text
stringlengths
2
914
आश्विन ३, २०८१
रूपान्तरणको कसीमा संविधान
टीकाराम भट्टराई , निशान्तबाबु खड्का
विगतका वर्षहरूझैं यस वर्ष पनि संविधान दिवसका अवसरमा संविधानसँग जोडिएका विषयवस्तुमाथि सार्वजनिक रूपमा बहस, छलफल तथा अन्तर्क्रिया भइरहेका छन् । नेपाल सरकारद्वारा आयोजित औपचारिक समारोहबाहेकका अन्य कार्यक्रमहरू संविधानअन्तर्गतका विभिन्न भाष्य, संरचना तथा अवधारणाहरूको मूल्यांकनमा केन्द्रित हुने गर्दछन् ।
चम्किँदो संविधान, चर्किंदो संविधान
चन्द्रकिशोर
जनकपुरधामले आफ्नो पुरानो पहिचान बिर्सेको पनि छैन, नयाँ पहिचान समग्रतामा आत्मवरण पनि गर्न सकेको छैन । यो सत्ताको सहर पनि हो, संस्थापनविरुद्धको सहर पनि । कुनै पनि सहरलाई चिन्न त्यसका विभिन्न आयाम चिन्नुपर्ने हुन्छ । कुनै समाजको चालक शक्तिहरूलाई बुझ्न तिनका विमर्शका विषय र विकासलाई सम्झिनुपर्ने आवश्यकता त हुँदै हो ।
संविधान संशोधनको अवसर र आशंका
मल्ल के. सुन्दर
फेरि एक पटक राष्ट्रिय राजनीति तातिएको छ, संविधान संशोधनको प्रसंगले । यद्यपि, वर्तमान संविधानप्रति विमति र विरोधका स्वर यसको आरम्भदेखि नै मुखरित थिए । मधेशी र आदिवासी जनजाति समुदायले अझै पनि यसमा अपनत्व जनाइरहेका छैनन् ।
समावेशिताको मुद्दामा दल र सरकारको मनोवृत्ति
दीपा नेपाली
राज्य नयाँ व्यवस्थाको जगमा उभिएको छ । यही व्यवस्थामा फेरिरहने सरकार र दोहोरिरहने व्यक्ति छन् । ती व्यक्ति एउटै वर्ग, लिंग र समुदायबाट प्रतिनिधित्व गर्छन् । जसले समानुपातिक समावेशिताको मुद्दालाई बारम्बार कुल्चिएका छन् । गत असार ३१ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बन्यो ।
संविधानलाई संकुचित बनाउन होइन, बृहत् बनाउन मात्र संशोधन
सम्पादकीय
नेपालको संविधान जारी भएको नौ वर्ष पूरा भएको छ । अन्योलपूर्ण राजनीतिक परिस्थितिबीच २०७२ असोज ३ मा जारी भएको संविधानले दसौं वार्षिकोत्सव मनाइरहँदा यसमाथि उठेका प्रश्नमाथि विमर्श, समीक्षा र सुझावका लागि सरोकारवाला सबै पक्ष सधैं उदार हुनुपर्छ । किनकि संविधान आफैंमा गतिशील दस्तावेज हो । यो जति बढी लचक हुन सक्यो, दीर्घजीवनको सुनिश्चितता पनि उति नै बढी हुन्छ । लामो आयु भएका संसारका सबै संविधानको खास अन्तर्य यही नै हो ।
आश्विन २, २०८१
विस्मृत विद्रोहको वार्षिकी
सीके लाल
जलवायु परिवर्तनको असर बेवास्ता गर्नै नसकिने हुँदै गएको कुरा ठम्याउन वातावरणविज्ञ हुनु पर्दैन, आफ्नो चारैतिर परिवर्तन भइरहेको परिस्थिति नियाले पुग्छ । वायु प्रदूषण र उष्णता बढ्दै गएर हिमताल पग्लिँदै जाने दशकौंअगाडिका आकलनहरू सही साबित हुँदै छन् ।
गणेशमानको अन्तिम लडाइँ
शंकर तिवारी
नेपाली राजनीतिले २००७, २०४६, २०६२/६३ सालमा ठूलाठूला कोल्टे फेर्‍यो । गणेशमान सिंह २००७ र २०४६ मा क्रान्ति र आन्दोलनको केन्द्रमा थिए । २०६२/६३ गणेशमानले देख्न पाएनन्, तर निर्धक्क भन्न सकिन्छ कि गणेशमानले प्रजातन्त्रको जुन समस्या देखे, आज पनि ती ज्युँका त्युँ छन् ।
भ्रष्टाचारका अनेकौं आयाम
प्रकाश अधिकारी
भ्रष्टाचार नेपाली समाजमा ऐंजेरुका रूपमा फैलिइरहेको छ । राजनेताका साथै कर्मचारीगण पनि भ्रष्ट छन् भन्ने सर्वसामान्य धारणा बनिसकेको छ । सरकारी अड्डाबाट छिटो छरितो र समयमा सेवा लिन सिधै वा ‘बीचको मानिस’ मार्फत खर्च नगरी हुँदैन भन्ने आम बुझाइ छ ।
संविधानमै सीमित समावेशिता
तारा वाग्ले
नेपालको संविधानले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरेको छ । साथै लैंगिक विभेद अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको छ ।
किसानमाथि दुग्ध विकास संस्थानको दोहन कहिलेसम्म ?
सम्पादकीय
ऋण गरेर गाईभैंसी पाल्ने, दाना र घाँस जुटाउन मिहिनेत गर्ने र दूध बोकेर बजारसम्म पुर्‍याउने किसानले श्रमको मूल्य पाउन महाभारत गर्नुपर्ने ? हो, नेपालमा त्यही चलिरहेको छ । दुग्ध पदार्थ नगदमा बेच्ने तर किसानको उधारो बक्यौता राख्ने कम्पनी नेपाल सरकारको दुग्ध विकास संस्थान हो ।
आश्विन १, २०८१
समितिको जिम्मेवारी पूरा, अब गृहमन्त्रीको परीक्षा
सम्पादकीय
सहकारी बचत दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले ९९ दिनको अध्ययनपछि दिएको प्रतिवेदनले ठगीमा संलग्नहरूलाई कारबाही गर्ने तथा सहकारी अभियानलाई शुद्धीकरण गर्ने प्रस्थानविन्दु देखाएको छ ।
नेपालमा विकास अवधारणा
गणेश मण्डल
२०१३ सालमा योजना आयोगको गठन भएपछि संस्थागत रूपमा योजनाबद्ध विकासको अभ्यास गर्न थालेको करिब सात दशक भइसक्यो । यसबीचमा नेपालले आर्थिक, सामाजिक र पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा निकै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्न सफल भएको छ ।
पृथ्वी अझै तन्नेरी छ, यसको बैंस जोगाऔं
केपी शर्मा ओली
ब्रह्माण्डमा दुई प्रकारका तत्त्व हुन्छन्— एउटा जीव, अर्को निर्जीव । आम रूपमा भन्ने हो भने ब्रह्माण्डमा निर्जीव तत्त्वहरूको प्रभुत्व देख्न सक्छौं । जीवन, सक्रियताको आवश्यक सर्त नभए पनि गतिशीलता भने एक सामान्य नियम हो ।
महिलामा किन बढ्दै छ मोटोपन ?
अरुणा उप्रेती
नेपाली महिलाको सरदर आयु झन्डै ७४ वर्ष पुगेको छ । यो जनस्वास्थका दृष्टिकोणले सफलता हो । तर, पछिल्लो सरकारी तथ्यांकले देखाउँछ, ३५ प्रतिशत नेपाली महिला मोटोपनको सिकार भएका छन् ।
भाद्र ३१, २०८१
‘आकर्षक’ नियुक्तिको छद्‍म युद्ध
अच्युत वाग्ले
गत पुस २० मा नेपाल धितोपत्र बोर्डका अध्यक्ष पद रिक्त भएपछि पुँजी बजारको नियमनकारी संस्था नेतृत्वविहीन भएको आठ महिनाभन्दा बढी भएको छ । अध्यक्ष नभएकै कारण बोर्डले गर्नुपर्ने कम्पनीहरूको सेयरको प्राथमिक निष्कासन (आईपीओ), थप निष्कासन (एफपीओ) र ऋणपत्रको अनुमति लगायतका प्रक्रिया अवरुद्ध छन् ।
सुधार्नुपर्ने पहिले राजनीतिक ‘डिस्कोर्स’ हो
प्रकाश भण्डारी , सिपी अर्याल
कान्तिपुरमा २० भदौ २०८१ मा प्रकाशित प्राध्यापक कृष्ण खनालको ‘सुधार्नुपर्ने पहिले राजनीति हो’ शीर्षकको लेखमाथि थप बहसको आवश्यकता औंल्याउँदै फरक मत प्रस्तुतिको जमर्को यस लेखमा छ । प्राध्यापक खनालले उठाउनुभएका धेरै विषयमा सहमति भए पनि उहाँको लेखको मूल मर्म, ‘राजनीति सुधार्न सतहमा देखिएका एक दर्जनभन्दा बढीलाई पार्टी नेतृत्वबाटै फाल्नुपर्छ’ मा हामी विमति राख्छौं ।
जल पुनर्भरणमा महिला तथा आदिवासी जनजाति
सीता राना
परापूर्वकालमा भिन्नभिन्न दिशाबाट आएका मानिसका झुन्ड कुनै निश्चित भूगोलमा रहँदै, बस्दै जाँदा उनीहरूले त्यहीं छुट्टै भाषा, संस्कृतिको विकास गरे । हिजोआजसम्म पनि त्यही भूगोलमा बसोबास गरिरहेका समुदाय आदिवासी जनजाति हुन् । अन्य समुदायचाहिँ आमरूपमा भाषा, धर्म, संस्कृतिसहित नेपालको भूभागमा भित्रिएका हुन् ।
सहकारी ठगीमा श्रीमतीलाई साझेदार बनाउने प्रवृत्ति
सम्पादकीय
कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाको आरोपमा मुछिएसँगै यस क्षेत्रसँग जोडिएको अस्वाभाविक तथ्य सार्वजनिक भइरहेका छन् । आफूमाथि आरोप लागेपछि गुरुङले श्रीमती ज्योति गुरुङसँग २०७६ सालमै सम्बन्धविच्छेद गरेको खुलाएका छन् ।
भाद्र ३०, २०८१
के हो ‘प्राइमरी इलेक्सन’ ?
केशव दाहाल
रानीतिक पुनर्गठन समकालीन नेपाली राजनीतिको महत्त्वपूर्ण एजेन्डा हो । र, त्यो एजेन्डाभित्रको महत्त्वपूर्ण विषय हो ‘प्राइमरी इलेक्सन’ । अर्थात्, ‘प्राथमिक निर्वाचन’ । यो पक्का छ कि यथावस्थामा नेपालका कुनै पनि राजनीतिक दलले नयाँ परिणाम दिने छैनन् ।
‘राष्ट्रिय गौरव’ का नाममा अर्थको अनर्थ
सम्पादकीय
‘राष्ट्रिय गौरवका आयोजना’ को शब्द संरचना जति उत्साहवर्द्धक छ, पूर्वाधार निर्माण त्यति नै निराशाजनक । जसकारण यसको चर्चा, महत्त्व र अर्थ बृहत् हुनु स्वाभाविक हो । दीर्घकालीन रूपमै सकारात्मक प्रभाव पार्न सक्ने आयोजनाहरूको निर्माण सम्पन्न हुँदै गर्दा त्यसले स्थानीय लाभग्राहीलाई मात्रै होइन, राष्ट्रकै आर्थिक गतिविधिलाई प्रभाव पार्ने निश्चित छ ।
भाद्र २८, २०८१
‘जेन-जी’ पुस्ताको विद्रोह
हरि रोका
कथित निर्वाचनमार्फत ६ महिनाअघि मात्रै बंगलादेशमा चौथो कार्यकालका लागि दुई तिहाइको सरकार बनाउन सफल भए पनि शेख हसिना नेतृत्वको अवामी लिगको सत्ता ढल्यो । स्वतन्त्र बंगलादेशका निमित्त लडेका परिवारका सदस्यलाई सरकारी जागिरमा दिइँदै आइएको आरक्षण बन्द गरिनुपर्छ भनेर उठेको युवा–विद्यार्थीको आन्दोलन दबाउन खोज्दा हसिना सत्ताबाटै बाहिरिनुपर्‍यो ।
प्रहरीमा छुटिरहेका मधेशी दलित
भोला पासवान
संविधानले राज्यका सबै संरचनामा दलितको प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण व्यवस्था गरेको छ, जसमा नेपाल प्रहरी पनि समावेश छ । तर, प्रहरी सेवामा दलित समुदायको प्रतिनिधित्वमा आन्तरिक समावेशीकरण पेचिलो छ ।
खोइ मानसिक स्वास्थ्य शिक्षा ?
शिक्षा रिसाल
किशोरावस्था जीवनकालको अद्वितीय र महत्त्वपूर्ण समय हो । यसबेला शारीरिक, भावनात्मक र सामाजिक परिवर्तन देखा पर्छन् । किशोरावस्था सकारात्मक मानसिक स्थिति, सामाजिक र भावनात्मक बानी विकास गर्ने महत्त्वपूर्ण अवधि हो ।
यातायातमा विद्युतीय भुक्तानीको बहस
भुवन कँडेल
विश्वका प्रायः ठूला सहरमा सार्वजनिक यात्रा गर्दा विद्युतीय भुक्तानी कार्ड वा विद्युतीय माध्यमबाट सहजै भाडा तिर्न सकिने सुविधा छ । तर, नेपालमा केही वर्षदेखि विद्युतीय भुक्तानीमा चौतर्फी बढोत्तरी भइरहँदा यात्रा भुक्तानी कार्डतर्फ शून्यप्रायः स्थिति छ ।
विश्वविद्यालयमा अति भयो अराजकता
सम्पादकीय
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सत्ताधारी दुई दलनिकट विद्यार्थी संगठनको झडपपछि पढाइ, प्रवेश परीक्षा, सेमेस्टर परीक्षा तथा नियमित अनुसन्धानलगायतका सम्पूर्ण शैक्षिक गतिविधिमा अवरोध भएको छ ।
भाद्र २७, २०८१
अतिवादविरुद्ध लडाइँ
गोपाल खनाल
प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भए पनि शेख हसिनाले पछिल्ला कार्यकालमा बंगलादेशमा अधिनायकवादी सत्ताको अभ्यास गरिन् । लगातार चौथो पटक प्रधानमन्त्री बनिरहँदा उनी प्रतिपक्षविहीन थिइन् ।
दुर्घटना घटाउन राज्यले के गर्न सक्छ ?
आशिष गजुरेल
नेपालमा सञ्चारमाध्यममा बढी देखिने समाचारमध्येको एक हो, यातायात दुर्घटना । यहाँ सडकदेखि हवाई यातायातसम्म सुरक्षित नभएको पछिल्ला दुर्घटनाले पुष्टि गर्छ । हुन न यस्ता दुर्घटना नेपालका लागि नौला होइनन् ।
चाडपर्वमा लुकेको महिला खुसी
अमृता अनमोल
हिन्दु धर्मावलम्बीका चाडपर्व धमाधम भित्रँदै छन् । जनैपूर्णिमाबाट सुरु पर्व कृष्णाष्टमी हुँदै तीज भरखरै सकिएको छ । अब पितृ सम्झने सोह्रश्राद्ध हुँदै दसैंतिहार नजिकिँदै छन् । तीज सकिए पनि तीजमा दर खाएका, आफन्त भेटका, राम्रा र रंगीचंगी लुगा लगाएर छमछमी नाचेका महिलाका फोटा सामाजिक सञ्जालभरि छन् ।
हैजालाई कम नआँकौं
डा. प्रकाश बुढाथोकी
सन् २००९ मा जाजरकोटमा फैलिएको हैजा संक्रमणबाट ३० हजारभन्दा बढी प्रभावित हुँदा १ सयभन्दा बढीको ज्यान गएको थियो । काठमाडौं उपत्यकामा सन् २०१६–१७, २०२२ र २०२३ मा फैलिएको हैजामा क्रमशः २००, ७७ र १२ जना बढी संक्रमित भएका थिए ।
बादशाहको राजीनामाको सन्देश : बलमिच्याइँ सधैं चल्दैन
सम्पादकीय
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अन्ततः राजीनामा दिएका छन् । बाँकेकी एकल महिला निर्मला कुर्मीको अपहरण, शंकास्पद मृत्यु र उनको सम्पत्ति हडपिएको लगायत प्रकरणमा बादशाहमाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने थियो । निर्मला कुर्मीको न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्मै संघर्ष जारी छ ।
भाद्र २६, २०८१
टीआरसी : परिपूरणमा फड्को, न्यायमा अड्को
राजुप्रसाद चापागाईं