text stringlengths 2 914 |
|---|
केशव दाहाल |
कहिलेकाहीँ त यस्तो लाग्छ, हाम्रो राजनीति भ्रमहरूको विशाल पर्वतमाला हो । के सक्कली र के नक्कली छुट्याउनै गाह्रो । विचार गरौं त, कुनै समय कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको सर्वसत्तावादविरुद्ध विद्रोह गर्ने शेरबहादुर देउवा असली हुन् कि, आजका विचारविहीन र गतिविहीन शेरबहादुर असली ? |
जलविद्युत् विकासले मासिँदै पहाडको जलचक्र |
मोती रिजाल |
नेपाल जलस्रोतको धनी देश भन्ने नारा पुरानो भइसक्यो । यहाँ ६ हजार खोलानाला रहेको दस्ताबेजमै उल्लेख छ । जलचक्रमा सक्रिय योगदान गर्ने लगभग एक सय दिन पर्ने मनसुनको पानी, उच्च हिमाली तहमा हुने हिमपात, सुक्खा मौसममा प्राप्त भूमिगत जलस्रोत जल सन्तुलनका प्रमुख आधार हुन् । |
जनताका खास नेता |
प्रताप विष्ट |
मकवानपुरको अतिदुर्गम राक्सिराङ गाउँपालिका–४ चैनपुरमा २०४२ सालमा रूपचन्द्र विष्ट (थाहा) ले एउटा सभा आयोजना गरे । सभामा उपस्थित भीडलाई नमस्ते गर्दै एक जनालाई अगाडि बोलाए । चारऔंले लगौंटी मात्र लगाएका, जाबी झोला भिरेका एक पुरुष संकोच मान्दै उनी अघिल्तिर पुगे । जब विष्टले उनलाई सभापतित्व गराए, त्यसबेला उनी आत्तिएजस्ता देखिएका थिए । |
ज्येष्ठ नागरिकका अपेक्षा |
कल्पना नेपाल आचार्य |
विश्वव्यापीकरण, बढ्दो सहरीकरण, औद्योगिकीकरण, आन्तरिक बसाइँसराइ, सामाजिक परिवेश, वैदेशिक रोजगारी र व्यस्त जीवनका कारण परिवारमा ज्येष्ठ नागरिक एक्लो हुँदै गइरहेका छन् । ग्रामीण भेगमा जग्गा र घर कुरेर बस्ने ज्येष्ठ नागरिक नै भेटिन्छन् । मानवता दिन प्रतिदिन हराउँदै गएको छ । |
वैदेशिक लगानीप्रतिको विश्वासमा पतञ्जलीले पुर्याएको क्षति |
सम्पादकीय |
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी । भारतमा ठूलो औद्योगिक संस्थानको रूपमा विकास भएको यो कम्पनीले नेपालमा पनि लगानी गर्ने विषयले सकारात्मक सन्देश दिएको थियो । त्यसैले योगगुरु रामदेव हरेकपटक नेपाल आउँदा यहाँका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीदेखि प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूले राम्रै सम्मान पनि गर्दै आएका हुन् । |
असार ६, २०८१ |
विकासका नाममा सांसदको द्रव्यमोह ! |
गौरीबहादुर कार्की |
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत संघीय सांसदहरूलाई पाँच करोडका दरले रकम वितरण गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा २०८० भदौ ६ मा मुद्दा परेको थियो । संवैधानिक इजलासले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदहरूलाई रकम दिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेशले रोकेको थियो । |
कृषि उपजमा भ्याट छुटको असर |
रूप खड्का |
मुलुकमा राजस्व परिचालन चुनौतीपूर्ण हुँदै गएको सन्दर्भमा कम लागतमा बढी राजस्व संकलन गर्ने उपायको खोजी गर्नु अपरिहार्य भएको छ । विद्यमान करहरूमध्ये विस्तृत आधार भएको लचक तथा आर्थिक दृष्टिकोणले सबभन्दा सक्षम कर ‘मूल्य अभिवृद्धि कर (भ्याट)’ हो र बढ्दै गएको राजस्वको आवश्यकता पूर्ति गर्ने सबभन्दा ठूलो सम्भावना भएको कर पनि यही हो । |
युवाको विदेश सपना |
सुशीला शर्मा |
पैदलयात्रा गर्दैगर्दा वा बसका झ्यालबाट बाहिर नियाल्दा सानो ज्यान तर ठूला झोला बोकेर साइकलमा खाना डेलिभरी गर्न निस्केका युवा प्रशस्तै देखिन्छन् । एक मनले सोच्छ, विभिन्न सपना बुन्दै काठमाडौं आएका युवालाई आंशिक रोजगारी मिलेको छ । अर्को मनले यो पनि सोच्छ कि सहरमा भान्सामा खाना तयार गर्ने जमात कम हुँदै छन् ? |
संघीय बजेटले भुलेको क्षेत्राधिकार |
सम्पादकीय |
संघ, प्रदेश र स्थानीय सरकारको एकल वा साझा अधिकारलाई संविधानले नै अनुसूचीमार्फत निर्धारण गरेको छ । त्यसलाई थप व्यवस्थित र प्रस्ट पार्न सरकारले ‘आयोजना वर्गीकरणको आधार तथा मापदण्ड ०८०’ बनाएको छ । तर संवैधानिक र कानुनी प्रावधान बेवास्ता गर्दै संघ सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ, जसबाट प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारमा हस्तक्षेप हुन पुगेको छ । |
असार ५, २०८१ |
भारतीय लोकतन्त्रको पुनर्ताजगी |
विष्णु रिजाल |
भारतमा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र दामोदारदास मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । अघिल्ला दुई कार्यकालझैं मन परेका छिमेकीलाई बोलाएर तामझामका साथ शपथग्रहण गर्दै उनले कार्यकाल सुरु गरिसकेका छन् । अघिल्ला दुई कार्यकालमा एक्लै बहुमत ल्याएका मोदीले यस पटक बहुमत गुमाएर आफ्नो पार्टीको नेतृत्वमा बनेको न्यासनल डेमोक्र्याटिक एलाइन्स (एनडीए) मा भर पर्नुपरेको छ । |
कसरी फुकाउने शिक्षक व्यवस्थापनका जटिलता ? |
पेशल खनाल , प्रेम फ्याक |
देश संघीयतामा गइसकेपछि संविधानतः विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा हस्तान्तरण भएको छ । सैद्धान्तिक रूपमा यो प्रावधान विकेन्द्रीकरणको उत्तम रूप हो । राज्यले स्रोतसाधनको सुनिश्चितता गर्दै विद्यालयको व्यवस्थापकीय अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्नु स्वागतयोग्य कदम हो । |
पृथ्वी जोगाउने प्रण गरौं |
अनिता खरेल |
‘संसार’ अर्थात् पृथ्वी । गर्भाशयमा अस्थिर अग्निपुञ्ज बोकेर बसेकी पृथ्वीको शरीर पनि दिन प्रतिदिन रापिन थालेको छ । अनि त्यसको प्रत्यक्ष असर परिरहेको छ, पृथ्वीका सन्तानमाथि । अत्यधिक गर्मीको प्रभावबाट कुनै पनि जीव अक्षुण्ण रहन सक्दैनन् । |
क्रिकेट प्रशंसकलाई खेलाडीको भर, खेलाडीलाई कसको भर ? |
सम्पादकीय |
ट्वान्टी–२० पुरुष विश्वकप क्रिकेटमा अमेरिकाले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध बनायो । त्यस्तै केही वर्षअघिसम्म नेपालसँग प्रतिस्पर्धा गर्ने अफगानिस्तानले बलियो टिम न्युजिल्यान्डलाई ८४ रनले हरायो । युगान्डालाई १२५ रन र पपुवा न्युगिनीलाई ७ विकेटले हराएको अफगानिस्तान प्रतियोगिताको सुपर–८ मा प्रवेश गरेको छ । |
असार ४, २०८१ |
मोदी ३.० : शक्तिशालीबाट सम्झौतावादी |
गोपाल खनाल |
भारतीय जनता पार्टी (भाजपा) नेता नरेन्द्र दामोदरदास मोदीले विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको कार्यकारी प्रमुखका रूपमा ‘ह्याट्रिक’ गरेका छन् । स्वतन्त्र भारतको इतिहासमा जवाहरलाल नेहरूपछि बढी समय प्रधानमन्त्री बन्ने इतिहास मोदीले बनाएका छन् । |
औद्योगिक नीति कति सफल, कति असफल ? |
समीर खतिवडा |
सरकारले हालै सार्वजनिक गरेको बजेटमा औद्योगिक विकासलाई प्रवर्द्धन गर्ने विभिन्न उपाय समेटिएका छन् । जसमा ‘मेक इन नेपाल अभियान’, ‘विशेष आर्थिक क्षेत्रको विकास’, ‘आर्थिक त्रिकोण (भरतपुर–बुटवल–पोखरा)’ को प्रवर्द्धन र ‘आर्थिक करिडोर प्रवर्द्धन’ समावेश छ । सरकारले लगानी र उद्योगसम्बन्धी कानुन र नीति परिमार्जन गर्ने पनि बजेटमा उल्लेख छ । |
फोहोर व्यवस्थापनमा चुकेका हामी |
मधु राई |
घरायसी फोहोरलाई मैले वर्गीकरण गर्न थालेको दुई दशकभन्दा बढी भयो । भातभान्साबाट निस्कने कुहिने फोहोरलाई कौसी र करेसाबारीमा पुनःप्रयोग गर्छु । कागजजन्य फोहोरलाई साता दिन भिजाएर घरायसी, कार्यालय तथा शैक्षिक सामग्री बनाउन थालेको पनि धेरै भयो । |
चुरेको विनाशमा चिन्तित समूहमाथि उपेक्षा कहिलेसम्म ? |
सम्पादकीय |
चुरे विनाशले तराई–मधेशमा निम्त्याएको आपत्को कथा सुनाउन मधेशका महिला तथा पुरुषको समूह २५ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेको २५ दिन नाघिसकेको छ । उखरमाउलो गर्मीबीच राजमार्गको कष्टसाध्य यात्रा पक्कै पनि रहर होइन । यता आइसकेपछि पनि उनीहरू हरेक बिहान १० देखि साँझ ५ बजेसम्म माइतीघरमा धर्ना बसिरहेका छन् । |
असार ३, २०८१ |
सार्वजनिक यातायातको पुनःसंरचना किन ? |
कुवेर नेपाली (रनपहेली) |
सार्वजनिक यातायातलाई आज संसारको सबैभन्दा महत्त्वपूर्ण सामाजिक, आर्थिक र वातावरणीय मुद्दाका रूपमा लिइएको छ । सार्वजनिक यातायात सेवा आरामदायी, भरपर्दो, सुरक्षित, तोकिएको मापदण्ड पूरा भएको हुनुपर्ने विषय सधैं उठ्छ । राज्यको नियमनको अभाव त छँदै छ, यातायात व्यवसाय आफैं मर्यादित व्यवसायमा दर्ज हुन अस्तित्वको लडाइँ लडिरहेको आभास हुन्छ । |
किन दुब्लायो बाबुरामको राजनीति ? |
राजाराम गौतम |
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गहिरो राजनीतिक समझ भएका नेता हुन् । उनी राजनीति/समाजको मिहिन चिरफार गर्न सक्छन् । जनसामान्यले बुझ्ने गरी राजनीतिक अर्थशास्त्र अर्थ्याउन सक्छन् । समकालीन नेतामध्ये राजनीतिक दर्शनमा दरिलो पकड राख्न सके पनि राजनीतिको डोरचाहिँ उनको हातमा छैन । |
सफल हुने कि खुसी ? |
केपी शर्मा ओली |
प्रिय छोराछोरी, गत महिनाको लेखमा मैले तिमीहरूलाई दुइटा प्रश्न सोधेर लेख टुंग्याएको थिएँ–‘ह्वाट मेक्स यू ह्याप्पी’ र ‘ह्वाट आर यू विलिङ टू फाइट फर ?’ मलाई लाग्छ, तिमीहरूले पहिलो प्रश्नमा अलि बढी नै घोत्लिनु जरुरी छ । मानसिक स्वास्थ्यलाई अबको अर्को ‘ग्लोबल पेन्डामिक’ भनेर विश्व स्वास्थ्य संगठनले नै औंल्याएको छ । |
बाल विकास कक्षाका समस्या |
सम्झना शर्मा |
नेपालमा प्रारम्भिक बाल विकास शिक्षाको सुरुवात सन् १९५० मा काठमाडौंमा मन्टेश्वरी स्कुल स्थापना र केही जिल्लामा स्थानीय असहाय बालबालिकाका लागि बाल मन्दिरको स्थापनासँगै भएको पाइन्छ । बालबालिकालाई सुरक्षित र मायालु वातावरणमा खेल तथा मनोरञ्जनमार्फत विभिन्न किसिमका जीवनोपयोगी सीप सिकाउन यस्ता बालकक्षा उपयोगी भएका छन् । |
स्रोत र अधिकार खुम्च्याइएका प्रदेश |
सम्पादकीय |
संघ सरकारले गरेको अनुदान र राजस्व बाँडफाँटको रकम कटौतीको प्रभाव प्रदेश सरकारको बजेटमा परेको छ । संघीयताको मर्मविपरीत आयस्रोतसँग जोडिएका कतिपय अधिकार केन्द्रीकृत गरिएका बेला प्रदेश सरकारहरू आफैं पनि आयस्रोतको विकल्प पहिल्याउन नसकेर दबाबमा छन् । |
असार २, २०८१ |
थिति र नीतिका आगामी दिन |
सुमना श्रेष्ठ |
क्यामराका फ्ल्यासलाइटले उज्यालो बनेको त्यो साँझको ७ बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ढोकामा सबै कर्मचारी स्वागतार्थ उभिनुभएको दृश्य अझै सम्झन्छु । जनताको माझ जनप्रतिनिधिका रूपमा आइपुगेपछिका नौला अनुभवको शृंखलामा एउटा थप जिम्मेवारी थियो । सांसद र मन्त्रीको काम भने निकै पृथक् हुने रहेछ । |
हदबन्दी छुट जग्गामा सांसदको विवेक परीक्षा |
सम्पादकीय |
केही वर्षअघि सरकारले हदबन्दी छुटको जग्गा बिक्री वा सट्टापट्टा गर्न सकिने प्रावधानसहित भूमिसम्बन्धी ऐनको आठौं संशोधन विधेयक संसद्मा पुर्याउँदा अधिकांश सांसदले त्यसको नियत बुझ्न सकेनन् । जसले बुझे, तिनले भूमाफियाको प्रभावमा परेर विधेयक पारित गराउनै सघाए । |
जेष्ठ ३२, २०८१ |
सिनेमा र समाजको वास्तविकता |
जेबी विश्वकर्मा |
कला, साहित्य र सिनेमा आदिलाई सामाजिक यथार्थ अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा लिइन्छ । समाजलाई केन्द्रमा राखेर गरिने यस्ता सिर्जनाले बाँचेको समाज, अभ्यास गरिएका संस्कृति र भोगिरहेको जीवनकै प्रतिबिम्ब उतार्छन् । |
बहसमा निर्वाचन प्रणाली |
जनक चटौत |
नेपालको संविधान २०७२ को भाग ८ मा संघीय व्यवस्थापिकासम्बन्धी व्यवस्था छ । जहाँ प्रतिनिधिसभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुने र त्यसैलाई संघीय संसद् भनिने उल्लेख छ । |
महिला-पुरुष समविकासको पाटो |
इन्दु पन्त |
महिलाको क्षमतालाई दबाएर राख्न खोज्ने राष्ट्र यस कारण पनि फस्टाउन सक्दैन कि उसले आफ्नो उन्नतिका लागि योगदान दिन सक्ने आधा नागरिकलाई पछाडि छाडेको हुन्छ ।’ मिसेल ओबामाको यो भनाइ विश्वका हरेक मुलुकका लागि पाठ हुन सक्छ । आधा समाज पछाडि छ भने पक्कै पनि समाजको तुलो समान हुँदैन । |
ऋणसँगै आउने विदेशी परामर्शदाताको बोझ |
सम्पादकीय |
कार्यालय वा आयोजनाको सम्भाव्यता अध्ययन, डिजाइन, गुरुयोजना तयार, निर्माण सुपरिवेक्षण लगायतका काममा लिइने परामर्श सेवामा फजुल खर्च गर्ने प्रवृत्ति झन्झन् बढ्दो छ । सम्बन्धित सार्वजनिक निकायमा उपलब्ध जनशक्तिबाट हुन सक्ने काममा पनि मन्त्री वा सचिवको तोकादेशमा बाहिरबाट परामर्शदाता नियुक्ति गरेर तलबभत्तामा खर्च गर्ने अभ्यास छ । |
जेष्ठ ३१, २०८१ |
मोदीको शपथ र दाहालको वक्तव्य |
इन्द्र अधिकारी |
तेस्रो पटकका लागि भारतीय प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किइसकेका छन् । छोटै सही, उनले केही उच्च तहका भेटघाट गरे । यहाँ दाहालले भारतीय समकक्षी मोदीलाई भनेको भनेर चर्चामा आएका केही सन्दर्भ केलाउने प्रयास गरिएको छ । |
पपुलिज्मको लहर र उदार लोकतन्त्रको संकट |
गेजा शर्मा वाग्ले |
केही समययता नेपथ्यदेखि सडकसम्मका दृश्य–अदृश्य तथा घटित–अघटित घटनाक्रमको सूक्ष्म विश्लेषण गर्दा नेपाली समाज तीव्र गतिमा अवाञ्छित ध्रुवीकरण र अस्वाभाविक अतिवादको दिशातर्फ उन्मुख हुँदै गएको देखिन्छ । |
भारतीय निर्वाचनपछिको काठमाडौं |
चन्द्रकिशोर |
काठमाडौंमा भारतप्रति चासो र चिन्ता राख्नेहरूलाई पाँच ‘अ’ को सूत्रबाट वर्गीकृत गर्न सकिन्छ । पहिलो हो ‘आत्मीय भाव’ । यस्तो तप्का, जो धार्मिक, सांस्कृतिक, पारिवारिक वा व्यावसायिक रुझानले त्यहाँ के, कसरी, कस्तो हुँदै गरेको छ, त्यो चियाउने गर्छ । |
संसद्को अभिलेखमा हाजिर, छलफलमा गयल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.