text stringlengths 2 914 |
|---|
भूमिहीन नागरिकको न्यायको प्रश्न |
विश्वास नेपाली |
कैलालीको भजनी नगरपालिका–१ र ९ मा बस्दै आएका बाढीपीडित एवं भूमिहीन बस्तीमा डिभिजन वन कार्यालयले डोजर लगाइदिएर बस्ती नै उठिबास लगाइदिएको छ । गत असार ११ गते वन कार्यालयको डोजर एक्कासि बस्तीमा छिरेर ५ सय परिवारको बिचल्ली बनाइदिएको छ । यस्तो उखरमाउलो गर्मी त्यसैमाथि वर्षात्को समयमा गराइएको उठिबास कार्यले भूमिहीनको जीविकामा ... |
राखेपको अनुहारमा पोतिएको रंगशालाको हिलो |
सम्पादकीय |
मंगलबार दशरथ रंगशालामा आयोजित एएफसी च्यालेन्ज कपको खेलमा नेपालको चर्च ब्वाइज भुटानको पारो एफसीसँग पराजित भयो । सिनियरस्तरको फुटबल प्रतियोगितामा यसअघि नेपालले भुटानीविरुद्ध कहिल्यै हारेको थिएन । तर, हारजितको रहस्य नै खेलको शक्ति हो । |
श्रावण ३०, २०८१ |
पढाइमा प्रविधि जोड्ने कसरी ? |
विद्यानाथ कोइराला |
विद्यार्थीले ग्याजेट मन पराए, किताब छाडे । यो भाष्यले डिजिटाइजेसनको बुझाइ र प्रयोगमा बदलाव खोजेको छ । पढाइको अंग बनाउने तरिका वा विभिन्न प्रविधि–पुस्ताबीचको सहकार्य गर्ने तर्किबमा पनि परिवर्तन चाहेको छ । सबै प्रविधि–पुस्ताका शिक्षकलाई प्रविधि प्रयोगमा सक्षम बनाउन, पुस्तक र ग्याजेटलाई एक–अर्काका पूरक बनाउन, प्रविधि प्रय... |
नेपालको महत्त्व घटेकै हो ? |
लोकराज बराल |
हिजोआज धेरैको गुनासो सुनिन्छ, आज विश्व समुदायमा नेपालको महत्त्व घटेको छ । राजनीतिक दलका नेताहरू यसको कारण मानिन्छन् । आंशिक रूपमा यो साँचो हो । किनभने देशको बाह्य छवि बनाउन नेताहरूको भूमिका हुन्छ । तर समग्रमा यसको अर्को आयाम पनि छ । आजको स्थिति धेरै कारणले भिन्न छ । |
सार्क-सेना र राष्ट्रिय चरित्र |
केशरबहादुर भण्डारी |
शिष्टता सिक्नु छ भने पाकिस्तानी समाजबाट सिक्नु । विदेशका आगन्तुक र विशेषतः महिलाप्रति देखाइने सम्मान र शिष्टता उच्चस्तरको पाइन्छ, त्यहाँ । अर्कातर्फ पाकिस्तानका अल्पसंख्यक र विशेषतः गैरमुसलमानमाथिको सामाजिक तथा सरकारी विभेद ज्यादै कठोर, निर्मम र निन्दनीय छ । |
समस्याको भुमरीमा जनता |
रामेश्वरी पन्त |
लोकतन्त्र र नागरिक अधिकारका लागि भएका थुप्रै संघर्ष र बलिदानीका बाबजुद पनि नेपाली नागरिकले लोकतन्त्रको पूर्ण अनुभूति गर्न सकिरहेका छैनन् । उनीहरूका लागि लोकतन्त्र भनेको हरेक पाँच वर्षमा भोट हाल्नु र जनप्रतिनिधि भनिएकालाई सत्तारोहण गराउनु मात्र भएको छ । |
मिस्रीको घरदैलोमा रुमल्लिएको कूटनीति |
सम्पादकीय |
एक देशका कर्मचारी अर्को देशको भ्रमणमा जाँदा सामान्यतया समाचारको विषय नै बन्दैनन् । तर, भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण ठूलो समाचार बन्यो किनकि उनलाई हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूले निकै ठूलो महत्त्वका साथ भेट गरे । हुन त उनी परराष्ट्र सचिव सेवा लम्सालको... |
श्रावण २९, २०८१ |
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो |
विष्णु रिजाल |
उदारवादको विश्वव्यापी प्रभाव उच्चतम तहमा पुगेपछि बिस्तारै शक्ति राष्ट्रहरू त्यसबाट पछाडि फर्किने क्रम जारी छ । २०१६ मा रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि ‘अमेरिका पहिलो’ (अमेरिका फर्स्ट) को विदेश तथा व्यापार नीति अघि सारेका डोनाल्ड ट्रम्पका कट्टर आलोचक डेमोक्रेटिक पार्टीका जो बाइडेनले २०२४ मा चिनिया... |
मृत्युपछि खरानी हुने अंग दान किन नगर्ने ? |
डा. पुकारचन्द्र श्रेष्ठ |
विकसित मुलुकमा जस्तै नेपालमा पनि नसर्ने रोग मृत्युको प्रमुख कारण (७२ प्रतिशत) भइसकेको छ । नसर्ने रोगका कारण विभिन्न अंग फेल भई मृत्यु हुने गर्छ । अंग फेल भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सके धेरै जनाको ज्यान बचाउन सकिन्छ । अंगदानबिना प्रत्यारोपणको कल्पनासमेत गर्न सकिँदैन । |
दक्षिण एसियाको चरित्र |
राजेश विद्रोही |
श्रीलंका र अफगानिस्तान घटनाको केही वर्ष नपुग्दै बंगलादेशमा फेरि अर्को घटना भयो । त्यो पनि आरक्षणको विषयलाई लिएर । विद्यार्थी आन्दोलनको लखेटाइमा परिन्, प्रधानमन्त्री शेख हसिना । यतिसम्म कि हतोत्साहित मानसिकतामा हेलिकोप्टर चढेर भारतको शरणमा पुगिन् । संसारकै शक्तिशाली महिलामा पर्थिन् उनी । तर, यस्तो दुर्दशा किन भोगिन् ? |
नारीवादी परराष्ट्र नीतिका आयाम |
निहा पाण्डे , केशव गिरी |
‘नेपाल दुई ढुंगाबीचको तरुल’ भन्ने अलंकारमा निहित भाष्य साढे दुई शताब्दीदेखि नेपालको परराष्ट्र नीतिको अभिन्न अंग रहिआएको छ । तथापि यो अलंकारमा प्रयुक्त तरुललाई अचेल भिन्नै नाम दिएर नेपाल दुई देशबीचको पुल वा दुई ठूला ढुंगा फोड्न सक्ने विस्फोटक पदार्थ (डाइनामाइट) भन्ने पनि गरिन्छ । |
भ्रष्टाचारको अनुसन्धानमा म्याद नराख |
सम्पादकीय |
हरेक वर्ष ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’ ले सार्वजनिक गर्ने भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल अति भ्रष्टाचार हुने मुलुकमा पर्छ । २०२३ को प्रतिवेदनअनुसार भ्रष्टाचार नियन्त्रण र सुशासनको सूचीमा नेपाल १८० मुलुकमध्ये १०८ औं स्थानमा परेको छ । |
श्रावण २८, २०८१ |
टीआरसी टुंग्याउन ‘नेपाली टुटु’ |
राजाराम गौतम |
नेपाली नेताहरूमा इगो, ईर्ष्या अनि तिक्तता प्रशस्त छ । सत्ता सहयात्री हुँदा एकअर्काको गुणगान अनि प्रतिद्वन्द्वी हुँदा नोकझोक चलिरहन्छ । तर, कतिपय सन्दर्भमा तिनै नेताहरू एकै ठाउँमा उभिएर ऐतिहासिक निर्णय गर्ने गरेको नजिर पनि छन् । |
हरेक दिन फर्कने १२ सय युवाको हिसाब खोई ? |
सुरेन्द्र बस्नेत |
संयुक्त राष्ट्रसंघले सन् १९८५ लाई अन्तर्राष्ट्रिय युवा वर्षका रूपमा घोषणा गरेपछि युवाका मुद्दामा सघन रूपमा विश्वव्यापी बहस र पैरवी हुन थालेको हो । सन् १९९१ मा अस्ट्रियाको भियनामा भएको विश्व युवा मञ्चमा अन्तर्राष्ट्रिय युवा दिवसको अवधारणा र आवश्यकताबारे सहभागीले सशक्त आवाज उठाएका थिए । |
विद्यालय शिक्षाको नतिजा किन कमजोर ? |
श्री प्रसाद देवकोटा , शिव बगाले |
असारमा सार्वजनिक एसईईको नतिजामा ४७.८७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । सहभागी ४ लाख ४४ हजार ७ सय ८५ जनामध्ये २ लाख ४२ हजार ९२ जनाले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका छन् । |
आधारभूत वित्तीय साक्षरता |
सन्तोष अधिकारी |
आम नेपालीले सही समयमा वित्तीय सेवाको सही छनोट गरेको भए सहकारी र लघुवित्तका समस्या यसरी उठ्ने थिएनन् । आज केन्द्रीय बैंकको कठोर अनुशासनमा रहेका बैंक तथा वित्तीय संस्थाको खराब कर्जा पनि यति बढ्ने थिएन । धेरै नेपालीले आफ्नो स्रोतसाधनको सही प्रयोग गरेर उद्यम व्यवसाय गर्ने प्रयास गरिरहेका हुन्थे । रेमिट्यान्सको केही रकम यहा... |
तोड्न नसकिएको तस्करीको ‘स्वर्ण सञ्जाल’ |
सम्पादकीय |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलाबखत ‘किलोका किलो’ सुन बरामद हुने गरेको खबर त सार्वजनिक हुने गरेकै छ । तर बरामद हुन नसकेको सुनको परिणाम पनि उल्लेखनीय रहेको आकलन गर्न सकिने पर्याप्त आधार छन् । सुन तस्करीका अनेकौं विवरणहरू आफ्ना ठाउँमा छँदै छन्, त्यसरी भित्रिएका सुन नेपाली बजारमै व्यवस्थापन भइरहेको पनि प्रहरी अन... |
श्रावण २७, २०८१ |
अस्थिरताको भुँवरीमा दुईदलीय प्रणाली |
हरि रोका |
दुईदलीय प्रणाली अहिले निकै चर्चामा छ । असार १७, २०८१ मा माओवादी नेतृत्वको गठबन्धन सरकार फालेर कांग्रेस र एमालेले अकस्मात् गठबन्धन गरेपछि यो हल्ला निकै गरम हुन पुगेको थियो । सुरुमा माओवादीलाई तर्साउन र संसदीय राजनीतिमा दुई ठूला दलको गठबन्धन औचित्यको लाज छोप्न संविधान संशोधनको कुरा उठाइएको होला भन्ने ठम्याइ रहेको थियो । |
नागढुंगा-नारायणगढ : समानान्तर सडक बनाऊ |
सम्पादकीय |
हरेक वर्ष बर्खायाम सुरु भयो कि नागढुंगादेखि नारायणगढसम्मको सडकखण्डमा पहिरो खसेको, ढुंगा खसेको, सडक पुरिएको, सडक बगाएको, सडक अवरुद्ध भएको र सवारीसाधन दुर्घटनामा परेको खबर दोहोरिन्छन् । |
श्रावण २५, २०८१ |
संघीयता : खारेज गर्ने कि सुधार ? |
गेजा शर्मा वाग्ले |
घोषणा भएको मितिदेखि नै नेपालमा संघीयताको आवश्यकता र औचित्यबारे विवादास्पद बहस हुँदै आएको छ । ऐतिहासिक संविधानसभामार्फत २०६५ मा घोषणा गरे पनि २०७२ मा संविधान जारी भएपछि संघीयता कार्यान्वयन प्रारम्भ भएको हो । तर, संघीयता यति विवादित र अलोकप्रिय भएको छ कि संघीयताकै कारण लोकतान्त्रिक गणतन्त्र र संविधानका बारेमा समेत नकारात... |
डिजिटल स्पेस, प्रभाव र नियमन |
जेबी विश्वकर्मा |
प्रविधिको विकाससँगै संसारको अर्थराजनीतिको एउटा महत्त्वपूर्ण माध्यम अनलाइन वा डिजिटल स्पेस हुन पुगेको छ । यसले राजनीति, बजार अर्थतन्त्र, उपभोक्तावादी संस्कृति र सांस्कृतिक क्षेत्रमा निकै ठूलो प्रभाव पारेको छ । यसका सकारात्मक र नकारात्मक दुवै किसिमका प्रभाव व्यक्ति, समाज, राजनीति र संस्कृतिमाथि परिरहेको छ । |
सहकार्य खोजिरहेको आदिवासी आन्दोलन |
कैलाश राई , गोविन्द छन्त्याल |
संसारभरका ९० भन्दा बढी देशमा रहेका ४ सय ७६ मिलियनभन्दा बढी आदिवासीको संघर्षबाट स्थापित दिन हो– ९ अगस्ट । ‘स्वैच्छिक रूपमा राज्यबाट अलग, प्रारम्भिक सम्पर्कमा रहेका आदिवासी जनजातिको अधिकार संरक्षण’ भन्ने नारासाथ यो वर्ष विश्व आदिवासी दिवसको ३० औं संस्करण मनाइँदै छ । |
बेलायतमा हिंसा, विश्वभरका आप्रवासीको चिन्ता |
सम्पादकीय |
आन्तरिक र बाह्य बसाइँसराइ संसारभरका मानिसको साझा चरित्र हो । मानव सभ्यताकै अनवरत अभ्यास हो । कुनै स्थानमा कोही पहिले पुगे होलान्, कोही पछि । पहिले पुग्नेहरू त्यहाँका रैथाने भए, पछि पुग्नेहरू आप्रवासी । हजारौं वर्षको इतिहासलाई एउटै आँखीझ्यालबाट हेर्ने हो भने यो नियमित र सामान्य घटनाका रूपमा देखिन्छ । |
श्रावण २४, २०८१ |
स्थायी सरकारको आकांक्षा र बंगलादेश |
इन्द्र अधिकारी , उद्धव प्याकुरेल |
नेपालमा राजनीतिक स्थायित्वको बहसले बजार तताइरहँदा राम्रै स्थायित्व पाएको बंगलादेशमा सोमबार भएको घटनाले नयाँ मोड लिएको छ । सन् २००९ मा निर्वाचित भएर लगातार चौथो पटकका लागि गत जनवरीमा जनमत पाएकी शेख हसिनाले एकाएक सोमबार पदबाट मात्र राजीनामा दिइनन्, अब ‘राजनीति मै नफर्कने मनसाय’ का साथ देश छाडेर शरणार्थीका हैसियतमा पुगिन्... |
बंगलादेशको सादा ऐना |
चन्द्रकिशोर |
लोकतन्त्रमा पात्र र पद्धति पलपल परीक्षाबाट गुज्रनुपर्छ । एक पटक आन्दोलन गरेकै भरमा कोही हरदम लोकतन्त्रको कसौटीमा सफल नै हुन्छ भन्ने प्रत्याभूति हुँदैन । केवल अतीतका योगदानका आधारमा वर्तमानका प्रश्नलाई छल्न सकिँदैन । कोही पात्र निर्वाचन प्रक्रियाबाट आएकै आधारमा लोकनिष्ठ ठहरिँदैनन् । |
माओवादीसामु देखिएको अवसर |
विश्वदीप पाण्डे |
कांग्रेस–एमाले गठजोडपश्चात् प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै कतिपय मान्छेले ठोकुवा गरिसके– अब माओवादी उठ्नै नसक्ने गरी सकियो । प्रचण्डको राजनीति समाप्त भयो । प्रतिक्रियावादी सत्ताको भयंकर क्रूरता र सैन्य चक्रवात झेलेर आएको माओवादी आन्दोलन, पार्टी र नेतृत्व विगतदेखि नै यस्ता साना मोर्चाका हारबाट उठेर आएको छ । |
आधारभूत अस्पताल : लहडी निर्णयको बोझ |
चिरन मानन्धर |
प्रतिनिधिसभामा गत साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमाले सरकारले काम गरिरहेको छ भन्न होइन, थालेको काम सकियो भनेर सुनाउन आतुर भएको बताएका थिए । यसअघि २०७४ को निर्वाचनताका चुच्चे रेल, तेल, पानीजहाज अनि स्विच थिच्दा घरघरमा ग्यास आउने सपना उनले बाँडे । |
शान्ति प्रक्रिया अब राजनीतिक होइन, कानुनी मार्गमा |
सम्पादकीय |
१० वर्षे द्वन्द्व बिसाउन राज्यपक्ष र तत्कालीन विद्रोही पक्ष माओवादीबीच भएको शान्ति सम्झौताको १८ वर्षसम्म अलपत्र परेको महत्त्वपूर्ण प्रक्रिया बल्ल पूरा हुने विश्वास पलाएको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग’ ले पूरा गर्ने जिम्मेवारीलाई निर्देशित गर्ने कानुन संशोधन गर्न प्रमुख दलहरू सहमत... |
श्रावण २३, २०८१ |
कृषि चेतनाको जागरण |
कृष्णप्रसाद पौडेल |
खाना सम्पूर्ण जीवनको ऊर्जाको स्रोत हो । खानाबिना जीवनको कल्पना सम्भव छैन । जन्मदेखि मृत्युसम्म सबै जीवित जगत् यसको बन्दोबस्तमै लागेका हुन्छन् । मानिस यसको अपवाद होइन । मानिस जातिको उद्विकाससँगै उसले आफ्नै चेतनाका बलमा खानाको बन्दोबस्तमा ठूलो फड्को मार्यो । अन्य जीवजस्तै प्रकृति विचरणबाट खानाको जोहो गरिरहेको मानिस बिस्... |
स्थायी सत्ताको नियमित नवीकरण |
सीके लाल |
दक्षिण एसियामा हालसालका राजनीतिक उलटपुलटहरूको सुरुवात सन् २०२१ फेब्रुअरीमा बर्मामा सैनिक सत्ताको पुनःस्थापनासँगै भएको थियो । आधुनिक बर्मेली सेनाका संस्थापक, बर्माको स्वतन्त्रता आन्दोलनका प्रणेता एवं संघीय र समावेशी राज्यका परिकल्पनाकार जनरल आङ सानको हत्या हुँदा उनकी पुत्री आङ सान सु ची भर्खर २ वर्षकी थिइन् । |
प्रजनन स्वास्थ्य सवाल |
विद्या राई |
विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्ष उमेर समूहलाई किशोरावस्था भनेको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको किशोरकिशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा विषयक सहयोगी सामग्रीले भन्छ, ‘किशोर अवस्था भनेको एउटा व्यक्तिको जीवनको त्यो समयावधि हो जतिबेला ऊ बालक त रहँदैन, तर युवा पनि भइसकेको हुँदैन ।’ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.