text stringlengths 2 914 |
|---|
राष्ट्रपतिले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१’ प्रमाणीकरण गरेसँगै २०७१ सालमा जारी ऐनको तेस्रो संशोधनले कानुनको रूप लिएको छ । संशोधनप्रति सरोकारवालाहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । |
प्रविधिको विकास र उर्वरताको खोजी |
कृष्णप्रसाद पौडेल |
आजको हाम्रो खेती कर्मको चेत हिमयुगको अन्त्यसँगै मेसोपोटामियामा सुरु भएको मानिन्छ । गहुँ र गाईसँगै सुरु भएको खेती कर्म मल, पानी, बीउ र ब्याडको जतन गर्ने खेती प्रविधिसँगै उन्नत भएको छ । यो स्थान विशेषमा थप परिष्कृत हुँदै फैलिएको खेती कर्म उत्तर लाग्दा युरोपको कठाङ्ग्रिँदो चिसो मैदानभरि फैलियो । |
मर्यादित रजोनिवृत्तिको बहस |
सुशीला शर्मा |
महिलाको शारीरिक संरचना पुरुषको तुलनामा फरक हुन्छ । महिलाको शरीरले गर्ने प्राकृतिक भूमिकामा विशेष भूमिकाचाहिँ आफ्नो पाठेघरमा नौ महिनासम्म शिशुलाई राखेर जन्म दिनु हो । नयाँ मानवलाई जन्म दिनका लागि पनि महिलाले अनेक शारीरिक, हर्मोनल परिस्थितिलाई समेत आफ्नै शरीरभित्र बोकेर हिँड्नुपर्ने हुन्छ । ती शारीरिक परिवर्तनका लागि मानसिक रूपमा अनेक प्रतिक्रिया भोग्दै र स्विकार्दै अगाडि बढ्नुपर्ने हुन्छ । |
भ्रष्टाचारीको मुखै नहेर्ने ? |
राजेन्द्रसिंह भण्डारी |
सरकार प्रमुखले नै ‘म भ्रष्टाचारीको मुखै हेर्दिन’ भनिसकेपछि कुरो त सक्किगो । शासनमा रहेका र सुशासन कायम गर्ने जिम्मेवारी पाएकाले नै भ्रष्टाचारीको मुखै नहेर्ने कसम खाइसकेपछि भ्रष्टाचारीलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन कसले र कसरी भन्ने प्रश्न त सदैव अनुत्तरित नै रहने भयो । |
सहकारी ठगीमा गुरुङमाथि अनुसन्धान गर |
सम्पादकीय |
सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाको आरोपमा प्रतिनिधिसभाका सांसद तथा कांग्रेस उपसभापति धनराज गुरुङसमेत जोडिएका छन् । धनराज र ‘पूर्वश्रीमती’ ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीको रकम हिनामिना गरेको आरोप लागेको हो । |
भाद्र २५, २०८१ |
नेपाली राजनीतिको अबको गन्तव्य |
टंक कार्की |
अहिले हामी संक्रमणको अर्को नयाँ दौरबाट छिट्छिटो गुज्रिइरहेका छौं । लोकतान्त्रिक गणतन्त्रको अर्को उपचरणको संक्रमण भनेपनि हुन्छ । संक्रमणको प्रक्रियाले विश्राम लिनुअघि नानाभाँतीका यस्ता उपचरण हुन्छन् नै । यसमा माथिल्लो नेतृत्व नेतृत्वदायी तहबाट पन्छिदै छ र तिनको ठाउँमा नयाँले भर्दैछन् । |
निर्यातमा आधारित विकासको पक्षमा |
झलक सुवेदी |
एक बिहान बाथरुम पस्दा विचार गरिहेरें, त्यहाँ प्रयोग हुने कमोड, स्प्रे, बेसिन, धाराको टुटी, सावर, टुथपेस्ट, टुथब्रस, ट्वाइलेट पेपर, साबुन, स्याम्पु, टावेल, अन्डर गार्मेन्ट्स सबैजसो आयातित रहेछन् । पानीचाहिँ यहीँको । त्यसपछि किचनमा चिया बनाउन गएँ । पानी र चियापत्ती नेपाली रहेछ । |
कसरी घटाउन सकिन्छ बेरोजगारी ? |
विद्यानाथ कोइराला |
गुजारा पनि नचल्नेलाई पेटभरि खान रोजगारी चाहिन्छ । गुजारा चल्नेलाई बेलाबेलामा आइपर्ने गर्जो टार्न रोजगारी चाहिन्छ । गुजारा र गर्जो दुवै टरेकालाई भने थप कमाउन रोजगारी । आर्थिक सम्पन्नता भएकालाई डेबिड ब्लुटिनले भनेजस्तै मानसिक स्वास्थ्यका लागि रोजगारी । रहरवालालाई अपेक्षित रहर पूरा गर्न रोजगारी । |
ह्यारिस उम्मेदवारीको सन्देश |
डा. प्रभा देवकोटा (कैनी) |
अमेरिकी राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा, विश्वको ध्यान फेरि अमेरिकातर्फ आकर्षित भएको छ । यस निर्वाचनले अमेरिकी जनताको मात्र होइन विश्वभरका लोकतन्त्रका समर्थकको भविष्यमा ठूलो प्रभाव पार्नेछ । सन् २०१६ मा हिलारी क्लिन्टनको उम्मेदवारीले जस्तै यस वर्ष राष्ट्रपति पदमा कमला ह्यारिसको उम्मेदवारीले पनि अमेरिकी राजनीतिमा एक नयाँ अध्याय थप्नेछ । |
सहकारीमा अपारदर्शी प्रवेशको संशय |
सम्पादकीय |
सहकारीको अवधारणासँग सामूहिक स्वामित्व, आकांक्षा र आवश्यकता पूर्तिका लागि सामूहिक रूपमै प्रयत्न गर्ने सांगठनिक संरचना जस्ता विषयहरू जोडिन्छन् । त्यहाँ लोकतान्त्रिक पद्धतिद्वारा सामूहिक हितको वकालत हुन्छ । उत्तरदायित्व र पारदर्शिता हुन्छ । |
भाद्र २४, २०८१ |
कलंकी-बसुन्धरा : धूलो र हिलोको यात्रा कहिलेसम्म ? |
सम्पादकीय |
काठमाडौंको कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक खण्डको नियति हो– घाम लागे धूलो, पानी परे हिलो । ६ वर्षअघि दोस्रो खण्डको चक्रपथ विस्तारको तयारी अघि बढेपछि यस क्षेत्रका बासिन्दा वा यात्रुले धूलो र हिलोसँग दैनिकी बिताउनुपरेको छ । सडक जाम ‘निर्विकल्प’ छँदै छ । |
हिंसात्मक राजनीति कि सशस्त्र विद्रोह ? |
राजाराम गौतम |
झन्डै दुई महिनाअघि चौथो पटक प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘डिजिटल शुभकामना दिन र भीड बनाएर खादा नल्याउन’ आग्रह गरेपछि नयाँ सरकारप्रति खासै अपेक्षा नभएको जमातमा पनि झिनो आस पलाएको थियो । |
प्रविधिको सदुपयोग गर्न वित्तीय साक्षरता |
नीलम ढुंगाना तिम्सिना |
वित्तीय साक्षरता आम जनमानसको सरोकार र चासोको विषय हो । वित्तीय साधनको कुशलतापूर्वक उपयोग गर्ने र सो सम्बन्धमा उपयुक्त निर्णय लिने क्षमता अभिवृद्धि गर्नका लागि आवश्यक ज्ञान र चेतना नै वित्तीय साक्षरता हो । |
बीपीलाई किन सम्झिने ? |
जनक चटौत |
विभिन्न कालखण्डमा विभिन्न राजनेताले यो देश सम्हालेका छन् । २००७ सालको राणाविरोधी क्रान्तियता छिटपुटसहित दर्जनौं अन्य आन्दोलन र विद्रोह देशले भोग्यो । यति छोटो समयसीमाभित्र यति धेरै आन्दोलन विश्वमानचित्रका अन्य कुनै मुलुकमा भएको छैन होला । यो तरिकाले हेर्दा नेपाल कुनै ठूलो जातीय वा धार्मिक युद्धमा फसिसक्नुपर्ने थियो । |
भाद्र २३, २०८१ |
प्राधिकरणमाथि दुर्भाग्यपूर्ण राजनीति |
प्रकाशचन्द्र लोहनी |
विद्युत् प्राधिकरणमा लाइन काट्ने र जोड्ने विवादले ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ । यो खेलमा दुई जना व्यक्तिहरू प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल एक–अर्कोलाई दोषी भनी गर्जिंदै छन् । |
विमानस्थलमा शून्य जोखिम कायम गर, डिपो अविलम्ब सार |
सम्पादकीय |
गत साउन ९ मा सौर्य एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फबाट ‘टेक अफ’ गरेको थियो । पोखराका लागि उडेको सो विमानले धावनमार्ग छाडेर १३० फिट उचाइमा पुगेको ४ सेकेन्डमै असन्तुलित भई विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो, एक जना घाइते भए । |
भाद्र २१, २०८१ |
राजनीतिक अस्थिरता र संविधान संशोधन |
जेबी विश्वकर्मा |
कतिपयले संघीयतालाई नै अस्थिरताको कारणका रूपमा व्याख्या गर्ने गर्छन् । तर, संघीयताकै कारण संसारभरिका धेरै देशले आर्थिक, भौतिक र मानवीय विकास गरेका छन् । जनतालाई सशक्त र बलियो बनाउने, आधारभूत तहका जनताका आवश्यकतालाई सम्बोधन गर्ने र समग्र देशकै प्रगतिका लागि संघीयता प्रभावकारी व्यवस्था हो । |
राजनीतिक दल : विघटन गर्ने कि विनिर्माण ? |
गेजा शर्मा वाग्ले |
ऐतिहासिक जनआन्दोलनमार्फत २०४६ मा लोकतन्त्र स्थापना भएदेखि नै राजनीतिक पार्टीहरूको सिद्धान्त, नीति र नेतृत्वका बारेमा व्यापक बहस हुँदै आएको छ । चरम सत्तालिप्सा, अस्थिर सरकार र नेतृत्व पंक्तिको अलोकप्रियताका कारण केही समयदेखि पार्टीको औचित्य र भविष्यबारे ज्वलन्त बहस र पेचिलो विवाद भइरहेको छ । |
तीजले सम्झाएको समाजको कथा–व्यथा |
डिला संग्रौला |
लोकप्रिय गायिका विष्णु माझीको ‘आइनँ आमा, यो तीजमा’ बोलको गीतले छोटो समयमै संसारभर रहेका नेपालीको मन मात्रै जितेको छैन, दशकौंदेखि नेपाली महिलाको पीडा र वेदनालाई अभिव्यक्त पनि गरेको छ । समयसँगै तीजको परिभाषा परिवर्तन हुँदै गएको छ, तर महिलाले दुःख, पीडा र व्यथा गीतमार्फत पोख्ने यो प्रचलन रोकिएको छैन र रोकिने पनि छैन । |
नदी किनारको सभ्यता, सौम्य संवादको आवश्यकता |
सम्पादकीय |
काठमाडौं उपत्यकाभित्रका वाग्मती, विष्णुमती, मनोहरालगायतका नदी तथा खोला किनारका दायाँबायाँ थप २० मिटर जग्गामा संरचना निर्माण गर्न नपाइने सर्वोच्च अदालतको परमादेशको पूर्णपाठ यतिबेला चर्चामा छ । आफ्ना नाममा समेत परमादेश आएअनुसार, काठमाडौं महानगरले साउन २४ गते सूचना सार्वजनिक गरेपछि भने यो विषय राजनीतिक प्रतिष्ठाको विषय बन्दै गएको संकेत देखिएको छ । |
भाद्र २०, २०८१ |
सुधार्नुपर्ने पहिले राजनीति हो |
कृष्ण खनाल |
धेरै पटक राजनीतिक परिवर्तन भए, तर राजनीति सुध्रिएन । लोकतन्त्र भनेको राजनीतिक संस्कृतिको विकास पनि हो । अपेक्षित राजनीतिक संस्कृतिको विकास हुन सकेन । कसरी सुधार्ने राजनीति ? उपाय के छन् ? सत्तारूढ ठूला दुई दल कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएका छन् । |
श्रम आप्रवासन नीतिका फितला प्रावधान |
मीना पौडेल |
विख्यात इजिप्सियन अर्थशास्त्री समीर अमिनले भनेझैं २१ औं शताब्दीको श्रम आप्रवासन भूमण्डलीकरणको जालोका रूपमा हाम्रा चुलाचौकासम्म पुगिसकेको छ । |
भीडको हिस्सा बन्ने कि जिम्मेवार नागरिक ? |
चन्द्रकिशोर |
फेसबुक पेजलाई ‘अनफलो’ गरिएको एक अभियान यतिखेर चर्चामा छ । आफ्ना असहमत पक्षलाई कमजोर देखाउन यो तरिका अपनाइएको बताइँदै छ । आह्वानकर्ताका समर्थकहरू यसलाई एक डिजिटल लडाइँ मान्दै आफ्नो बहादुरी देखाउन लागिपरेका छन् । |
नारायणगढ–बुटवल सडक : यात्रा कि यातना ? |
सम्पादकीय |
घाम लागेको दिनमा दिउँसै सवारी साधनले ‘हेडलाइट’ बाल्नुपर्छ, पानी परेका दिनमा धान रोप्न ठिक्क पारिएको खेत जस्तो हुन्छ सडक, यस्तो अवस्था नारायणगढ–बुटवल सडकखण्डको चिनारी हो । २०७५ यता स्तरोन्नति चलिरहेको यस सडकखण्डको अवस्था यति खराब छ कि, जोकोहीले यहाँ यात्रा गर्दा ठूलो सजाय भोगिरहेको महसुस गर्छ । |
भाद्र १९, २०८१ |
सक्षमतन्त्रको मादक भ्रम |
सीके लाल |
विराटनगर महानगरपालिकामा मधेशी र जनजातिको बाक्लो बसोबास छ । नृजातीय राज्यसत्तामा संख्यात्मक आधिक्यको प्रभावलाई भने सांस्कृतिक प्रभुत्वले जित्ने रहेछ । अन्तर्जालमा उपलब्ध उपमहानगरपालिकाको सञ्चालन संरचनामा कोइराला, कार्की र पराजुलीको महत्त्वपूर्ण उपस्थितिले सहरमा खस–आर्य समुदायका व्यक्तिहरूको निरन्तर वर्चस्वलाई इंगित गर्दछ । |
कसरी जुटाउने स्वास्थ्य बिमा स्रोत ? |
डा. केशव पौडेल |
दुई ठूला दल कांग्रेस र एमाले सम्मिलित सरकार बनेपछि देशभित्र मात्रै होइन बाहिर पनि आशा जागेको छ । राजनीतिक अस्थिरताका कारण विगतका सरकारले देशका प्रमुख समस्या सम्बोधन गर्न नसकेको पृष्ठभूमिमा यो सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा सुधार गर्नुका साथै देशभित्रै रोजगारी सिर्जनातर्फ ठोस पहल गर्ने अपेक्षा गरिएको छ । |
जिल्ला समन्वय समितिको औचित्य |
चिरन मानन्धर |
संघीय गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह हुन् । गाउँपालिका, नगरपालिका र जिल्लासभा स्थानीय तहअन्तर्गत पर्छन् । संविधानले नै सात प्रदेशमा ७७ जिल्ला तोकेको छ । प्रत्येक जिल्लासभाले जिल्ला समन्वय समिति (जिसस) का पदाधिकारी निर्वाचित गर्छ । |
जोखिममा पहुँचविहीन महिला |
कल्पना नेपाल आचार्य |
नियन्त्रणभन्दा बाहिरको घटना वा विपद्ले मानव जीवनलाई छिन्नभिन्न बनाउँछ । भौतिक संरचना नष्ट गर्नुका साथै दैनिकीलाई निस्सार, कष्टकर र दुःखदायी अवस्थामा पुर्याउँछ । यसले मानव जीवनलाई प्रभावित बनाउँछ भने अर्कातिर वातावरणमा पनि असर पुर्याउँछ । |
नेतृत्वको अनुहार हेर्न मनाङेले देखाइदिएको ऐना |
सम्पादकीय |
गण्डकी प्रदेशमा २०७८ वैशाखदेखि सबैजसो मुख्यमन्त्रीका लागि ‘जीवनदाता’ बनेका छन् सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे । प्रायः मुख्यमन्त्रीले उनको साथ लिएर आफ्नो सत्ता जोगाएका छन्, विपक्षीले पनि उनकै साथ लिएर सिँढी चढेका छन् । |
भाद्र १८, २०८१ |
नेतृत्वको विवेकहीनताबाट निम्तिँदो विस्मय |
शुभशंकर कँडेल |
‘ज्ञानमा हामीले गुमाएको बुद्धि कहाँ छ ? सूचनामा हामीले गुमाएको ज्ञान कहाँ छ ?’ नोबेल पुरस्कार प्राप्त अंग्रेजी लेखक टीएस एलियटले सन् १९३४ मा लेखेको नाटक ‘दि रक’ मा यस्तो गम्भीर दार्शनिक प्रश्न अघि सारेका थिए । त्यसदेखि आजपर्यन्त यो प्रश्नले समकालीन समाजमा सूचना, ज्ञान र बुद्धिको सम्बन्धमाथि व्यंग्य गरिरहेको छ । |
नेपाल-चीन संवादमा हुनुपर्ने छलफल |
सौरभराज पन्त |
चीन विशाल, गोप्य र सुषुप्त छ । हामीले चिनियाँ भाषा नजानी चीनलाई बुझ्न कठिन छ । तर पनि मैले यो लेख विभिन्न पश्चिमी थिंक ट्यांकमा आएको शोध, नेपाली वाम विश्लेषकहरूले चीनप्रति व्यक्त गर्ने विचार एवं स्वयंको ज्ञानबाट सिर्जित गरेको हुँ । |
निगमका ‘एयर होस्टेस’ माथि विभेद |
सरु जोशी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.