियानको रूप लिएको छ । नेपालमा समेत गान्धीलाई सम्झिने कर्मकाण्ड हुने गरेको छ । |
नेपाली भाषा सिकाइ |
मधु राई |
प्रवासमा छँदा मैले स्कुल तथा कलेज पढ्दाताका नेपाली भाषा सिक्ने अवसर पाइनँ । भित्री इच्छा बिहेपछि नेपाल आएर दैनिकी लेखनले पूरा भयो । भाषा सिक्नैका लागि भनेर मैले कान्तिपुर, काठमान्डु पोस्टलगायतका पत्रपत्रिका पढ्न थालें । |
ढुंगाखानी र क्रसरको दोहनमाथि रोशीको रोष |
सम्पादकीय |
शुक्रबार र शनिबारको भारी वर्षाका कारण जनधनको अपूरणीय क्षति भएपछि सरकारका विभिन्न पदाधिकारीले भनेका छन्– वर्षा त प्राकृतिक शक्ति हो, जसलाई सरकारले रोक्न सक्दैनथ्यो । हो, वर्षा सरकारले रोक्न सक्ने होइन तर विपत्ति भने सरकारले रोक्न सक्थ्यो भन्ने प्रमाण खोज्न काठमाडौं उपत्यकामा साँघुरा बनाइएका नदी तथा खोला हेरे पुग्छ । |
आश्विन १६, २०८१ |
विपद् भोगेका उपभोक्तामाथि बजार मूल्यको त्रास |
सम्पादकीय |
भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट पीडित बनेका सर्वसाधारण बजारसँग पनि त्रसित बन्नुपर्ने अवस्था सिर्जना भएको छ । खासगरी संघीय राजधानी काठमाडौंका मानिसले दैनिक उपभोग्य तरकारी तथा फलफूलका लागि महँगो मूल्य तिर्नु परिरहेको छ । |
जनताको हुर्मत लिने सत्ता ! |
सीके लाल |
अझै पनि सुकुमार अवस्थामा रहेका हिमाल धेरै बढी मानवीय हस्तक्षेपको दबाब खेप्न सक्दैनन् । अपेक्षाकृत नाजुक महाभारत शृंखलाका पहाड ‘विकास’ का लागि भीमकाय मेसिनहरूले निरन्तर खोस्रे पनि सहन सक्ने अवस्थामा पुगिसकेका छैनन् । वेगवान नदी केही मत्थर हुँदा मसिना कणहरूद्वारा निर्मित उपत्यकाको भूमि जमेर कठोर हुन बाँकी छ । अत्यधिक वर्षाको दबाबमा पहाडी उपत्यकाको सतह भासिन्छ, फुट्छ र टुट्छ । |
शासन होइन, सहकार्यका पक्षधर गान्धी |
शंकर तिवारी |
अक्टोबर २, १८६९ मा भारतको गुजरातमा जन्मिएका मोहनदास करम चन्द गान्धी लन्डनमा कानुनको उच्च शिक्षा लिएर दक्षिण अफ्रिकामा कानुनी अभ्यास गर्न पुगेका थिए । उनी तीन कार्य– जन्म, शिक्षा–दीक्षा र व्यावसायिक कामका लागि तीन महादेश एसिया, युरोप र अफ्रिकासँग जोडिन पुगेका थिए । |
संविधान संशोधन कि नयाँ निर्माण ? |
मोहन वैद्य ‘किरण’ |
कांग्रेस र नेकपाबीच गत असार १७ मा नयाँ गठबन्धन सरकार बनाउन गरिएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषयलाई प्राथमिक स्थानमा राखिएको छ । त्यसपश्चात् संविधान संशोधनको विषय बढी चर्चामा आउन थालेको छ । सत्तारूढ राजनीतिक दलले सर्वदलीय छलफल र बृहत्तर सहमतिका आधारमा संविधान संशोधन गरिने समझदारी भएको कुरा पनि बाहिर आएको छ । |
महिला आन्दोलन जीवितै छ ? |
भावना घिमिरे |
महिलालाई घर, समाज, धर्म, कानुन, राज्यलगायत सामाजिक संरचनाले पुरुष समान मानिस मान्दैनन् । महिलाको शरीर, श्रम, गतिशीलता, यौनिकतामाथि चरम नियन्त्रण छ । स्रोत साधनबाट विमुख पारिएको छ । हजारौं वर्षदेखि महिलालाई विविध प्रकारले उत्पीडन गर्ने संरचना, विचार तथा व्यवस्थाविरुद्ध समान अधिकार र हैसियतका लागि गरिने हरेक प्रकारको संघर्ष नै महिला आन्दोलन हो । इतिहासको हरेक कालखण्डमा महिलाले विविध प्रकारले प्रतिरोध, संघर्ष र आन्दोलन गर्दै आएका छन् । |
आश्विन १५, २०८१ |
प्रदेशका सवालहरू |
खिमलाल देवकोटा |
‘फेडरलिजम् एन्ड लोकलाइजेसन सेन्टर’ ले हालै सात वटै प्रदेशमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूको साझा सवाल थियो– ‘प्रदेशमा आसन भयो, शासन भएन । सन्दुक र बन्दुकबिनाको प्रदेश । तन प्रदेशमा, मन संघमा ।’ |
विपद् क्षेत्रमा महामारीको डर |
मुकेशकुमार साह |
म जनताले सहज रूपमा स्वास्थ्य सेवा नपाइरहेको अवस्थामा बाढीपहिरो तथा पानीको असहज निकासले पछिल्ला दिन नेपालको राजधानीलगायत विभिन्न भू–भागका दृश्य हृदयविदारक बनेका छन् । पीडितहरूमा आवासको समेत अभाव र बाढीका कारण आएको स्वास्थ्य समस्याका कारण समस्या झन्झन् बढेको छ । |
एक्लोपनको बोझ |
सुशीला शर्मा |
अरुणा लामाले गाएको एउटा गीत छ— ‘एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ, सहन नसकी आँखाबाट आँसु त्यसै झरिदिन्छ ।’ निकै भावपूर्ण यो गीत सुन्दा साँच्चै प्रेम वियोगको त्रासदीले मुटु ढुकढुक भएजस्तो लाग्छ । किन यतिसारो निराशावादी गीत गाएको होला भन्ने पनि लाग्छ । |
समाजवादी शिक्षाको आयाम |
मदन भुल |
पढेलेखेका शिक्षित युवा पनि स्वदेशमा रोजगारी नपाएर खाडी मुलुकमा पलायन हुन बाध्य छन् । दैनिक दुई हजारभन्दा बढी युवाले स्वदेश छाड्दै गर्दा ३ वटा बाकस भित्रिइरहेको छ । शिक्षामा व्याप्त निजीकरण र व्यापारीकरणले शैक्षिक असमानताको गहिरो खाडल छ । |
विपत्तिमा बेपत्ता सरकार |
सम्पादकीय |
नागरिक अप्ठ्यारोमा पर्दा सबैभन्दा पहिले सम्झिने सरकार नै हो । गत शुक्रबार र शनिबारको भारी वर्षा र त्यसबाट सिर्जित बाढी, पहिरो तथा डुबानले लाचार बनेका नागरिकले पनि सरकार नै सम्झिए । तर, विकट बस्ती मात्र होइन, संघीय राजधानी काठमाडौंकै बासिन्दाले पनि पूर्ण रूपमा सरकार भएको अनुभूति गर्न सकेनन् । सरकारको गति यति सुस्त भयो कि, ऊ सहयोगको याचना गरिरहेका नागरिकको छेउमा पुग्नै सकेन । |
आश्विन १४, २०८१ |
नेपाल राज्यको भावी ‘चरित्र’ |
अच्युत वाग्ले |
गैरजिम्मेवार राज्यसत्ता (रेजिम) का राजनीति शास्त्रले पहिचान गरेकामध्ये दस प्रमुख चरित्रहरू (क्यारेक्टरिस्टिक्स) नेपाललाई उदाहरण मानेर सिद्धान्तीकृत गरिएजस्तै छन्– १. पारदर्शिताको अभाव (सरकारका कार्य र नीतिहरू एवम् निर्णय प्रक्रियाहरूबारे जनतालाई सीमित मात्र जानकारी), २. भ्रष्टाचार र अव्यवस्थापन (भ्रष्टाचार, घुसखोरी र स्रोतहरूको अप्रभावकारी बाँडफाँट), |
सुधार्न सकिन्छ स्वास्थ्य बिमा प्रणाली |
ढुण्डीराज पौडेल |
बिमा भनेको धेरैजनाबाट निश्चित शुल्क उठाएर आवश्यक पर्ने थोरैको उपचारमा खर्च गर्ने पद्धति हो भन्ने तथ्य अझै आत्मसात् हुन सकेको छैन । कुनै समस्या नै नपरी बिमाको अवधिभित्र आफूले पाउने अधिकतम सुविधा एक लाख रुपैयाँ खर्च नभए खेर जान्छ भन्ने धारणा रहँदासम्म स्वास्थ्य बिमाले सफलता पाउँदैन । |
राज्यसत्ताको आँखामा महिला अधिकार |
सुनिता मैनाली |
गत असारमा कामको सिलसिलामा म सप्तरी पुगेकी थिएँ । एक परिचित पारलैंगिक महिलाले हतारहतार आएर भनिन्, ‘हाम्रो एक जना लैंगिक अल्पसंख्यक साथीलाई पुरुष जनप्रतिनिधिले नांगो बनाई कुटे ।’ म अलमल्ल परें । झट्टै भनिहालें, ‘प्रहरीकहाँ जानुस् न ।’ उनले भनिन्, ‘पुलिसले हाम्रो कुरा सुन्दैन ।’ |
विपद् र बालबालिका |
अनिल रघुवंशी |
अविरल वर्षाका कारण हाम्रो देशमा ठूलो जनधनको क्षति पुगेको छ । केही दिनदेखि सामाजिक सञ्जाल, टेलिभिजन र पत्रपत्रिकामा विपद्ले पुर्याएको क्षतिबारे निरन्तर समाचार, फोटो र भिडियो आइरहेका छन् । |
सडक पुनर्निर्माणमा तीव्र गति आवश्यक |
सम्पादकीय |
दसैं नजिकिएको समयमा भएको भारी वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोका कारण देशभरका सडक सञ्जालमा क्षति पुगेको छ । काठमाडौंलाई विभिन्न कोणबाट जोड्ने राजमार्गहरूमा पनि क्षति पुगेका कारण यात्रुलाई समस्या भएको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुहरूको चाप बढी हुने गर्छ । त्यसको क्रम सुरु भइसकेको थियो । |
आश्विन १३, २०८१ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.