text
stringlengths
2
914
सम्पादकीय
प्रतिनिधिसभा नियमावलीमा सांसदले पालना गर्नुपर्ने आचारसंहिता छ, जहाँ भनिएको छ– बैठक वा आफू सदस्य भएको समितिमा उपस्थित भई यसका कामकारबाहीमा नियमित रूपमा भाग लिने । यो नियम सांसदहरू आफैंले बनाएका हुन् । तर नियम पालनामा अधिकांश सांसद इमानदार देखिएका छैनन् ।
जेष्ठ ३०, २०८१
आफ्ना-आफ्नै राम !
सीके लाल
उपयुक्त अवसर चयन गरेर आफ्नो स्वार्थअनुसार विवादास्पद अभिव्यक्ति दिने कुरामा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई अरू कुनै राजनीतिकर्मीले सक्दैनन् । गत बुधबारसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी तेस्रो कार्यकालका लागि जुन ९ का दिन शपथग्रहण गर्ने लगभग तय भइसकेको थियो । त्यसपछि जुन ७ मा अध्यक्ष ओली एमाले चितवनको नयाँ कार्यसमितिको शपथग्रहण कार्यक्रममा सहभागी हुन पुग्छन् ।
नेपाल-अमेरिका सम्बन्धको नयाँ चरण
सौरभराज पन्त
अहिले उदाउँदै गरेको उत्तर शीतयुद्धकालीन पुस्ता, जसको नेपालको शासन व्यवस्थामा प्रवेश बढिरहेको छ । यो पुस्ताले बदलिँदो भूराजनीतिक अवस्थामा कस्तो रणनीतिको साथ नेपाल–अमेरिका सम्बन्धको निर्माण गर्नुपर्छ त ? विचार मन्थन जरुरी छ ।
एजेन्सीमा आधारित सशक्तीकरण
कृष्णप्रसाद न्यौपाने
समाजमा जरा गाडेर बसेका लैंगिक अवरोधले महिलाको स्रोतमाथिको पहुँचलाई साँघुरो बनाएको छ नै त्यसमाथि प्रणालीगत अवरोधले थप जटिलता निम्त्याएको छ । विद्यमान पितृसत्तात्मक सामाजिक संरचना नै सबैभन्दा ठूलो अवरोधक हो ।
बुढ्यौलीका सुख-दुःख
सुनिता गाइसी
नेपालको प्रचलित कानुनअनुसार ६० वर्ष उमेर भएका मानिसलाई ज्येष्ठ नागरिक भन्ने गरिन्छ । उनीहरूसँग विभिन्न अनुभव हुन्छ, तर हाम्रो समाजमा ज्येष्ठ नागरिकलाई हेला, अपमान गर्ने गरेको देखिन्छ । ज्येष्ठ नागरिक समाजका अगुवा र उदाहरण हुन्, उनीहरूले नै आफ्नो जीवनकालमा विभिन्न भाषा, कला, संस्कृतिको विकास गरेका छन्, जसले गर्दा आज हामी हाम्रो संस्कृतिप्रति गर्व गर्छौं ।
सांसदलाई बजेटमा कार्यकारी भूमिका नदेऊ
सम्पादकीय
सांसदहरूको तजबिजी रहने गरी बजेट विनियोजन गर्ने विकृत अभ्यासलाई सर्वोच्च अदालतले रोक लगाए पनि घुमाउरो बाटो अपनाएर निरन्तरता दिने तयारीमा प्रदेश सरकारहरू देखिएका छन् । पहिलेजसरी निर्वाचन क्षेत्र विकास कार्यक्रम जस्ता शीर्षक नराखी सांसदहरूसँग योजना मागेर बजेट छुट्याउने उनीहरूको तयारी छ ।
जेष्ठ २९, २०८१
वैदेशिक रोजगारीमा सुरक्षा र राहतकै चिन्ता
सम्पादकीय
परिवारको आर्थिक स्तर उकास्ने र छोराछोरीलाई राम्ररी पढाउने–हुर्काउने सपना बोकेर नेपाली युवा वैदेशिक रोजगारीमा लम्किरहेका छन् । तर अत्यन्त थोरैले मात्र कल्पना गरेजस्तै काम र तलब सुविधा पाउन सक्छन् । दलालको झुक्यानमा परेर कोही गन्तव्य मुलुक पुग्नासाथ अलपत्र पर्छन् ।
बजेटमा प्रदेश र पालिकालाई अन्याय
खिमलाल देवकोटा
नीति तथा कार्यक्रममा प्राथमिकताको सुरुकै अनुच्छेदमा संविधानको कार्यान्वयन र संघीयताको सबलीकरण समावेश छ । तर यससँग जोडिएको प्रहरी समायोजनको विषय नीति तथा कार्यक्रममा छैन । अघिल्लो वर्षको नीति तथा कार्यक्रममा पनि यो थिएन । बजेट वक्तव्यको बुँदा नं ३९६ मा प्रदेशमा प्रहरी समायोजन गरिनेछ भन्ने थियो ।
बाटो बिराएको सामुदायिक वन अभियान
कृष्णप्रसाद पौडेल
नेपालको सामुदायिक वनले वनस्रोत संरक्षण र समुदायको जीविकोपार्जनमा पुर्‍याएको योगदानको विषय कुनै बेला संसारकै लागि उदाहरणीय थियो । वनस्रोत व्यवस्थापनमा जनसहभागिताको कुरा गर्ने जोकोहीले यसको नाम नलिई धरै छैन ।
जेष्ठ २८, २०८१
अस्थिर सरकार, अस्थिर राजदूत
सम्पादकीय
मुलुककै प्रतिनिधित्व गर्ने गरी राजदूतमा नियुक्ति दिएर विभिन्न मुलुकमा पठाउँदा कार्यकाल चार वर्ष तोकिएको हुन्छ । तर राजनीतिक भागबन्डाबाट नियुक्ति गरेर पठाइएका राजदूतले चारवर्षे कार्यकाल विरलै पूरा गर्छन् ।
संघीयतामाथि संकटका कारकहरू
अच्युत वाग्ले
गत शुक्रबार अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने र संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षमा (राजनीतिक शक्ति) भएको दाबी गरे ।
नयाँ चरणको आर्थिक सुधार
गोकर्ण अवस्थी
आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा नयाँ चरणको आर्थिक सुधार थालिने र यसका लागि आयोग गठन गरिने विषय समावेश छ । त्यसयता यो विषयमा चर्चा सुरु हुन थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यस पटकको बजेटमा नयाँ चरणको आर्थिक सुधार थाल्नुपर्ने सुझाव प्रमुखताका साथ राखेको थियो ।
जेष्ठ २७, २०८१
गतिहीन अर्थतन्त्रबीच आएको बजेट
अर्जुननरसिंह केसी
आउँदो आर्थिक वर्षका लागि प्रस्तुत बजेटले अपनाएका उद्देश्यहरू जेजस्ता भए पनि आमनिराशालाई आशामा र अविश्वासलाई विश्वास र भरोसामा परिणत गर्ने दिशा र नवीनताको खाका देखिएन । संविधानले अख्तियार गरेको तीनखम्बे अर्थनीति– सरकारी, निजी र सहकारीमध्ये सरकारी संयन्त्र संस्थागत पटक्कै हुन सकेन ।
किसानको भुक्तानी रोकेर उत्पादन वृद्धिको नारा
सम्पादकीय
सरकारले कृषिमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि महत्त्वाकांक्षी लक्ष्यहरू सुनाइरहेको हुन्छ । कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्दै स्वरोजगार बढाउने र उत्पादनमा आत्मनिर्भर हुने नारा दोहोर्‍याइरहेको हुन्छ । यसै पालि ल्याएको बजेटमा पनि कृषिमा लगानी अभिवृद्धि गर्न भन्दै २०८१ देखि २०९१ सम्म ‘कृषिमा लगानी दशक’ घोषणा गरिएको छ ।
जेष्ठ २५, २०८१
ट्रम्प ट्रायल र मोदी मेडिटेसन
शुभशंकर कँडेल
‘मेरा साथी (अमेरिकीहरू), हाम्रो लामो राष्ट्रिय दुःस्वप्न समाप्त भयो,’ अमेरिकी राष्ट्रपतिका रूपमा जेराल्ड फोर्डले आफ्ना पूर्ववर्ती रिचर्ड निक्सनको राजीनामापछि १९७४ अगस्ट ९ मा घोषणा गरेका थिए, ‘हाम्रो संविधानले काम गर्छ, हाम्रो महान् गणतन्त्र मानिसहरूको होइन, कानुनको सरकार हो ।’
तिंकरवासीका पूरा हुन नसकेका सपना
कृष्ण खनाल
दार्चुला जिल्लाको तिंकर सुदूर उत्तर–पश्चिम नेपालको अन्तिम गाउँ हो र काठमाडौंबाट सबैभन्दा टाढाको बस्ती पनि । करिब सत्तरी घरधुरी भएको यो सानो र सुन्दर गाउँमा शौका (व्यासी) समुदायका मानिस बसोबास गर्छन् । नयाँ संविधान लागू भएपछि साविकका व्यास, राप्ला, सुनसेरा, धौलाकोट र हुती गाउँ विकास समिति (गाविस) हरू मिलाएर व्यास गाउँपालिकाको पुनःसंरचना गरिएको छ । साविकको व्यास गाविस (छाङरु, तिंकर) अहिले वडा नं. १ भएका छन् ।
प्रकृतिसँग सिँगौरी नखेलौं
रामेश्वरी पन्त
समयमा वर्षा नहुँदा र लामो समयसम्म तातो हावा चल्दा मधेशको जनजीवन कष्टकर बनिरहेको छ । गत साता तराई–मधेशको तापक्रम करिब ४५ डिग्री पुग्यो । काठमाडौं उपत्यकामै अघिल्लो वर्षभन्दा यो वर्ष अत्यधिक गर्मी महसुस भएको छ । तापक्रमको वृद्धिले काठमाडौंलाई चिनाउने ‘मीनपचासको जाडो’ अब कहानीमा परिणत हुनेछ ।
मनोचिकित्सामा ‘साधारणीकरण’ सञ्चार
अजय रिसाल
ज्ञान–विज्ञानको मूल मर्म भनेको शास्त्रार्थ, चिन्तन–मनन, आत्मानुसन्धान–आत्ममन्थन नै हो । तर, आधुनिक वैज्ञानिक बन्ने धुनमा हामीले आलोचनात्मक चेत गुमाएर पराई भाषिक–सांस्कृतिक परिवेशमा जाने–बुझेका विषयलाई अन्धानुकरण–अन्धानुलम्बन मात्र गर्ने गरेका छौं । आफ्नो भाषिक–सांस्कृतिक प्रसंगमा त्यसलाई पर्गेल्ने प्राज्ञिक अभ्यासलाई भने तिलाञ्जली नै दिइसकेका छौं ।
मनसुनमा सवा चार लाख घरधुरी प्रभावित हुने आकलन, पूर्वतयारी खोइ ?
सम्पादकीय
मनसुन सँघारमा छ, खासगरी मुख्य खाद्यबाली धानको खेती गर्ने किसान यसैको पर्खाइमा छन् । तर मनसुन किसानका लागि सकाल लिएर मात्र भित्रिँदैन, कतिपय क्षेत्रमा विपद् पनि ल्याउँछ । हरेक मनसुनमा कहीँ न कहीँ बाढीपहिरो आउँछ, कतै डुबान हुन्छ । बर्खामा जनधनको क्षति हाम्रो नियमित नियति बनेको छ । तर विपद् प्राकृतिक भए पनि हामीले पर्याप्त होसियारी अपनाउन सक्यौं र प्रतिकार्यको तयारी बेलैमा गर्‍यौं भने जनधन क्षति न्यूनीकरण हुन सक्छ जसमा हामी सधैं चुक्दै आएका छौं ।
जेष्ठ २४, २०८१
निराशा : एक भाइरल भाष्य
युग पाठक
यो देश साँच्चै निराशाको गर्तमा चुर्लुम्म डुबेकै हो ? यो प्रश्न जति सामान्य लाग्छ, त्यति छैन । यसले असामान्य अवतार धारण गरिसक्यो । त्यसो त आशा/निराशा दुवै अनुभूति स्वाभाविक छन् र शाश्वत पनि । खास परिस्थितिमा आशा वा निराशा पैदा हुनु अस्वाभाविक हुँदै होइन । यद्यपि ध्यान दिनुपर्ने कुरा यो छ कि निराशाको भाव एउटा कुरा हो भने भाष्य बिलकुल अर्कै । भाव शाश्वत हुन्छ तर भाष्य राजनीतिक जिनिस हो ।
सहकारी छानबिनको कडी
गौरीबहादुर कार्की
संकटग्रस्त सहकारीहरूको समस्या समाधानका लागि ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । समितिको गठनले समस्या समाधान हुनेमा सहकारीपीडितहरू आशावादी बनेका छन् । सहकारी समस्या के हो भन्ने पत्ता लगाएर संसदीय समितिले समाधान देला भन्ने प्रश्न सहकारीपीडित बचतकर्ताहरूमा उठिरहेको पाइन्छ । सहकारीमा समस्या सुरु भएको एक जुग नै भइसक्यो ।
अलमलमा विद्यालय शिक्षा
विणा झा
के तपाईंले अहिले विद्यालय तहमा पढ्नुभएको कुनै पाठ वा विषय याद गर्न सक्नुहुन्छ ? कुनै कक्षाकार्य वा गृहकार्य सम्झनामा छ ? अनि त्यस समय सिकेका पाठहरूलाई हुबहु जीवनमा जस्ताको तस्तै गरी उपयोग गरेको स्मरण गर्नुभएको छ कि छैन ? हामीलाई दुई दशकअगाडि पढेका विषयसमेत याद गर्न कठिनै हुन्छ ।
सूचना प्रविधिका समस्या
मधुसूदन दाहाल
नेपालमा झन्डै ३० वर्षअगाडि ल्यान्डलाइन सेवा सञ्चालन गर्न बनाइएको थियो, दूरसञ्चार ऐन २०५३ । यही ऐनलाई कार्यान्वयन गर्ने नियम बनाउन दूरसञ्चार नियमावली २०५४ ल्याइयो । त्यसबेला विश्वका केही विकसित राष्ट्रले मोबाइल सेवा सञ्चालन गरिरहेका थिए । प्रायः सबै दूरसञ्चार प्रविधिहरू प्रत्येक ४–५ वर्षमा परिवर्तन भइरहेका छन् तर ऐन, नीति, नियमावली भने झन्डै ३० वर्षसम्म पनि परिमार्जन हुन सकिरहेका छैनन् ।
मधेश सरकारमा पनि अस्थिरता
सम्पादकीय
अघिल्लो पटक पाँचवर्षे कार्यकाल पूरा गर्ने एक्लो मुख्यमन्त्री थिए, मधेश प्रदेशका लालबाबु राउत । केन्द्रमा गठबन्धन फेरबदल, पार्टी विभाजन भइरहँदा सहयात्री दलहरू बदलिए तर उनी मुख्यमन्त्रीमा यथावत् रहे । गत वर्षको निर्वाचनपछि पनि उनकै दल जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गरेको थियो ।
जेष्ठ २३, २०८१
बजेट प्राथमिकताका क्षेत्र
शेखर कोइराला
राजनीतिक रूपमा आज हामी जटिल परिस्थितिमा छौं । वर्तमान सरकार बनेदेखि देशमा सुशासन, पारदर्शिता र विधिको शासन हराएको छ । संसदीय परम्परामाथि पटकपटक संसद्भित्रै र संसद्बाहिर प्रहार हुन थालेको छ । एउटै कानुन पनि कसैलाई लाग्ने र कसैलाई नलाग्ने भएको छ । प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भएको छ ।
नारीवादी परराष्ट्र नीतिको सरोकार
निहा पाण्डे , केशव गिरी
युद्धप्रति मानिसमा वितृष्णा हुँदाहुँदै पनि युद्ध किन हुन्छ ? किन केही निश्चित सामाजिक समूह र लिंगलाई युद्धले असमान रूपमा प्रभावित गर्छ ? युद्धग्रस्त क्षेत्रमा सहायता र सहानुभूतिको असमान वितरण किन छ ? जलवायु परिवर्तन किन सम्पूर्ण मानवता र विशेषतः सीमान्तकृत सामाजिक समूह र लिंगका लागि अस्तित्वकै खतरा हो ? सार्वजनिक स्वास्थ्य किन राष्ट्रिय सुरक्षाको अभिन्न मुद्दा हो ? लोक–विमुख वैदेशिक नीति किन बाह्य र आन्तरिक रूपमा असफल हुन्छ ? नारीवादले यी प्रश्नहरूमा गहिरिएर विचार गर्न र समाधानका फरक र नवीन दृष्टिकोण दिन सक्छ ।
दाउमा प्रहरी निष्ठा
राजेन्द्रसिंह भण्डारी
सहकारी ठगी प्रकरणमा न मेरो कहीं संलग्नता छ, न त मेराविरुद्ध कसैले उजुरी नै गरेका छन्, नपत्याए यहीं साथैमा उपस्थित आईजीपी साहेबलाई सोध्नुस्’ भनी संसद्को राज्य व्यवस्था समितिसमक्ष बहालवाला गृहमन्त्रीले प्रस्टीकरण दिए । छेउमै मर्यादित तर असामञ्जस्य ढंगले उपस्थित आईजीपी साहेबले पनि गृहमन्त्री अर्थात् रवि लामिछानेविरुद्ध कहींकतै उजुरी नपरेको आधिकारिक घोषणा नै गरिदिए ।
संकेतको संसार
दीपावली शर्मा
शिशु कक्षामा भर्ना भएको ६ महिनामै मेरो आवाज लुटियो । तथापि हरेक बच्चामा हुने उत्साह, साहस र निश्छलता ममा पनि उत्तिकै थियो । हुर्कंदै जाँदा नवलपुरको बरचुली प्रावि र देवचुली माविका शिक्षकले मलाई हौसला दिनुभयो । उहाँहरूले जहिले पनि मेरो पढाइलाई लिएर चिन्ता मात्र व्यक्त गर्नुभयो, हीनताबोध हुन दिनुभएन । उहाँहरू भन्नुहुन्थ्यो— सुन्न र बोल्न नसके पनि दोभाषे राखेर हेर्ने हो भने बहिराहरू कठिन शब्दबाण सामना गर्नेमध्येमा हुन्छन् ।
संवैधानिक परिषदमा शक्ति सन्तुलन कायम राख
सम्पादकीय
प्रधानन्यायाधीश र विभिन्न संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्मा कार्यपालिका प्रमुखलाई निर्णायक बनाउने गरी ऐन संशोधन कार्य आखिरी चरणमा पुगेको छ । संसदीय समितिबाट सर्वसम्मत पारित भएर प्रतिनिधिसभामा प्रस्तुत भइसकेको विधेयकमा परिषद्को निर्णय प्रधानमन्त्रीको सहमतिमा मात्र हुन सक्ने प्रावधान छ, जुन शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ । सदनले विधेयकमा पुनर्विचार नगर्ने हो भने परिषद् सरकारको शासकीय नियन्त्रणभित्र पुग्नेछ । परिषद्बाट हुने नियुक्तिको सिफारिस प्रक्रिया थप विकृत बन्नेछ र संवैधानिक निकायहरू कमजोर हुनेछन् ।
जेष्ठ २२, २०८१
श्रम आप्रवासनका बहुआयामिक समस्या
मीना पौडेल
आप्रवासन र त्यसमा पनि श्रम आप्रवासनको चर्चा घर, छरछिमेक, चोक, चिया पसल र चौतारामा हुने कुराकानीको विषय बनेको धेरै भइसकेको छ । विषयवस्तुको सार्वजनिक चर्चा मात्र होइन, आप्रवासन अहिलेको भूमण्डलीकृत राजनीतिक प्रणालीको अनिवार्य आयाम भएको दशकौं भइसक्यो ।
विश्वकपको मैदानमा नेपाली टिमलाई शुभकामना
सम्पादकीय
क्रिकेटको नवीनतम ढाँचा ट्वान्टी–२० को विश्वकपको नवौं संस्करणको पहिलो प्रतिस्पर्धामा नेपालले आज पाइला राख्दै छ । सन् २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको नेपालका लागि यो दोस्रो सहभागिता हो । रोचक संयोग छ, सँगै ट्वान्टी–२० को अन्तर्राष्ट्रिय मान्यता पाएको नेदरल्यान्ड्ससँग नेपालले यो विश्वकपको पहिलो प्रतिस्पर्धा खेल्दै छ ।