text
stringlengths
2
914
कृष्णमान त पात्र हुन्, प्रश्न संवैधानिक परिषद्‍माथि
सम्पादकीय
निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानको नाम अस्वीकृत गरेर संसदीय सुनुवाइ समितिले अपेक्षित निर्णय गरेको छ । नेताहरूको बाहुल्य रहेको संवैधानिक परिषद्ले सिफारिस गर्ने र कार्यकर्ता सांसद रहेको समितिले सुनुवाइको कर्मकाण्ड पूरा गरेर अनुमोदन गर्ने परम्परा बस्न थालेको थियो ।
श्रावण १४, २०८१
अर्धनग्न मन्त्री, नग्न राजनीति
राजाराम गौतम
गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे कार्यकक्षमै अर्धनग्न अवस्थामा रहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि पदीय मर्यादा लिलाम गरेको भनेर उनीप्रति कडा आलोचना भएको छ । ६ पटक मन्त्री भएका उनले कार्यकक्षमै मदिरा सेवन गर्ने गरेको, कर्मचारीलाई अपशब्द बोल्ने गरेको भनेर पनि आलोचना हुँदै आएको छ ।
बाघको सुरक्षा, बाघबाट सुरक्षा
शरद अधिकारी
२०७८ असार २६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय बाघ संरक्षण समितिको बैठक बसेको थियो । छलफलमा नियमित गर्नुपर्ने विषयबाहेक अन्य गम्भीर प्रस्ताव थिएनन् । त्यो बेला भर्खरै राष्ट्रिय बाघ गणना कार्यक्रम सुरु भएको थियो ।
बाघ संरक्षणको बाटो
नरेश सुवेदी , गोविन्द पोखरेल
सन् २०१० देखि २०२२ सम्म नेपालले बाघ संरक्षणका लागि उल्लेख्य कार्य गर्दै संख्यालाई दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्‍यो । २०२२ को बाघ गणनाअनुसार नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । यो संख्या बढाउन सरकार, समुदाय, साझेदार संस्था र संरक्षणकर्मीको भूमिका अतुलनीय छ । उनीहरूकै प्रयासले यो सम्भव भएको हो । सन् २०१० तिर नेपालमा १ सय २१ हाराहारी बाघ थिए ।
श्रम निर्यात गर्ने कारखाना
दुर्गा कँडेल छत्कुली
कुनै पनि देश पूर्ण रूपमा आत्मनिर्भर हुनु भनेको धेरै ठूलो विषय हो । अधिकांश देश पूर्ण रूपमा आत्मनिर्भर भएको पाइँदैन । भौतिक वस्तु होस् वा अभाौतिक, देशमा सबै खालका वस्तु तथा सेवाको उपलब्धता हुँदैन । विकासशील तथा अति कम विकसित देशले जहाँ जे उपलब्ध छ, त्यहीँबाट आयात–निर्यात गरी आफ्ना आवश्यकता तथा उद्देश्यहरू पूरा गर्छन् ।
मन्त्री छनोटमा नेताको मनपरी, प्रणालीको बदनामी
सम्पादकीय
संघदेखि प्रदेशसम्मका सरकारमा मन्त्री केका आधारमा छानिन्छन् ? यसका लागि न मापदण्ड छ न पारदर्शिता । नेताले मन्त्री छान्छन्, त्यसको आधार र कारण खुलाउनुपर्दैन । इमान र पृष्ठभूमिको लेखाजोखा हुँदैन, भविष्यको कार्ययोजनाको मूल्यांकन हुँदैन ।
श्रावण १३, २०८१
अपहरणमा अपरिहार्य बहस
सोमत घिमिरे
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन ‘चुरे जोगाऔं’ भनेर एउटा टोली मार्चपाससहित माइतीघरमा आएर प्रदर्शन गर्‍यो । सत्तामा उक्लने र ओर्लनेमा अव्यस्त सिंहदरबारलाई यसले छुने कुरै भएन । एसईईको नतिजा आयो, ५२ प्रतिशत विद्यार्थीहरू फेल भए । तीन जनाले आत्महत्या गरे । कुनै गहिरो बहस भएन ।
लचिलो मौद्रिक नीतिबाट अपेक्षा : पैसा प्रवाह हुने वातावरण
सम्पादकीय
निरन्तर शिथिल भएको अर्थतन्त्र उकास्न गरिएका नियमित प्रयास निरर्थक रहेको पृष्ठभूमिमा राष्ट्र बैंकले अर्थपूर्ण मार्ग परिवर्तन गरेको छ । यसले निजी क्षेत्र खासगरी बजारमा अब केही सुधार हुने आशाको सञ्चार गरेको छ । निराशा बढिरहेको समाजमा रोजगारी र आम्दानी बढ्छ कि बढ्दैन भन्न अहिले गाह्रो छ ।
श्रावण ११, २०८१
कमरेड केपीलाई पानवीरको सम्झनापत्र
जेबी विश्वकर्मा
पानवीर विश्वकर्मा, सिरहा जिल्लाका क्रान्तिकारी कम्युनिस्ट नेता । २००२ सालमा जन्मिएका पानवीरले सानैदेखि सामन्तको शोषण र दमन प्रत्यक्ष देखे, भोगे । त्यतिबेला गाउँमा सामन्तको राज थियो । उनीहरू सोझा जनतामाथि चरम शोषण र दमन गर्थे । शक्तिको आडमा गरिबमाथि लुटपाट, कुटपिट र धम्की मात्रै होइन, गरिब, दलित र सीमान्तीकृत समुदायका महिला र बालिकामाथि चरम हिंसा र अत्याचार हुन्थ्यो ।
संविधान संशोधनको अवसर र जोखिम
मेखराज उदय
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेको छ । सहमतिबमोजिम एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बनिसकेका छन् भने ओली नेतृत्वको सरकारमा कांग्रेसलगायतका दलहरू सहभागी भएका छन् । अनपेक्षित पहिलो र दोस्रो ठूला दलबीच गठबन्धन बन्नुका कारण, त्यसका असर तथा चुनौतीका सम्बन्धमा बहस गर्दै गरौंला । यो आलेख कांग्रेस–एमाले गठबन्धन बन्नुमा जबर्जस्त महत्त्वपूर्ण बनाइएको संविधान संशोधनको मुद्दाका सम्बन्धमा केन्द्रित रहनेछ ।
भूमिहीनमाथि राज्यको अत्याचार
अनिता खरेल
मुलुकको अधिकांश भूभागमा वर्षाले वितण्डा मच्चाइरहेको छ । असार अन्तिमसम्म यस वर्ष बाढीपहिरो र चट्याङका कारण देशभर कम्तीमा १ सय १२ जनाको मृत्यु भइसकेको र ५८ जनाको अवस्था अज्ञात रहेको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले सार्वजनिक गरिसकेको छ ।
नयाँ गृहमन्त्रीलाई सुझाव
राजेन्द्रसिंह भण्डारी
सुशासन र कानुनी प्रबन्धनका लागि गृह प्रशासनको भूमिकालाई महत्त्वका साथ हेरिने गरिन्छ । तसर्थ, गृह मन्त्रालयको सञ्चालनमा सरकारको सफलता र असफलताको भविष्यसमेत जोडिन्छ । वास्तवमा, गृह प्रशासनको सुसञ्चालनका लागि जम्माजम्मी दुइटा विषयमा मात्र ध्यान दिए पुग्छ ।
विमान दुर्घटना, नीतिगत र व्यवस्थापकीय सुधारको खाँचो
सम्पादकीय
मुलुकले पुनः अर्को अकल्पनीय विमान दुर्घटना बेहोर्नुपरेको छ । विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको केही क्षणमै असन्तुलित भएर सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा परी १८ जनाको निधन भएको छ ।
श्रावण १०, २०८१
नयाँ सरकार र बहसमा बीआरआई
इन्द्र अधिकारी
मौसमभन्दा छिटो सरकार परिवर्तन हुने नेपालमा, नयाँ नेतृत्वको शपथग्रहणसँगै उठ्ने सवाल हो छिमेकीहरूको सन्निकटता, स्वीकार्यता र भूराजनीतिक सन्तुलन ।
संसदीय सुनुवाइ समितिले विवेक देखाओस्
सम्पादकीय
निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानमाथि लागेको यौन शोषणको आरोपलाई उनले ‘मिलापत्र’ को प्राविधिक खोल ओढाएर आफूलाई योग्य देखाउने प्रयत्न गरेका छन् ।
जलवायु जोखिम रोक्ने उपाय
बाबुराम राई
बढी कार्बन उत्सर्जनले पृथ्वी दिनानुदिन तातिँदै गएबाट जलवायु परिर्वतन भइरहेको छ । विकसित राष्ट्रहरूले खनिज पदार्थको अत्यधिक रूपमा प्रयोग गर्नाले बढी कार्बन उत्सर्जन भएको हो ।
स्थायी थिति होइन लोकतन्त्र
चन्द्रकिशोर
अहिले फेरि संघीय सरकारले आफ्नो स्वरूप फेरेको छ । यो प्रक्रिया संसदीय कार्यावधिमा नियमित आकस्मिकता जस्तै भएको छ । सरकार बनेपछि आ–आफ्नो क्षेत्रको अनुहार खोजिन थालियो । मधेश प्रदेशको पर्सा जिल्लाबाट एकैपटक तीन जना मन्त्री भए ।
श्रावण ९, २०८१
तारणहारको अन्तहीन इन्तजार
सीके लाल
सन् २०१५ मा विवादित संविधान जारी गराउने हतारमा आफ्नो सम्पूर्ण राजनीतिक पुँजी यथास्थितिवादीलाई अर्पण गरेदेखि नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको ओज र तेज निरन्तर घट्दै गएको हो । आफ्नो सान्दर्भिकता जोगाउने अन्तिम प्रयत्न गर्दै सन् २०१८ मा उनले माओवादी केन्द्रलाई खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा एमालेको पुनर्संरचना गरिएको ‘नेपाल कम्युनिस्ट पार्टी’ मा विलय गराएका थिए ।
चुरेप्रति हामी कति संवेदनशील छौं ?
कमल मादेन
बाल्यकाल चुरे क्षेत्र नजिकै बित्यो । उसबेला सुनसरीको धरानसँग जोडिएको पहाडलाई चुरे भनिन्थ्यो भन्ने थाहा थिएन । साँगुरी डाँडा भन्थ्यौं, अझै पनि अलग्गै चिन्ने नाम त्यही हो । विश्वविद्यालय पढ्दा चुरे क्षेत्रलाई सिबालिक पनि भनिन्छ भन्ने थाहा पाएँ । कसैकसैले चुरेलाई महाभारत पर्वत पनि भन्थे । त्यो महाभारत पर्वतचाहिँ होइन रहेछ ।
पुष्पलालले गाँसेको प्रजातान्त्रिक साइनो
शोभाकर पराजुली
भारतको अस्पतालमा ‘जीवन–मृत्यु’सँग लडिरहेका बेला यता ‘आनन्दबहादुर’ को नामबाट एउटा ‘गद्दार पुष्पलाल’ भन्ने लिखत छापियो । २०३४ सालमा छापिएको त्यो लिखतका ‘आनन्दबहादुर’ नेकपा (चौथो महाधिवेशन) का महासचिव मोहनविक्रम सिंह थिए । त्यही लिखत जसलाई त्यो बेला पार्टीले आफ्नो आधिकारिक दस्तावेजसमेत बनायो ।
लैंगिक संवेदनहीनता
वसन्ती शाही
छोरालाई रुन हुन्न भन्ने सिकायौं । जसले गर्दा छोरो आँसु बगाएर आफ्ना पीडा र कुण्ठा सफा गर्न सक्दैन । भित्रभित्रै मुरमुरिन्छ । कुँडिन्छ । उसमा दिन प्रतिदिन क्रोधी स्वभाव थपिँदै जान्छ । छोरीलाई खित्का छोडेर हाँस्नु हुन्न भन्ने सिकायौं ।
पूर्वराज्यमन्त्रीको हत्या सन्दर्भमा आमनागरिकको सुरक्षा चासो
सम्पादकीय
पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको ४८ घण्टा बितिसक्दासमेत प्रहरीले अपराधीको सुराक पत्ता लगाउन सकेको छैन । आइतबार राति रामचन्द्रसँग जग्गा विवादबारे कुराकानी गर्न तीन जना अपरिचित आएका थिए भन्ने विवरण उनका सहयोगी रामउजैन राय यादवबाट प्रहरीले प्राप्त गरेको छ ।
श्रावण ८, २०८१
सरकारले जगाउला आशाको दियो ?
उमेशप्रसाद मैनाली
नेपालको राजनीतिमा दोस्रो जनआन्दोलनपछि थरीथरीका प्रयोग भएका छन् । अन्तरिम व्यवस्थापिका संसद्मा सशस्त्र द्वन्द्व छाडेर शान्ति प्रक्रियामा आएको नेकपा माओवादीले पाएको सिटले धेरैलाई आश्चर्यमा पारेको थियो । त्यसपछिका सरकारमा देशका मानिएका प्रमुख दल सम्मिलित सरकार बनेको थियो ।
विकास र संस्कृतिको टकराव !
कैलाश राई , गोविन्द छन्त्याल , निरन्ती तुम्बापो
पूर्वी नेपालको ताप्लेजुङमा ‘पाथीभरा’ भर्सेस ‘मुक्कुमलुङ’ र ‘केबलकार’ भर्सेस ‘नो केबलकार’ को द्वन्द्व चलिरहेको छ । यो द्वन्द्व उदार पुँजीवादी अवधारणा र प्रकृति–संस्कृतिको समन्यायिक रैथाने समुदायकेन्द्री ज्ञान पद्धतिअनुरूप ‘विकास’ अवधारणाबीचको टकराव हो ।
मेडिकल विश्वविद्यालयको आवश्यकता
केदारनरसिंह केसी
स्वास्थ्य शिक्षा (चिकित्साशास्त्र, पब्लिक हेल्थ, पारामेडिक्स, नर्सिङ, फार्मेसी) जस्ता विषयतर्फ विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । अर्कातिर जेहेनदार अनि विपन्न विद्यार्थीका लागि चिकित्सा शिक्षा अझै पनि सहज पहुँचभन्दा बाहिरै हुनु चिन्ताको विषय हो ।
बीपीको नाममा वृक्षारोपण
रामचन्द्र पोखरेल
२०३९ साउन ६ गते (जुलाई २१, १९८२) ६८ वर्षको उमेरमा विश्वेश्वरप्रसाद कोइराला साँझको ७ बजेर १५ मिनेट जाँदा हामी सबैको बीचबाट सदाका लागि बिदा हुनुभयो । चाबहिलस्थित निवासको कौसी (बरन्डा) मा निस्केर साथीहरूलाई सम्बोधन गर्दै भावुक मुद्रामा गिरिजाबाबुले यो दुःखद खबर सुनाउनुभएको थियो ।
संविधान संशोधन : अधिकार साँघुरो बनाउन कि प्रणाली बलियो बनाउन ?
सम्पादकीय
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रस्तुत गरेर संसदीय तथा सार्वजनिक अभिलेखमा राखेका छन् । सहमतिलाई सार्वजनिक गर्दा दुई ठूला दल एकअर्काप्रति उत्तरदायी बन्ने मात्र होइन, नागरिकप्रति समेत जवाफदेही बनेर शासन सञ्चालन गर्ने पारदर्शी पृष्ठभूमि पनि तयार भएको छ ।
श्रावण ७, २०८१
बजेट, मौद्रिक नीति र समृद्धि
अच्युत वाग्ले
कुनै पनि राष्ट्रको अर्थसामाजिक विकास र नागरिक समृद्धिको मुख्य निर्धारक मुलुकले बनाउने विकास निर्माणका योजना, अवलम्बन गर्ने वित्त नीति वा बजेट र मौद्रिक नीतिबीचको पूर्ण तादात्म्य हो । एकपछि अर्को आर्थिक वर्ष यस्तो तादात्म्य खण्डित हुँदै जानुको परिणाम नै गरिबी, अविकास र राष्ट्रको हैसियत क्षयीकरण हो । नेपाल यस्तो सर्वांगीण पछौटेपनको ज्वलन्त उदाहरण हो ।
बीपीको मेलमिलाप र कांग्रेस-एमाले गठबन्धन
समृद्ध घिमिरे
विश्वेश्वप्रसाद कोइराला (१९७१ भदौ २४–२०३९ साउन ६), जो बीपी कोइरालाका नामबाट पनि प्रख्यात छन् । प्रजातन्त्रका कट्टर समर्थक र दूरदर्शी नेता बीपीको यात्रा स्वतन्त्रता सेनानीबाट नेपालको पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्रीसम्मको अद्वितीय कथा हो । उनी नेपालको राजनीतिक इतिहासमा एक महान् व्यक्तित्वका रूपमा उदाएका थिए ।
सत्ता राजनीतिले बीपीको अवमूल्यन
डिला संग्रौला
सम्भवतः नेपालको राजनीति र साहित्यमा सर्वाधिक चर्चा हुने नाम हो– विश्वेश्वरप्रसाद कोइराला अर्थात् बीपी कोइराला । नेपालका हरेक राजनीतिक मञ्चमा बीपीका बारेमा हजारौं पटक मन्थन गरिन्छ । उनको जादुयी व्यक्तित्वप्रति मान्छेको आकर्षण र सम्मोहन देखिन्छ ।
बैंकिङ क्षेत्रमा हाम्रो उपस्थिति
ज्ञानेन्द्र ढुंगाना
समग्र अर्थतन्त्रसँग बैंक तथा वित्तीय संस्थाको निकटतम सम्बन्ध हुन्छ । अर्थतन्त्र चलायमान हुँदा होस् वा शिथिल हुँदा बैंकिङ क्षेत्रले ‘रियाक्ट’ गरिरहेको हुन्छ । कर्जा, निक्षेप, तरलता, ब्याजदर, मुनाफाजस्ता पक्षहरूले ती दुई अवस्थालाई दर्शाइरहेका हुन्छन् ।