text
stringlengths
2
914
नेपाली विद्यार्थीको सुरक्षामा थप सजगता आवश्यक
सम्पादकीय
यतिबेला बंगलादेश अशान्त छ । त्यहाँको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा कैयौं ठाउँहरूमा संकट निम्तिएका छन् । देशभर कर्फ्यु लागेको छ ।
श्रावण ६, २०८१
गणतन्त्र कि क्रोनीतन्त्र ?
झलक सुवेदी
प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्‍का सदस्यले शपथ लिएको भोलिपल्ट उद्योग वाणिज्य क्षेत्रका परिचित व्यक्तित्व र उनीहरूको संगठनका प्रतिनिधि प्रधानमन्त्री र अर्थमन्त्रीलाई बधाई दिन पुगे । निजी क्षेत्र र सरकारका बीच अन्तरनिर्भरयुक्त सम्बन्ध रहने भएकाले हरेक सरकारले साहु/महाजनलाई प्राथमिकतासाथ समय दिन्छन् र तिनका कुरा सुन्छन् ।
उपसभामुखमाथि संसदीय छानबिन अविलम्ब सुरु गर
सम्पादकीय
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्न भएको संगठित अपराधमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, बहालवाला गृहसचिव, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकारसहितका व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा चलाइएको छ । कुनै बेला शक्तिशाली भनिएका कतिपय व्यक्ति अहिले पुर्पक्षका लागि थुनामै छन् ।
श्रावण ४, २०८१
प्रदेश चलायमानको सूत्र
खिमलाल देवकोटा
संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, विधिको शासन संविधानका आधारभूत स्तम्भ हुन् । एउटा मात्र स्तम्भ तलमाथि हुनेबित्तिकै संविधान रहँदैन, मुलुक द्वन्द्वको भुमरीमा जान्छ । संघीयताको प्रतीकका रूपमा प्रदेश तह छ । तर प्रदेशप्रति धेरैको नकारात्मक दृष्टिकोण छ ।
विपद्‍मा सरकारी अकर्मण्यता
कृष्णप्रसाद पौडेल
बंगालको खाडीबाट उत्पन्न हुने वर्षायामको पानी हाम्रो भूगोलको खानाको बन्दोबस्त गर्ने मूल आधार हो । वर्षात् मूलतः आकाशे पानीमा भर परेको हाम्रो खेती प्रणालीको प्राणवाहिनी हो । यो वर्षभरि खेतीपातीका लागि चाहिने पानीको व्यवस्था मिलाउन महत्त्वपूर्ण छ ।
कूटनीतिका विस्तारित कोण
सुनिता बराल
हरेक देश, संस्था, संगठन वा पक्षले अर्को देश, संस्था, संगठन वा पक्षसँग सम्बन्ध राख्दा कुनै नराम्रो शब्द वा व्यवहारको प्रयोगबेगर सन्तुलित सम्बन्धको व्यवस्थापन गर्ने विधि वा प्रणालीलाई कूटनीतिका रूपमा बुझ्ने गरिन्छ ।
झरीमा बजेटको मनपरी
सम्पादकीय
झमझम झरीका बीच सडकमा फटाफट कालोपत्र ‘रोल’ भइरहेको दृश्य कस्तो हुन्छ ? पक्कै पनि नमिल्दो । तर हामीकहाँ हरेक वर्ष असार अन्तिम सातातिर यस्ता दृश्य दोहोरिन्छन् । चलनचल्तीमा ‘असारे विकास’ भनिने यस्ता काममा विकास झल्किँदैन, बरु हेलचेक्र्याइँ देखिन्छ ।
श्रावण ३, २०८१
मन्त्रिपरिषद्‍मा किन प्राथमिकतामा पर्दैनन् दलित ?
परशुराम रम्तेल
देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको राजनीतिक समझदारी अनुरूप एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा हालै मन्त्रिपरिषद् बन्यो । तर, दलित समुदायको प्रतिनिधित्वविहीन अवस्थामा । यसभन्दा अघिल्लो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा पनि दलितलाई राज्यमन्त्री मात्रै बनाइएको थियो ।
प्रचण्ड-सत्ताच्युतपछिको वाम-आन्दोलन
हरि रोका
प्रचण्ड सरकारको पतन अनिवार्य बन्दै गएको कुरा कतैबाट लुकेको थिएन । डेढ वर्षअघि एमालेको फेर समातेर प्रचण्ड प्रधानमन्त्री बन्न लागेका बेला उनका सहयोगी साथीभाइलाई मैले भनेको थिएँ, ‘उहाँले अब प्रधानमन्त्री नबन्नु राम्रो ।’
सिन्जाले चाहेको पर्यटन
खेमराज लकाई
अबको दशकको सबैभन्दा ठूलो महामारी मानसिक स्वास्थ्य हुने चेतावनी विभिन्न अध्ययनहरूले दिएका छन् । विज्ञहरूले त्यसको निदान र उपचारका लागि प्रकृति र साहसिक गतिविधि एउटा मुख्य माध्यम हुने बताइरहेका बेला खास सिन्जाजस्ता गाउँ ‘खुला अस्पताल’ हुन् ।
विद्यालय शिक्षा र परीक्षा प्रणाली
पार्वता चौधरी
राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो समय विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न भन्दै परीक्षा प्रणालीमा पनि परिमार्जन हुनुपर्नेमा जोड दिएको छ । परीक्षा प्रणालीमा सुधार होस् भनेर बोर्डले शिक्षक, सरोकारवाला निकाय तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूलाई विभिन्न समयमा तालिमको पनि व्यवस्था गर्दै आएको छ । के परीक्षा प्रणालीमा हामीले ध्यान दियौं भने विद्यालय शिक्षाको गुणस्तर कायम गर्न सकिन्छ त ?
सत्ताको जोड-घटाऊबाट न्यायपरिषद्लाई अलग राख
सम्पादकीय
सत्ता समीकरण परिवर्तनले कहाँ कहाँ असर पर्छ ? गठबन्धन परिवर्तन हुनासाथ संघीय सरकारको मन्त्रिपरिषद्, सातै प्रदेशका मन्त्रिपरिषद्, सचिव, राजदूतहरू, विभाग तथा सार्वजनिक संस्थानका प्रमुखहरू, जिल्ला जिल्लामा प्रहरी प्रशासनका अधिकारीहरूको अदलीबदलीको शृंखला नै चल्छ ।
श्रावण २, २०८१
भूगर्भमा नेपाल खोज्दा
वामदेव गौतम
मलाई नेपालको इतिहास पहिलो पटक स्कुले जीवन सुरु गरेपछि जानकारी हुन थालेको हो । हाइस्कुलमा अलि गम्भीरतापूर्वक अध्ययन गर्ने बानी बस्यो । नेपालको इतिहासको गम्भीर अध्ययन भने पार्टी जीवनमा प्रवेशपछि गरेको हुँ । त्यसबेला नेपालको इतिहास अध्ययन गर्दा जस्तोसुकै अवस्थामा पनि राजा, राजपरिवार र भाइभारदारको इतिहास बढी आइरहन्थ्यो ।
परीक्षणमा अर्थमन्त्री पौडेल
सम्पादकीय
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाँचौं पटक अर्थ मन्त्रालयको नेतृत्वमा छन् । अर्थात्, उनलाई नेपालको अर्थतन्त्रमा गुणात्मक योगदान दिने पाँचौं अवसर प्राप्त भएको छ । आठ पटक मन्त्री भइसकेका पौडेललाई सिंहदरबारको काम गर्ने ढाँचाबारे राम्रै जानकारी छ । जनताका आकांक्षाबारे पनि उनी जानकार नै छन् । यी अनुकूलताका माझ शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने अवसर उनीसामु छ तर त्यो कार्य एकदमै चुनौतीपूर्ण छ, असम्भव भने छैन ।
स्थानीय सरकारको प्रशासनिक स्वायत्तता
राजेन्द्रप्रसाद प्याकुरेल
हाम्रो संघीय प्रणाली प्रशासनिक स्वायत्ततासहितको हो । स्थानीय सरकारमा प्रशासनिक स्वायत्तता हुन्छ भन्ने विषयलाई संविधानले नै अंगीकार गरेको छ । संविधानको धारा २८५ ले नेपाल सरकार, प्रदेश मन्त्रिपरिषद् र गाउँ/नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकतानुसार कानुनबमोजिम विभिन्न सरकारी सेवा गठन गर्न सक्ने व्यवस्था गरेको छ ।
श्रावण १, २०८१
आज मेरो मनमा के छ ?
केपी शर्मा ओली
आज मेरो मनमा देशको नाजुक तस्बिर फनफनी घुमिरहेको छ । २० प्रतिशतभन्दा बढी हाम्रा दिदीबहिनी, दाजुभाइ गरिबी, अभाव र भोकमरीको जिन्दगी बाँचिरहेका छन् । चलनचल्तीको शब्दमा निरपेक्ष गरिबीको रेखामुनि छन् । यति उर्वर धर्तीमा यस्ता मिहिनेती जनता यस्तो हालतमा हुनुजति दुःखदायी अरू के हुन सक्छ भन्ने अनुभूति भइरहेछ ।
संविधान संशोधनको मार्गचित्र
विनोदमोहन आचार्य
नयाँ संविधान बनेयता मुलुकमा दुई पटक आम निर्वाचन भयो तर कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन सकेनन् । फलतः संघ र प्रदेश दुवै तहमा संसद् त्रिशंकु प्रकृतिको हुन पुग्यो । दुवै पटकको निर्वाचनयता सरकारका लागि पटक–पटक समीकरण बन्ने, भत्किने शृङ्खलाबद्ध परिघटना भए, जसका कारण मुलुक अस्थिर राजनीतिको भुङ्ग्रोमा फस्न पुग्यो ।
आधुनिक दासत्वको नयाँ भाषा
राजीव न्यौपाने , सीता मादेम्बा , आयुष्मान भगत
आधुनिक दासत्व’ वर्तमान समयमा निकै चर्चाको विषय बनेको छ । सन् २०१५ मा बेलायतको कन्जर्भेटिभ पार्टीको सरकारले आधुनिक दासत्व ऐन लागू गरेपछि अस्ट्रेलियाले पनि सन् २०१८ मा यस्तै ऐन ल्यायो । आधुनिक दासत्व शब्दको वास्तविक कानुनी महत्त्व यी दुई देशमा मात्रै भए तापनि यो शब्द विश्वमा सनसनीपूर्ण फैलिँदै गएको छ ।
सिमलताल दुर्घटनाले देखाएको उद्धार संयन्त्रको ऐना
सम्पादकीय
चितवनको सिमलताल क्षेत्र यति बेला आँसु रित्तिएकाहरूको कोलाहल र त्रिशूली नदीको बहावले अशान्त छ । शुक्रबार बिहान साढे ३ बजेतिर पहिरोले दुईवटा बस बगाएपछि बेपत्ता भएका यात्रुका आफन्त त्यस क्षेत्रमा पुगेर पीडा साटासाट गरिरहेका छन्, बिलौना गरिरहेका छन् । गाडीसँगै बेपत्ता भएका आफन्तजन जीवितै भेटिएलान् भन्ने आशा धेरैलाई छैन तर शव नै भए पनि छिटो भेटियोस् भन्ने अपेक्षा छ । सरकारको खोजीशैली भने उनीहरूलाई चित्त बुझेको छैन ।
असार ३१, २०८१
जनसंख्याको बदलिँदो स्वरूप र राज्यको दायित्व
चेतन अधिकारी
‘द एज अफ एजिङ’ भन्ने पुस्तकमा प्रख्यात अर्थशास्त्री जर्ज म्याग्नसले जर्ज बर्नाडशालाई उद्धृत गर्दै लेखेका छन्– ‘त्यो दिन आउँदै छ, महान् राष्ट्रहरूले पनि एउटा जनगणनादेखि अर्को जनगणनासम्म आफ्नो संख्या घट्दै गएको पाउनेछन् ।’
ओलीले ‘महाभूल’ नदोहोर्‍याऊन्
राजाराम गौतम
चौथो पटक प्रधानमन्त्री बन्ने पालो एमाले अध्यक्ष केपी शर्मा ओलीको भागमा परेको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । सोमबार (आज) शपथ लिएसँगै प्रधानमन्त्रीका रूपमा उनको चौथो ‘इनिङ्स’ सुरु हुँदै छ । २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री भएका ओली २०७४ को आम निर्वाचनपछि एउटै कार्यकालमा दुई पटक नियुक्त भएका थिए ।
यसकारण समाजवादी महिलावाद
करुणा पराजुली
महिलाको ‘व्यक्तिगत सशक्तीकरण’, अधिकार उपभोगमा ‘पुरुष समकक्षीहरू जस्तै समानता’ जस्ता केही औपचारिक नारामा कैद छ नवउदारवादी महिलावाद । एलेक्जेन्द्रा कोलोन्ताईका अनुसार यसखाले वैचारिक धरातलमा सीमित रहेकाहरू ‘बुर्जुवा’ महिलावादी हुन् ।
ठूलो शक्तिसँगै प्रधानमन्त्रीलाई प्राप्त झन् ठूलो जिम्मेवारी
सम्पादकीय
संसदीय राजनीतिमा विरलै हुने घटनाक्रमका रूपमा प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेको सत्ता सहयात्रा सुरु भएको छ । यद्यपि नेपालमा दुई ठूला दल मिलेर सरकार बनाएको यो पहिलो पटक होइन ।
असार ३०, २०८१
संकटले जन्माएको स्वाभाविक गठबन्धन
गोपाल खनाल
नेपाली राजनीतिका उतारचढावपूर्ण केही साताको पृष्ठभूमिमा असार १७ मध्यरातमा सत्ता समीकरण फेर्ने सम्झौता भयो । सत्तारोहणका लागि आन्तरिक उतारचढाव साना दलमा हुँदै थियो तर त्यसकै लागि मुख्य दल सहकार्य गर्न सहमत भए ।
सडकको सुरक्षा, सडकमा सुरक्षा
सम्पादकीय
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा शुक्रबार बिहान पहिरोले दुईवटा बसलाई त्रिशूली नदीमा खसाएपछि धेरैलाई मर्माहत बनाएको छ । अत्यधिक व्यस्त रहने यस सडक खण्डमा बारम्बार सवारी दुर्घटना हुँदै आएको छ ।
असार २८, २०८१
माओवादीको ओरालो यात्रा
जेबी विश्वकर्मा
माओवादी र व्यवस्था परिवर्तन राजनीतिक व्यवस्था परिवर्तनका लागि विभिन्न देशमा सशस्त्र क्रान्ति र संघर्ष भएका छन् । उन्नाइसौं शताब्दीको उत्तरार्ध र बीसौं शताब्दीको मध्यसम्म विशेषगरी कम्युनिस्ट पार्टीको नेतृत्वमा ठूला क्रान्ति भएका छन् ।
राजनीतिक पितृसत्ताबाट निषिद्ध लैंगिक समानताका आवाज
मीना पौडेल
प्रसिद्ध महिलावादी/समाजशास्त्री डायान रिचार्डसनका भनाइमा एक्काइसौं शताब्दीको लोकतान्त्रिक समाज भनेको विविधताको स्वीकार्यतासहित समानता र अधिकारका मुद्दालाई सम्बोधन गर्न अघिल्लो शताब्दीमा गठन–पुनर्गठन भएका आन्दोलनलाई एकीकृत रूपमा संस्थागत गर्ने युग हो ।
बाढीको क्षति कसरी घटाउने ?
नारायणप्रसाद सुवेदी
नेपालबाट वार्षिक रूपमा करिब २२५ घनमिटर प्रतिसेकेन्ड पानी बग्ने गरेको पाइन्छ । वर्षातमा बाढी र हिउँदको समयमा कम जलस्रोतको उपलब्धता रहने गरेको छ । नेपालमा गण्डकी, कोशी, कर्णाली र महाकाली ठूला नदीहरू हुन् भने पश्चिम राप्ती, कमला, वाग्मती, बबई, कन्काई मझौला नदीका रूपमा छन् ।
बर्खाबाट बचाउनुपर्ने बजेट
सम्पादकीय
सरकार र गठबन्धन जति फेरिए पनि नफेरिएको प्रवृत्ति हो– असारे विकास । विकासका काममा अधिकांश समय सुस्ताउने र आर्थिक वर्ष सकिन लागेपछि वार्षिक प्रगति उच्च देखाउन हतार–हतार खर्च गर्ने विकृत अभ्यासले यसपालि पनि निरन्तरता पाएको छ ।
असार २७, २०८१
दुई दलीय प्रणालीको बहस
इन्द्र अधिकारी
एमाले–कांग्रेस गठबन्धन बनेसँगै नेपाली राजनीति फेरि एक पटक तातेको छ । डेढ वर्षदेखि तेस्रो ठूलो दल माओवादी केन्द्रको मियोमा एमाले–कांग्रेस चाकाचुली खेलिरहेका थिए । अहिले परिवेश बदलिएर एमाले र कांग्रेस मियोबाहिर एकठाउँमा छन् ।
भूमि व्यवस्थापनमा स्थानीय सरकार