text stringlengths 2 914 |
|---|
जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताप्रतिको मोहका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको बताएका छन् । दाहालले सधैं सत्तामा कसरी टिकिरहने भन्ने सोचेकैले उनको सरकार पतन भएको अध्यक्ष यादवको भनाइ छ । |
केयूको चिकित्सा विभाग डिन अफिसमा ताला |
ज्योती श्रेष्ठ |
काठमाडौं विश्वविद्यालयको मेडिकल साइन्सेजको डिन अफिसमा अध्ययनरत रेजिडेन्ट विद्यार्थीले ताला लगाएका छन् । विश्वविद्यालयको मेडिकल साइन्सअन्तर्गत मानसिक रोग विभागमा पढ्ने उचित वातावरण नभएको आरोप लागेको सन्दर्भमा डिन कार्यालयले कुनै छानबिन प्रक्रिया अगाडि नबढाएको आरोप लगाउँदै विद्यार्थीले ताला लगाइदिएका हुन् । |
नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप : १२ जना प्रदर्शनकारी नियन्त्रणमा |
कान्तिपुर संवाददाता |
काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप भएको छ । आइतबार ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप भएको हो । |
सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छ : सांसद तिमिल्सिना |
कान्तिपुर संवाददाता |
नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छिन् । |
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । |
वन्यजन्तुका लागि जंगलभित्र पोखरी |
वीरेन्द्र केसी |
शितगंगा नगरपालिका–११ गैडे सामुदायिक वनको मौवाबारी र धरमपानी जंगलमा दुईवटा ठूला पोखरी छन् । त्यहाँ टाढाबाट पाइपमा पानी ल्याएर पोखरीमा जम्मा गरिएको छ । यी पोखरी कुनै खेतबारीमा सिँचाइका लागि नभइ जंगली जनावर र चराचुरुङ्गीका लागि हो । |
मधेशका मसिहा भनिएका दलबाट मधेशी जनताको मुक्ति सम्भव छैन : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबैभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् । |
सरकारी अस्पतालले अब पनि औषधि छैन भन्नु गैरकानुनी हो : मन्त्री पौडेल |
रासस |
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए । |
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली |
रासस |
हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । |
हिमपातका कारण अलपत्र यात्रुको उद्धार |
रासस |
रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको छ । |
कर्मचारीलाई अवकाशलगत्तै संवैधानिक-राजनीतिक नियुक्ति दिन नहुने पक्षमा सांसद |
कुलचन्द्र न्यौपाने , ऋषिराम पौड्याल |
निजामती सेवामा कार्यरत कर्मचारी निवृत्त हुनासाथ संवैधानिक र राजनीतिक नियुक्ति लिने नपाउने कानुनी व्यवस्था गर्नुपर्ने माग संसदीय समितिमा उठेको छ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गर्ने क्रममा सांसदहरूले कर्मचारीका लागि ‘कुल... |
फाल्गुन १७, २०८१ |
संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको छ : अध्यक्ष दाहाल |
रासस |
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् । |
प्रकृति लम्सालको परिवारसँग कांग्रेस नेता कोइरालाको भेट |
कान्तिपुर संवाददाता |
कांग्रेस नेता डा शेखर कोइरालाले भारतको उडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा निधन भएकी प्रकृति लम्सालको परिवारलाई भेटेका छन् । |
देश विकासमा एमाले बाधक : पूर्वप्रधानमन्त्री नेपाल |
मनोज पौडेल |
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेका नीति, कार्यक्रम मुलुकको विकासका लागि बाधक रहेको आरोप लगाएका छन् । |
सुरक्षा निकायसँग सम्बन्धित विधेयक दुई तिहाइको दम्भले पारित गर्नु हुँदैन : साउद |
कान्तिपुर संवाददाता |
सत्तारुढ कांग्रेसका सांसद एनपी साउदले सुरक्षा निकायसँग सम्बन्धित कानुन निर्माण गर्दा संसद्को अंकगणितीय बल प्रयोग गर्न नहुने बताएका छन् । दूरगामी असर पार्ने कानुनको निर्माण गर्दा संसद्मा गम्भीर छलफल हुनुपर्ने पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका सांसद साउदले बताए । |
नेताकै अहंकारले माओवादी कमजोर भयो : अध्यक्ष दाहाल |
विनय आजाद |
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको अहंकारका कारण पार्टी कमजोर बनेको बताएका छन् । जनजागरण अभियानका क्रममा शनिबार सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । |
अस्थिरतामा रम्न चाहनेहरू सरकारको आयुबारे हल्ला चलाउँछन् : महासचिव पोखरेल |
रासस |
एमाले महासचिव शंकर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् । |
कमीकमजोरी सुधार्दै देश विकास गर्छौं : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कमीकमजोरी पहिचान गरी देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन् । |
सरकारले लागुऔषध विरुद्धको लडाइँमा विजय प्राप्त गर्छ : गृहमन्त्री |
कान्तिपुर संवाददाता |
लागुऔषध विरुद्धको लडाइँमा सरकारले विजय प्राप्त गर्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । नेपाललाई लागुऔषध मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने पनि उनको भनाइ थियो । |
भूकम्पपछि अनुदानले ठड्याएको घर फेरि भूकम्पले ढाल्यो |
अनिश तिवारी |
बाह्रबिसे नगरपालिका–२ गुम्बेडाँडा गाउँका ४८ वर्षीय करे तामाङको घर २०७२ को भूकम्पले ढाल्यो । त्यसपछि सरकारी अनुदानको सहयोगमा बल्लतल्ल उनले घर बनाए । |
अमेरिका र युक्रेनबीचको वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ : पोखरेल |
कान्तिपुर संवाददाता |
एमाले महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीच ह्वाइट हाउसमा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेनेस्कीबीच भएको नोकझोंकको सन्दर्भ उल्लेख गर्दै यस्तो बताएका हुन् । |
वर्षा र हिमपातले किसान उत्साहित, हवाई र सडक यातायात अवरुद्ध |
कृष्णप्रसाद गौतम , महेश केसी , वसन्तप्रताप सिंह |
पश्चिमी वायु प्रणाली सक्रिय हुँदा देशका हिमाली र पहाडी क्षेत्रमा हिमपात तथा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भेगमा हिमपात र उच्च पहाडी क्षेत्रमा भारी वर्षा भएको हो । बागमती, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा... |
रिंकु सदाको घर पुगेर माओवादी अध्यक्ष दाहालले भने- 'न्यायको लागि आवाज उठाउँछौँ' |
विनय आजाद |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सामूहिक बलात्कारपछि मृत भेटिएकी रिंकु सदाको घर पुगेका छन् । जनजागरण अभियानको क्रममा सिरहा आइपुगेका दाहालले शनिबार बिहान रिंकुको परिवारलाई भेटेका हुन् । |
उपसचिव सीडीओ हटाउन गृहको गृहकार्य |
ऋषिराम पौड्याल |
सहसचिव दरबन्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव खटाउने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तयारी अघि बढाएको छ । सहसचिवको दरबन्दी भए पनि अहिले १० जिल्लामा उपसचिव सीडीओको जिम्मेवारीमा छन् । उनीहरूका ठाउँमा पठाउन सरकारले सहसचिवहरूलाई गृहमा सरुवा गरिसकेको छ । |
दल विभाजन गर्न अध्यादेश होइन, विधेयक ल्याउँदै सरकार |
कुलचन्द्र न्यौपाने |
अध्यादेश स्वीकृतिका लागि राष्ट्रिय सभामा बहुमत जुटाउन नसकिरहेको सरकारले राजनीतिक दलसम्बन्धी विधेयक अघि बढाएर साना दललाई दबाबमा राख्ने रणनीति बनाएको छ । सत्तारूढ कांग्रेस–एमालेले दल विभाजनमा सहज पार्ने गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयक संसद् लैजाने निर्णय गरेका छन् । |
सामाजिक सञ्जालमा ‘ट्रोल’ भन्दा पुरानो हास्यव्यंग्यको उपहास |
दीपक सापकोटा |
गायक कुमः सागरको गायकी कस्तो ? यस विषयमा सामाजिक सञ्जालदेखि चिया पसलसम्मै भव्यतम् बहस–विमर्श चलिरहेको छ । र, विभाजित छ सहर । एकथरी उनका डाइहार्ट फ्यान छन्, मूलतः जेनजीहरू, जो उनका लागि ज्यानै दिन तयार छन् । अर्काथरी छन्, उनले गाएको गीतको लवजलाई लिएर खिसिट्युरी गरिरहेका छन् । |
फाल्गुन १६, २०८१ |
७ महिनामा ४६ स्कुल बस दुर्घटना, २३ जनाको मृत्यु |
विवेक पोख्रेल |
काठमाडौंको दक्षिणकाली–३, भन्ज्याङस्थित जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको बस गत माघ २७ मा दुर्घटना हुँदा बस चालक राधाकृष्ण मगर र विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भयो । विद्यार्थी छाड्न फर्पिङतर्फ जाँदै गरेको बा१क ५६६४ नम्बरको बस सडकबाट डेढ सय मिटर तल डल्लु खोलामा खसेको थियो । दुर्घटनामा ४४ जना घाइते भएका थिए । |
सिरहा मेरो 'माइतीघर' हो : अध्यक्ष दाहाल |
विनय आजाद |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिरहा आफ्नो 'माइतीघर' भएको बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित मधेश जनजागरण अभियानका क्रममा शुक्रबार साँझ भगवानपुर चोकमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । |
समान विकासका लागि समावेशी बजेट आवश्यक |
कान्तिपुर संवाददाता |
समावेशी विकास मोडल अपनाउँदै समान विकासको अवधारणालाई पछ्याउन तीन तहकै बजेट समावेशी हुनुपर्ने वक्ताले औंल्याएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन शुक्रबार ‘कस्तो विकास ? कसको विकास ?’ सत्रमा बोल्ने वक्ताले तीन तहको समन्वयले मात्रै योजनावद्ध विकास हुने बताए । |
सिन्धुपाल्चोक भूकम्प अपडेट : छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति |
कान्तिपुर संवाददाता |
सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । |
प्रेममा इसारा काफी छ |
रमेशचन्द्र अधिकारी |
दुवैजना हँसिला, फुर्तिला र मिजासिला । पढाइ र पेसामा लागेका उनीहरु जिम्मेवारीका काममा निपुण पनि छन् । |
भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता |
कान्तिपुर संवाददाता |
नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आएका भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता भएका छन् । |
साताव्यापी जेनेभा भ्रमणबाट फर्किइन् परराष्ट्रमन्त्री राणा |
रासस |
परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा गएकी मन्त्री राणा आज स्वदेश फर्किएकी हुन् । |
आज देश-दुनियाँमा के-के भयो ? |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.