text
stringlengths
2
914
सम्पादकीय
जतिसक्दो छिटो पूरा गर्नुपर्ने राष्ट्रिय महत्त्वका ठूला आयोजनाहरूलाई बजेट विनियोजनमा सरकारले सधैं कन्जुस्याइँ गर्दै आएको छ । बजेटको सीमितताले आयोजनाको ठेक्का व्यवस्थापन र लक्ष्यअनुरूप प्रगति हासिल गर्न समस्या पर्दै आएको छ । विनियोजित बजेट निकासामा समेत सरकारले अल्झाइदिँदा भुक्तानी हुन नसक्ने अर्को समस्या छ ।
असार १८, २०८१
कता जाँदै छौं हामी ?
प्रकाशचन्द्र लोहनी
के हामी नेपाललाई विकसित राष्ट्र बनाउन चाहन्छौं ? यो प्रश्न उठाउँदा धेरैले मूर्ख भन्न सक्लान् । यस्तो प्रश्नको पनि उत्तर खोज्नुपर्छ र ? निश्चय पनि हामी हाम्रो राष्ट्रलाई विकसित, सुखी र समृद्ध बनाउन चाहन्छौं । यदि यही उत्तर हो भने अर्को प्रश्न आउँछ– नेपाललाई विकसित राष्ट्र बनाउन चाहिने परिवर्तन स्वीकार गर्न के हामी तयार छौं ?
राष्ट्रिय योजना आयोग खारेज गरौं
सोमत घिमिरे
नेपालले राष्ट्रिय योजना आयोग बनाएर संगठित रूपमा विकासको प्रक्रिया थालेको ६८ वर्ष भयो । कहिले पञ्चवर्षीय त कहिले त्रिवर्षीय योजना कहलिएका विद्वान्हरूले बनाएका बनाएकै छन् । तर यी योजनाको सान्दर्भिकता के हो ? समाजमा यी योजनाको प्रतिफल कहाँ खोज्ने हो ? ठूलो प्रश्न छ ।
गणितमा किन बढी अनुत्तीर्ण ?
जीवन काफ्ले
गणित विषयले विद्यार्थीमा हरेक विषयको बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढंगले अध्ययन–विश्लेषण र मूल्यांकन गर्ने क्षमताको विकास गराउँछ । विद्यार्थीलाई खोज अनुसन्धान गर्ने सामर्थ्यको पनि विकास गराउँछ । तसर्थ यो विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रस्थानविन्दु, माध्यम र आधारस्तम्भ हो ।
पारलिंगी पहिचानको बहस
सुनीलबाबु पन्त
नेपालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अस्तित्वलाई स्वीकार गर्दै पहिचान, हक अधिकार र समावेशितासमेत स्वीकार गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भनेर सामान्यतया, समलिंगी (समलिंगी पुरुष, समलिंगी महिला), तृतीय प्रकृति (बालक जन्मेको स्त्री स्वभावको व्यक्ति, बालिका जन्मेको पुरुष स्वभाव) को व्यक्ति र अन्तरलिंगी (यौन अंग अस्पष्ट वा मिश्रित भएको) व्यक्ति भनेर जनाउँछ ।
सर्बियामा बन्धक नेपालीलाई उद्धार गर
सम्पादकीय
वैदेशिक रोजगारीका लागि सर्बियामा पुगेका ११ नेपाली अझ आकर्षक कमाइको प्रलोभनले अर्को मुलुक जान खोज्दा तस्करको कब्जामा परेका छन् । इजिप्ट लैजान हिँडाइएका उनीहरूलाई सर्बियाकै जंगलमा राखेर नेपालमा रहेका परिवारजनलाई फोनमार्फत फिरौती मागिरहेका छन् ।
असार १७, २०८१
कम्युनिस्ट ‘टुकडी’ को कुम्भमेला
राजाराम गौतम
राजनीतिक दलका महाधिवेशन अब सामान्यजनका लागि चासोका विषय रहेनन् । यस्ता आयोजनाले सम्बद्ध दलका नेता/कार्यकर्ता पंक्ति तरंगित भए पनि आममान्छेलाई पटक्कै छुँदैन । निश्चित व्यक्तिका पदाकांक्षा पूरा गर्नमै सीमित हुने महाधिवेशनहरू आकर्षणका विषय बन्न छाडेका छन् ।
सामाजिक लोकतन्त्र कि समाजवाद ?
गेजा शर्मा वाग्ले
सत्तालाई नै अन्तिम सत्य ठानी सिद्धान्त, विचारधारा र नीतिलाई तिलाञ्जली दिँदै आएका नेपालका राजनीतिक पार्टीका लागि समाजवाद साझा सिद्धान्त भएको देखिन्छ । कांग्रेस, एमाले, माओवादी, समाजवादी, रास्वपालगायतका पार्टीले समाजवादको गायत्रीमन्त्र जप्दै आइरहेका छन् ।
बजेटमा चित्त नबुझेका कार्यक्रम
बैजयन्ती पोखरेल
बजेट भाषण सुन्दै गरेका बेला अर्थमन्त्रीले प्रदेश र स्थानीय तहका छोरीहरूका लागि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गर्दा १५ वर्षीया छोरीले प्रश्न गरिन्, ‘मामु, यसपालि छोरीहरूका लागि पनि बजेट छुट्याइएको हो ?’ मैले बुझाइदिएँ । उनले पुनः प्रश्न गरिन्, ‘प्रधानमन्त्रीले आफ्नो पैसाबाट छोरीहरूका लागि कार्यक्रम दिनुहुन्छ अब ?’ मैले भनें, ‘होइन राष्ट्रको बजेटबाट छोरीहरूका लागि पनि बजेट छुट्याइएको रे ।’ छोरीले थपिन्, ‘त्यसो भए त्यो कार्यक्रमको नाम नेपाल छोरी कार्यक्रम हुनुपर्ने होइन र ?’ जिज्ञासु छोरीको तर्क मन पर्‍यो र ‘हो नि, नेपाल छोरी कार्यक्रम नै हुनुपर्ने’ भनिदिएँ ।
मिसन-८४ को संकेत
बद्रीप्रसाद खतिवडा
समृद्धिकै कुरा गर्दा ३५ वर्षअगाडि नेपाल र मलेसियाको आर्थिक स्थिति लगभग समान थियो । हिमाल, जडीबुटी, जलस्रोत आदिमा नेपाल धनी थियो, छ । तर महाथीर मोहम्मद जस्तो समर्पित नेता पाएकाले सन् २०२४ मा मलेसियाको वार्षिक प्रतिव्यक्ति आय १४ हजार अमेरिकन डलर छ, नेपालको करिब १३०० अमेरिकन डलर ।
रोपाइँको रमितामा नेता, सिँचाइ र मलको पिरलोमा किसान
सम्पादकीय
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवासभित्रै केही गज जग्गामा धान रोपेर यसपालिको असार १५ अर्थात् धान दिवस मनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल त चितवनै झरेर खेतमा धान रोप्ने मेसिन चलाए । अरू नेताहरू पनि रोजाइअनुसारका ठाउँमा पुगेर हिलोमा खेले, धान रोपे ।
असार १६, २०८१
बजेट गफको निरन्तरता
हरि रोका
गाउँमा एनटीसी न एनसेल टावर । केन्द्रीय रेडियो प्रसारण टिप्दैन । बडा मुस्किलले सदरमुकामका साथीले पठाएको पेनड्राइभमार्फत बजेट पढ्ने अवसर मिल्यो । मरिहत्ते गरेर पढिएको संघीय बजेटले न समय–चेत, न त बहुसंख्यक जनताको आवश्यकताबोध गरेको देखियो ।
रुस-युक्रेन युद्धमा नेपालीको ज्यान कहिलेसम्म ?
सम्पादकीय
अवैध रूपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा खटिँदा नेपाली युवाले ज्यान गुमाएको खबर आउन थालेको एक वर्ष भएको छ । रुस–युक्रेन युद्धमा नेपालीको मृत्यु भएको खबर आउन छाडेको छैन । अहिलेसम्म ३५ नेपालीको मृत्यु पुष्टि नै भइसकेको छ ।
असार १४, २०८१
राजनीतिक लोकप्रियतावादको जोखिम
जेबी विश्वकर्मा
राजनीतिक दर्शनशास्त्र समाज, राजनीति र अर्थतन्त्रलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्व दृष्टिकोण हो । तिनै दृष्टिकोण र विचारका आधारमा राजनीतिक पार्टी र संगठन निर्माण हुने गर्छन् । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीले राज्य सञ्चालन गर्छन् । यसर्थ, तिनै राजनीतिक पार्टीले अवलम्बन गरेको विचार, सिद्धान्त र दृष्टिकोण नै राज्य सञ्चालनका क्रममा अभ्यासमा आउँछन् ।
महालेखा परीक्षकको स्वायत्तता र स्वतन्त्रता
टंकमणि शर्मा दंगाल
विभिन्न मुलुकमा सर्वोच्च लेखा परीक्षण संस्थाका भिन्नभिन्न प्रकारका संरचना छन् । महालेखा परीक्षक, नियन्त्रक तथा महालेखा परीक्षक, लेखा परीक्षण बोर्ड, लेखा परीक्षण आयोग, लेखा परीक्षण अदालत, लेखा तथा लेखा परीक्षण चेम्बर आदि । सबैको साझा पहिचान सर्वोच्च लेखा परीक्षण संस्थाको नामबाट चिनिन्छ ।
स्वस्थ रहन प्रोटिन
अरुणा उप्रेती
हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर खान्छन् । तर, यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर भारतका जनस्वास्थ्य विज्ञहरूले भनेका छन् । प्रोटिनले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । मांसपेशी र हाड बलियो बन्न प्रोटिन चाहिन्छ, यसले कपाल र नङ स्वस्थ राख्छ ।
शासकको छायामा कुम्भनदासहरू
चन्द्रकिशोर
भनिन्छ, तत्कालीन भारतमा मुगल शासन थियो । सम्राट अकबरको राजधानी फतेहपुर सीकरीमा थियो । त्यहाँ उनले कवि कुम्भनदासलाई आफ्नो दरबारमा आउन निम्तो पठाए । शासक चाहन्थे, कविले आफ्नोबारे प्रशस्ति वाचन गरून् । तर कविले जवाफ फर्काए– ‘संतन को कहा सीकरी सों काम, आवत जात पनहियाँ टुटी, बिसरी गयो हरि नाम । जाकौ मुख देखे दुःख उपजत, ताको करिबे परी सलाम ।’ (सन्तहरूलाई सीकरी अर्थात् राजधानीबाट बक्सिस प्रदान गरिन्छ, त्यस्तो ठाउँको के काम ? त्यहाँ आउँदा जाँदा पनहियां (चप्पल) टुट्छ, मूल काम हरिको नाम लिन नै बिर्सिइन्छ । शक्ति केन्द्रमा जो छन्, तिनको मुहार देखेर दुःख लाग्छ, त्यस्तैहरूलाई सलाम गर्नुपर्ने हुन्छ ।)
आधाभन्दा बढी विद्यार्थी फेल, जिम्मेवार को ?
सम्पादकीय
यसपालि एसईईमा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना मात्र कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन् । अरू करिब ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी ‘ननग्रेडेड’ (एनजी) भएका छन् । उनीहरूले अहिलेको नतिजाका आधारमा माथिल्लो कक्षामा भर्ना हुन पाउँदैनन् ।
असार १३, २०८१
विमर्शमा नेपाली सेना
इन्द्र अधिकारी
आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफलमा सांसद विमला राई पौड्याल र स्वर्णिम वाग्लेले अर्थतन्त्र, सेनाको भूमिका, विश्वको अवस्था र नेपालको सुरक्षा चुनौती आकलन गरी सेनाको संख्यामा पुनरावलोकन गर्न आवश्यक रहेको धारणा राखे । सेना संस्थागत रूपमै यसको खण्डन र प्रतिवादमा मात्र उत्रिएन, गैरसैन्य पृष्ठभूमिका सुरक्षा विज्ञ तथा विचारकलाई ‘स्वघोषित विज्ञ’ र ‘बाहिरिया’ भन्नेदेखि पूर्वअधिकारीलाई समेत प्रतिवादमा उत्रन अनौपचारिक ‘उर्दी’ नै जारी गर्‍यो ।
आसन्न बर्खामा भूकम्पपीडितको सरोकार
सम्पादकीय
जाजरकोटमा गत वर्ष कात्तिक १७ मा गएको भूकम्पबाट पीडित भएकालाई सरकारको उपेक्षा उदेकलाग्दो छ । भूकम्पबाट घर भत्किएको झन्डै आठ महिना हुँदै गर्दा अस्थायी आवास निर्माणकै दोस्रो किस्ता सरकारले उपलब्ध गराउन थालेको छैन । करिब १५ सय परिवार त अझै त्रिपालमै छन् ।
असार १२, २०८१
राजनीतिकर्मीहरूको निरुपाय मनोदशा
सीके लाल
सन् १९६० को दशकतिर प्रकाशित इन्द्रबहादुर राईको ‘आज रमिता छ’ उपन्यासले दार्जिलिङका गोर्खालीको परिस्थिति र मनस्थितिलाई चित्रित गरेको छ । साहित्यले कुनै स्थान एवं कालखण्ड विशेषको सभ्यता, संस्कृति, अस्मिता तथा आकांक्षालाई बुझ्न मद्दत गर्छ ।
पालिकाको प्राथमिकता अब बजेट कार्यान्वयन
सम्पादकीय
संघ र प्रदेश सरकारले अनुदान एवं राजस्व बाँडफाँट रकममा कटौती गरेका कारण यसपालि धेरै स्थानीय तहले आकार घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । महानगरपालिकातर्फ भने वीरगन्जबाहेक सबैले चालु आर्थिक वर्षको भन्दा ठूलो बजेट सार्वजनिक गरेका छन् ।
नीति र नेता : केही असहमति
वामदेव गौतम
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मलाई नीति एउटाको नेता अर्कैको बनाउने व्यक्ति भनेर आरोप लगाउनुभएछ । यस्ता विषय एउटै पार्टीमा समावेश भएका बेला धेरै पटक हुन सक्छन् । मैले कुन नेताको नीतिमा कुन नेतालाई स्थापित गरें ? फेरि अहिलेको परिस्थितिमा चर्चामा ल्याएर भुसालले किन मूल्य बढाइदिन खोज्नुभएको हो बुझ्न सकेको छैन ।
असार ११, २०८१
उल्टो–सुल्टो राजनीति
युग पाठक
एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको दूरी कति हुन्छ ? संविधानले तोकेको समयदूरी नाप्यो भने त पाँच वर्ष हुन्छ । निर्वाचन जित्ने पार्टी र नेतृत्वले वाचा गरेको लक्ष्य/उद्देश्यको दूरी नाप्यो भने कति हुन्छ ? त्यो दूरी नाप्न पार्टीका चुनावी घोषणापत्रहरू पढ्नुपर्छ । मतदाता त छाडिदिऊँ, पार्टीका नेताले पनि सम्भवतः आफ्ना घोषणापत्र आद्योपान्त पढेनन् र पढेको जति पनि बिर्सिसके ।
मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दाको मूल्य
सम्पादकीय
एक वर्षअघि नाटकीय रूपमा मुख्यसचिव बनाइएका वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बित भएका छन् । भ्रष्टाचार अभियोगमा बहालवाला प्रमुख प्रशासकीय अधिकारीविरुद्ध नै यसरी मुद्दा दायर भएको मुलुकमा सम्भवतः यो पहिलो घटना हो ।
असार १०, २०८१
कति फेर्ने राजदूत ?
अच्युत वाग्ले
नेपालले आफ्नो परराष्ट्र नीतिको क्रियान्वयन एवम् कूटनीतिक उपस्थितिका लागि स्थापना गरेका विदेशस्थित नियोग सञ्चालनमा जति धनराशि खर्चेको छ, त्यसको तुलनामा मुलुकले प्राप्त गरेको प्रतिफल शून्य बराबर छ भन्दा हुन्छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सरकारले परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ ।
यातायात पूर्वाधारको कार्यदिशा
केशवकुमार शर्मा
बाँच्नका लागि खानेकुरा खोज्दै एक ठाउँबाट अर्को ठाउँमा हिँड्ने क्रमबाट नै बिस्तारै यातायातको सुरुवात भएको मान्न सकिन्छ । त्यसपछि यातायातको विकास डुंगाका रूपमा जल यातायातबाट सुरु भई चक्काको आविष्कार भयो । मानिस वा जनावरले तान्ने गाडा/बग्गी, त्यसपछि साइकल, वाष्प इन्जिन, गाडी, रेल र हवाई यातायात हुँदै वर्तमान समयमा अत्याधुनिक द्रुत सडकमार्ग, तीव्र गतिको रेलको विकास भएको पाइन्छ ।
पुल किन बेलैमा बन्दैन ?
सम्पादकीय
जब बर्खा लाग्छ, तराई–मधेशका नदी–खोलामा पानीको सतह बढ्न थाल्छ अनि सुरु हुन्छ नदी–खोला वारपारको समस्या । कतै घुमाउरो बाटो प्रयोग गरेर त कतिपय ठाउँमा जोखिमपूर्ण रूपमा डुंगाबाट गन्तव्यतर्फ लम्कनुपर्ने हुन्छ ।
असार ९, २०८१
सरकारको सय दिन र औचित्य
अर्जुननरसिंह केसी
गत फागुन २१ गते अप्रत्याशित, उदेकलाग्दो र अस्थिरताजन्य किसिमले ‘बाँचुन्जेल उथलपुथल मच्चाइरहने’ सगर्व घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँग माओवादीको गठबन्धन सरकार भत्काएर एमालेसँग अर्को सत्ता गठबन्धन गरेपछिको सरकारले हालै सय दिन पूरा गर्‍यो ।
राजदूतमा दलीय बन्डा
सम्पादकीय
सरकारमा हेरफेर हुनासाथ विदेशस्थित नेपाली नियोगमा रहेका राजदूतलाई फिर्ता गर्ने र सत्तारूढ दलहरूको भागबन्डाबाट नियुक्ति गर्ने प्रवृत्तिले यसपालि पनि निरन्तरता पाएको छ । सत्ता गठबन्धनमा फेरबदल भएको तीन महिना नबित्दै सरकारले ११ मुलुकमा रहेका राजदूतलाई फिर्ता बोलाएको थियो ।
असार ७, २०८१
भ्रमहरूको आँखीझ्यालबाट चियाउँदा