text stringlengths 2 914 |
|---|
कृष्णमान त पात्र हुन्, प्रश्न संवैधानिक परिषद्माथि |
सम्पादकीय |
निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानको नाम अस्वीकृत गरेर संसदीय सुनुवाइ समितिले अपेक्षित निर्णय गरेको छ । नेताहरूको बाहुल्य रहेको संवैधानिक परिषद्ले सिफारिस गर्ने र कार्यकर्ता सांसद रहेको समितिले सुनुवाइको कर्मकाण्ड पूरा गरेर अनुमोदन गर्ने परम्परा बस्न थालेको थियो । |
श्रावण १४, २०८१ |
अर्धनग्न मन्त्री, नग्न राजनीति |
राजाराम गौतम |
गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे कार्यकक्षमै अर्धनग्न अवस्थामा रहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि पदीय मर्यादा लिलाम गरेको भनेर उनीप्रति कडा आलोचना भएको छ । ६ पटक मन्त्री भएका उनले कार्यकक्षमै मदिरा सेवन गर्ने गरेको, कर्मचारीलाई अपशब्द बोल्ने गरेको भनेर पनि आलोचना हुँदै आएको छ । |
बाघको सुरक्षा, बाघबाट सुरक्षा |
शरद अधिकारी |
२०७८ असार २६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय बाघ संरक्षण समितिको बैठक बसेको थियो । छलफलमा नियमित गर्नुपर्ने विषयबाहेक अन्य गम्भीर प्रस्ताव थिएनन् । त्यो बेला भर्खरै राष्ट्रिय बाघ गणना कार्यक्रम सुरु भएको थियो । |
बाघ संरक्षणको बाटो |
नरेश सुवेदी , गोविन्द पोखरेल |
सन् २०१० देखि २०२२ सम्म नेपालले बाघ संरक्षणका लागि उल्लेख्य कार्य गर्दै संख्यालाई दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्यो । २०२२ को बाघ गणनाअनुसार नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । यो संख्या बढाउन सरकार, समुदाय, साझेदार संस्था र संरक्षणकर्मीको भूमिका अतुलनीय छ । उनीहरूकै प्रयासले यो सम्भव भएको हो । सन् २०१० तिर नेपालमा १ सय २१ हाराहारी बाघ थिए । |
श्रम निर्यात गर्ने कारखाना |
दुर्गा कँडेल छत्कुली |
कुनै पनि देश पूर्ण रूपमा आत्मनिर्भर हुनु भनेको धेरै ठूलो विषय हो । अधिकांश देश पूर्ण रूपमा आत्मनिर्भर भएको पाइँदैन । भौतिक वस्तु होस् वा अभाौतिक, देशमा सबै खालका वस्तु तथा सेवाको उपलब्धता हुँदैन । विकासशील तथा अति कम विकसित देशले जहाँ जे उपलब्ध छ, त्यहीँबाट आयात–निर्यात गरी आफ्ना आवश्यकता तथा उद्देश्यहरू पूरा गर्छन् । |
मन्त्री छनोटमा नेताको मनपरी, प्रणालीको बदनामी |
सम्पादकीय |
संघदेखि प्रदेशसम्मका सरकारमा मन्त्री केका आधारमा छानिन्छन् ? यसका लागि न मापदण्ड छ न पारदर्शिता । नेताले मन्त्री छान्छन्, त्यसको आधार र कारण खुलाउनुपर्दैन । इमान र पृष्ठभूमिको लेखाजोखा हुँदैन, भविष्यको कार्ययोजनाको मूल्यांकन हुँदैन । |
श्रावण १३, २०८१ |
अपहरणमा अपरिहार्य बहस |
सोमत घिमिरे |
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन ‘चुरे जोगाऔं’ भनेर एउटा टोली मार्चपाससहित माइतीघरमा आएर प्रदर्शन गर्यो । सत्तामा उक्लने र ओर्लनेमा अव्यस्त सिंहदरबारलाई यसले छुने कुरै भएन । एसईईको नतिजा आयो, ५२ प्रतिशत विद्यार्थीहरू फेल भए । तीन जनाले आत्महत्या गरे । कुनै गहिरो बहस भएन । |
लचिलो मौद्रिक नीतिबाट अपेक्षा : पैसा प्रवाह हुने वातावरण |
सम्पादकीय |
निरन्तर शिथिल भएको अर्थतन्त्र उकास्न गरिएका नियमित प्रयास निरर्थक रहेको पृष्ठभूमिमा राष्ट्र बैंकले अर्थपूर्ण मार्ग परिवर्तन गरेको छ । यसले निजी क्षेत्र खासगरी बजारमा अब केही सुधार हुने आशाको सञ्चार गरेको छ । निराशा बढिरहेको समाजमा रोजगारी र आम्दानी बढ्छ कि बढ्दैन भन्न अहिले गाह्रो छ । |
श्रावण ११, २०८१ |
कमरेड केपीलाई पानवीरको सम्झनापत्र |
जेबी विश्वकर्मा |
पानवीर विश्वकर्मा, सिरहा जिल्लाका क्रान्तिकारी कम्युनिस्ट नेता । २००२ सालमा जन्मिएका पानवीरले सानैदेखि सामन्तको शोषण र दमन प्रत्यक्ष देखे, भोगे । त्यतिबेला गाउँमा सामन्तको राज थियो । उनीहरू सोझा जनतामाथि चरम शोषण र दमन गर्थे । शक्तिको आडमा गरिबमाथि लुटपाट, कुटपिट र धम्की मात्रै होइन, गरिब, दलित र सीमान्तीकृत समुदायका महिला र बालिकामाथि चरम हिंसा र अत्याचार हुन्थ्यो । |
संविधान संशोधनको अवसर र जोखिम |
मेखराज उदय |
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेको छ । सहमतिबमोजिम एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बनिसकेका छन् भने ओली नेतृत्वको सरकारमा कांग्रेसलगायतका दलहरू सहभागी भएका छन् । अनपेक्षित पहिलो र दोस्रो ठूला दलबीच गठबन्धन बन्नुका कारण, त्यसका असर तथा चुनौतीका सम्बन्धमा बहस गर्दै गरौंला । यो आलेख कांग्रेस–एमाले गठबन्धन बन्नुमा जबर्जस्त महत्त्वपूर्ण बनाइएको संविधान संशोधनको मुद्दाका सम्बन्धमा केन्द्रित रहनेछ । |
भूमिहीनमाथि राज्यको अत्याचार |
अनिता खरेल |
मुलुकको अधिकांश भूभागमा वर्षाले वितण्डा मच्चाइरहेको छ । असार अन्तिमसम्म यस वर्ष बाढीपहिरो र चट्याङका कारण देशभर कम्तीमा १ सय १२ जनाको मृत्यु भइसकेको र ५८ जनाको अवस्था अज्ञात रहेको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले सार्वजनिक गरिसकेको छ । |
नयाँ गृहमन्त्रीलाई सुझाव |
राजेन्द्रसिंह भण्डारी |
सुशासन र कानुनी प्रबन्धनका लागि गृह प्रशासनको भूमिकालाई महत्त्वका साथ हेरिने गरिन्छ । तसर्थ, गृह मन्त्रालयको सञ्चालनमा सरकारको सफलता र असफलताको भविष्यसमेत जोडिन्छ । वास्तवमा, गृह प्रशासनको सुसञ्चालनका लागि जम्माजम्मी दुइटा विषयमा मात्र ध्यान दिए पुग्छ । |
विमान दुर्घटना, नीतिगत र व्यवस्थापकीय सुधारको खाँचो |
सम्पादकीय |
मुलुकले पुनः अर्को अकल्पनीय विमान दुर्घटना बेहोर्नुपरेको छ । विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको केही क्षणमै असन्तुलित भएर सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा परी १८ जनाको निधन भएको छ । |
श्रावण १०, २०८१ |
नयाँ सरकार र बहसमा बीआरआई |
इन्द्र अधिकारी |
मौसमभन्दा छिटो सरकार परिवर्तन हुने नेपालमा, नयाँ नेतृत्वको शपथग्रहणसँगै उठ्ने सवाल हो छिमेकीहरूको सन्निकटता, स्वीकार्यता र भूराजनीतिक सन्तुलन । |
संसदीय सुनुवाइ समितिले विवेक देखाओस् |
सम्पादकीय |
निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानमाथि लागेको यौन शोषणको आरोपलाई उनले ‘मिलापत्र’ को प्राविधिक खोल ओढाएर आफूलाई योग्य देखाउने प्रयत्न गरेका छन् । |
जलवायु जोखिम रोक्ने उपाय |
बाबुराम राई |
बढी कार्बन उत्सर्जनले पृथ्वी दिनानुदिन तातिँदै गएबाट जलवायु परिर्वतन भइरहेको छ । विकसित राष्ट्रहरूले खनिज पदार्थको अत्यधिक रूपमा प्रयोग गर्नाले बढी कार्बन उत्सर्जन भएको हो । |
स्थायी थिति होइन लोकतन्त्र |
चन्द्रकिशोर |
अहिले फेरि संघीय सरकारले आफ्नो स्वरूप फेरेको छ । यो प्रक्रिया संसदीय कार्यावधिमा नियमित आकस्मिकता जस्तै भएको छ । सरकार बनेपछि आ–आफ्नो क्षेत्रको अनुहार खोजिन थालियो । मधेश प्रदेशको पर्सा जिल्लाबाट एकैपटक तीन जना मन्त्री भए । |
श्रावण ९, २०८१ |
तारणहारको अन्तहीन इन्तजार |
सीके लाल |
सन् २०१५ मा विवादित संविधान जारी गराउने हतारमा आफ्नो सम्पूर्ण राजनीतिक पुँजी यथास्थितिवादीलाई अर्पण गरेदेखि नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको ओज र तेज निरन्तर घट्दै गएको हो । आफ्नो सान्दर्भिकता जोगाउने अन्तिम प्रयत्न गर्दै सन् २०१८ मा उनले माओवादी केन्द्रलाई खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा एमालेको पुनर्संरचना गरिएको ‘नेपाल कम्युनिस्ट पार्टी’ मा विलय गराएका थिए । |
चुरेप्रति हामी कति संवेदनशील छौं ? |
कमल मादेन |
बाल्यकाल चुरे क्षेत्र नजिकै बित्यो । उसबेला सुनसरीको धरानसँग जोडिएको पहाडलाई चुरे भनिन्थ्यो भन्ने थाहा थिएन । साँगुरी डाँडा भन्थ्यौं, अझै पनि अलग्गै चिन्ने नाम त्यही हो । विश्वविद्यालय पढ्दा चुरे क्षेत्रलाई सिबालिक पनि भनिन्छ भन्ने थाहा पाएँ । कसैकसैले चुरेलाई महाभारत पर्वत पनि भन्थे । त्यो महाभारत पर्वतचाहिँ होइन रहेछ । |
पुष्पलालले गाँसेको प्रजातान्त्रिक साइनो |
शोभाकर पराजुली |
भारतको अस्पतालमा ‘जीवन–मृत्यु’सँग लडिरहेका बेला यता ‘आनन्दबहादुर’ को नामबाट एउटा ‘गद्दार पुष्पलाल’ भन्ने लिखत छापियो । २०३४ सालमा छापिएको त्यो लिखतका ‘आनन्दबहादुर’ नेकपा (चौथो महाधिवेशन) का महासचिव मोहनविक्रम सिंह थिए । त्यही लिखत जसलाई त्यो बेला पार्टीले आफ्नो आधिकारिक दस्तावेजसमेत बनायो । |
लैंगिक संवेदनहीनता |
वसन्ती शाही |
छोरालाई रुन हुन्न भन्ने सिकायौं । जसले गर्दा छोरो आँसु बगाएर आफ्ना पीडा र कुण्ठा सफा गर्न सक्दैन । भित्रभित्रै मुरमुरिन्छ । कुँडिन्छ । उसमा दिन प्रतिदिन क्रोधी स्वभाव थपिँदै जान्छ । छोरीलाई खित्का छोडेर हाँस्नु हुन्न भन्ने सिकायौं । |
पूर्वराज्यमन्त्रीको हत्या सन्दर्भमा आमनागरिकको सुरक्षा चासो |
सम्पादकीय |
पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको ४८ घण्टा बितिसक्दासमेत प्रहरीले अपराधीको सुराक पत्ता लगाउन सकेको छैन । आइतबार राति रामचन्द्रसँग जग्गा विवादबारे कुराकानी गर्न तीन जना अपरिचित आएका थिए भन्ने विवरण उनका सहयोगी रामउजैन राय यादवबाट प्रहरीले प्राप्त गरेको छ । |
श्रावण ८, २०८१ |
सरकारले जगाउला आशाको दियो ? |
उमेशप्रसाद मैनाली |
नेपालको राजनीतिमा दोस्रो जनआन्दोलनपछि थरीथरीका प्रयोग भएका छन् । अन्तरिम व्यवस्थापिका संसद्मा सशस्त्र द्वन्द्व छाडेर शान्ति प्रक्रियामा आएको नेकपा माओवादीले पाएको सिटले धेरैलाई आश्चर्यमा पारेको थियो । त्यसपछिका सरकारमा देशका मानिएका प्रमुख दल सम्मिलित सरकार बनेको थियो । |
विकास र संस्कृतिको टकराव ! |
कैलाश राई , गोविन्द छन्त्याल , निरन्ती तुम्बापो |
पूर्वी नेपालको ताप्लेजुङमा ‘पाथीभरा’ भर्सेस ‘मुक्कुमलुङ’ र ‘केबलकार’ भर्सेस ‘नो केबलकार’ को द्वन्द्व चलिरहेको छ । यो द्वन्द्व उदार पुँजीवादी अवधारणा र प्रकृति–संस्कृतिको समन्यायिक रैथाने समुदायकेन्द्री ज्ञान पद्धतिअनुरूप ‘विकास’ अवधारणाबीचको टकराव हो । |
मेडिकल विश्वविद्यालयको आवश्यकता |
केदारनरसिंह केसी |
स्वास्थ्य शिक्षा (चिकित्साशास्त्र, पब्लिक हेल्थ, पारामेडिक्स, नर्सिङ, फार्मेसी) जस्ता विषयतर्फ विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । अर्कातिर जेहेनदार अनि विपन्न विद्यार्थीका लागि चिकित्सा शिक्षा अझै पनि सहज पहुँचभन्दा बाहिरै हुनु चिन्ताको विषय हो । |
बीपीको नाममा वृक्षारोपण |
रामचन्द्र पोखरेल |
२०३९ साउन ६ गते (जुलाई २१, १९८२) ६८ वर्षको उमेरमा विश्वेश्वरप्रसाद कोइराला साँझको ७ बजेर १५ मिनेट जाँदा हामी सबैको बीचबाट सदाका लागि बिदा हुनुभयो । चाबहिलस्थित निवासको कौसी (बरन्डा) मा निस्केर साथीहरूलाई सम्बोधन गर्दै भावुक मुद्रामा गिरिजाबाबुले यो दुःखद खबर सुनाउनुभएको थियो । |
संविधान संशोधन : अधिकार साँघुरो बनाउन कि प्रणाली बलियो बनाउन ? |
सम्पादकीय |
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रस्तुत गरेर संसदीय तथा सार्वजनिक अभिलेखमा राखेका छन् । सहमतिलाई सार्वजनिक गर्दा दुई ठूला दल एकअर्काप्रति उत्तरदायी बन्ने मात्र होइन, नागरिकप्रति समेत जवाफदेही बनेर शासन सञ्चालन गर्ने पारदर्शी पृष्ठभूमि पनि तयार भएको छ । |
श्रावण ७, २०८१ |
बजेट, मौद्रिक नीति र समृद्धि |
अच्युत वाग्ले |
कुनै पनि राष्ट्रको अर्थसामाजिक विकास र नागरिक समृद्धिको मुख्य निर्धारक मुलुकले बनाउने विकास निर्माणका योजना, अवलम्बन गर्ने वित्त नीति वा बजेट र मौद्रिक नीतिबीचको पूर्ण तादात्म्य हो । एकपछि अर्को आर्थिक वर्ष यस्तो तादात्म्य खण्डित हुँदै जानुको परिणाम नै गरिबी, अविकास र राष्ट्रको हैसियत क्षयीकरण हो । नेपाल यस्तो सर्वांगीण पछौटेपनको ज्वलन्त उदाहरण हो । |
बीपीको मेलमिलाप र कांग्रेस-एमाले गठबन्धन |
समृद्ध घिमिरे |
विश्वेश्वप्रसाद कोइराला (१९७१ भदौ २४–२०३९ साउन ६), जो बीपी कोइरालाका नामबाट पनि प्रख्यात छन् । प्रजातन्त्रका कट्टर समर्थक र दूरदर्शी नेता बीपीको यात्रा स्वतन्त्रता सेनानीबाट नेपालको पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्रीसम्मको अद्वितीय कथा हो । उनी नेपालको राजनीतिक इतिहासमा एक महान् व्यक्तित्वका रूपमा उदाएका थिए । |
सत्ता राजनीतिले बीपीको अवमूल्यन |
डिला संग्रौला |
सम्भवतः नेपालको राजनीति र साहित्यमा सर्वाधिक चर्चा हुने नाम हो– विश्वेश्वरप्रसाद कोइराला अर्थात् बीपी कोइराला । नेपालका हरेक राजनीतिक मञ्चमा बीपीका बारेमा हजारौं पटक मन्थन गरिन्छ । उनको जादुयी व्यक्तित्वप्रति मान्छेको आकर्षण र सम्मोहन देखिन्छ । |
बैंकिङ क्षेत्रमा हाम्रो उपस्थिति |
ज्ञानेन्द्र ढुंगाना |
समग्र अर्थतन्त्रसँग बैंक तथा वित्तीय संस्थाको निकटतम सम्बन्ध हुन्छ । अर्थतन्त्र चलायमान हुँदा होस् वा शिथिल हुँदा बैंकिङ क्षेत्रले ‘रियाक्ट’ गरिरहेको हुन्छ । कर्जा, निक्षेप, तरलता, ब्याजदर, मुनाफाजस्ता पक्षहरूले ती दुई अवस्थालाई दर्शाइरहेका हुन्छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.