text stringlengths 2 914 |
|---|
आश्विन ३, २०८१ |
रूपान्तरणको कसीमा संविधान |
टीकाराम भट्टराई , निशान्तबाबु खड्का |
विगतका वर्षहरूझैं यस वर्ष पनि संविधान दिवसका अवसरमा संविधानसँग जोडिएका विषयवस्तुमाथि सार्वजनिक रूपमा बहस, छलफल तथा अन्तर्क्रिया भइरहेका छन् । नेपाल सरकारद्वारा आयोजित औपचारिक समारोहबाहेकका अन्य कार्यक्रमहरू संविधानअन्तर्गतका विभिन्न भाष्य, संरचना तथा अवधारणाहरूको मूल्यांकनमा केन्द्रित हुने गर्दछन् । |
चम्किँदो संविधान, चर्किंदो संविधान |
चन्द्रकिशोर |
जनकपुरधामले आफ्नो पुरानो पहिचान बिर्सेको पनि छैन, नयाँ पहिचान समग्रतामा आत्मवरण पनि गर्न सकेको छैन । यो सत्ताको सहर पनि हो, संस्थापनविरुद्धको सहर पनि । कुनै पनि सहरलाई चिन्न त्यसका विभिन्न आयाम चिन्नुपर्ने हुन्छ । कुनै समाजको चालक शक्तिहरूलाई बुझ्न तिनका विमर्शका विषय र विकासलाई सम्झिनुपर्ने आवश्यकता त हुँदै हो । |
संविधान संशोधनको अवसर र आशंका |
मल्ल के. सुन्दर |
फेरि एक पटक राष्ट्रिय राजनीति तातिएको छ, संविधान संशोधनको प्रसंगले । यद्यपि, वर्तमान संविधानप्रति विमति र विरोधका स्वर यसको आरम्भदेखि नै मुखरित थिए । मधेशी र आदिवासी जनजाति समुदायले अझै पनि यसमा अपनत्व जनाइरहेका छैनन् । |
समावेशिताको मुद्दामा दल र सरकारको मनोवृत्ति |
दीपा नेपाली |
राज्य नयाँ व्यवस्थाको जगमा उभिएको छ । यही व्यवस्थामा फेरिरहने सरकार र दोहोरिरहने व्यक्ति छन् । ती व्यक्ति एउटै वर्ग, लिंग र समुदायबाट प्रतिनिधित्व गर्छन् । जसले समानुपातिक समावेशिताको मुद्दालाई बारम्बार कुल्चिएका छन् । गत असार ३१ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बन्यो । |
संविधानलाई संकुचित बनाउन होइन, बृहत् बनाउन मात्र संशोधन |
सम्पादकीय |
नेपालको संविधान जारी भएको नौ वर्ष पूरा भएको छ । अन्योलपूर्ण राजनीतिक परिस्थितिबीच २०७२ असोज ३ मा जारी भएको संविधानले दसौं वार्षिकोत्सव मनाइरहँदा यसमाथि उठेका प्रश्नमाथि विमर्श, समीक्षा र सुझावका लागि सरोकारवाला सबै पक्ष सधैं उदार हुनुपर्छ । किनकि संविधान आफैंमा गतिशील दस्तावेज हो । यो जति बढी लचक हुन सक्यो, दीर्घजीवनको सुनिश्चितता पनि उति नै बढी हुन्छ । लामो आयु भएका संसारका सबै संविधानको खास अन्तर्य यही नै हो । |
आश्विन २, २०८१ |
विस्मृत विद्रोहको वार्षिकी |
सीके लाल |
जलवायु परिवर्तनको असर बेवास्ता गर्नै नसकिने हुँदै गएको कुरा ठम्याउन वातावरणविज्ञ हुनु पर्दैन, आफ्नो चारैतिर परिवर्तन भइरहेको परिस्थिति नियाले पुग्छ । वायु प्रदूषण र उष्णता बढ्दै गएर हिमताल पग्लिँदै जाने दशकौंअगाडिका आकलनहरू सही साबित हुँदै छन् । |
गणेशमानको अन्तिम लडाइँ |
शंकर तिवारी |
नेपाली राजनीतिले २००७, २०४६, २०६२/६३ सालमा ठूलाठूला कोल्टे फेर्यो । गणेशमान सिंह २००७ र २०४६ मा क्रान्ति र आन्दोलनको केन्द्रमा थिए । २०६२/६३ गणेशमानले देख्न पाएनन्, तर निर्धक्क भन्न सकिन्छ कि गणेशमानले प्रजातन्त्रको जुन समस्या देखे, आज पनि ती ज्युँका त्युँ छन् । |
भ्रष्टाचारका अनेकौं आयाम |
प्रकाश अधिकारी |
भ्रष्टाचार नेपाली समाजमा ऐंजेरुका रूपमा फैलिइरहेको छ । राजनेताका साथै कर्मचारीगण पनि भ्रष्ट छन् भन्ने सर्वसामान्य धारणा बनिसकेको छ । सरकारी अड्डाबाट छिटो छरितो र समयमा सेवा लिन सिधै वा ‘बीचको मानिस’ मार्फत खर्च नगरी हुँदैन भन्ने आम बुझाइ छ । |
संविधानमै सीमित समावेशिता |
तारा वाग्ले |
नेपालको संविधानले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरेको छ । साथै लैंगिक विभेद अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको छ । |
किसानमाथि दुग्ध विकास संस्थानको दोहन कहिलेसम्म ? |
सम्पादकीय |
ऋण गरेर गाईभैंसी पाल्ने, दाना र घाँस जुटाउन मिहिनेत गर्ने र दूध बोकेर बजारसम्म पुर्याउने किसानले श्रमको मूल्य पाउन महाभारत गर्नुपर्ने ? हो, नेपालमा त्यही चलिरहेको छ । दुग्ध पदार्थ नगदमा बेच्ने तर किसानको उधारो बक्यौता राख्ने कम्पनी नेपाल सरकारको दुग्ध विकास संस्थान हो । |
आश्विन १, २०८१ |
समितिको जिम्मेवारी पूरा, अब गृहमन्त्रीको परीक्षा |
सम्पादकीय |
सहकारी बचत दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले ९९ दिनको अध्ययनपछि दिएको प्रतिवेदनले ठगीमा संलग्नहरूलाई कारबाही गर्ने तथा सहकारी अभियानलाई शुद्धीकरण गर्ने प्रस्थानविन्दु देखाएको छ । |
नेपालमा विकास अवधारणा |
गणेश मण्डल |
२०१३ सालमा योजना आयोगको गठन भएपछि संस्थागत रूपमा योजनाबद्ध विकासको अभ्यास गर्न थालेको करिब सात दशक भइसक्यो । यसबीचमा नेपालले आर्थिक, सामाजिक र पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा निकै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्न सफल भएको छ । |
पृथ्वी अझै तन्नेरी छ, यसको बैंस जोगाऔं |
केपी शर्मा ओली |
ब्रह्माण्डमा दुई प्रकारका तत्त्व हुन्छन्— एउटा जीव, अर्को निर्जीव । आम रूपमा भन्ने हो भने ब्रह्माण्डमा निर्जीव तत्त्वहरूको प्रभुत्व देख्न सक्छौं । जीवन, सक्रियताको आवश्यक सर्त नभए पनि गतिशीलता भने एक सामान्य नियम हो । |
महिलामा किन बढ्दै छ मोटोपन ? |
अरुणा उप्रेती |
नेपाली महिलाको सरदर आयु झन्डै ७४ वर्ष पुगेको छ । यो जनस्वास्थका दृष्टिकोणले सफलता हो । तर, पछिल्लो सरकारी तथ्यांकले देखाउँछ, ३५ प्रतिशत नेपाली महिला मोटोपनको सिकार भएका छन् । |
भाद्र ३१, २०८१ |
‘आकर्षक’ नियुक्तिको छद्म युद्ध |
अच्युत वाग्ले |
गत पुस २० मा नेपाल धितोपत्र बोर्डका अध्यक्ष पद रिक्त भएपछि पुँजी बजारको नियमनकारी संस्था नेतृत्वविहीन भएको आठ महिनाभन्दा बढी भएको छ । अध्यक्ष नभएकै कारण बोर्डले गर्नुपर्ने कम्पनीहरूको सेयरको प्राथमिक निष्कासन (आईपीओ), थप निष्कासन (एफपीओ) र ऋणपत्रको अनुमति लगायतका प्रक्रिया अवरुद्ध छन् । |
सुधार्नुपर्ने पहिले राजनीतिक ‘डिस्कोर्स’ हो |
प्रकाश भण्डारी , सिपी अर्याल |
कान्तिपुरमा २० भदौ २०८१ मा प्रकाशित प्राध्यापक कृष्ण खनालको ‘सुधार्नुपर्ने पहिले राजनीति हो’ शीर्षकको लेखमाथि थप बहसको आवश्यकता औंल्याउँदै फरक मत प्रस्तुतिको जमर्को यस लेखमा छ । प्राध्यापक खनालले उठाउनुभएका धेरै विषयमा सहमति भए पनि उहाँको लेखको मूल मर्म, ‘राजनीति सुधार्न सतहमा देखिएका एक दर्जनभन्दा बढीलाई पार्टी नेतृत्वबाटै फाल्नुपर्छ’ मा हामी विमति राख्छौं । |
जल पुनर्भरणमा महिला तथा आदिवासी जनजाति |
सीता राना |
परापूर्वकालमा भिन्नभिन्न दिशाबाट आएका मानिसका झुन्ड कुनै निश्चित भूगोलमा रहँदै, बस्दै जाँदा उनीहरूले त्यहीं छुट्टै भाषा, संस्कृतिको विकास गरे । हिजोआजसम्म पनि त्यही भूगोलमा बसोबास गरिरहेका समुदाय आदिवासी जनजाति हुन् । अन्य समुदायचाहिँ आमरूपमा भाषा, धर्म, संस्कृतिसहित नेपालको भूभागमा भित्रिएका हुन् । |
सहकारी ठगीमा श्रीमतीलाई साझेदार बनाउने प्रवृत्ति |
सम्पादकीय |
कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाको आरोपमा मुछिएसँगै यस क्षेत्रसँग जोडिएको अस्वाभाविक तथ्य सार्वजनिक भइरहेका छन् । आफूमाथि आरोप लागेपछि गुरुङले श्रीमती ज्योति गुरुङसँग २०७६ सालमै सम्बन्धविच्छेद गरेको खुलाएका छन् । |
भाद्र ३०, २०८१ |
के हो ‘प्राइमरी इलेक्सन’ ? |
केशव दाहाल |
रानीतिक पुनर्गठन समकालीन नेपाली राजनीतिको महत्त्वपूर्ण एजेन्डा हो । र, त्यो एजेन्डाभित्रको महत्त्वपूर्ण विषय हो ‘प्राइमरी इलेक्सन’ । अर्थात्, ‘प्राथमिक निर्वाचन’ । यो पक्का छ कि यथावस्थामा नेपालका कुनै पनि राजनीतिक दलले नयाँ परिणाम दिने छैनन् । |
‘राष्ट्रिय गौरव’ का नाममा अर्थको अनर्थ |
सम्पादकीय |
‘राष्ट्रिय गौरवका आयोजना’ को शब्द संरचना जति उत्साहवर्द्धक छ, पूर्वाधार निर्माण त्यति नै निराशाजनक । जसकारण यसको चर्चा, महत्त्व र अर्थ बृहत् हुनु स्वाभाविक हो । दीर्घकालीन रूपमै सकारात्मक प्रभाव पार्न सक्ने आयोजनाहरूको निर्माण सम्पन्न हुँदै गर्दा त्यसले स्थानीय लाभग्राहीलाई मात्रै होइन, राष्ट्रकै आर्थिक गतिविधिलाई प्रभाव पार्ने निश्चित छ । |
भाद्र २८, २०८१ |
‘जेन-जी’ पुस्ताको विद्रोह |
हरि रोका |
कथित निर्वाचनमार्फत ६ महिनाअघि मात्रै बंगलादेशमा चौथो कार्यकालका लागि दुई तिहाइको सरकार बनाउन सफल भए पनि शेख हसिना नेतृत्वको अवामी लिगको सत्ता ढल्यो । स्वतन्त्र बंगलादेशका निमित्त लडेका परिवारका सदस्यलाई सरकारी जागिरमा दिइँदै आइएको आरक्षण बन्द गरिनुपर्छ भनेर उठेको युवा–विद्यार्थीको आन्दोलन दबाउन खोज्दा हसिना सत्ताबाटै बाहिरिनुपर्यो । |
प्रहरीमा छुटिरहेका मधेशी दलित |
भोला पासवान |
संविधानले राज्यका सबै संरचनामा दलितको प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण व्यवस्था गरेको छ, जसमा नेपाल प्रहरी पनि समावेश छ । तर, प्रहरी सेवामा दलित समुदायको प्रतिनिधित्वमा आन्तरिक समावेशीकरण पेचिलो छ । |
खोइ मानसिक स्वास्थ्य शिक्षा ? |
शिक्षा रिसाल |
किशोरावस्था जीवनकालको अद्वितीय र महत्त्वपूर्ण समय हो । यसबेला शारीरिक, भावनात्मक र सामाजिक परिवर्तन देखा पर्छन् । किशोरावस्था सकारात्मक मानसिक स्थिति, सामाजिक र भावनात्मक बानी विकास गर्ने महत्त्वपूर्ण अवधि हो । |
यातायातमा विद्युतीय भुक्तानीको बहस |
भुवन कँडेल |
विश्वका प्रायः ठूला सहरमा सार्वजनिक यात्रा गर्दा विद्युतीय भुक्तानी कार्ड वा विद्युतीय माध्यमबाट सहजै भाडा तिर्न सकिने सुविधा छ । तर, नेपालमा केही वर्षदेखि विद्युतीय भुक्तानीमा चौतर्फी बढोत्तरी भइरहँदा यात्रा भुक्तानी कार्डतर्फ शून्यप्रायः स्थिति छ । |
विश्वविद्यालयमा अति भयो अराजकता |
सम्पादकीय |
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सत्ताधारी दुई दलनिकट विद्यार्थी संगठनको झडपपछि पढाइ, प्रवेश परीक्षा, सेमेस्टर परीक्षा तथा नियमित अनुसन्धानलगायतका सम्पूर्ण शैक्षिक गतिविधिमा अवरोध भएको छ । |
भाद्र २७, २०८१ |
अतिवादविरुद्ध लडाइँ |
गोपाल खनाल |
प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भए पनि शेख हसिनाले पछिल्ला कार्यकालमा बंगलादेशमा अधिनायकवादी सत्ताको अभ्यास गरिन् । लगातार चौथो पटक प्रधानमन्त्री बनिरहँदा उनी प्रतिपक्षविहीन थिइन् । |
दुर्घटना घटाउन राज्यले के गर्न सक्छ ? |
आशिष गजुरेल |
नेपालमा सञ्चारमाध्यममा बढी देखिने समाचारमध्येको एक हो, यातायात दुर्घटना । यहाँ सडकदेखि हवाई यातायातसम्म सुरक्षित नभएको पछिल्ला दुर्घटनाले पुष्टि गर्छ । हुन न यस्ता दुर्घटना नेपालका लागि नौला होइनन् । |
चाडपर्वमा लुकेको महिला खुसी |
अमृता अनमोल |
हिन्दु धर्मावलम्बीका चाडपर्व धमाधम भित्रँदै छन् । जनैपूर्णिमाबाट सुरु पर्व कृष्णाष्टमी हुँदै तीज भरखरै सकिएको छ । अब पितृ सम्झने सोह्रश्राद्ध हुँदै दसैंतिहार नजिकिँदै छन् । तीज सकिए पनि तीजमा दर खाएका, आफन्त भेटका, राम्रा र रंगीचंगी लुगा लगाएर छमछमी नाचेका महिलाका फोटा सामाजिक सञ्जालभरि छन् । |
हैजालाई कम नआँकौं |
डा. प्रकाश बुढाथोकी |
सन् २००९ मा जाजरकोटमा फैलिएको हैजा संक्रमणबाट ३० हजारभन्दा बढी प्रभावित हुँदा १ सयभन्दा बढीको ज्यान गएको थियो । काठमाडौं उपत्यकामा सन् २०१६–१७, २०२२ र २०२३ मा फैलिएको हैजामा क्रमशः २००, ७७ र १२ जना बढी संक्रमित भएका थिए । |
बादशाहको राजीनामाको सन्देश : बलमिच्याइँ सधैं चल्दैन |
सम्पादकीय |
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अन्ततः राजीनामा दिएका छन् । बाँकेकी एकल महिला निर्मला कुर्मीको अपहरण, शंकास्पद मृत्यु र उनको सम्पत्ति हडपिएको लगायत प्रकरणमा बादशाहमाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने थियो । निर्मला कुर्मीको न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्मै संघर्ष जारी छ । |
भाद्र २६, २०८१ |
टीआरसी : परिपूरणमा फड्को, न्यायमा अड्को |
राजुप्रसाद चापागाईं |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.