text
stringlengths
2
914
केही दिनअघि धनगढीबाट रातिको फ्लाइटमा काठमाडौं आउने विमान चढें । काठमाडौं आइपुग्ने बेला जोडसँग पानी पर्न थाल्यो, चट्याङ परेको झिल्का पनि देखियो । विमान अचानक तलमाथि र दायाँबायाँ हल्लिन थाल्यो । अगाडि र पछाडिका सिटबाट महिलाहरू कराउन, चिच्याउन थाले, बच्चाहरू रुन थाले ।
संवैधानिक अधिकार हो प्रदेश प्रहरी
सम्पादकीय
सरकार हुनुको सामान्य औचित्य हो– शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण, अपराधमाथि अनुसन्धान, कानुन कार्यान्वयन । त्यसका लागि सम्बन्धित सरकारसँग आफ्नै प्रहरी चाहिन्छ । नेपालमा संघीय प्रणालीको अभ्यास हुन थालेको सात वर्ष बितिसक्दा पनि प्रदेशहरूसँग आफ्नै प्रहरी छैनन् ।
भाद्र १७, २०८१
संघीयता र मुलुकको आर्थिक एकीकरण
अच्युत वाग्ले
संघीय राज्य प्रणाली अपनाउनुको एउटा प्रमुख उद्देश्य मुलुकको आर्थिक एकीकरण (इकोनोमिक इन्टग्रेसन) हो । यो भनाइ प्रथम दृष्टिमा विरोधाभासपूर्ण जस्तो देखिन सक्छ । यथार्थमा, मुलुकका राजनीतिक, प्रशासनिक र विधि निर्माण अधिकारलाई संघीयतामार्फत संघीय (केन्द्रीय), प्रादेशिक र स्थानीय तहहरूबीच बाँडफाँट एवम् निक्षेपित गरेर मुलुकभित्रको द्वन्द्वलाई व्यवस्थित गरिनुको एकल उद्देश्य राजनीतिक रूपले सार्वभौमसत्ता र आर्थिक रूपले मुलुकको सिंगो बजारलाई खण्डित हुन नदिनु हो ।
अमेरिकी चुनावमा हार-जितका निर्णायक एजेन्डा
किशोर पन्थी
अमेरिकामा महिलालाई पनि मतदानको अधिकार प्रदान गरेको १ सय ४ वर्षपछि एसियन–अफ्रिकन मूलकी कमला ह्यारिस पहिलो महिला राष्ट्रपति बनेर नयाँ इतिहास रच्ने दौडमा छिन् । पहिलो महिला उपराष्ट्रपति बनेर इतिहास बनाइसकेकी उनले यस पटक नयाँ इतिहास रच्न सक्ने/नसक्ने निधो भने आगामी नोभेम्बर ५ मा हुनेछ ।
तीजलाई प्रश्नहरूले नपोलोस्
रूपा खड्का
हरितालिका तीज नजिकिइरहेको छ । तीजका गीत एक महिनाअघिबाटै घन्किन सुरु भए पनि अब भने झपक्कै गाउँसहरमा महिलालाई यो पर्वले छोपिसकेको छ । सामाजिक प्राणी भएर नै होला अरूको चियोचर्चा नगरी बस्न पनि नसक्ने अनौठो स्वभाव छ, मानवमा ।
टोकियोबाट सुरु भएको यात्रा, पेरिसमा प्राप्त हौसला
सम्पादकीय
ओलम्पिक यात्राको ६० वर्षपछि पहिलो पदक जितेर नेपालले नयाँ यात्राको सुरुवात गरेको छ । नेपालले सन् १९६४ मा टोकियोबाट ओलम्पिक र सन् २००४ मा एथेन्सबाट पाराओलम्पिक यात्रा सुरु गरेको हो । तर पेरिसमा आयोजित पारा ओलम्पिकमा शुक्रबार राति पलेशा गोवर्धनले तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा सर्बियाकी मरिजा मिचेभविरुद्ध १५–८ स्कोरको नतिजासहित कांस्य जितेकी हुन् ।
भाद्र १६, २०८१
द्वन्द्वका घाउ बल्झाउन पड्किरहने बम
सम्पादकीय
शान्ति प्रक्रियालाई पूर्णता दिन सहयोगी हुने भनिएको विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले जुन दिन शीतल निवासबाट प्रमाणीकरण गरे, त्यसै दिन पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बेवारिस बम विस्फोटबाट दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको ज्यान गयो ।
कार्यकारीबाट ‘स्वैच्छिक अवकाश’ कसरी ?
शंकर तिवारी
नेपालमा नेतृत्वको ‘एक्जिट पोलिसी’ पुनः एक पटक चर्चामा छ । यसको केन्द्रमा सार्वजनिक कार्यकारी नेतृत्वलाई जनता वा निर्वाचकप्रति कसरी उत्तरदायी र परिणाममुखी बनाउने भन्ने कुरा अन्तरनिहित भएको मान्नुपर्छ । नेतृत्वको बहिर्गमन नीति नेपालमा राजनीतिक पार्टीको आधुनिकीकरण कसरी गर्ने भन्ने कुरासँग पनि जोडिएको छ ।
भाद्र १४, २०८१
संघीयतालाई मनाङेको भारी नबोकाऊ
सम्पादकीय
गण्डकी प्रदेशमा मन्त्रीको संख्या बढाउन देशका दुई ठूला दल कांग्रेस र एमाले सहमत भएका छन्, तर मन्त्रालयको संख्या बढाउनु किन पर्‍यो भन्ने प्रश्नको उत्तर भने चिन्ताजनक छ । किनकि गुन्डा नाइकेका रूपमा अदालतमा मुद्दा खेपिरहेका दीपक मनाङे भनिने राजीव गुरुङको मन्त्री पद सुरक्षित राख्न ।
सुध्रिँदैन त हाम्रो कर्मचारीतन्त्र ?
उमेशप्रसाद मैनाली
राम्रा कानुन आफैं लागू हुँदैनन्, असल नीति स्वतः कार्यान्वयन हुँदैनन्, सरकारले वाचा गरेका सेवाहरू त्यत्तिकै वितरण हुँदैनन् । यसका लागि बनेको संयन्त्र हो– कर्मचारीतन्त्र (ब्युरोक्रेसी) । यसले कानुन कार्यान्वयन गरेर जनताको व्यवहारलाई नियमन गर्दछ, नीति र कार्यक्रम लागू गरेर जनतामा सेवा प्रवाह गर्दछ ।
केयूले जोगाइरहेको आशा
उद्धव प्याकुरेल
सन् १९९१ नोभेम्बरमा काठमाडौं विश्वविद्यालय (केयू) ले स्वीकृति पाए पनि १९९२ बाट आफ्नै आईएस्सी कार्यक्रम सञ्चालनमा आयो । एक वर्षपश्चात् एमबीए सुरु भयो । नेपालमा सर्वप्रथम थालिएको यो कार्यक्रमले दुई वर्षमै केही ग्राजुएट तयार गरी त्यसताका बुम हुँदै गरेको बैंकिङ क्षेत्रका लागि मानव संसाधन उपलब्ध गराउने महत्त्वपूर्ण काम गर्‍यो ।
नीति, नेतृत्व र नैतिकता
दुर्गा कँडेल छत्कुली
मानव सभ्यताको विकाससँगै समाज तथा राज्य व्यवस्था सञ्चालन गर्न प्रक्रियाहरूको आवश्यकता पर्न थाल्यो । तिनै नियम तथा विधिलाई वैधानिकता दिने क्रममा नीतिको जन्म भएको मानिन्छ । नीतिले कुनै काम गर्न हुने र नहुने विषयमा स्पष्ट बताउँछ ।
भाद्र १३, २०८१
युवाले छाड्दै गरेको देश
सोमत घिमिरे
राजनीतिक परिवर्तनका हिसाबले नेपाल द्रुत गतिमा अगाडि बढेको हो । २०१७ सालमा राजा महेन्द्रले बलात् पञ्चायत व्यवस्था लागू गरे पनि २०४६ को आन्दोलनले नयाँ परिवर्तनको ढोका खोल्यो । त्यसपछि द्रुत गतिमा चलेको राजनीतिक गाडीले गणतन्त्र हुँदै संघीय लोकतन्त्रमा ल्याइपुर्‍यायो, राज्य व्यवस्थालाई खुला र उदार बनायो भनियो ।
एनसेल र सरकारी स्वामित्वको बहस
मधुसूदन दाहाल
दूरसञ्चार क्षेत्रको अनुमतिपत्रको विषय एक दशकयता सधैं चर्चाको विषय बन्दै आएको छ । पछिल्लो समय दूरसञ्चार क्षेत्रको निजी सेवा प्रदायक एनसेलको अनुमतिपत्र तथा नवीकरणको विषय पेचिलो छ । हुन त करकै विषय होस् वा द हेगस्थित अन्तर्राष्ट्रिय अदालत जाने विषय, केही वर्षयता एनसेल विवादमा पर्दै आएको छ ।
जलवायु परिवर्तन, असमानता र सीमान्तीकरण
नीलम शर्मा
सिन्धुपाल्चोकको मेलम्ची बजारपारि इन्द्रवती नदी किनार डाँडामाथि शकुन्तला दनुवारको घर छ । २०७८ साल अगाडिको कुरा हो, उनको परिवार नदीमा माछा मार्थ्यो । तरकारी खेती गरेर जीवन चलाउँथ्यो । करिब ६ महिना आफ्नै कमाइले खान पुगेपछि बाँकी ज्यालादारी गरेर जीवन राम्रै चलिराखेको थियो ।
राजनीतिक हस्तक्षेपले बढाएको विद्युत् विवाद
सम्पादकीय
राष्ट्रिय चर्चाका अनेकौं विषयमध्ये अहिले अग्रपंक्तिमा दुई शब्द छन्– ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ । मुलुक १८ घण्टासम्मको लोडसेडिङमा रहेका बेलामा ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ मार्फत विद्युत् उपयोग गरेका ६१ उद्योगले तिर्नुपर्ने शुल्कसम्बन्धी विवाद गिजोलिँदा अहिले संसद्‌देखि सामाजिक सञ्जालसम्म तरंगित बनेको छ ।
भाद्र १२, २०८१
चरणदास र सेवकरामहरूका नाममा
केशव दाहाल
मेरा एक जना प्रिय दाइ छन् । अर्थराजनीति, भूराजनीति र विकासका जानकार उनी, पुराना वामपन्थी हुन् । कुरा गर्न सिपालु छन् । एकदिन कफी गफमा बसेर नेपाली लोकतन्त्रको भाग्य र भविष्यको विमर्श गरिरहँदा उनले भने– ‘हामी लोकतन्त्रको विभ्रममा छौं केशव । यो लोकतन्त्र होइन । यो दलतन्त्र हो ।’
सेयर बजार : भ्रम र यथार्थ
रेवत श्रेष्ठ
विगतका केही वर्ष शिथिल देखिएको सेयर बजार नयाँ सरकार गठनसँगै दिनानुदिन रेकर्ड राख्ने दौडमा छ । यसको पक्ष–विपक्षमा विभिन्न धारणा, अभिव्यक्तिहरू आउन थालेका छन् । सेयर बजारमा देखिएको बढोत्तरीमार्फत लगानीकर्ताले नयाँ सरकारमाथि आशा, भरोसा र विश्वास देखाएका छन् ।
युवा ‘पलायन’ मा उल्टो तर्क
धीरेन्द्र नाल्बो
मानौं या नमानौं, नेपालको कुल जनसंख्याको करिब ३५ प्रतिशत युवा भविष्य सुनिश्चितताका निम्ति विदेश जाने क्रम चलिरहेको छ । युवाको विदेश पलायनले देश खाली हुन्छ, समाज खतम हुन्छ र देश बर्बादीतर्फ जान्छ भन्ने बुझाइ र भनाइको खासै तुक छैन ।
नर्सिङमा जनशक्तिको सवाल
हसिना बस्नेत
केही महिनाअघि पोखरा नर्सिङ क्याम्पस पूर्वविद्यार्थी मञ्चले नवआगन्तुक विद्यार्थीका लागि मोटिभेसनल कार्यक्रम गर्‍यो । ‘खुसी कसरी हुन सकिएला ?’ भन्ने प्रशिक्षकको जिज्ञासा खस्न नपाउँदै बीएनएस र बीएस्सी प्रथम वर्षका करिब ९६ प्रतिशत विद्यार्थीले ‘विदेश जान पाए खुसी हुने’ आशय व्यक्त गरे ।
हदम्याद सम्बन्धमा अमूर्त शब्दावली नराख
सम्पादकीय
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ मा रहेको हदम्यादबारेका प्रावधान यतिबेला विवादमा परेका छन् ।
भाद्र ११, २०८१
परराष्ट्रमन्त्रीको भ्रमणको सन्देश
गोपाल खनाल
भारतीय विदेश सचिव विक्रम मिश्रीको साउन २७–२८ (११–१२ अगस्ट) को नेपाल भ्रमणलगत्तै परराष्ट्रमन्त्री आरजु राणा देउवाले भदौ २–६ (अगस्ट १८–२२) मा भारतको औपचारिक भ्रमण गरिन् । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले संयुक्त सरकारका परराष्ट्रमन्त्रीको यो भ्रमणको आधार सचिव मिश्रीको नेपाल वार्ताले तय गरेको थियो ।
चलचित्रमा खोजिएको मार्गचित्र
सचिन घिमिरे
पर्यटन, खेलकुद र चलचित्र ‘कल्चरल सफ्ट पावर’ का रूपमा प्रचुर लाभ दिन सक्ने सम्भावना भएका क्षेत्र हुन् । यद्यपि, नेपाली चलचित्रकर्मीले महसुस गर्नुपरेको नीतिगत र व्यावहारिक अड्चनका बारेमा पाँच दशकसम्म पटकपटक फेरिएका कुनै पनि सरकारले गम्भीर चासो प्रकट नगर्नु राष्ट्रिय लज्जाको विषय हो ।
सामेली लोकतन्त्रलाई सन्चै छ ?
मेखराज उदय
हाम्रो मुलुक अस्थिरता, अविकास, अक्षमता, असमावेशिताजस्ता मूलभूत समस्यासँग संघर्षरत छ । युवामा भविष्यप्रतिको चिन्ता छ । यस्तो नैराश्यको मूल कारण र आधार के हो ? समाजमा द्वन्द्व, मतभिन्नता, अग्रगमनतर्फको प्रयास निरन्तर चलिरहन्छ ।
भोजनको गलत भाष्य
अरुणा उप्रेती
अहिले नेपालमा पोषण र भोजनबारे एउटा नयाँ भाष्य स्थापित गर्न खोजिँदै छ । ‘खाना भनेको खराब वा असल हुँदैनन्’, ‘कुनै पनि खाना मात्रा मिलाएर खाए हुन्छ’, ‘पत्रु खाना भन्ने नै हुँदैन, सबै खाना स्वस्थकर हुन्छन्’ आदि ।
त्रिशूलीपारि समानान्तर सडक बनाऊ, वारिको सास्ती घटाऊ
सम्पादकीय
पछिल्ला तीन दिनका प्रमुख खबर यस्ता छन्– तनहुँको आँबुखैरेनी–२ ऐनापहरामा भारतीय पर्यटक सवार बस दुर्घटना, २७ जनाको मृत्यु (भदौ ७) । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट हाइलक्स सुनकोशी नदीमा खस्यो, ३ बेपत्ता (भदौ ८) र नारायणगढ–मुग्लिन सडकको भरतपुर–२९ घुमाउनेमा बस दुर्घटना, १० घाइते (भदौ ९) ।
भाद्र १०, २०८१
यसकारण खस्कियो प्रचण्ड ‘ब्रान्ड’
राजाराम गौतम
सिंहदरबारको सिंहासनबाट खसेपछि जब पेरिसडाँडाको कुर्सी पनि हल्लिन थाल्यो, निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिरक्षात्मक बन्न पुगेका छन् । दुई ठूला दल कांग्रेस–एमालेबीच गठबन्धन बनेपछि संसदीय गणितमा ‘तुरूपको एक्का’ बनेको म्याजिक नम्बर (३२ सिट) को औचित्य तत्कालका लागि समाप्त भएसँगै एकातिर उनी सत्ताखेलको रिङबाट बाहिरिएका छन् भने अर्कोतर्फ उनको नेतृत्वलाई लिएर पार्टीमा प्रश्न उठ्न थालेको छ ।
ज्ञानको ‘क्रूर वधशाला’ !
सुरेश प्राञ्‍जली
शासकीय लोकतान्त्रिक सौन्दर्यको ओज कायम राख्दै सार्वजनिक सेवा ‘डेलिभरी’ लाई सर्वस्वीकार्य, न्यायिक, समावेशी र पहुँचयोग्य तुल्याउन आवश्यक ‘शासकीय ज्ञान’ उत्पादन गर्ने भनेकै विद्वत् संस्था वा प्राज्ञिक अनुसन्धान संस्था (थिंक ट्यांक) ले हो ।
लैंगिक विभेदको असर
तारा वाग्ले
नेपालमा पछिल्ला दशक बालबालिकाको जनसंख्या क्रमशः घट्दो क्रममा देखिएको छ । २०५८ सालको जनगणनामा कुल जनसंख्याको ४५.७ प्रतिशत बालबालिका रहेकामा ०६८ मा ४१.८ प्रतिशतमा सीमित भएको थियो । ०७८ को जनगणना प्रतिवेदनले बालबालिकाको जनसंख्या अझै घटेर ३३.८ प्रतिशतमा झरेको देखाएको छ ।
निर्णायक दलित आन्दोलनको प्रस्ताव
परशुराम रम्तेल
नेपालको दलित आन्दोलन सुरुवाती चरणमा सामाजिक आन्दोलनका रूपमा अघि बढेको थियो । २००३ सालमा बागलुङका भगत सर्वजित विश्वकर्माको नेतृत्वमा थालिएको दलित आन्दोलनले छुवाछूत र जातीय विभेदका विरुद्ध संघर्ष गर्दैमा लामो समय व्यतीत गर्नुपर्‍यो ।
यसरी कतिन्जेल उड्छ वायुसेवा निगम ?
सम्पादकीय
ठूला चाडपर्व नजिक आइसकेकाले वायुसेवा प्रदायकहरूका लागि व्यापारको उत्सवमय समय पनि सुरु हुँदै छ । उनीहरूले आफ्नो सेवालाई चुस्त दुरुस्त राख्दै यात्रुलाई आफूतिर आकर्षित गर्ने समय पनि यही हो । व्यापार र जिम्मेवारीबोधको न्यूनतम मात्रै हुटहुटी हुने जुनसुकै विमान कम्पनीले यस समयलाई अवसरका रूपमा लिन्छन् ।
भाद्र ९, २०८१
संवैधानिक अभ्यास, वर्ग विभेद र विद्रोह